जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
बोलिभारियन एलायन्स फर द पिपुल्स अफ आवर अमेरिका अल्बासम्बद्ध देशहरुले भेनेजुयलामाथि संरा अमेरिकी हस्तक्षेपकारी धम्कीप्रति खेद जनाएका छन् ।
‘अल्बासम्बद्ध देशहरु भेनेजुयलाको कानुनी बन्दोबस्त र राष्ट्रपति निकोलस माडुरो सरकारको वैधानिक सरकारलाई उपेक्षा गर्ने देशहरुमात्र होइन बरु ल्याटिन अमेरिका र क्यारिबियालाई शान्ति क्षेत्रको मान्ने अवस्था समेतलाई खतरामा पार्ने देशहरुप्रति खेद व्यक्त गर्दछौं ।’ अल्बाले आफ्नो वक्तव्यमा भनेको छ ।
साम्राज्यवादविरोधी क्षेत्रीय संगठनले भेनेजुयलामाथिको नाकाबन्दी ‘अन्तर्राष्ट्रिय कानुनको प्रष्ट उल्लंघन र संरा अमेरिकाको अमान्य हस्तक्षेपकारी कार्यान्वयनको गठजोड’ भएको भन्दै बोलिभारियाली गणराज्य भेनेजुयलामाथिको नाकाबन्दीप्रति विरोध जनाएको छ ।
यसैबीच अल्बाले भेनेजुयलामाथि नाकाबन्दी थोपर्नुले हाल त्यहाँ रहेको संकटको समाधान गर्न नसक्ने जनाएको छ । साथै अल्बासम्बद्ध देशहरु संरा अमेरिकाको नयाँ धम्कीविरुद्ध बोलिभारियाली क्रान्तिको रक्षाको लागि एकजुट भएर उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।
गएको सोमबार संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयला यदि माडुरोले घोषणा गरे जस्तै आगामी जुलाई ३० को दिन संविधान सभाको चुनावमा गए ‘लामो र तत्काल आर्थिक नाकाबन्दी लगाउने’ घोषणा गरेका थिए । भेनेजुयलामा हाल चालु राजनीतिक संकट समाधान गर्ने लक्ष्यका साथ गएको मे महिनामा राष्ट्रपति माडुरो संविधान सभा निर्वाचनको प्रस्ताव गरेका थिए ।
Leave a Reply