भर्खरै :

सङ्ख्या होइन, सिद्धान्त र विचार ठुलो

देश र समाजमा आमूल परिवर्तन ल्याउन दर्शन र सिद्धान्त बोकेको एक राजनीतिक दलको खाँचो हुन्छ । निश्चित आदर्श समाज स्थापना गर्न या शोषणरहित समाज स्थापना गर्न राजनीतिक दलले एक न एक वर्गको प्रतिनिधित्व गरेकै हुन्छ । देशमा वर्गसङ्घर्षमार्फत आमूल परिवर्तन गर्न नेपाल मजदुर किसान पार्टी स्थापना भएको हो । बहुमत जनताको प्रतिनिधित्व गर्दै पार्टीले राजनीतिक दर्शन र आदर्श समाजको राज्य व्यवस्थाको रूपरेखा, गन्तव्यमा पुग्ने उपायबारे प्रचार गरिरहेको हुन्छ । सिद्धान्त र विचार बोकेको राजनीतिक दलले तत्कालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, देश र जनताको समस्या समाधानका उपायबारे जनतालाई सुसूचित पार्न बेलाबखत विभिन्न साना ठुला भेला, प्रवचन, अन्तरक्रिया, गोष्ठी, जनसभा तथा प्रदर्शन गरिरहेको हुन्छ । यसै सिलसिलामा माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्ग निर्देशक सिद्धान्त मान्ने नेमकिपाले नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाले पु¥याएको योगदान, गतिविधि, राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा कम्युनिस्ट पार्टीले खेलेको भूमिका, आन्दोलन र सङ्घर्षको इतिहास, अन्तर्राष्ट्रिय कम्युनिस्टहरूको जीवनीबारे सुसूचित पार्न सोमबार अनलाइन प्रवचन कार्यक्रमको आयोजना ग¥यो । पार्टीको ४८ औँ पार्टी स्थापनाको अवसरमा नेमकिपाको जिल्ला–जिल्लामा अन्तरक्रियात्मक र प्रशिक्षाणात्मक कार्यक्रम भइरहेको छ ।
नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) बरोबर भन्नुहुन्छ, “एक राजनीतिक दल मानिसको सङ्ख्यामात्र नभई एक चिन्तको निकेतन हो । तर, विडम्बना ¤ आफूलाई ठूला, गौरवशाली, कम्युनिस्ट, क्रान्तिकारी भन्ने दलका नेताहरू सङ्ख्यालाई नै सबथोक ठान्छन्, सङ्ख्या नै सच्चाइको मापदण्ड ठान्छन् । आज तिनै ठुला दलहरू कहिले बहुमतको नाउँमा त कहिले गठबन्धनको नाउँमा असमान सन्धि सम्झौता गर्छन्, राष्ट्रघाती योजना ल्याउन अग्रसर हुन्छन् । इतिहास पल्टाएर हेर्दा वास्तवमा ठुलो दलको सरकारले नै देशलाई परनिर्भर बनाइरहेको हो । सत्तारुढ ठुला दलकै कारण देश विदेशीको उठबसमा चलिरहेको हो । यसले थाहा हुन्छ, सङ्ख्या मुख्य होइन सिद्धान्त र विचार मुख्य हो । नेमकिपाले सिद्धान्त र विचारको आधारमा राजनीति गरिरहेको हो, कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याउने अभियान चलाइरहेको हो ।
नेमकिपाले स्थापनाकालदेखि नै पञ्चायती निरङ्कुशताविरुद्ध बाग्मती, नारायणी, जनकपुर, भेरी, कर्णाली, सगरमाथा तथा देशका अन्य जिल्ला र गाउँ–ठाउँमा जनतालाई सचेत पार्ने र मौलिक र राजनीतिक अधिकारको निम्ति देश र जनताप्रति पार्टीको कर्तव्यबारे सुसूचित पार्ने काम गर्दै आएको हो । पार्टीले कानुनी र गैरकानुनी सङ्घर्ष गर्दै आएको हो । पार्टीका नेता तथा कार्यकर्ताहरू भूमिगत होस् या प्रवासमा जनताका हक अधिकार प्राप्त गर्न र कामदार वर्गको सरकार स्थापना गर्न लागिपरे, लागिरहेका छन् । पञ्चायती प्रतिक्रियावादी सङ्घ संस्थाभित्र रहेर नेता तथा कार्यकर्ताहरू देश र जनताको हक अधिकारको निम्ति लडे, लडिरेहका छन् । नेमकिपाले कहिले पनि आफ्नो सिद्धान्त र विचार छोडेन । नेमकिपा कहिले पनि शत्रुसामु झुकेन । नेमकिपाका नेता तथा कार्यकर्ताहरू दलगत स्वार्थमा लागेनन् र भागबन्डामा लागेनन् । नेमकिपाको आन्दोलन र सङ्घर्ष देश र बहुमत जनताको सेवाको लागि हो, सेवामा जुटिरहेको छ । यस हिसाबले नेमकिपा अरू दलभन्दा फरक छ । त्यसैले कति राजनीतिक विश्लेषकहरू नेमकिपालाई कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट आन्दोलनकै प्रकाशस्तम्भको रूपमा हेरिरहेका छन् । यो नेमकिपाले इमानदारीपूर्वक राजनीति गर्दाको परिणाम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *