भर्खरै :

के नेमकिपा सानो छ ?

“हीरा सानो हुन्छ, मोती सानो हुन्छ, मणि सानो हुन्छ, मिष्टभाषी निर्मल शिशु सानो हुन्छ, आँखाको नानी सानो हुन्छ । मुटुको केन्द्रको झल्का झन् सबैभन्दा सानो हुन्छ । यो पृथ्वीको सानो शिरबिन्दु नै होस् तर ऊकारको बिन्दु झैँ परमानन्द घनीभूत छ । सानो भनेको के, ठूलो भनेको के ? यो दुनियाँमा तारालाई ठूलो भनौँ भने अनन्त आकाश जुनकिरीजस्ता देखिन्छन् । बालुवाका दानालाई सानो भनौँ भने एक कणमा सूक्ष्मदर्शी यन्त्रले र विज्ञानले विश्वको झिलिमिली जादुगरी दर्शाइरहेछन् ।”
नेपाल मजदुर किसान पार्टीको ४८ औँ स्थापना दिवसबारे लेख्न बस्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ ?’ शीर्षकको निबन्ध सम्झन पुगेँ । अनि के नेमकिपा सानो छ ?’ भन्ने प्रश्न तरङ्गित भएर आयो ।
‘नेमकिपा आजसम्म सत्ताको भागबन्डामा कहिल्यै अलमलिएको छैन ।’ ‘नेमकिपा देशभक्त पार्टी हो । नेमकिपा भारतीय विस्तारवादको कट्टरविरोधी हो ।’ ‘यसले निष्ठाको राजनीति गरिरहेको छ । यो आफ्नो विचार र सिद्धान्तमा सदा अडिग छ । यो सिद्धान्तनिष्ठ पार्टी हो । माक्र्सवादलाई नेपाली परिवेशअनुकूल लागु गर्न सफल पार्टी भनेको नेमकिपा नै हो ।’ ‘नेमकिपाले नैतिकता र इमानदारीको राजनीति गर्दै आएको छ । व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने जोकोही यो पार्टीमा टिक्दैनन् । जाँडरक्सी, चुरोटजस्ता अम्मलीहरू पार्टीमा रहनै सक्दैनन् ।’ ‘अमेरिकी साम्राज्यवादको विरोधमा नेमकिपा जहिलेसुकै अग्रपङ्क्तिमा उभिन्छ ।’ ‘आकारमा नेमकिपा सानो छ तर आन्दोलन र सङ्घर्षमा यसको सघन भूमिका छ ।’ नेमकिपाबारे यस्ता टिप्पणी प्रशस्तै सुनिन्छ । सामाजिक सञ्जाललगायत विभिन्न व्यक्तिसँगको संवादमा पनि यस्तै कुरा सुन्छौँ ।

नेपालमा मोहियानी हक सुरक्षा आन्दोलन, त्यसैसँग जोडिएको भर्पाई आन्दोलन र बाली काट्ने आन्दोलन विक्रमको २० र ३० को दशकमा भएका थिए, जो आजको पुस्ताको निम्ति ‘सदृश्य’ गर्न कठिन विषय बनेका छन् । भ्रष्टाचारीलाई कारबाही गर्न भएका सङ्घर्षका गतिविधि, सुस्तामाथि भारतीय अतिक्रमणको विरोधमा भएका जनप्रदर्शन र प्रहरी दमन, अमेरिकाले भियतनाममाथि आक्रमण गर्दा नेमकिपाले गरेको विरोध प्रदर्शनको ‘डकुमेन्ट्री’ वा कुनै जीवन्त व्याख्या नभई अनुमान लगाउन पनि कठिन हुन्छ, आजका युवाको निम्ति । नेमकिपाले समयसमयमा गोष्ठी, अन्तरक्रिया र प्रशिक्षणमार्फत नयाँ पुस्तालाई दीक्षित बनाउँदै आएको छ ।

सानो नै राम्रो हुन्छ !
