भर्खरै :

बौद्ध चैत्य जीर्णोद्धारको लागि न्यास पूजा

भक्तपुर, ३ माघ । भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकमा रहेको बौद्ध चैत्य जिर्णोद्धारको लागि न्यास पुजा (जिर्णोद्धार पुजा) वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको आतिथ्यतामा सोमबार कमलविनायक मन्दिर परिसरमा एक समारोहबीच बौद्ध चैत्य अगाडि पूजा सम्पन्न भयो ।
न्यास पुजा धर्म गुरू भीमरत्न बज्राचार्य र प्राध्यापक पुष्परत्न शाक्यले गर्नुभएको थियो । विधि तन्त्रबाट स्थापित ऐतिहासिक बौद्ध चैत्यहरू जिर्णोद्धारको लागि भत्काउन चार दिन अगाडि उक्त पुजापाठ सम्पन्न गर्नुपर्ने मान्यता रहेको नेपाल परम्परा बौद्ध संघका अध्यक्ष श्री पुष्पराज शाक्यले बताउनुभयो । बौद्ध सम्पदाहरू जिर्णोद्धार गर्नको लागि न्यास पुजा गरेर मात्र जिर्णोद्धार गर्नुपर्ने कुरा बौद्ध सम्पदाविज्ञहरूले बताउनुभयो । उक्त बौद्ध चैत्य पहिला यातु चैत्य विहार रहेको अभिलेखहरू रहेको बताउनुभयो ।
उक्त बौद्ध चैत्य लगत इष्टिमेट ९ लाख ०१ हजार ३२२ रुपियाँ ५६ पैसा रहेकोमा जिर्णोद्धारको लागि अनुगमन समिति गठन गरेको थियो । वडा सदस्य जितेन्द्र मुनंकर्मीको संयोजकत्वमा पाँच सदस्यी समितिमा सदस्यहरू तिर्थमान दुमरू, विकासराज बज्राचार्य, पद्मरत्न शाक्य, सुरेशज्योति शाक्य रहेको अनुगमन समिति गठन गरेको थियो । उक्त ऐतिहासिक बौद्ध चैत्य जिर्णोद्धार गर्न पुरातत्व विभागबाट आर्थिक सहयोग प्राप्त भएको र भक्तपुर नगरपालिकाको सहकार्यमा निर्माण कार्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *