रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
सन् १९९९ मा ७८ दिनसम्म नाटो (NATO) ले बमबारी गर्दा युगोस्लाभियाली जनताले आफ्नो अर्थतन्त्र पूर्णरूपमा ध्वस्त हुँदा पनि आफ्नो राष्ट्रिय एकता कायम राखेका थिए । त्यस पश्चात् १५ महिनामा एउटा ‘स्वतन्त्र मजदुर सङ्घ’ को नेतृत्वमा भएका युवा प्रदर्शनहरू, मिलोसेभिकविरोधी लेखहरू, संयुक्त विरोध र हडतालहरू एउटा पृथक विषय बन्यो । यदि त्यसबेला पश्चिमी सञ्चार माध्यमहरूले गरेको प्रचारप्रसारमा भरपर्ने हो भने त्यो लोकप्रिय प्रदर्शनहरूको एउटा लहर थियो । जसले एउटा घृणित सत्तालाई पल्टायो ।
तर, यी सबै कसरी भए ? युगोस्लाभियामा निर्वाचन हुँदा युगोस्लाभेली समाजवादीहरूले विपक्षी पार्टीहरूलाई अमेरिकी केन्द्रीय गुप्तचर विभाग (CIA) को आर्थिक सहयोग पाएको र बारम्बार अमेरिकी हस्तक्षेप भएको चेतावनी दिएका थिए । ८ महिनामा त्यहाँ के भएको थियो भन्नेबारे त्यहाँ सबभन्दा नजिकबाट अध्ययन गर्नेहरूले शब्दमा बोलेका छन् ।
गएको वर्ष अर्थात् सन् २००० को २० सेप्टेम्बरमा न्युयोर्क टाइम्स (New York Times) का पत्रकार स्टेफेन इर्लाङ्गर (Stephen Erlanger) ले “युगोस्लाभिया र हङ्गेरी अथवा सर्विया र मोन्टेनेग्रोका सिमानाहरूमा पैसाले भरिएका सुटकेश वा बाकसहरू ओसारपसार हुने जानकारी दिएका थिए ।” ‘अमेरिकाको आवाज’ (Voice of America, VOA) का ब्यारी उडस् (Barry Woods) को यस सन्दर्भमा यस्तो धारणा थियो– “सहयोगदाताहरू सर्विया छिर्न नपाउने हुनाले सर्वियाली गैर–सरकारी संस्था (NGO) हरूको धेरैजसो बैठक हङ्गेरी, चेक गणतन्त्र र स्लोभाकियामा हुन्थ्यो र बैठकहरू नै सर्वियाको प्रजातान्त्रिक क्रान्तिको आधार बन्यो ।”
ती १५ महिनाको अवधिमा के के भए भन्ने पत्ता लाउन र ती सबैको लागि आएको पैसाको स्रोत कुन हो भन्ने पत्ता लाउन एउटा लामो यात्राको आवश्यकता पर्दछ । त्यो यात्रा अमेरिकी राजधानी वाशिङ्टनबाट सुरु हुन्छ र हङ्गेरीको राजधानी बुडापेष्टको एउटा पाँचतारे होटलमा अन्त्य हुन्छ । यस यात्रामा हामीले सेन्ट एण्ड्रिजा (Saint Andrija) को ‘तीर्थाटन’ गर्नेछौँ र अमेरिकाको फ्लोरिडा राज्यको अनुहारमा एउटा खाडल खन्ने अमेरिकी रिपब्लिकन (US Republican Party) पार्टीबाट निर्वाचन कसरी गर्ने भन्ने पाठ सिक्नेछौँ । भियतनाम युद्धमा सहभागी र बाल्टिमोर (Baltimore) का सेवानिवृत्त एक जँड्याहा अमेरिकी कर्णेलबाट अहिंस्रक प्रदर्शनहरू कसरी गर्ने हो भन्ने सिक्नेछौँ ।
सर्बियाको चारैतिर लागेको घेरा
सन् १९९४ मा स्वतन्त्र युरोप रेडियो (Radio Free Europe– RFE) र रेडियो मुक्ति (Radio Free Europe/ Radio Liberty– RL) ले युगोस्लाभियामा आफ्नो प्रसारण सुरु ग¥यो । भ्वाइस अफ अमेरिकाजस्तै यो पनि सीआईएकै एउटा सृजना थियो । सन् १९७१ त्यहाँ यस्तो मामिलामा सीआईएको संलग्नता यस्तो ‘खुला गुप्तता’ भइसकेको थियो कि अमेरिकी राज्य विभागले प्रत्यक्षरूपमा आफ्नो रकम लगाउँथ्यो । फलतः यस्ता प्रचार युद्ध वा शीत युद्ध (Cold War) का स्टेसनहरूले युगोस्लाभियाबाहेक बाँकी युरोपमा थोरैमात्र विश्वसनीयता प्राप्त गरेको थियो ।
सन् १९९७ मा अमेरिकी राज्यमन्त्री म्याडिलिन अलब्राइट (Albright) ले सर्वियामा ‘स्वतन्त्र सञ्चार’ को लागि ५० लाख डलरको सहयोग गर्ने घोषणा गरिन् । त्यो रकम प्राप्त गर्ने एउटा पक्ष मिलोसेभिकविरोधी व्यवसायिक रेडियो स्टेशन वी ९२ (B92) थियो र यसले सर्वियाभर ‘स्वतन्त्र’ रेडियो स्टेसनको संयन्त्र स्थापना ग¥यो । VOA का अनुसार त्यस रेडियो स्टेसन स्थापना गर्न चाहिने उपकरणहरूको लागि युरोपेली आयोग European Comission), बेलायती प्रसारण केन्द्र (BBC) र जार्ज सोरस (George Soros) र VOA बाट स्थापना गरेको खुला समाज संस्थान (Open Society Institution) ले योगदान गरेको थियो । दक्ष ज्ञान र पैसाले बी ९२ (B92) लाई विश्वभर इन्टरनेटमा आफ्नो समाचार प्रसारण गर्न सफल बनायो ।
सन् १९९६ मा बेल्ग्रेडस्थित अमेरिकी दूतावासले पूर्वी युरोपेली प्रजातन्त्रका लागि समर्थन (Support for Eastern European Democracy–SEED) को कोषबाट १०० वटा स्वतन्त्र सञ्चार सङ्गठनहरूलाई प्रतिसङ्गठन २४ हजार डलर सहयोग दिएको थियो । SEED ले सन् १९८९ यता अर्थात् सन् २००१ सम्म त्यस क्षेत्रमा २ अर्ब ६० करोड डलर खर्च गरिसकेको थियो । सन् १९९६ मा मात्रै अमेरिकी सूचना निकाय (US Information Agency, USIA) ले VOA द्वारा अमेरिकामा सञ्चालित ४ वटा कार्यशाला गोष्ठीहरूमा भाग लिनको लागि सर्वियाका २९ जना पत्रकारहरूको खर्च बेहोरेको थियो ।
अमेरिकी सूचना निकाय (USIA) र अन्य बाह्य ‘अनुदानदाता’ हरूको सहयोगमा सन् १९९९ देखि स्वतन्त्र विद्युतीय सञ्चार माध्यममा टी.भी. र रेडियो नेटवर्क, एनेम (Association of Independent Electronic Media, T.V. Radio Network, ANEM) सञ्चालन भयो । १८ वटा टी.भी. स्टेसनहरूमध्ये ६ वटाका सम्पूर्ण कर्मचारीलाई अमेरिकाले ‘टी.भी. समाचार प्रसारण’ को लागि प्रशिक्षण दिएको थियो । ३३ वटा रेडियो स्टेसनहरूको लागि पनि तालिम उपलब्ध गराइएको थियो । छापाखानाहरूलाई अखबार छाप्ने कागज र रकमलाई कसरी सञ्चालित गर्ने हो भन्नेबारे सल्लाह दिइएको थियो ।
सन् १९९९ जुलाई २९ तारिखमा रोबर्ट गेलबर्ट (Robert Gelbert) अमेरिकी राष्ट्रिय सभाको परराष्ट्र सम्बन्ध समिति सामु सर्वियामा ‘स्वतन्त्र रेडियो स्टेसनहरू’ को ‘घेरा फैलिएको’ प्रमाण जुटाउन सक्षम भए । २० सेप्टेम्बर सन् २००० को दिन न्युयोर्क टाइम्सका स्टेफेन इलार्ङ्गरले ‘बेलग्रेडस्थित स्वतन्त्र पत्रकार र प्रसारकहरूलाई अमेरिकी सहयोग अधिकारीहरू आफूले कति रकम खर्च गरिरहेको छ भन्ने विषयमा चिन्तित नहुन बताएको’ जानकारी दिएका थिए ।
