सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
अमेरिकी न्याय मन्त्रालयले जनवरी २० तारिख म्यासाचुसेट्स प्रविधि इन्स्टिच्युटका प्राध्यापक छन काङलाई लगाइएको आरोप रद्द गरेको छ । रोयटर्सको टिप्पणीअनुसार, यो अमेरिकाको तथाकथित ‘चिनियाँ कारबाही योजना’ मा देखापरेको पछिल्लो विफलता हो ।
सन् २०२१ जनवरीमा अमेरिकाले प्राध्यापक छन काङले सरकारको पैसा विनियोजनको निवेदन गर्दा चीनको एक विश्वविद्यालयसितको सहकार्य सम्बन्धबारे जानकारी नदिएको कुराको आरोप लगाएको थियो । म्यासाचुसेट्स प्रविधि इन्स्टिच्युटका निर्देशकले म्यासाचुसेट्स प्रविधि इन्स्टिच्युट र चीनका विश्वविद्यालयबीचको सहकार्य र शुल्कको खर्च छन काङसित सम्बन्धित नरहेको तथा म्यासाचुसेट्स प्रविधि इन्स्टिच्युटसित सम्बन्धित रहेको कुरा बताए । म्यासाचुसेट्स प्रविधि इन्स्टिच्युटका शिक्षकशिक्षिकाहरूले खुला पत्रमा हस्ताक्षर गरी छान काङप्रति समर्थन व्यक्त गरेका छन् ।
सन् २०१८ मा अमेरिकाले तथाकथित ‘चिनियाँ कारबाही योजना’ सुुरु गरेको थियो । अमेरिकाले ‘वैज्ञानिक अनुसन्धान उपलब्धिको चोरी’ अवरोध गर्ने, ‘आर्थिक जासूसी’ को प्रतिरोध गर्ने नाउँमा अमेरिकाका ९४ वटा क्षेत्रीय न्याय विभागसँग हरेक वर्षमा कम्तीमा चीनमाथि लक्ष्यित मुद्दा प्रस्तुत गर्न आग्रह गरेको थियो ।
राजनीतिक हेरफेरले वास्तविकता ढाक्न सक्दैन । ‘चिनियाँ कारबाही योजना’ सित सम्बन्धित आठ वटा मुद्दाको आरोप रद्द गरिएको छ । यसबाट ‘चिनिया’ कारबाही योजना’ अमेरिकाको चीनविरोधी शक्तिले चीनलाई अवरोध गर्ने ज्यावल भएको कुरा प्रतिविम्वित भएको छ ।
Leave a Reply