भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
कोभिड–१९ महामारी सुरू भएपछि अर्थतन्त्रसहित विश्वभर सबै क्षेत्र प्रभावित हुन पुगेका छन् । तर जताजतै अर्थतन्त्र निकै सङ्कुचित हुन पुगेको अवस्थामा पनि विश्वका अति धनाढ्यहरू भने महामारीका बेला झन् धनी भएको एक रिपोर्टले देखाउँछ ।
मङ्गलबार सार्वजनिक गरिएको ‘वल्र्ड इनइक्वालिटी रिपोर्ट’ (विश्व असमान प्रतिवेदन) अनुसार कोभिड महामारीका बेला धनीहरू झन् धनी र गरिबहरू झन्–झन् गरिब हुँदै गएका छन् । प्रतिवेदनअनुसार सन् १९९५ पछि सिर्जना भएको सम्पत्तिमध्ये ३८ प्रतिशत हिस्सा १ प्रतिशत मानिसको हातमा पुगेको छ । जबकि २ प्रतिशत सम्पत्तिमाथि मात्रै समाजको तल्लो तहमा रहेको ५० प्रतिशत जनसङ्ख्याको नियन्त्रणमा छ । विश्वभरको कुल सम्पत्तिमध्ये ३.५ प्रतिशत सम्पत्ति २ हजार ७५५ अर्बपतिको स्वामित्वमा रहेको छ । जुन दर विश्वभर महामारी फैलिँदा अर्थात् २०२० को सुरूतिर २ प्रतिशतभन्दा थोरैले बढी थियो ।
प्रतिवेदन भन्छ, संसारका अति धनी १० प्रतिशत मानिससँग विश्वव्यापी आयमध्ये ५२ प्रतिशत रहेको छ तर अति गरिब ५० प्रतिशत मानिससँग केबल ८ प्रतिशत आय छ । “कोभिड सङ्कटले अति धनी र बाँकी जनसङ्ख्याबीच रहेको असमानता झन् बढाएको छ”, प्रतिवेदनका प्रमुख लेखक लुकास चान्सेलले भने । धनी अर्थतन्त्रले व्यापक वित्तीय सहायतामार्फत गरिबीलाई ह्वात्तै बढ्न नदिएको पनि उनको भनाइ छ ।
लकडाउनको क्रममा अति धनी केही मानिसले विश्वको अधिकांश अर्थतन्त्र अनलाइनमार्फत सञ्चालन गरेकोले झन् धनी भएको र सम्पत्तिको मूल्य बढ्दा केही धनीको आम्दानी बढेको हो । “धन नै भावी आर्थिक प्रगतिको मुख्य स्रोत मानिने र शक्ति तथा प्रभावको स्रोतसमेत बन्दै गएका कारण असमानता थप बढाउने देखिन्छ”, हाल थोरै मानिसको हातमा मात्रै आर्थिक शक्ति अति केन्द्रीकृत भएको तर्फ सङ्केत गर्दै प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनअनुसार ३६ प्रतिशत आय १० प्रतिशत धनीको हातमा रहेको युरोपमा आर्थिक समानताको अवस्था अन्य क्षेत्रभन्दा राम्रो छ । तर, मध्यपूर्व र उत्तर अफ्रिकामा सबैभन्दा बढी आर्थिक असमान (५८ प्रतिशत आय १० प्रतिशतको हातमा) छ ।
-अनलाइनखबर
Leave a Reply