अमेरिकी आदेशको अनुसरण नगरेसम्म टी.भी., रेडियो प्रसारण सेवा र टी. भी. स्टुडियोहरू नाटो बमबारीका सिकार बने ।
हरेकको लागि उच्च तहको हवाइ यात्रा सुविधा– सांसद डेल बम्पर्स
सन् १९९९ जुलाई महिनामा भएको अमेरिकी राष्ट्रियसभाको बैठकमा पूर्वराजदूत गेलबर्ट (Gelbert) ले ‘कोसोभो सङ्कट सुरु भएको दुई वर्षको अवधिमा’ अमेरिकाले गैरसरकारी संस्थाहरू, राजनीतिक पाटीहरू, स्वतन्त्र सञ्चारमाध्यम, युवा, प्रदर्शन र स्वतन्त्र मजदुर सङ्घहरूलाई सहयोग गरी सर्वियाली प्रजातान्त्रिकरणको समर्थनमा १ करोड ६५ लाख डलर खर्च गरिसकेको कुरा स्वीकार गरे ।
यी सबैको लागि आवश्यक रकम अमेरिकी राज्य विभागबाट आउँथ्यो र त्यसलाई वितरण USIA ले गथ्र्यो । USIA ले गर्ने अन्य कामहरू ‘अमेरिकी नीतिहरूको विदेशमा परिभाषित गर्ने, विस्तार गर्ने र वकालत’ गर्ने हो । सन् १९९८ मा मात्रै उसले यस कार्यको लागि ४४ करोड ३० लाख डलर खर्च गरेको थियो । सन् १९९९ मा अमेरिकाले थोरै मात्र प्रचारमा आएको सङ्गठन ‘प्रजातन्त्रको लागि राष्ट्रिय गुठी’ वा ‘प्रजातन्त्रको लागि राष्ट्रिय दान कोष’ (National Endowment for Democracy NED) लाई २ करोड १० लाख डलर प्रदान ग¥यो ।
प्रजातन्त्रको लागि राष्ट्रिय गुठी (NED) पूर्वराष्ट्रपति रोनाल्ड रेगन (Ronald Reagan) का राष्ट्रिय सुरक्षा सल्लाहकार र CIA का निर्देशक विलियम क्यासी (William Casey) को मानस–पुत्र थियो । ‘निजी गैर–सरकारी प्रयासहरूबाट विश्वभरका प्रजातान्त्रिक संस्थानहरूको समर्थन गर्न’ सन् १९८२ मा रेगनले संसद्बाट कोष अनुमोदन गराएका थिए ।
उक्त विधेयकको मस्यौदाकार एलेन वेनस्टेन (Allen Weinsten) थिए । उनले पछि गएर ‘ NED ले अहिले गरिरहेका धेरै कार्यहरू २५ वर्षअगाडि CIA ले लुकीछिपी गर्दथ्यो’ भन्ने कुरा स्वीकारे । NED का अनुसार त्यसका ‘कार्यक्रमहरूले दीर्घकालीन अमेरिकी हितहरूलाई बढावा दिन्छन् ।’
प्रजातन्त्रको लागि राष्ट्रिय गुठी ( NED ) ले वर्तमान समयमा आफ्ना क्रियाकलापहरू क्युवा, जनवादी चीन, कङ्गो, दक्षिण अफ्रिका, सुडान, म्यानमार (बर्मा) र युगोस्लाभियामा केन्द्रित गरेको छ । रेगनका पूर्व सुरक्षा सल्लाहकार फ्रायङ्क कार्लुसि (Frank Carlucci) र पूर्वनाटो सर्वोच्च कमान्डर वेस्ली के क्लार्क (Wesley K. Clark) लाई यस वर्ष नयाँ बोर्ड सदस्यहरूमा नियुक्त गरेबाट NED का प्राथमिकताहरू थाहा पाउन सकिन्छ ।
विगतका १८ वर्षमा NED ले दिएका अनुदानहरूको मूल्याङ्कनबाट यसको प्रवृत्तिको विषयमा बढी थाहा पाउन सकिन्छ । सन् १९८० तिर निकारागुआमा रेगनले छेडेको अमेरिकादेखि निकारागुआसम्मको घृणित युद्धको बेला कर्नेल ओलिभर नर्थ (Oliver North) को ‘इरान कन्ट्रा (Iran–Contra) प्रजातन्त्र अभियान’ को लागि NED ले रकम प्रदान गरेको थियो ।
सन् १९९० देखि १९९२ सम्ममा यसले ‘क्युवाली अमेरिकी राष्ट्रिय कोष’ (Cuban American National Foundation, CANF) लाई २ लाख ५० हजार डलर सहयोग गरेको थियो । यसले सन् १९९६ को मङ्गोलिया निर्वाचनमा जालसाजी गरेको थियो । सन् १९८९ मा निकारागुआको सान्डिनिष्टाविरोधी गठबन्धन (Anti –sandinista) लाई ३० लाख डलर सहयोग गरेको थियो । यसले सन् १९९० मा प्रजातान्त्रिकरूपमा निर्वाचित सरकारलाई र सन् १९९१ र १९९२ मा अल्बानियाको बुल्गेरियाको सरकारलाई ढाल्ने योजना बनाएको थियो ।
सन् १९९४ देखि १९९६ सम्म अमेरिकी स्वतन्त्र श्रमिक विकास संस्थान (American Institute for Free Labor Development) लाई यसले १५ पटक गरी २५ लाख डलर सहयोग गरेको थियो । यस संस्थानलाई CIA ले लामो समयदेखि विश्वका प्रगतिशील सङ्घहरू ध्वस्त गर्न प्रयोग गर्ने गर्दथ्यो । सन् १९८० मा यो फ्रान्समा सक्रिय थियो र यसले फ्रान्समा कम्युनिस्ट पार्टीलाई चासोको विषय बनाएको थियो ।
सन् १९८४ मा प्रजातन्त्रको निम्ति राष्ट्रिय दान कोष (NED) ले ‘प्राध्यापकहरूको वामपन्थी संगठनको प्रतिकार गर्न अर्को एउटा मजदुर सङ्घ जस्तो प्राध्यापक र विद्यार्थीको सङ्गठनलाई’ समर्थन गरेको थियो । विदेशलाई घृणा गर्न कम्युनिस्टविरोधी सङ्गठन, फ्रान्सेली राष्ट्रिय अन्तर विश्वविद्यालय सङ्घ (French National Inter University Union) लाई यसले १५ लाख डलर अनुदान दिएको विषयलाई ‘मुक्ति’ (Liberationल) ले उदाङ्ग्यायो ।
प्रजातन्त्रको निम्ति राष्ट्रिय दान कोष (NED) ले आफ्नो कोषबाट एकतिहाइ जतिमात्र खर्च गर्ने गर्दछ । यसबाहेक बाँकी रकम अरू धेरै सङ्गठनबाट खर्च गथ्र्यो । तीमध्ये एउटा संगठन अन्तर्राष्ट्रिय श्रमिक ऐक्यवद्धता अमेरिकी केन्द्र American Center for International Labour Solidarity– ACILS) हो र यो अमेरिकी मजदुर महासङ्घ (TUC) जस्तै (AFL–CIO) सँग सम्बद्ध छ । सन् १९४७ देखि AFL–CIO ले विश्वभरका मजदुर सङ्घहरूलाई नष्ट गर्दै अमेरिकी राज्य विभाग र CIA को मोर्चाको रूपमा कार्य गर्दै आएको थियो ।
त्यसले कम्युनिस्टविरोधी अन्तर्राष्ट्रिय स्वतन्त्र मजदुर महासङ्घ (International Confederation of the Free Trade Union– ICFTU) को स्थापना गरेर विश्व मजदुर आन्दोलनलाई ‘टुक्राउनमा महत्वपूर्ण भूमिका खेलेको थियो । समाजवादी देशहरू सामेल भएको विश्व मजदुर महासङ्घ (World Federation of Trade Union) लाई पश्चिमा मजदुर आन्दोलनसँग कुनै पनि प्रकारको सम्बन्धबाट अलग्ग गर्न यसको स्थापना भएको थियो ।
अर्को एउटा सङ्गठन अन्तर्राष्ट्रिय निजी कम्पनी केन्द्र (Center for International Private Enterprise – CIPI) सँग सम्वद्ध छ । यसले विकासशील विश्वमा स्वतन्त्र कम्पनीहरूलाई प्रोत्साहित गर्दछ र आफ्ना सदस्य कम्पनीहरूको लागि ठेक्का दिलाउन चिन्तित रहने गर्दछ । अन्तर्राष्ट्रिय गणतान्त्रिक संस्थान (US Chamber of commerce) र राष्ट्रिय प्रजातान्त्रिक संस्थान (International Republican Institute– IRI) र राष्ट्रिय प्रजातान्त्रिक संस्थान (National Democratic Institute – NDI) ले क्रमशः अमेरिकी रिपब्लिकन र डेमोक्रेटिक पार्टीको हितहरूको प्रतिनिधित्व गर्दछ ।
‘राष्ट्र’ (The Nation) पत्रिकाका वाशिङ्टनस्थित सम्पादक डेभिड कर्न (David Corn) ले NED को अनुदान प्राप्त गर्नेहरू रिपब्लिकन, डेमोक्रेटिक पार्टीका कार्यकर्ताहरू, रुढीवादी मजदुर सङ्गठनवादीहरू र स्वतन्त्र व्यापारीहरूको सानो वृत्तको लागि एउटा सङ्घीय राज्यको खर्चको योजना बनाएका थिए ।
१३० डलर र एउटा मोबाइल फोन
पश्चिममा मिलोसेभिकविरोधी आन्दोलन ‘उनको अन्त्य भयो’ र ‘यही सही समय हो’ जस्ता नाराहरू भित्तामा लेखेर सुरु भयो । ‘तलैदेखि जग भएका प्रभावशाली राजनीतिक सङ्गठनहरू निर्वाचन अभियान व्यवस्थापन र निर्वाचन सर्वेक्षण जस्ता कार्यहरूलाई प्रोत्साहित गरेकोमा आफूलाई गौरवान्वित अनुभव गर्ने अन्तर्राष्ट्रिय गणतान्त्रिक संस्थान (IRI) ले युवा सङ्गठनहरू’ बनाउने जिम्मा लियो ।
फ्लोरिडाका रिपब्लिकन गभर्नर र राष्ट्रपति बुशका भाइ जेव बुश (Jeb Bush) ले सन् १९९९ मार्च महिनामा IRI को अथक कार्यले ‘विश्वमा प्रजातन्त्र, खुला समाज र विश्वभर स्वतन्त्रताको आशा बढाएको छ’ भनी बताए ।
फ्लोरिडामा स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनमा रिपब्लिकनहरूले हासिल गरेको अनुभव पूर्व युगोस्लाभियाको सन्दर्भमा अति मूल्यवान सावित भयो । मेसिडोनियाका प्रधानमन्त्री जर्जीवेस्कि (Georgievski) ले स्पष्ट शब्दमा भने– “५३ वर्षमा पहिलो पटक मेसेडोनियामा कम्युनिस्टहरू सत्तामा पुगेन । हाम्रो विजय IRI को सहयोगबिना सम्भव थिएन ।”
‘सर्वियाली विद्यार्थी प्रदर्शन गराउने समूहलाई आफूले प्रशिक्षण दिएको’ भनेर IRI ले गर्वपूर्वक घोषणा गर्यो । यो समूहको नाम ओटपोर (OTPOR) वा ‘प्रतिरोध’ (Resistance) थियो । त्यो समूह सन् १९९८ अक्टोबरमा वेल्ग्रेड विश्वविद्यालयमा स्थापना भएको थियो ।
स्थापनादेखि नै अमेरिकाले OTPOR सँग सम्बन्ध राख्यो । NED का पाउल म्याककार्थी (Paul McCarthy) ले सन् १९३९ अगस्तदेखि OTPOR ले उल्लेख्य मात्रामा डलर प्राप्त गर्न थालेको बताए । NED बाट सबैभन्दा बढी रकम प्राप्त गर्ने सङ्ख्या OTPOR बन्यो । म्याक कार्थी OTPOR का नेताहरू भेट्न पोडगेरिका (Podgerica), मोन्टेनेग्रो (Montenegro), हङ्गेरीको सेगेड (Szeged) र बुडापेष्ट (Budapest) मा जान्थे ।
सन् २००० को प्रजातन्त्रको निम्ति राष्ट्रिय दान कोष (NED) को प्रतिवेदनअनुसार सन् १९९९ मा स्लोभाकियाको राजधानी ब्राटिस्लाभास्थित OTPOR का क्षेत्रीय कार्यालयहरूलाई NED ले ७ लाख ३५ हजार १७७ डलर सहयोग गरेको थियो । युगोस्लाभियामा सार्वजनिक कार्यक्रमहरू विशेष गरी अमेरिकी सहायता कोष जारी राख्नको लागि (USIA) ले ‘विद्यार्थी आन्दोलनलाई सक्षम बनाउन भौतिक र सङ्गठनात्मक समर्थनको निम्ति’ ७४ हजार ७३५ डलर अनुदान दिएको थियो ।
वासिङ्टन पोष्टका माइकल डोब्स (Michael Dobbs) का अनुसार ‘यो पहिलो चुनाव एउटा समूहमाथि केन्द्रित क्रान्तिको परीक्षण थियो ।’ बजार प्रमुख मिलान स्टेभानोविक (Milan Stevanovic) ले बताए, “अमेरिकाको यो नै वास्तविक वैज्ञानिक प्रमाणमा आधारित प्रथम रणनीतिक अभियान थियो ।”
सन् १९९९ अक्टोबर महिनामा अन्तर्राष्ट्रिय गणतान्त्रिक संस्थान IRI का डेनियल कालिनगार्ट (Daniel Calingaer) ले OTPOR का नेताहरूलाई हङ्गेरी र मोन्टेनेग्रोमा ७ देखि १० पटकसम्म भेटे । सन् २००० को ३१ मार्चदेखि ३ अप्रिलसम्म बुडापेष्टको हिल्टन होटल (Hilton Hotel) मा भएको गोष्ठीमा २४ जना OTPOR का नेताहरूले भाग लिएका थिए । उक्त गोष्ठीमा कर्नेल रोबर्ट हेलभी (Robert Helvey) ले हडताल कसरी गर्ने, स्रोतहरूबाट कसरी कुराकानी गर्ने, डर कसरी हटाउने र सरकारी निकायहरूलाई कसरी बेवास्ता गर्ने भन्ने कुरामा सम्बोधन गरेका थिए ।
रिपब्लिकन अमेरिकीहरूले हिल्टन होटलमा आफ्नो डेरा जमाएका थिए । त्यो होटल पुरानो सहर भएको सुन्दर क्यासल (Castle) जिल्लामा थियो । अमेरिकीहरूले चाहेजस्तो ३२२ वटा कोठाहरू भएको आधुनिक मापदण्डमा थोरैमात्र परेपनि तिनीहरू वातानुकूल बन्दोबस्त भएको, राम्रो नुहाउने ठाउँ र सानो रक्सी खाने भट्टी (Mini bar) को समेत सुविधा भएको धक्कु लगाउँथे । मनमोहक वातावरणमा पियानोको सङ्गीतले अन्तर्राष्ट्रिय पाहुनाहरूलाई सेवा पु¥याउँदै घुमन्तु जाति जिप्सी (Gypsy) हरूको बाजा गाजाको धुनमा त्यहाँ हङ्गेरियाली खाना पस्किइन्थ्यो । OTPOR का प्रमुख श्रदा पोपोभिक (Srda Popovic) को शब्दमा “एउटा सुविधा सम्पन्न होटलमा क्रान्तिको आयोजना गर्नु मुख्र्याइँ हो । तर, अमेरिकीहरूले उक्त ठाउँको छनोट गरेका थिए ।”
कर्नेल हेलभी लामो समयसम्म पैदल सैनिक थिए । उनले सन् १९८० को दशकमा भियतनाममा दुईपटक मात्र कार्य गरेका थिए । पछि उनी हार्भर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मामिलामा केन्द्रमा वरिष्ठ सैनिक अधिकारी बने । त्यहाँ उनी अन्तर्राष्ट्रिय मामिला केन्द्र (Center for International Affairs) को अहिंस्रक नाकाबन्दी कार्यक्रम चलाउने जीन शार्प Gene Sharpe) सँग नजिकिए । शार्पले सन् १९८३ मा अमेरिकाको दक्षिणी राज्यहरूमा भेदभावविरुद्धको अभियान र उपनिवेशी शासनविरुद्धको गान्धीको सङ्घर्षको अध्ययनमा आधारित रहेर नराम्रो नाममा ‘अल्बर्ट आइन्सटाइन संस्थान’ स्थापना गरे । शार्पका अनुसार ‘यी सबै राजनैतिक शक्ति खोस्नको लागि थियो । यसबारे अरूको अगाडि अस्वीकार गरिन्थ्यो ।’
नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिद्वारा प्रकाशित पुस्तिकाबाट साभार
Leave a Reply