शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
विश्व आर्थिक मञ्चले हालै कोभिड–१९ को खोप उत्पादनमा देखिएको खाडलबारे सचेतनाको घण्टी बजाएपछि संसारभर खोपको आपूर्ति फेरि एकपल्ट छलफलको विषय बनेको छ । यतिबेला संसार ओमिक्रोनसँग जुझ्दै गरेको र प्रवद्र्धक मात्रा (बुस्टर डोज) खोप दिने अभियान अघि बढ्दै गर्दा यस्तो छलफल सुरू भएको हो । खोपको वितरणमा बढ्दो असमानताजस्ता संसारले यतिबेला सामना गरिरहेका गम्भीर चुनौतीबारे विश्व आर्थिक मञ्चको भर्चुअल बैठकमा छलफलको लागि विषय टुङ्गो लागेको छ ।
विकसित र विकासशील देशहरूबीच ‘खोप लगाउने’ को सङ्ख्याको अन्तर अझै फराकिलो बन्दै गएको छ । उत्तर र दक्षिण गोलाद्र्धका जनतालाई कोरोना भाइरसविरूद्धको उपचार र सुविधामा ठूलो भेद कायम नै छ ।
‘द ग्लोबल टाइम्स’ पत्रिकाले गरेको एक अध्ययनले बितेका छ महिनामा उच्च आम्दानी र न्यून आम्दानी भएका देशहरूबीच खोपको पहुँच अझ फराकिलो बनेको देखाएको छ ।
आज अधिकांश विकसित देशहरूमा पूर्ण मात्रा खोप लगाउनेको दर ८० प्रतिशत नाघेको छ । तर, अफ्रिकालगायत अल्प विकसित क्षेत्रका झन्डै ८ प्रतिशत जनताले मात्र खोप लगाउन पाएका छन् ।
इथियोपिया र नाइजेरियाजस्ता केही अफ्रिकी देशहरूमा कोरोना भाइरस रोगविरूद्ध क्रमशः १.४ र २.३ प्रतिशत मानिसले मात्र खोप लगाउन सकेका छन् । यूएई र पोर्चुगलमा खोप लगाउने मानिस झन्डै ९० प्रतिशत पुगेको तथ्याङ्कमा हाम्रो विश्व नामको संस्थाले देखाएको छ ।
बितेको एक वर्षमा गरिब देशले आफ्ना नागरिकलाई लगाएको पहिलो वा दोस्रो मात्राको खोप भन्दा बितेका चार महिनामा धनी देशहरूले लगाएको प्रवद्र्धक खोपको सङ्ख्या बढी भएको तथ्याङ्कले देखाएको छ । वास्तवमा बेलायतमा तेस्रो मात्रा खोप लगाउने मानिसको सङ्ख्या (२७ प्रतिशत) सिङ्गो अफ्रिकामा पहिलो मात्रा खोप लगाउने मानिसभन्दा बढी छ ।
धनी देशहरूले ठूलो परिमाणमा खोप भण्डारण गरेको छ भने गरिब देशहरूलाई निकै धिमा गतिमा खोप सहयोग वा आपूर्ति गरिरहेको छ । यसो हुनुको कारण केही विज्ञहरूको बुझाइमा धनी देशहरूले नयाँ भेरियन्टविरूद्ध प्रवद्र्धक मात्रा खोपको अभियान सञ्चालन गर्नु हो ।
खोपको लागि विश्वव्यापी सहकार्य र सहायता आवश्यक भएको बेला अफ्रिकी महादेशका धेरै देशहरू भने अहिले पश्चिमा देशको ‘खोप राष्ट्रवाद’ को चपेटामा परेका छन् ।
कोभिड–१९ महामारी फैलिएको तेस्रो वर्ष पुगिसकेको छ । छोटो समयावधिमा खोपको तीव्र विकास युगौं युगको लागि वैज्ञानिक उपलब्धि हो । तर, ओमिक्रोन भेरियन्टले हामीले विश्वभर खोपको वितरणलाई किन प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरा प्रस्ट पारेको छ । त्यो नभए स्वास्थ्य, अर्थतन्त्र र भूराजनीतिक क्षेत्रमा नकारात्मक जोखिम पर्नेछ । विश्व आर्थिक मञ्चमा यही विषयमा छलफल हुँदै छ ।
जनसङ्ख्याभन्दा नौ गुणा बढी खोप
विश्व स्वास्थ्य सङ्गठनअनुसार संसारभर हालसम्म ५०.०३ प्रतिशत मानिसलाई पूर्ण खोप लगाइएको छ । संसारभर कुल ९ अर्ब ३६ करोड मात्रा खोप लगाइसकेको छ । विश्वभर हरेक दिन ३ करोड २६ लाख ९० हजार मात्रा खोप लगाइँदै छ । यो जनवरी १६ को तथ्याङ्क हो । तर, खोप वितरणमा उच्च आय र न्यून आय देशबीच ठूलो खाडल देखिएको छ । न्यून आयका देशहरूमा ९.५ प्रतिशत जनताले कम्तीमा पहिलो मात्रा खोप पाएका छन् ।
जनवरी १४ को तथ्याङ्कअनुसार उच्च आयका देशका प्रति एक सय मानिस झण्डै १७५.०३ मात्रा खोप पाइसकेका छन् । जब कि न्यून आयका देशमा प्रति एक सय मानिस जम्मा ८२.८३ मात्रा खोप मात्र लगाएका छन् ।
धेरै अफ्रिका देशहरू खोपमा निकै पछि परे पनि बेलायत, जर्मनी, सिङ्गापुर, ,चिली, इटाली र फ्रान्स प्रति एक सय मानिसमा सबभन्दा बढी खोप लगाउन सफल देशहरू हुन् ।
सन् २०२१ को डिसेम्बर ३० सम्ममा अफ्रिकाका आधा देशहरूले मात्र कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढीले मात्र पूर्ण खोप लगाउन पाए । सन् २०२१ को सेप्टेम्बर महिनाभित्र त्यो लक्ष्य हासिल गरिसक्ने विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरेको थियो ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानम घिब्रिएससले हालै ९० भन्दा बढी देशहरूले आफ्नो जनताको ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य अझै हासिल भइनसकेको बताएका छन् । अफ्रिकाका ८५ प्रतिशतभन्दा बढी जनताले अझै पहिलो मात्रा खोप पाउन सकेका छैनन् ।
केन्याका अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ एडहर केभिन्सले विश्व स्वास्थ्य सङ्गठनले जब जब विश्वव्यापी महामारीको घोषणा गर्छ तब धनी देशहरू अरबौंको खोप भण्डारण गर्ने पुरानै रोगले कोभिड महामारीमा निरन्तरता पाएको बताए ।
विकासशील देशहरूले अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको लागि खोपको जोहो गर्न नसकेको बेला आफ्नो जनसङ्ख्याभन्दा नौ गुणा बढी खोप भण्डारण गर्ने क्यानाडाजस्ता देशहरूसँग आफ्नो कामलाई सही ठह¥याउने कुनै नैतिक आधार नभएको केभिन्सले भने ।
कोभिड–१९ को उपचार, औषधि र सुरक्षा सामग्रीजस्ता विषयमा पनि दुरी अझ फराकिलो बन्दै गएको र ती सबै कुरा अल्पविकसित देशहरूको पहुँच कम छ ।
अफ्रिकाका अधिकांश देशहरूसँग खोप उत्पादन गर्ने क्षमता छैन । उनीहरूले दक्षिण अफ्रिका, सेनेगल र इजिप्टजस्ता देशहरूबाट खोप पाउने झिनो आशा राखेका छन् । ती देशहरूमा खोप उत्पादनमा चीनको औषधि कम्पनी सिनोभ्याकले सहयोग गर्दै आएको छ ।
कोभिड–१९ को खोप, रोग पहिचान, उपचार र उपचार सामग्रीमा बौद्धिक सम्पत्ति अधिकारमा अस्थायी छुट दिने प्रयास र गरिब देशको लागि ती सामानको उत्पादन गर्न सहज बनाउने पहललाई धनी देश र ठूला औषधि कम्पनीहरूले रोकेको विज्ञहरूले भने ।
न्यून आय देशमा खोपको अभाव जी ७ देश र युरोपेली सङ्घका देशहरूभित्रको अतिरिक्त खोपभन्दा बढी भएको खोप वितरणबारे विश्लेषणात्मक अध्ययन गरिरहेको डुक विश्वविद्यालय र एयरफिनिटी कम्पनीले जनाएको छ । यो वर्ष आफ्ना ७५ प्रतिशत जनतालाई खोप दिएर २० प्रतिशतलाई प्रवद्र्धक खोप दिंदा पनि जी ७ र युरोपेली सङ्घसँग ७६ करोड ९८ लाख मात्रा खोप बढी हुन्छ । त्यसबाहेक दस प्रतिशत खोप खेर जाने डुकको विश्लेषणलाई उद्धृत गर्दै संरा अमेरिकी स्टाट न्युजले लेख्यो ।
चीनबाहेक अधिकांश विकासशील देशहरू विशेषतः अफ्रिका र भारतसहित एसियाका केही भागमा युरोप र संरा अमेरिकाको तुलनामा खोप लगाउनेको दर न्यून छ । न्यून खोप दरको मूल कारण न्यून उत्पादन क्षमता र आर्थिक अवस्था भएको एक जना चिनियाँ इम्युनोलोजिस्टले भने ।
अफ्रिकामा अहिले भएको खोपको अभावको मूल कारण असमान वितरणमात्र होइन, बरू स्थानीय रूपमा खोप लगाउन तयार नहुने र आधारभूत स्वास्थ्य पूर्वाधारमा कमी पनि भएको विज्ञहरूले भनेका छन् ।
‘द ग्लोबल टाइम्स’बाट अनुदित सामग्री
Leave a Reply