भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
दादागिरी सायद कसैलाई मन पर्दैन । कहीँ कतै उपद्रव भयो, उच्छृङ्खल गतिविधि भयो या बल प्रयोग गरी आपराधिक, अनियमित, अन्यायपूर्ण काम भयो भने दादागिरी भयो भनी हामी बुझ्छौँ । हो, बल र अभिमानको भरमा अरूलाई हप्काउने र हैकम चलाउने काम नै दादागिरी हो । यस्ता दादागिरी देश विदेशमा भइरहेको छ । यसरी दादागिरी गर्ने देशहरूमा भारत र अमेरिका अगाडि छन् । भारतीय र अमेरिकी शासकहरू दादागिरी बनेका छन् । नेपाली भूमि लिपुलेकमा भारतीय पक्षले फेरि सडक विस्तार गर्ने काम दादागिरी हो । यो ठुलो, शक्तिशाली देशको हुङ्कार हो, बल प्रयोग हो । यो नेपालमाथिको हस्तक्षेप हो । एमसीसी परियोजना पारित गर्ने भए गर नत्र फिर्ता लान्छु भन्नु र यो सम्झौता पारित नभए अरू सहयोग रोक्का हुन्छ भन्नु धम्की नै हो, यो दादागिरीको अर्काे दृष्टान्त हो ।
विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकाले गरिरहेको दादागिरी राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा पैmलिरहेको छ । अमेरिकी सेना पसेको देशमा कहीँ पनि शान्ति छैन । अमेरिकी सेना तैनाथ गरिएको देशमा हत्या हिंसाका श्रृङ्खलाहरू भइरहेको सबैसामु छर्लङ्ग छ । बम विस्फोट र गोली हानाहान भएर ठुलो धन जनको क्षति भइरहेको छ । भारत र अमेरिकाको थिचोमिचो, आक्रमण, अतिक्रमण, दबाब, नाकाबन्दी, बलमिचाइ, असमान सन्धि र सम्झौताविरुद्ध संसारका स्वाभिमानी र देशभक्त जनताले विरोध गरिरहेका छन् ।
नेपाली भूमि कालापानीमा रहेका भारतीय सेना नेपाल फर्काउन, लिपुलेकमाथिको हस्तक्षेप रोक्न भारतकै देशभक्त पत्रकार, राजनीतिज्ञ र लेखकहरूले आवाज उठाइरहेका छन् । सिक्किम र गोर्खाल्यान्डका देशभक्त जनताले कालापानी र लिपुलेक नेपालको हो, त्यहाँ रहेका भारतीय सेना र भइरहेको हस्तक्षेप रोक्न आन्दोलन गर्दै छन् । सानो देशमाथि दादागिरी गर्न पाउँदैन भनी सामाजिक अभियन्ता र सामाजिक सङ्घसंस्थाले विरोध गरिरहेका छन् । अमेरिकामा रहेका देशभक्त नेपालीहरू पनि भारतीय सेना कालापानी छोडको नारा लगाउँदै शान्तिपूर्ण प्रदर्शनमा छन् । यसले भारतीय शासक र अमेरिकी शासकको विरोधमात्र होइन संसारभर बदनाम भइरहेको छ ।
कुनै ठुला देशहरू अरू देशको विकासमा विनासर्त आर्थिक सहयोग गर्छन्, निःशुल्क औषधि सहयोग गर्छन् र विकासमा सहयोग गर्छन् । कुनै ठुला देशहरू अरू देशको विकासमा बाधा हाल्छन् । कुनै ठुला देशहरू विकास र सहयोगको नाउँमा अरू देशलाई कठपुतली बनाइरहने षड्यन्त्र बुन्छन्, सहयोगमा पनि राष्ट्रविरोधी सर्त तेस्र्याउँछन् । यही हो, समाजवादी देश र पुँजीवादी देशको भिन्नता । कति देशहरू सहयोगको नाममा अरू देशको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पु¥याउने काम गर्छन् त कति देशहरू आफूसँगै अरूलाई पनि विकास गर्न र गराउन बाटो खोल्छन् । अरू देशमा आँखा गाड्ने या गिद्धेदृष्टिले हेर्ने, आक्रमण गर्ने, नाकाबन्दी गर्ने देशहरू आफूलाई संसारकै प्रजातन्त्रवादी, मानव अधिकारवादी र स्वतन्त्रताप्रेमी ठान्छन् । तिनीहरू संसारका अरू स्वाधीन र सार्वभौम मुलुकलाई गन्दैनन्, सधैँ आफ्नै मुठीमा राख्न चाहन्छन् । यही कारण भारत र अमेरिका संसारसामु बदनाम भएका छन् ।
यसरी संसारमा बदनाम भएका शासकहरू नै कहिले पुरस्कृत हुन्छन् त कहिले संसारकै लोकप्रिय राजनेता भन्ठान्छन् । एउटा देशले अर्काे देशमाथि आक्रमण गर्ने, हस्तक्षेप गर्ने, नाकाबन्दी गर्ने देशका शासकहरू नै बढी प्रजातन्त्रवादी र शान्तिवादी ठान्छन् । त्यसको विरोधमा बोल्ने, सङ्घर्ष गर्ने देशका शासकहरूलाई तिनै शक्तिशाली देशका शासकहरूले आतङ्ककारीको उपमा दिई हस्तक्षेप र नाकाबन्दी गरेर दुःख दिन्छन् । भोलि भारतीय प्रमलाई कुनै देशका शासकहरू संसारकै लोकप्रिय व्यक्ति भनी घोषणा गर्न चुक्दैनन् । यसरी नै अमेरिकी राष्ट्रपति बाइडेनलाई पनि त्यस्तै पदले सुशोभित गर्न पछि पर्दैन । यो पुँजीवादी व्यवस्थाको रोग हो । यसकारण, समाजवादी व्यवस्था स्थापना गर्न देशका जनता लाग्नुपर्छ । यो समयको माग र आवश्यकता हो । यसैको लागि देशका सबै कम्युनिस्ट पार्टीहरू र देशभक्त पार्टी जुट्नुपर्छ ।
Leave a Reply