राष्ट्रपति ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना
- बैशाख ८, २०८३
काठमाडौँ, ५ माघ । एक युगमा स्वर्ग वा ‘अलकापुरी नगरी’ भनिएको काठमाडौँ उपत्यका आज ‘कोरोनापुरी नगरी’ भएको छ । ‘सङ्क्रमणदर अहिलेसम्मकै उच्च’, ‘एकै दिन १० हजारभन्दा बढी सङ्क्रमित, ५४ प्रतिशत उपत्यकाका’
(नागरिक दैनिक– ५ माघ २०७८) ।
‘कोरोना सङ्क्रमण दर उच्चबिन्दुमा पुग्दै’, ‘परीक्षण गरिएका मध्ये झन्डै ५० प्रतिशतमा सङ्क्रमण’ – राजधानी – ५ माघ २०७८)
‘१२ माघमा कोरोना उच्चबिन्दुमा पुग्ने प्रक्षेपण’, ‘मङ्गलबार एकै दिन अहिलेसम्मकै धेरै, १० हजार २५८ सङ्क्रमित, अस्पताल भर्ना हुनेको सङ्ख्या भने न्यून, १,२१८ उपचारत’ ।
प्रदेशको हिसाबले परीक्षण सङ्क्रमित
१) प्रदेश नं. १ १७९० ९८५
२) प्रदेश नं. २ (मधेस) २०२ १५१
३) बाग्मती प्रदेश १४,२०७ ६७१७
४) गण्डकी प्रदेश ६८६ ३३५
५) लुम्बिनी प्रदेश ६६४ २९५
६) कर्णाली प्रदेश २२ १६
७) सुदूरपश्चिम प्रदेश ३२१ २३१
उपत्यकामा पछिल्लो २४ घण्टामा ५,५४९ सङ्क्रमित थपिए र २४,५७६ सक्रिय सङ्क्रमित रहे । (नयाँ पत्रिका– ५ माघ २०७८)
माथिको तथ्याङ्कबाट थाहा हुन्छ – काठमाडौँ उपत्यका स्वास्थ्यको हिसाबले बस्न लायक भएन । २० वर्ष यता जिल्ला – जिल्लाबाट अवसरको खोजी, सम्पन्नता, माओवादी गृहयुद्धबाट गाउँ र जिल्लाबाट भागेका तथा अपराधीहरू (जाली–फटाहा, चोर, लुच्चा, ठग, डाँकू, घर–जग्गाका माफिया आदि) काठमाडौँ पुगेका थिए ।
प्रदेश, जिल्ला र पालिकाहरूमा स्वास्थ्यको राम्रो बन्दोबस्त नहुँदा पनि नागरिकहरू राजधानी पुग्नु स्वाभाविक छ । तर, त्यसले अर्को पाटो पनि उजार गर्छ– प्रदेश र पालिकाहरूका नेतृत्वहरूले अर्थात् (नेका, एमाले, माओवादी केन्द्र, मधेसवादी, राप्रपा आदि सबै शासक दलहरूले) आ–आफ्नो प्रदेश र स्थानीय निकायमा राम्रो बन्दोबस्त गर्न सकेका छैनन् ।
भारतबाट हुलका हुल आएका नेपालीहरू र भारतीय पर्यटकहरूले सीमामै परीक्षण गर्दा र सङ्क्रमित एवम् मृत्युको तथ्याङ्क बाहिर आएको देखिएन ।
नत्र कर्णाली प्रदेशमै परीक्षण २२ र सङ्क्रमित १६ मात्रै हुनु स्वास्थ्यसम्बन्धी बन्दोबस्तको अभाव बताउँदैन र !
तथ्यले काठमाडौँ उपत्यका बस्नलायक नभएको ठाउँ भन्दै छ । यसबाट पर्यटन उद्योगमा ¥हास आउनेछ । तर, त्यसले अन्य प्रदेशहरूमा शिक्षा, व्यापार, उद्योग, पर्यटन र खेतीपातीमा सुधार हुने लक्षण देखिनेछ ।
सम्भावित अप्ठेरोबाट पार पाउन सरकारलाई तलका विषयहरूमा दबाब दिनु आवश्यक छ –
क) प्रदेशहरूमा शिक्षा र स्वास्थ्यको थप व्यवस्था आवश्यक छ
ख) प्रदेशहरूको बाटाघाटा बनाउनमा प्राथमिकता दिई उद्योग–धन्दा र खेतीपातीको विकास गर्नु आवश्यक छ । रोजगारी बढाउन कुटीर व्यवसाय र स्थानीय कच्चा मालबाट उत्पादन हुने घरेलु उद्योगमा ध्यान दिनु आवश्यक छ ।
ग) अपराधीहरूलाई काठमाडौँ छिर्न रोक्न परिचयपत्रको व्यवस्था गर्ने । परिचयपत्र नहुनेलाई डेरा नदिने, कसैले मालअड्डामा घरजग्गा बेचबिखन गर्न प्रदेशको सिफारिस चाहिने व्यवस्था गर्ने र काठमाडौँको सम्बन्धित नगरपालिकालाई जानकारी गर्ने बन्दोबस्त गर्नुपर्ने कानुनी व्यवस्था गर्नु आवश्यक छ ।
घ) यही बन्दोबस्त सबै प्रदेशमा लागु गर्दा सम्भावित हत्या, हिंसा, बलात्कार, चोरी, डकैती, ठगी र अन्य सरुवारोग रोकथाममा सहयोग पुग्नेछ ।
ङ) यस बन्दोबस्तले घर–जग्गा दलाल, गिटी बालुवाका व्यापारी र ठेकेदारको भेषमा जिल्लान्तर गर्ने अपराधी वा माफियाहरूबाट हुने अपराधमा कमी आउने र देशको शान्ति–सुरक्षामा प्रगति हुनेछ ।
५ माघ २०७८ को अन्नपूर्णले लेख्यो– ‘फेरि देशभर कोरोना !’
Leave a Reply