‘नेमकिपा राम्रो छ तर सानो छ’ भन्ने बुद्धिजीवी पनि भेटिन्छन् भने ‘नेमकिपा सानो छ तर राम्रो छ’ भन्ने पनि पाइन्छन् । यी टिप्पणी उस्तै सुनिए पनि सारमा फरक छन् । पहिलो टिप्पणी झट्ट सुन्दा सकारात्मक लागे पनि यसमा स्वार्थ वा विद्वेष लुकेको बुझिन्छ । समस्या यहीँनिर छ । राम्रो सानो पनि हुनसक्छ । सानोबाटै ठूलो हुने हो, सानो पार्टीलाई ठूलो पनि बनाउन सकिन्छ, साथै ठूलो पार्टी पनि छिन्नभिन्न हुनसक्छ भन्ने यथार्थ लुकाएर नेमकिपालाई केही बुद्धिजीवी तिरष्कार गरिरहेका भेटिन्छन् । बुद्धिजीवीहरू अवसरवादी हुन्छन् भन्ने माओ त्सेतुङको भनाइ यस्तै अनुभवको द्योतक हुनुपर्छ । स्वार्थवश सही कुरा नबोल्नुलाई विद्वान पाउलो फ्रेरेले ‘मौनताको संस्कृति’ को कोटीमा राखेर व्याख्या गरेका छन् ।
पञ्चायती निरङ्कुश व्यवस्था फाल्ने आन्दोलन तथा सङ्घर्षको मोर्चामा आजका कुनै पनि शासक पार्टीहरूभन्दा नेमकिपाको उपस्थिति कत्ति पनि कमजोर थिएन । राजनीतिक आन्दोलनहरू सशक्त हुने क्रममा नेमकिपा इतर पार्टीको नजरमा पनि ठूलो र महत्वपूर्ण पार्टी हुन्छ किनभने नेमकिपा राजनीतिक इमानदारी प्रस्तुत गर्न कहिल्यै चुक्दैन ।
संवत् २०२५ को ‘सुस्ता बचाऊ’ आन्दोलनको अग्रमोर्चामा थियो नेमकिपाको नेतृत्व । २०३६ को विद्यार्थी आन्दोलनमा नेक्राविसङ्घ उत्तिकै सक्रिय थियो । जनमत सङ्ग्रहमा बहुदलको पक्षमा मतदान गर्न सारा जनतालाई आह्वान ग¥यो नेमकिपाले । २०४१ को सङ्घर्षमा काठमाडौँ उपत्यकाका सबैजसो झ्यालखानामा नेमकिपाका कार्यकर्ता भरिभराउ थिए । २०४२ को वामपन्थीहरूको संयुक्त आन्दोलन र २०४६ को जनआन्दोलन, २०५९ देखि २०६३ सम्म भएका आन्दोलनमा नेमकिपाको सहभागिता, सक्रियता र योगदान आज ‘चम्किएका’ शासक दलहरूको भन्दा कसैले पनि कम आँक्न सक्दैन । २०४६ सालको जनआन्दोलन सुरु भएको दोस्रो दिन फागुन ८ गते भक्तपुरमा हजारौँ जनताको सहभागितामा भएको जुलुस प्रदर्शनमा प्रहरीले गोली चलायो र ४ जना युवाहरूले सहादत प्राप्त गरे । अरू कैयौँ घाइते भए । भक्तपुरमा भएको गोलीकाण्डले आन्दोलनको आगोमा घिउ थप्ने काम ग¥यो† देशभर आन्दोलनको दावानल दन्काइदियो ।
टनकपुर सम्झौता तथा महाकाली सन्धिमा भएका देशघातको विरोधमा नेमकिपाले आफ्नो कार्यकर्ताको ठूलो शक्तिको उपयोग ग¥यो । माथिल्लो कर्णाली सम्झौताको खुलेर विरोध गर्ने पार्टी नेमकिपा नै हो । बिप्पा सम्झौताको विरोध नेमकिपाले नै ग¥यो । संरा अमेरिकासँगको देशघाती एमसीसी सम्झौताको विरोधमा देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ नेमकिपाले । देशघात गर्ने पार्टीहरू भौतिकरूपमा जति ठूला भए त्यत्ति नै घातक पनि प्रमाणित भए ।
शत्रु र मित्र
नेमकिपा भारतीय विस्तारवाद तथा एकाधिकार पुँजीविरोधी आन्दोलनमा पनि अग्रपङ्क्तिमै डटेर लडिरहेको छ । अझ, नेमकिपाले त भारतीय विस्तारवाद तथा एकाधिकार पुँजी नै नेपाल र नेपालीको मुख्य शत्रु भनेको छ । केही मानिस ‘भारतको विरोध गर्न नेमकिपाले ठेक्कै पाएको छ कि !’ भनेर व्यङ्ग पनि गर्दछन् । तर, नेमकिपाले भारतीय कामदार जनता नेपाली कामदार जनताका मित्र भएको र शासक वर्गको हेपाहा एवम् मिचाहा प्रवृत्तिको विरोध गरेको प्रस्ट पार्दै आएको छ ।
भारतीय शासकहरूको नेपाल नजरप्रति नेमकिपा आलोचक रहिआएको छ । नेपालमाथिको भारतीय नाकाबन्दीको समयमा नेमकिपाले सदन र सडकमा भारतलाई विस्तारवादीको संज्ञा दिँदै विरोधको आवाज बुलन्द ग¥यो । निष्पक्ष भएर टिप्पणी गर्ने बुद्धिजीवीले त्यसलाई सही कदम माने । भारतले गरिरहेको नेपाली भूमि अतिक्रमण, नेपाली भूमि डुबान हुने गरी भारतले सीमाक्षेत्रमा एकतर्फीरूपमा बनाएको बाँध र यसबाट सृजित डुबानको समस्या, खुला सीमाको कारण बढेको अपराध, नेपालको आन्तरिक मामिलामा भइरहेको ठाडोे हस्तक्षेपबारे जानकार र भारतका यस्ता अवाञ्छित क्रियाकलापको प्रतिरोध गर्न तयार बुद्धिजीवी स्पष्ट भन्छन्, “नेमकिपाले भारतीय विस्तारवाद एवम् एकाधिकार पुँजी नै नेपाल र नेपाली जनताको मुख्य शत्रु भएको स्पष्ट धारणा राखेर देशलाई ठूलो गुन लगाएको छ ।”
नेपाललाई हेर्ने भारतीय शासकहरूको दृष्टिकोण र तिनको व्यवहारकै कारण नेपालीहरू भारतीय शासक वर्गलाई राम्रो दृष्टिले हेर्दैनन् । नेपाली भूमिमा भारतलाई खेल्न दिने नेपाली शासक वर्गबारे पनि नेपाली कामदार वर्गमा बिस्तारै चेतना जागिरहेको छ ।
ब्वाँसोको छाला ओढेका ‘माओवादी’
साङ्गठनिक सघनताको दृष्टिले नेमकिपा काठमाडौँ उपत्यकापछि कर्णाली प्रदेशमा सबल छ । त्यहाँका विकट जिल्लाहरूमा सबभन्दा पहिले कम्युनिस्ट पार्टीको क्रान्तिकारी झन्डा फहराउने नेमकिपा नै हो । पञ्चायती निरङ्कुशताविरुद्धको आन्दोलनको क्रममा चितवन जिल्लामा पनि नेमकिपा उत्तिकै बलियो थियो । पूर्वी तराईका धेरै जिल्ला, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट आदि जिल्लाका राजनीतिक आन्दोलनमा पनि नेमकिपाको भूमिका सशक्त थियो, आज पनि छँदै छ ।
पञ्चायती व्यवस्थाविरोधी सङ्घर्षको क्रममा पुरानो भेरी र कर्णाली अञ्चलहरूमा २०४० चैतबाट नेमकिपाविरुद्ध व्यापक दमनचक्र चलाइयो । जुम्ला, कालीकोट, दैलेख, मुगु, हुम्ला, डोल्पालगायत जिल्लामा नेमकिपाका एक सय ५१ जना नेता तथा कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरिएको थियो । धरपकडको शृङ्खला र दमनविरुद्धको अविचल सङ्घर्षको इतिहासबाट नेमकिपाको विशालता छर्लङ्ग हुन्छ । पञ्चायत व्यवस्थाको प्रहरी प्रशासनले हिरासतमा राखेको बेलामा नेमकिपाका सयौँ नेता तथा कार्यकर्ताहरूलाई ठिङ्गुरा हाल्ने, सिस्नुपानी लगाउने, चर्पीको फोहरमा डुबाउने जस्ता निर्मम यातना दिइएको थियो । तर, कोही पनि झुकेनन्, जनताको जित निश्चित थियो र त्यही भयो । विकट पहाडका कुनाकन्दराहरूमा प्रजातन्त्र एवम् स्वतन्त्रताको नगरा बजाउँदै लडाइँ लड्दा नेमकिपाभन्दा ठूलो कुनै पार्टी थिएन । तर, आज चोर बिरालाहरूले ‘तर’ मारिरहेछन् ! यिनीहरूले दुधेरो नै रित्याउने हुन् कि भन्ने सर्वत्र चिन्ता छ ।
कथित माओवादी पार्टीले जनयुद्धको नाममा सशस्त्र गतिविधि गर्दा पहाडी क्षेत्रमा काम गर्ने नेमकिपाका कार्यकर्ताको निम्ति परिस्थिति अत्यन्तै सङ्गिन थियो । माओवादी पार्टीका स्थानीय कार्यकर्ता नेमकिपालाई संसद्वादी भनेर झूटो प्रचार गर्ने गर्थे भने सरकार पक्षको सेना तथा प्रहरी माओवादीसँग मिलेको भनेर अनेक दुःख दिन्थे । तर, नेकपा (माओवादी) लाई अराजकतावादी भन्दै नेमकिपाले गाउँगाउँका जनतालाई शिक्षित पार्ने काम ग¥यो । जुम्ला, कालीकोट र दैलेखका नेमकिपाका कार्यकर्ताले गीतसङ्गीतमार्फत माओ त्सेतुङको विचार र शिक्षाको प्रचार गरे । माओले सिकाएका अनुशासनका नियमहरू गीतमार्फत जनतालाई शिक्षित पारी माओवादको नाममा गरिएका क्रियाकलापहरू माओ विचारविपरीत भएको भन्दै तीव्र आलोचना गरे । २०५८ सालको कार्तिकमा कालीकोटको राम्नाकोटमा नेमकिपाका जिल्ला, गाउँ तथा वडा तहमा क्रियाशील कार्यकर्तामाथि नेकपा माओवादीको कार्यकर्ताले साङ्घातिक हमला गरे । तिनीहरूले जनचेतना अभियानमा लागेका नेमकिपाका कार्यकर्ताले बोकेका सङ्गीतका सामग्री र जिउमा लगाएका लुगासमेत लुटेर लगे । ‘राम्नाकोट काण्ड’ का रूपमा लिइएको सो घटनाले नेमकिपालाई कमजोर बनाउनुको सट्टा झन् जुझारु र सशक्त बनायो । भेरी–कर्णालीका जिल्लाहरूमा रहेका नेपाली काङ्ग्रेस, एमालेलगायत शासक पार्टीहरू सदरमुकाम वा राजधानीमा लुकेर बसेका थिए । माओवादी गतिविधिबाट पीडित जनताको माझमा तिनीहरूले मुख पनि देखाएनन् ।
‘क्रान्तिकारी’ जालझेल
पञ्चायती निरङ्कुशताको अन्त र बहुदलीय प्रजातन्त्रको पुनरुदय भएपछि कम्युनिस्टको खोल ओढेका नक्कली तथा अवसरवादी कम्युनिस्ट पार्टीहरूले अनेक जालझेल गरी नेपाली काङ्ग्रेसलाई उछिनेर नेमकिपालाई कमजोर पार्ने षड्यन्त्र गरे, पैसा, पद र प्रतिष्ठाको लोभ देखाएर नेमकिपाका कार्यकर्ता बिगार्ने काम गरे । नेमकिपाबाट पलायन भएका कोही पनि कम्युनिस्टको आचरणमा नरहेकोमात्र होइन, बरु तिनीहरूले भ्रष्टाचार र व्यभिचारलाई आफ्नो जीवनपद्धति बनाएको देखिन्छ । कोही जाँडरक्सीमा डुबे भने कोही ठेक्कापट्टाको लोभमा इज्जत गुमाएर भौँतारिरहेका भेटिन्छन् । के यो प्रवृत्ति उज्यालो भविष्यको संहारक होइन ? परन्तु, नेमकिपाका हजारौँ कार्यकर्ता त्यसको विरुद्ध जुझिरहेका छन् ।
यसै सन्दर्भमा नेमकिपाको ४८ औँ स्थापना दिवसको अवसरमा अध्यक्ष नारायणमान बिजुक्छेँले ‘श्रमिक’ साप्ताहिकलाई दिनुभएको अन्तर्वार्ताको एक अंश यहाँ राख्नु उपयुक्त हुन्छ, “केही साथीहरू पुँजीवादी समाजका स्वार्थी भावनाबाट प्रभावित भएका हुन्छन् । पारिवारिक स्वार्थ, लोभलालच र महत्वाकाङ्क्षाका कारण केही भागे, दृढता नभएकाहरू कोही विचलित भए ।” यसमा अफ्सोस मान्ने कुरा के छ र ? भिरबाट लड्नलागेका गोरुहरूलाई त्यो बाटो नहिँड्न भनेकै हो ।
पुस्तान्तरण
नेपालमा मोहियानी हक सुरक्षा आन्दोलन, त्यसैसँग जोडिएको भर्पाई आन्दोलन र बाली काट्ने आन्दोलन विक्रमको २० र ३० को दशकमा भएका थिए, जो आजको पुस्ताको निम्ति ‘सदृश्य’ गर्न कठिन विषय बनेका छन् । भ्रष्टाचारीलाई कारबाही गर्न भएका सङ्घर्षका गतिविधि, सुस्तामाथि भारतीय अतिक्रमणको विरोधमा भएका जनप्रदर्शन र प्रहरी दमन, अमेरिकाले भियतनाममाथि आक्रमण गर्दा नेमकिपाले गरेको विरोध प्रदर्शनको ‘डकुमेन्ट्री’ वा कुनै जीवन्त व्याख्या नभई अनुमान लगाउन पनि कठिन हुन्छ, आजका युवाको निम्ति । नेमकिपाले समयसमयमा गोष्ठी, अन्तरक्रिया र प्रशिक्षणमार्फत नयाँ पुस्तालाई दीक्षित बनाउँदै आएको छ ।
खुसीको कुरा, पञ्चायती निरङ्कुशताविरुद्ध भएका आन्दोलन, महाकाली सन्धिको विरोधमा भएका सङ्घर्ष, प्रतिगमविरोधी आन्दोलनमा सक्रिय पुस्ता भने अहिले पनि सक्रिय राजनीति गरिरहेका छन् । नयाँ पुस्ताले पुरानो पुस्ताको योगदानप्रति गर्वानुभूति पनि गर्छन् र त्यस्तै इतिहास निर्माण गर्न उत्साहित पनि देखिन्छन् । न्याय र सङ्घर्षका कथाका असल पात्रहरूजस्तै त्याग र समर्पणका नयाँ दृष्टान्त बन्न हजारौँलाखौँ युवाहरू प्रेरित छन् । यही हो पुस्तान्तरण ! त्यसैले भनिएको हो, नेमकिपा अजेय छ !
अन्तमा, फेरि एकपटक महाकवि देवकोटाको उही ‘के नेपाल सानो छ ?’ को एक अंश – “माटोको परिमाणले खेत ठूलो म गन्दिनँ† त्यसको गुण, अवस्था, उब्जनी र भावुक प्रभावको कसीले मात्र ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *