भर्खरै :

पार्टी स्थापना दिवसको अवसरमा अध्यक्ष का. रोहितलाई पत्र

माघ १०, काठमाडौँ
श्रद्धेय अध्यक्ष का. रोहित,
सादर अभिवादन !
सर्वप्रथम, हिमाल–पहाड–तराईका विभिन्न जिल्लाबाट काठमाडौँ आई उच्च शिक्षा हासिल गरिरहेका र भर्खरै अध्ययन पूरा गरेका युवा–विद्यार्थीको तर्फबाट अध्यक्षज्यूप्रति उच्च सम्मान तथा आदर व्यक्त गर्दछौँ । कोभिड महामारीको यो विषम परिस्थितिमा यहाँलाई सु–स्वास्थ्यको हार्दिक कामना व्यक्त गर्दछौँ । महामारीले विश्व मानवजगतलाई आक्रान्त पार्न अझै छोडेको छैन । हामी नेपाली जनता पनि आधुनिक मानव सभ्यताको इतिहासकै कठिन परिस्थितिबाट गुज्रिरहेका छौँ । यस्तो असहज अवस्थामा यहाँले विशेष स्वास्थ्य सजगता अपनाइरहनुभएको छ भन्ने हाम्रो विश्वास छ । साथै, तपाईँ आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर दैनिक क्रियाकलाप सञ्चालन गर्दै हुनुहुन्छ भन्नेमा हामी ढुक्क छौँ । दश वर्षे भारत प्रवास जीवनमा समेत अनुशासित जीवनशैलीमा जोड दिनुहुन्थ्यो भन्नेबारे हामीले कहीँकतै सुनेको आजपनि स्मरणमा ताजै छ । कोभिडको तेस्रो लहर फैलिएसँगै केही समयका लागि बाह्य गतिविधिमाथि प्रशासनबाट नै रोक लगाइएको अवस्थामा अध्ययन, लेखन, चिन्तन तथा कार्यकर्ताहरूलाई मार्गनिर्देश गर्नमै यहाँको बढी समय व्यतित भइरहेको होला भन्ने हाम्रो अनुमान छ । लामो समयका लागि आ–आफ्नो जिल्ला फर्कनुअगाडि यहाँसँग भेटेरै हाम्रो विचार तथा भावना राख्ने र मार्गनिर्देशन प्राप्त गर्ने हाम्रो ठूलो धोको थियो तर कोभिडको सङ्क्रमण दर बढ्न थालेसँगै सम्भावना नभएकोमा हामी दुःखी छौँ । परिस्थिति सहज भएपछि एकदिन जरुर त्यो अवसर मिल्ने आशा एवम् विश्वास पनि व्यक्त गर्दछौँ । प्रत्यक्ष भेट तथा कुराकानी सम्भव नभएपछि नै हामीले यो पत्रको सहारा लिएका हौँ ।
आज माघ १० को शुभ–अवसर पारेर यो पत्रमार्फत हाम्रो सामूहिक भावना राख्दै छौँ । नयाँ पिढीको प्रतिनिधि भनाइ या युवा मनको अभिव्यक्तिका रूपमा यसलाई ग्रहण गर्नुभए हामी आभारी हुने थियौँ । नेपाल मजदुर किसान पार्टीको ४८ औँ स्थापना दिवसको अवसरमा अध्यक्षज्यू समक्ष सगौरव हार्दिक बधाई अर्पण गर्दछौँ । आजभन्दा ४८ वर्षअगाडि अर्थात् विसं २०३१ माघ १० का दिन नेमकिपाको स्थापना गर्नुभएकैले आज नेपाली कामदार वर्गले झैँ हामी नयाँ पुस्ताले समेत गौरवको अनुभव गर्न पाइरहेका छौँ । शोषित–पीडित, कामगरी खाने वर्ग तथा न्यायप्रेमी जनताको आफ्नै पार्टी हुनुमा जति गौरवानुभूति तथा सुखानुभूति अरू सायदैमा मिल्न सम्भव होला ! यस अर्थमा नेपालको राजनीतिक इतिहासमा आजको दिन अत्यन्त महत्वपूर्ण दिन हो । नेपाली वामपन्थी आन्दोलनको एक ऐतिहासिक दिन हो । माक्र्सवाद– लेनिनवाद तथा माओ त्से तुङ विचारधाराको रातो झन्डा फरफराउँदै नेपाली जनताको आफ्नै खुट्टामा उभिएर समाजवादजस्तो नविनतम विचार र आधुनिक नयाँ समाज निर्माण गर्ने उद्देश्य बोकेको एउटा सच्चा कम्युनिस्ट पार्टीको जन्म भएको दिन, माघ १० ! हाम्रो लागि पनि उल्लास र उमङ्गको दिन । आज हामी युवा–युवतीहरूले समेत सगौरव भन्न पाएका छौँ– “हामीजस्ता हेपिएका, दबाइएका, पिछडिएका, दलित, गरिब तथा निमुखा र दुर्गम गाउँका साधारण मानिसको पनि आफ्नै पार्टी छ । ‘खर्पनेहरूको पार्टी’, ‘ज्यापूहरूको पार्टी’, ‘ढाक्रेहरूको पार्टी’, ‘डोकेहरूको पार्टी’, ‘जुम्रेहरूको पार्टी’, ‘मजदुरेहरूको पार्टी’ ! हाम्रो पनि आफ्नै सङ्गठन छ, गरिबहरूको साझा सङ्गठन ! हाम्रो पनि आफ्नै झन्डा छ, हँसिया–हथौडा अङ्कित रातो झन्डा ! कमसेकम हामीले जमिनदारको लाचार छाया बन्नु परेन ! हामीले अत्याचारी साहुको आधुनिक दास भएर बाँच्नु परेन !” तपाईँको दूरदर्शी तथा साहसिक कदमलाई हामी नयाँ पुस्ताको तर्फबाट अभिनन्दन छ ।

कामरेड अध्यक्षज्यू, नेपाली जनता तपाईँलाई एक निष्कलङ्कित राजनीतिज्ञका रूपमा मात्र होइन एक सच्चा देशभक्त नेताका रूपमा पनि चिन्दछन् र श्रद्धा गर्दछन् । देशको पक्षमा, भारतीय विस्तारवादको मिचाहा प्रवृत्ति तथा अमेरिकी साम्राज्यवादको विश्वव्यापी दादागिरीविरुद्ध तपाईँले निर्भिकतापूर्वक सदन र सडकमा मात्र होइन अन्तर्राष्ट्रिय मञ्च या विदेशी पाहुनासँगका भेटघाटमा समेत बोल्नुभएका कुरा बरोबर सुन्छौँ । तसर्थ, तपाईँलाई एसियाका एक साम्राज्यवादविरोधी तथा अन्तर्राष्ट्रवादी नेताका रूपमा पनि धेरैले चिन्दछन् । न्यायप्रेमी तथा शान्तिकामी नेपाली जनताका निम्ति यो गौरवको विषय हो ।

बहुसङ्ख्यक किसानलाई हक–अधिकार दिलाउन, स–साना देशको स्वतन्त्रता तथा स्वाधीनता रक्षा गर्न, साम्राज्यवादी युद्ध तथा वैदेशिक हस्तक्षेपविरुद्ध सङ्घर्ष जारी राख्न, एकाधिकार पुँजी तथा विस्तारवादको विरोध गर्न, कम्युनिस्टहरूको वैचारिक पतन रोक्न र रातो झन्डा खसाल्न रातो झन्डा उचाल्ने नक्कली क्रान्तिकारीविरुद्ध निरन्तर सङ्घर्ष जारी राख्न तपाईँको नेतृत्वमा नेमकिपाको स्थापना भएको हो भन्नेबारे दस्तावेजहरूको अध्ययनपश्चात् हामी स्पष्ट भयौँ । त्यो उद्देश्यमा नेमकिपा सफलता हासिल गर्दै अगाडि बढिरहेकोमा हामी हर्षित छौँ । ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन’ र ‘सोभियत संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ जस्ता नेमकिपा स्थापनाका सैद्धान्तिक आधार स्पष्ट पार्ने दस्तावेज–कृतिहरूले तपाईँ कति सही हुनुहुन्थ्यो, सैद्धान्तिक सङ्घर्षमा कति परिपक्व तथा गम्भीर हुनुहुन्थ्यो र तपाईँको अडान कति व्यापक तथा दीर्घकालीन हितमा थियो भन्ने कुरा देशको वर्तमान राजनीतिक परिस्थितिले समेत प्रमाणित गरिसकेको छ । अध्यक्षज्यू, ती पुस्तकको हामी पुनः अध्ययन तथा अन्तरक्रिया गर्दै छौँ । साथै, अन्य पार्टी साहित्यको समेत नियमित अध्ययनमा जुटिरहेको जानकारी गराउन पाउँदा हामी खुसी छौँ ।
पुष्पलाल नेतृत्वको तत्कालीन कम्युनिस्ट पार्टीभित्र देशी–विदेशी प्रतिक्रियावादी तत्वहरूको अन्तरध्वंस र कम्युनिस्ट आन्दोलन छिन्नभिन्न पार्ने अनेक खालका हमलाबीच कम्युनिस्ट आन्दोलनको बिउ जोगाउने, किसान सङ्घर्ष तथा वर्गसङ्घर्षलाई निरन्तरता दिने, सैद्धान्तिक तथा वैचारिक सङ्घर्षलाई तीव्र पार्ने ऐतिहासिक अभिभारा तपाईँले बहन गर्नुभयो र नेपालको वामपन्थी आन्दोलनलाई बाटो देखाउने गहन जिम्मेवारी बोक्नुभयो । त्यसकारण, हामी गर्व गर्दछौँ । हाम्रो असीम श्रद्धा छ ।
आदरणीय अध्यक्षज्यू, नेमकिपालाई नेपालको कम्युनिस्ट आन्दोलनको ‘प्रकाश स्तम्भ’, राजनीतिक नैतिकता तथा इमानदारीको धरोहर, चिन्तनको चौतारी, स्वच्छ छविमा धनी, सिद्धान्तनिष्ठ, आमूल परिवर्तनको बाहक बनाउन जुन लामो तपस्या तथा कठोर सङ्घर्ष भयो त्यसको प्रशंसा शब्दमा गर्न गा¥हो छ । नेपालका थुप्रै राजनीतिक दलहरूमाझ नेमकिपाले सङ्घर्ष, आन्दोलन तथा व्यवहारबाट जुन बेग्लै परिचय स्थापित ग¥यो, त्यो एक किसिमको बेजोड सफलता हो । आज राजनीति दिन प्रतिदिन विचारशून्य, नैतिकताविहीन, अनुशासनहीन तथा अराजक बन्दै गइरहेको गम्भीर स्थितिमा नेमकिपाको सङ्घर्षको महत्ता थप बढ्दै छ र उच्च मूल्याङ्कन हुँदै छ । ‘जोगी बन्नलाई राजनीति गरेको होइन’ भन्ने राजनीतिक बेइमानीका सुत्रधारहरूलाई छ्यास्दै राजनीतिलाई देश र जनताको निःस्वार्थ सेवाकर्म बनाउनुपर्ने तपाईँको अटल विचार तथा व्यवहार कति सही छ र कति निर्विकल्प छ भन्नेबारे अहिले ढिलै भएपनि चिन्तन–मनन हुन थालेको छ । राजनीतिज्ञ सुविधाभोगी होइन सरलता, सेवाभाव तथा समर्पणभावमा सम्पन्न हुनुपर्ने सन्देश तपाईँले आफ्नो खुला पुस्तकसरिको जीवनबाट व्यावहारिकरूपमै दृष्टान्त प्रस्तुत गर्नुभयो । यो तपाईँको महानता हो । यो हाम्रा निम्ति पनि अत्यन्त प्रेरणादायी छ ।
पुँजीवादी शासक नेताहरूले सत्ता स्वार्थको राजनीति गरे । कुर्सीमोहमा ती चुर्लुम्मै डुबे, व्यक्तिगत फाइदा–बेफाइदाको तुच्छ राजनीति गरे, घोर अवसरवादी भएर निस्के† त्यसक्रममा धेरैले विदेशीको दलाली समेत गरे, देश र जनतालाई धोका दिए, देशलाई रसातलमा पु¥याए । तर, तपाईँले पुँजीवादी सरकारमा नजाने साहसिक निर्णय गर्नुभयो । त्यसबारे सैद्धान्तिकरूपमा स्पष्ट पार्नुभयो । नेपालको राजनीतिक आन्दोलनमा यो एउटा बेजोड घटना हो । पछिल्लो समय आफू पटकपटक जनताबाट अत्यधिक मतसहित विजयी हुँदै आएको निर्वाचन क्षेत्रमा नयाँ पुस्तालाई अघि सारेर नेपाली राजनीतिमा अद्वितीय उदाहरण तथा उच्च राजनीतिक संस्कार प्रस्तुत गर्नुभयो । कुनै दिन इतिहासमा यी घटना पनि स्वर्णिम अक्षरले लेखिनेछन् । तसर्थ, आजको शुभदिनमा अध्यक्षज्यूमा अपार श्रद्धा व्यक्त गर्दछौँ ।
आज हरेक शासक दलहरूमा पद र पैसाको झगडाले विकराल रूप लिँदै छ । आज भ्रष्टाचारी, माफिया, डन, विचौलिया, अपराधीहरू नेतामात्र होइन सार्वजनिक पदहरूमा समेत धमाधम निर्वाचित हुन थाल्दा धेरैधेरै सचेत नागरिकहरूको शिर निहुरिँदै छ । साथै, समाजको भविष्य र भोलिको राजनीति तथा राजनीतिक नेतृत्वबारे चिन्ता व्यक्त गरिँँदै छ । हामीलाई विश्वास छ, ढिलो या चाँडो तपाईँले देखाउनुभएको बाटोमै देशको राजनीति हिँड्नेछ र क्रमशः राजनीति सङ्लिँदै जानेछ ।
कामरेड अध्यक्षज्यू, नेपाली जनता तपाईँलाई एक निष्कलङ्कित राजनीतिज्ञका रूपमा मात्र होइन एक सच्चा देशभक्त नेताका रूपमा पनि चिन्दछन् र श्रद्धा गर्दछन् । देशको पक्षमा, भारतीय विस्तारवादको मिचाहा प्रवृत्ति तथा अमेरिकी साम्राज्यवादको विश्वव्यापी दादागिरीविरुद्ध तपाईँले निर्भिकतापूर्वक सदन र सडकमा मात्र होइन अन्तर्राष्ट्रिय मञ्च या विदेशी पाहुनासँगका भेटघाटमा समेत बोल्नुभएका कुरा बरोबर सुन्छौँ । तसर्थ, तपाईँलाई एसियाका एक साम्राज्यवादविरोधी तथा अन्तर्राष्ट्रवादी नेताका रूपमा पनि धेरैले चिन्दछन् । न्यायप्रेमी तथा शान्तिकामी नेपाली जनताका निम्ति यो गौरवको विषय हो ।
पछिल्लो समय तपाईँले एमसीसीको सन्दर्भमा अमेरिकी साम्राज्यवादको एसियामा युद्ध थोप्ने चालबाजी भनी उदाङ्गो पार्नुभयो । देशलाई युद्धमैदानमा परिणत गर्ने र नवउपनिवेश बनाउने साम्राज्यवादी अमेरिका तथा विस्तारवादी भारतको नयाँ तयारीविरुद्ध उठ्न नेपाली जनतालाई आह्वान गर्नुभयो । सदन र सडकमा नेमकिपाले सङ्घर्ष जारी राख्दै छ । देशभक्त नेपाली जनता साथ दिँदै छन् । यसले संसारसमक्ष नेपाली जनताको प्रतिष्ठा बढाइदिएको छ र साम्राज्यवादविरोधी भावना फेरि एकपटक संसारसमक्ष उजागर गरेको छ । विश्व साम्राज्यवादविरोधी सङ्घर्षमा नेमकिपाले आफ्नो ठाउँबाट पु¥याइरहेको योगदानबाट देश र जनताकै अन्तर्राष्ट्रिय छवि निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास छ । यस आधारमा तपाईँ धन्यवादका पात्र हुनुहुन्छ ।
अध्यक्षज्यू, हाम्रो सम्पूर्ण भावना यो पहिलो पत्रमा अटाउन गा¥हो भइरहेको छ । तपाईँको बहुआयामिक व्यक्तित्व, लामो सङ्घर्ष, गहिरो अध्ययन, निरन्तरको लेखन अनुभव, राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीति, विश्व कम्युनिस्ट आन्दोलन आदि बारे जान्नेबुझ्ने हाम्रो ठूलो इच्छा छ । विश्वास छ, त्यो अवसरबाट हामी वञ्चित हुने छैनौँ ।
अन्त्यमा, नेपाल मजदुर किसान पार्टीको अठचालिसौँ स्थापना दिवसको पूर्ण सफलताको कामनाका साथै पुनः एकपटक हार्दिक शुभकामना तथा बधाई ज्ञापन गर्दछौँ । देश र जनताको निःस्वार्थ सेवा गर्दै समाजमा आमूल परिवर्तनका निम्ति हरेक उपायबाट भूमिका निर्वाह गर्न तपाईँले दिनुभएको अभिप्रेरणा सदा आत्मसात् गर्ने प्रतिबद्धतासहित अहिलेलाई कलम यहीँ रोक्ने अनुमति दिनुहोस् ! धन्यवाद !

उच्च सम्मानका साथ
सुकरात, सुनीति, उत्सर्गलगायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *