शैक्षिक डामाडोलले देश ध्वस्त हुने !
- बैशाख ८, २०८३
विश्व आर्थिक मञ्चमा चीनका राष्ट्रपति सी चिनफिङको मन्तव्य अन्तर्राष्ट्रिय सहकार्य अगाडि बढाउन कोसेढुङ्गा बनेको छ । सीले आफ्नो मन्तव्यमार्फत आगामी वर्षहरूमा चीन र विश्वलाई राम्रो भविष्यतर्फ कसरी लैजाने भन्ने बाटो देखाउनुभएको छ । जनवरी १७ मा पेइचिङबाट विश्व अर्थ मञ्चको भिडियो सम्मेलनमा बोल्दै राष्ट्रपति सीले हाल विश्वको टड्कारो चुनौतीबारे चारसूत्रीय प्रस्ताव प्रस्तुत गर्नुभयो, तीन वटा कारबाहीको घोषणा गर्नुभयो, चीनले विश्वको सहकार्यलाई अगाडि बढाउने अठोट देखाउनुभयो ।
राष्ट्रपति सीले दाभोस मञ्चमा चीनको आवाज प्रसारण गर्नुभएको यो तेस्रो पटक हो । उहाँले सन् २०१७ र सन् २०२१ दाभोस मञ्चमा चीनको अडान र चीनको योजनाबारे व्याख्या गर्नुभएको थियो ।
राष्ट्रपति सीले विश्वासलाई सुदृढ पार्ने र पारस्परिकरूपमा सहयोग गर्ने महामारीलाई पराजित गर्ने एकमात्रै सही बाटो भएको, विश्वको विभिन्न मुलुकले अन्तर्राष्ट्रिय महामारी विरूद्धको सहकार्यलाई बढाउनुपर्ने, मानव स्वास्थ्य समुदायको निर्माणलाई गति प्रदान गर्नुपर्ने र खोपको निष्पक्ष वितरणको प्रत्याभूति गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
चीनले १२० वटा मुलुक र अन्तर्राष्ट्रिय सङ्गठनलाई २ अर्ब डोज खोप उपलब्ध गराइसकेको छ, अफ्रिका र आसियान मुलुकलाई फेरि करोडौँ डोज खोप सहयोग दिने कुराको घोषणा गरेको छ ।
सीले संरक्षणवाद र एकपक्षीयतावादले अरूलाई हानि पु¥याउनुका साथै आफूलाई पनि हानि पु¥याउने, फरक मुलुक र फरक सभ्यताले पारस्परिक सम्मानमा साझा विकास गर्नुपर्ने कुरा बताउनुभयो ।
सीले सोही दिन चीनले अर्थतन्त्रको सन् २०२१ को तथ्याङ्क सार्वजनिक गरेको थियो । चीनको अर्थतन्त्रले विश्वको आर्थिक वृद्धिका लागि दिएको योगदान दर करीब २५ प्रतिशत पुग्ने अनुमान छ । सीआरआई
Leave a Reply