शैक्षिक डामाडोलले देश ध्वस्त हुने !
- बैशाख ८, २०८३
एमसीसी सम्झौता कुनै सत्ता पल्टाउने खेल होइन । एमसीसी सम्झौताको विरोध गर्नु भनेको देशलाई जोगाउनु र युद्धभूमि हुनबाट बचाउनु हो । अझ भन्नुपर्दा अमेरिकाको रणनीतिअनुरूप दक्षिण एसियामा हुनसक्ने तेस्रो विश्वयुद्धलाई रोक्नु हो । तसर्थ, सम्पूर्ण देशभक्त नेपालीहरू, न्यायप्रेमी र शान्तिकामीहरू एमसीसी सम्झौताको विरुद्धमा उत्रनु आवश्यक छ ।
चार वर्षअघि शेरबहादुर देउवा नेतृत्वको सरकार हुँदा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकामा गएर एमसीसीको सम्झौतामा हस्ताक्षर गरे । अमेरिकाले संसद्बाटै एमसीसी सम्झौता अनुमोदन भएर आउनुपर्ने दबाब दिएअनुरूप विशेषतः काङ्ग्रेस र तिनका नेताहरू जोडतोडमा लागिरहेका छन् । ५५ करोड अमेरिकी डलर भन्दै एमाले, माओवादीका केही लोभी स्वार्थी नेताहरू पनि एमसीसी सम्झौता पासको पक्षमा पुगेका छन् । केही नेताहरू एमसीसी सम्झौतादेखि झस्किएका छन् ।
यतिबेला, एमसीसी सम्झौताको कारण अमेरिकी साम्राज्यवादका असली व्यवहारहरू सतहमा छताछुल्ल भएका छन् । अन्य दल र जनता एमसीसी सम्झौताको विरुद्धमा छन् । अमेरिकाले शक्ति र हतियारकै भरमा आफ्नो अस्तित्व कायम राख्दै आएको हो । स–साना र कमजोर देशहरूबीच भिडाएर, युद्ध गराएर ती देशका प्राकृतिक स्रोत र साधनहरू कब्जा गर्दै अमेरिका विश्वमा आतङ्क मच्चाउँदै आएको नेपाली जनताले बुझे । अर्कोतर्फ विश्वसामु सहयोग र सद्भाव राख्दै चीन आर्थिकरूपमा उदाउँदो शक्ति बन्दै छ । यी ठूला दुई देशबीच राजनीतिक र आर्थिकरूपमा टकराव हुँदै आएको पनि जनतामा जानकार छ ।
एमसीसी सम्झौता हिन्द प्रशान्त सैन्य रणनीतिअन्तर्गत नै भएको कुरा खुलिसकेको छ । एउटा परियोजनामार्फत अमेरिकी सेना नेपालमा पस्न खोज्दै छ । सहयोगको नाममा छिरेका अमेरिकाकै कारण इराक, लिबिया, अफगानिस्तानजस्ता थुप्रै देशहरू भताभुङ्ग बनेका छन् । अमेरिका छिरेपछि आफ्नो स्वार्थ पूरा नभई निस्किँदैन । भोलि नेपालको अस्तित्व पनि समाप्त हुने खतरा रहन्छ । एमसीसी सम्झौताको विरोधको समर्थन गर्ने नेपाली जनता धेरै छन् । देश जोगाउन सडकमा नै उत्रनुपर्ने बेला आएको छ । भारतीय विस्तारवाद नीतिको विरुद्ध पनि देशभक्त नेपाली जनता जागरुक हुनु आवश्यक छ ।
Leave a Reply