भर्खरै :

धनमा दया हुन्छ ?

धनमा दया हुन्छ कि हुँदैन ? यो प्रश्न अकस्मात् उठ्यो मेरो चञ्चले मनमा । यही माघको ७ गते बिहानै ‘नयाँ पत्रिका’ दैनिक पढिरहेको थिएँ, दुइटा लेखमा आँखा प¥यो । एउटा थियो नेबिल अहमदको, जो केन्यामा बस्छन् र आर्थिक असमताका अभियन्ता तथा अकसफाम इन्टरनेसनलका कार्यकारिणी नीतिकार तथा सञ्चार प्रमुख हुन् । उनको ‘महामारी अर्बपतिका लागि अति लाभदायी’ भन्ने र सोही दिनको सोही पत्रिकाको ‘कोभिड सङ्कटमा बढ्दो आर्थिक असमानता’ नामको अर्थराजनीतिक विश्लेषक नन्दलाल खरेलको लेख पढ्दा पढ्दै आएको हो सो धनमा दया हुन्छ कि हुँदैन भन्ने जिज्ञासा । गएको दुई वर्षदेखि यो विश्वमा कोभिड–१९ नामको महामारीले ५५ लाखभन्दा बढी मान्छेको ज्यान लिइसकेको तथ्याङ्क छ भने जान्ने बुझ्नेहरूका अनुसार सो महामारीबाट मर्ने मान्छेहरूको सङ्ख्या १ करोड नौ लाख नाघिसकेको छ । एकातिर त्यति धेरै मान्छे मरे भने अर्कोतिर कोभिड–१९ रोगको औषधि उत्पादक कम्पनीहरूका जम्मा १० जना साहुको सम्पत्ति बढेर दोब्बर भयो रे ! खरेलले त आफ्नो लेखमा ती १० जना साहुको नाम नै लेखेका छन्– इनोल मस्कदेखि वारेन बुफेटसम्म । अक्सफामका अनुसार यो विश्वमा आर्थिक असमानता बढ्नुमा कोरोनामात्र उत्तरदायी छैन वर्तमान विश्व पुँजीवादी अर्थव्यवस्था पनि बढी जिम्मेदार छ । यद्यपि, कोरोना नहुँदा पनि आर्थिक असमानताको खाडल बढेकै थियो । अहिले महामारीका कारण थप बढ्न गएको मात्र हो । पुँजीवादी राजनीतिक र आर्थिक व्यवस्थाले धनीहरूलाई थप धन आर्जन गर्ने मौका दियो भने करोडौँ जनताको जीवनलाई अति विपन्न बनायो । के अब पनि यस्तो व्यवस्थाको विकल्प खोज्नुपर्दैन ? भनी प्रश्न गरिएको छ ।

कोरोना महामारी यता विश्व आर्थिक असमानता डरलाग्दो पहिरोतिर बढिरहेको छ । कोरोनाले विश्वका केही धनाढ्यलाई झन् धनाढ्य बनाएको छ भने विपन्नहरूलाई चरम विपन्नताको खाडलतिर जाकिरहेको छ । विश्वव्यापी गरिबी निवारणमा क्रियाशील संस्था अक्सफाम इन्टरनेसनलको पछिल्लो प्रतिवेदनअनुसार सबैभन्दा गरिबको न्यूनतम आय भएकै कारण प्रतिदिन २१ हजार मान्छे अकालमा ज्यान गुमाउँछन् । यता भने संसारभरमै १० जना सबैभन्दा ठुला धनी मान्छेको सम्पत्ति दोब्बरले बढेछ !

महामारीको फाइदा दस धनीलाई ?
संसारको सबैभन्दा बढी धन यिनै १० जना साहुसँग रहेछ । औषधि यिनै बनाउँछन् । औषधि बनाउन एक प्रकारको सेवा पनि हो । भाउ तिनै तोक्छन्, महँगोमा यिनै बेच्छन् । यिनै साहुहरूका कम्पनीहरू सिन्डिकेट बनाएर औषधिहरूको आपूर्ति रोकेर खोप बन्द गराउँछन् । अब मान्छेहरू खोप पाउँदैनन्, अकालमै मर्छन् । बेइमानीको पनि यो हदै नाघेन र ? औषधिजस्तो वस्तुको कृत्रिम अभाव गराएर कमाउनु कहाँसम्मको बेइमानी हो ? के यो बेइमानीको पनि पराकाष्ठा होइन र ? कोरोनाको रोगलाई पनि कालोबजारी गरेर कुम्ल्याएको धनले सुख देला र ? अति धनाढ्य एक प्रतिशतको अति उपभोगबाट उत्पन्न जलवायु सङ्कटबाट धनी गरिब दुवै थरी पीडित छन् । संसारमा एउटा यस्तो बेला पनि थियो जहाँ साना धनीले पनि ठुला धनीको पक्ष लिन्थे । यो कोरोनाको महामारीको अवस्थामा साना धनी पनि ठुला धनीहरूविरुद्ध गरिबहरूसँगै उत्रनुपर्ने स्थिति खडा गराएको छ । अब धनीहरू पनि ठुला धनीविरुद्धको सङ्घर्षमा गरिबसँग मोर्चा बनाउनुपर्ने अवस्था आएको छ । द्वन्द्वको परिवेश नै फेरिएको नयाँ अवस्था ल्याएको छ कोरोनाले । अक्सफामले गरेको एउटा प्रक्षेपणअनुसार यो बढ्दो असमानताका कारण प्रत्येक ४ सेकेन्डमा एक जनाको मृत्यु हुने गरेको छ । यस परिघटनालाई धेरैजसो धनाढ्यहरू के के रूपमा हेर्छन् ? तर, अहिले असमानता विगतमा नदेखिएको तहमा उक्लेको छ । वास्तवमा यो घटना साधारण होइन असाधारण हो । चरम महामारीले एकथरीको जहाजै डुबेको छ । अर्थतन्त्र जोगाउन एकथरीले खर्बौँ डलर वित्तीय खातामा खन्याएका छन् । यी खाता उनै अति धनीकै खल्तीमा पुग्छन् । ‘धनले धन तान्छ’ भन्ने नेपालको धन उखान यसैगरी सत्य साबित हुने हो । कोरोनाले विश्व अर्थतन्त्रमा गम्भीर प्रतिक्रिया खडा गरेको छ ।
प्रकृतिउपर कब्जा कसरी ?
कोरोना महामारी यता विश्व आर्थिक असमानता डरलाग्दो पहिरोतिर बढिरहेको छ । कोरोनाले विश्वका केही धनाढ्यलाई झन् धनाढ्य बनाएको छ भने विपन्नहरूलाई चरम विपन्नताको खाडलतिर जाकिरहेको छ । विश्वव्यापी गरिबी निवारणमा क्रियाशील संस्था अक्सफाम इन्टरनेसनलको पछिल्लो प्रतिवेदनअनुसार सबैभन्दा गरिबको न्यूनतम आय भएकै कारण प्रतिदिन २१ हजार मान्छे अकालमा ज्यान गुमाउँछन् । यता भने संसारभरमै १० जना सबैभन्दा ठुला धनी मान्छेको सम्पत्ति दोब्बरले बढेछ ! अक्सफामले उद्धरण गरेको ‘फोब्र्स’ भन्छ, संसारमै १० जना साहुको सम्पत्ति ७ सय अर्ब हजारबाट १५ सय अर्ब हजार डलर भयो रे ! यो बढोत्तरी कोरोनाको महामारीले अल्पविकसित देशहरू ऋणमा डुब्दै जाँदै छन् । आफ्नो सार्वजनिक खर्च घटाइरहेका छन् । लैङ्गिक असमानता उत्कर्षमा पुगेको छ । सन् २०१९ को तुलनामा अहिले १ करोड ३० लाख महिला कम काममा जान्छन् भन्ने प्रतिवेदन छ । अझ डरलाग्दो तथ्याङ्क धेरै किशोरीहरू कहिल्यै विद्यालय नजाने जोखिममा छन् । कस्तोसम्म तथ्याङ्क छ भने एलन मस्कको सम्पत्ति एकहजार प्रतिशतभन्दा बढीले बढेछ । हरेक वर्ष स्वीट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चको बैठक गरिन्छ, जनवरी २१ देखि २४ सम्म । धनी राष्ट्रका सरकार प्रमुखदेखि बहुराष्ट्रिय कम्पनीबाट अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि भेला भई छलफल हुन्छ । त्यहाँ असमानता घटाउनेबारेमा कहिल्यै छलफल हुँदैन । संसारका यी धनाढ्यहरूको यो सम्मेलन स्रोत र साधनहरू कसरी आफ्नो कब्जामा पार्ने, असमानता र विभेदको खाडल कसरी ठुलो गराउन सकिन्छ भन्नेबारेमा सो भेला केन्द्रित हुन्छ । प्रकृतिले विश्व मानव जातिको लागि प्रदान गरेको जल, जङ्गल र जमिन पूर्ण निःशुल्करूपमा कसरी मानव र अरु प्राणीको सामूहिक गराउने ! जस्ता कुरामा त्यो भेलामा किञ्चित चर्चा परिचर्चा गरिँदैन । बरु प्रकृति प्रदत्त सम्पदामाथि कसरी कब्जा गर्ने भन्ने रणनीति बन्छ ।
कोरोना, डाभोस सम्मेलन र पैसा
प्रकृतिले यस पृथ्वीका सम्पूर्ण स्थावर जङ्गमका लागि उपलब्ध गराएका सम्पदाउपर आफ्नै मात्रै प्रमुख स्वामित्व र एकाधिकार रहोस् भन्ने तुच्छताले ग्रस्त मान्छेहरू के के भन्दा पनि निषिद्ध कुरा के के गर्दैनन् भन्ने हद नै मेटिसकिएको जस्तो भान हुन्छ । डाभोस सम्मेलन, कोरोना र अन्य परिस्थितितिर चियाउँदा विश्वमै धनी र गरिबबीचको खाडल बढ्नुमा लोकतन्त्रभित्र या शासनभित्र पुँजीवादी अर्थव्यवस्था जिम्मेदार छ । यो खाडल पुर्न यही व्यवस्था सक्षम छैन किनभने पुँजीवादले खुला व्यापार नीतिको समर्थन गर्छ । यो नीतिमा जसले जे पाए पनि जसरी पनि कुम्ल्याउन सक्छ । राज्यले त्यसमा खासै हस्तक्षेप गर्दैन वा अङ्कुश लगाउँदैन । अहिले विश्वव्यापी आपत्काल कसरी बढिरहेछ भन्ने कुरा वस्तुतः हामीमा नै निर्भर छ भन्ने दृष्टिकोण प्रस्तुत गर्दै नेबिल अहमद लेख्छन्, हामीसामु दुई विकल्प छन् – एउटा हो अहिलेका अर्बपतिहरूको हित हेर्न घातक असमानता बढाइ राख्ने र हिंस्रक अर्थतन्त्रहरू कायम राख्ने । अर्को हो केही गरिबका अल्पकालीन अर्बपति नरहने समानतामा आधारित अर्थतन्त्र बनाउने । जति भने पनि छनोट त हाम्रै हातमा छ । चरम गरिबी र अभावमा को पो बाँच्न चाहन्छ र ¤ तर, यो भुक्तमानबाट मुक्त हुन किन विद्रोह गर्दैन मान्छे ? यो प्रश्न खडा छ चेतनाकै अभाव त होला ? अन्ततोगत्वा एउटा प्रवृत्ति डाभोसको पक्षमा उभिनु । अर्को हो त्यसको विपक्षमा उभिनु । त्यसको पक्षमा उभिँदा र विपक्षमा उभिँदा उभिनु त उभिनु नै हो तर परिणाम भने नितान्त फरक हुने गाँठी कुरा बुझेन भन्ने पछुतो हुनेछ । असल प्राप्तिको लागि असल नै गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *