नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
कोभिड महामारीको कारण भूकम्प दिवस यो वर्ष सामान्य औपचारिकतामा मात्र सीमित गरियो । सङ्क्रमण दर तीव्र बनेसँगै कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित गर्नुको विकल्प पनि रहेन । तर, भूकम्प दिवसबारे सन्देश दिन कुनै खुला क्षेत्रमा भव्य औपचारिक कार्यक्रम नै हुनुपर्छ भन्ने छैन । त्यसको निम्ति राज्य र अन्य विभिन्न सम्बन्धित निकायले विभिन्न माध्यमबाट भूकम्पबाट जोगिने तरिकाबारे जनचेतनामूलक कार्यक्रम गर्न सकिन्थ्यो ।
२०७२ सालको भूकम्पको चोट मानिसले बिस्तारै बिर्सन थालेका छन् । मानिसहरू अहिले फेरि जथाभावी र मनपरी घर बनाउन थालेका छन् । यसरी जथाभावी घर बनाउँदा भविष्यमा आफै त्यसको शिकार हुनसक्ने सम्भावनाबारे मानिसहरू पर्वाह गर्न छोड्दैछन् । त्यसो हुन नदिन मानिसलाई बारम्बार एउटै कुरा पनि दोहो¥याइरहन जरूरी छ । सानो स्वार्थ, केही हजार र लाखको लोभमा मानिसले अहिले गर्ने गल्तीले भोलि पुस्तौँपुस्तासम्म दुःख भोग्नुपर्ने कुरा मानिसलाई सम्झाइरहन जरूरी छ ।
देशका सम्पदाहरूको पनि नियमित मर्मत–सम्भार र जीर्णोद्धार गरिरहे भूकम्पको कारण हुने क्षतिबाट जोगिन सक्ने कुरा सरकारका सम्बन्धित निकाय र स्थानीय तहलाई पनि झकझकाइरहन जरूरी छ । व्यापारिक प्रयोजनको निम्ति मानिसले कमसल निर्माण गर्दा घर र भवन बनाउने मानिसभन्दा अन्य सर्वसाधारण बढी प्रकोपको शिकार भएका उदाहरण छन् । त्यसकारण देशमा कुनै पनि घर वा भवन कमसल वा नियमविपरीत बनाए र त्यही कारण कसैको ज्यान गए त्यसको दोष सरकार र स्थानीय तहलाई जान्छ ।
भूकम्प दिवस भूकम्प आएको बखत केही समय ज्यान जोगाउने विषयसँग मात्र सम्बन्धित छैन । बरू यो त भूकम्पबाट जोगिन अहिले र आजबाट गर्नुपर्ने कामसँग जोडिएको छ । महामारीको कहर सामना गर्दै गर्दा हामी भविष्यमा आउन सक्ने अर्को कहरलाई नबिर्सौं । भूकम्पबाट जोगिन दिगो र वातावरणमैत्री विकास निर्माणलाई जोड दिऔँ । समृद्धिको नाममा सस्तो र कमसल निर्माण गर्ने गल्ती नगरौँ ।
Leave a Reply