भर्खरै :

कैदीबन्दीमाथि अमेरिकी दुर्व्यवहारको निन्दा

अमेरिकाको ग्वान्टानामो जेलमा बन्दीहरूमाथि गरिरहेको दुर्व्यवहारको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरिरहेको छ । अमेरिकाले कैदीहरूमाथि गर्ने दुर्व्यवहार रोकिएको छैन । अमेरिकाले संसारमा ‘कालो जेल नेटवर्क’ फैलाएको छ । स्पेनी सरकारी समाचार संस्थाले टिप्पणी गरेअनुसार वाशिङ्गटनको कार्यले अन्तर्राष्ट्रिय मानव अधिकार प्रणालीलाई ठूलो क्षति पु¥याएको छ ।
सन् २००२ को जनवरी ११ सम्ममा अमेरिकी सेनाले सेप्टेम्बर ११ घटनापछि पक्राउ परेका संदिग्ध व्यक्तिहरूलाई हिरासतमा राख्न क्युवाको ग्वान्टानामो खाडीमा रहेको अमेरिकी नौसैनिक आधारमा बन्दीगृह स्थापना गरेको थियो । विगत २० वर्षमा ग्वान्टानामो बन्दीगृह यातना काण्डलाई मिडियाले निरन्तर उजागर गर्दै आएको छ र अन्तर्राष्ट्रिय समुदायले निन्दा गर्दै आएको छ ।
अमेरिकाको ‘कालो जेल’ मा मानिसहरूले मानवअधिकारको सुधारमा अलिकति पनि प्रगति देखेका छैनन् । बरू, अमेरिकाले मानव अधिकार कुल्चिने थप ‘कालो जेलहरू’ स्थापना गर्न केही देशहरूसँग सहकार्य गरेको छ । लिथुआनियामा अमेरिकाले विभिन्न माध्यमबाट नयाँ ‘काला जेल’ स्थापना गरेको छ । अमेरिकाले सत्य लुकाउन धेरै प्रयास गरेको छ । अमेरिकी कानुनले कैदीहरूलाई अलग्गै गोप्य जेलहरूमा राख्न अनुमति दिँदैन । त्यसैले, उनीहरूले ‘कालो जेल’ विदेशमा राख्न चाहेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *