भर्खरै :

युक्रेनमा संरा अमेरिकी अन्योल

गएको अप्रिल महिनाबाट सुरु भएको पूर्वी युक्रेनको सङ्कट अझ सघन बनेको छ । धेरै मानिस आज पूर्वी युक्रेन लडाइँतिर अघि बढिरहेको सोच्दै छन् । वर्तमान अवस्थाको अन्तिम परिणाम तय गर्ने प्रमुख पक्षमध्ये संरा अमेरिकी सरकारको अडान पनि एउटा हो । तर, अहिले संरा अमेरिका आफै अन्योलमा देखिएको छ ।
एकातिर संरा अमेरिका र उसका साझेदार देशहरू युक्रेनमाथि रुसको युद्धविरुद्ध सक्रियतापूर्वक तयारी थाल्दै छन् ।
हालै संरा अमेरिकाले एकपछि अर्को गर्दै तीन चरणमा हातहतियार र अन्य सामग्री युक्रेनमा ओसा¥यो । युक्रेनस्थित आफ्नो दूतावासका केही कर्मचारीलाई उसले त्यहाँबाट फिर्ता गरिसकेको छ । जनवरी २४ को दिन संरा अमेरिकी यूएसएस ह्यारी एस ट्रुमन सीभीएन–७५ विमानवाहक हमला समूहको नेतृत्वमा भूमध्यसागरमा नाटो जलसेनाको ठूलो आकारको सैनिक अभ्यास भयो ।
यसैबीच संरा अमेरिकी सञ्चारमाध्यमले युक्रेन सङ्कटको सन्दर्भमा पेन्टागनसँग पूर्वी युरोपमा ८ हजार ५ सय सेनाको परिचालन गर्ने विकल्प पनि तयार रहेको खुलासा गरेको छ । आवश्यक पर्दा त्यो सङ्ख्यालाई पाँचदेखि ६ गुणासम्म बढाउन सकिन्छ । संरा अमेरिकाले सो क्षेत्रमा अरू थप युद्धकविमान र सैनिक विमान परिचालन गर्ने तयारी गरिरहेको छ ।
युक्रेनी जनतालाई लडाइँ वा द्वन्द्वलाई निकै ठूलो क्षति पु¥याउन सक्छ । तथापि, संरा अमेरिकाले आफ्नो लागि सकारात्मक राजनीतिक र आर्थिक प्रभाव पार्ने आफ्नो राष्ट्रिय स्वार्थलाई हेर्ने गर्छ ।
युक्रेनमा उसको संलग्नताले सबभन्दा पहिला त राष्ट्रपति बाइडेनको ओरालोलाग्दो जनसमर्थनलाई फेरि उकालो चढाउन मद्दत गर्छ । हार्बर्ड सीएपीएस÷ह्यारिसले जनवरी महिनामा गरेको मत सर्वेक्षणअनुसार बाइडेनको पक्षमा ३९ प्रतिशतमात्र छ । दुई महिनाको तुलनामा जनवरीमा बाइडेनको पक्षमा जनमत ६ प्रतिशतले ओरालो लागेको छ । उँघ्दै बस्ने राष्ट्रपतिले भन्दा लडाइँ गर्ने राष्ट्रपतिले बढी जनसमर्थन प्राप्त गर्ने गर्छ ।
दोस्रो, युक्रेनको लडाइँ संरा अमेरिकी आर्थिक विकास र ऊर्जा निर्यातको लागि पनि उपयुक्त छ । पूर्वी युक्रेनमा नयाँ लडाइँले युरोपमा अस्थीरता निम्त्याउनेछ । त्यो अवस्थामा युरोपबाट ठूलो परिमाणमा पुँजी तुलनात्मक सुरक्षित अमेरिकातिर स्थानान्तरण हुनेछ । त्यही क्रममा रुस र युरोपबीचको ऊर्जा सहकार्य पनि बिथोलिनेछ । अनि युरोपको लागि रुसी तेल र ग्यासको विकल्प अमेरिकाको तेल र ग्यास हुनेछ ।
तेस्रो, रुसविरुद्ध युरोपलाई संरा अमेरिकाको पक्षमा तान्नु उसको लागि फलदायी हुनेछ । लडाइँ सुरु भएपछि ‘रुसी खतराको सिद्धान्त’ प्रचारबाजीमा मात्र सीमित हुनेछैन । आफ्नो सुरक्षाको लागि युरोप शक्तिशाली संरा अमेरिकी सेनामा थप निर्भर पर्नुपर्नेछ । त्यसले संरा अमेरिका र युरोपबीचको एकतालाई अझ बलियो बनाउनेछ ।
अर्कोतिर, युक्रेनको विषयमा रुससँग लडाइँमा नजाने भनेर संरा अमेरिकाले केही सहजताको सङ्केत पनि गरेको छ ।
जनवरी १० मा संरा अमेरिका र रुसबीच रणनीतिक वार्ता भएको थियो । त्यत्तिबेलासम्म युक्रेनको विषयमा रुसको कडा अडान झेलिरहेको संरा अमेरिकाले रुसविरुद्ध अझ कडा आर्थिक नाकाबन्दीको निर्णत्न्दा ठूलो कुनै चुनौती दिन सकेको थिएन । जनवरी २५ मा बाइडेनले रुस–युक्रेन सम्बन्ध बलियो बन्दा संरा अमेरिकी सेना युक्रेनमा प्रवेश नगर्ने बताएका थिए । नाटोका महासचिव जेन्स स्टोल्टेनबर्गले नाटोले युक्रेनमा प्रतिरोधी सेना नपठाउने बताएका थिए । संरा अमेरिका र नाटोले युद्धको जोखिम नमोल्न युक्रेन सरकारलाई चेतावनी दिइरहेको छ ।
यी सबै घटनाक्रमले के सङ्केत गरिरहेका छन् ? सङ्केत घामजत्तिकै छर्लङ्ग छ । पूर्वी युक्रेनमा संरा अमेरिका र रुसी सेनाबीच प्रत्यक्ष हानाहान नभए पनि कुनै छद्म युद्धको सुरुवात संरा अमेरिकाको अन्तर्राष्ट्रिय विश्वसनीयताको मुख्य परीक्षण हुनेछ । संसारभर आफ्नो प्रभुत्व कायम राख्न संरा अमेरिकाको लागि मोर्चाबन्दी रणनीतिक महत्वपूर्ण खम्बा हो । यथास्थिति कायम राख्ने कुरा शक्तिमा मात्र भर पर्दैन । बरु, ‘छवि’ मा पनि भर पर्ने विषय हो । दोस्रो विश्वयुद्धपछि संरा अमेरिकाले गरेका सबै छद्म युद्ध असफल भएको कुरा इतिहासले हामीलाई देखाएको छ ।
पछिल्लो कालखण्डमा सन् २००८ मा संरा अमेरिकाले सुरुमा जर्जियालाई धोखा दियो र सन् २०२१ मा अफगानिस्तानलाई पनि धोखा दियो । सन् २०२२ मा युक्रेनलाई पनि यदि उसले धोखा दिए भियतनाम युद्धपछि संरा अमेरिकाको अन्तर्राष्ट्रिय विश्वसनीयता सबभन्दा तल झर्नेछ ।
त्यसका साथै एक पटक लडाइँ सुरु गरेपछि जुनसुकै पक्षले जिते पनि त्यसपछि रुस र संरा अमेरिकाबीचको सम्बन्ध पूर्णतः तोडिनेछ । त्यत्तिबेला संरा अमेरिकाले एकै समयमा दुई वटा प्रमुख शक्तिसँग पूर्ण आकारको प्रतिस्पर्धा गर्नुपर्नेछ । यदि संरा अमेरिकाको क्षमता आज त्यसरी दुई शक्तिसँग लड्ने भएको भए उसको राष्ट्रिय शक्ति अहिले किन ओरालो लागिरहेको छ, सन्देहको विषय हो ।
संरा अमेरिका अन्योलमा फस्नुको मुख्य कारण भनेको युरोपको सुरक्षा र स्थायित्व कायम गर्ने अथवा युक्रेनको सार्वभौमिकता रक्षा गर्ने र युक्रेनी जनताको जीवनको सुरक्षा गर्न होइन, बरु संसारभर आफ्नो प्रभुत्व कायम गर्नु हो ।
संरा अमेरिकालाई वास्तवमै युरोपेली साझेदारहरूको चिन्ता भएको भए, युक्रेनको राष्ट्रिय सार्वभौमिकताको चासो लागेको र युक्रेनी जनताको विषयमा विचार गरेको भए उसलाई कता जाने भन्ने कुरामा निर्णय गर्न उति गा¥हो हुने थिएन ।
(लेखक चिनियाँ जनमुक्ति सेनाको सैनिक विज्ञान प्रतिष्ठानअन्तर्गत युद्ध अनुसन्धान विभागका वैदेशिक सैनिक अनुसन्धान प्रतिष्ठानका अध्येता हुनुहुन्छ ।)
सीजीटीएनबाट नेपालीमा अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *