भर्खरै :

लता मङ्गेशकर जसको आवाजको तेज कहिल्यै गुमेन

हिन्दी चलचित्रको गायन क्षेत्रमा सात दसकभन्दा लामो समय एकछत्र प्रभाव जमाएको आवाजबारे धेरै कुरा लेखिसकियो, धेरै कुरा भनिसकियो । लता मङ्गेशकरको साङ्गीतिक वृत्ति बहुविधा र बहुभाषामा फैलिएको छ । सन् १९४० को दसकमा केही चलचित्र निर्देशकहरूले अपुग मानेको उनको ‘मिहीन’ आवाजले आज झन्डै मिथकीय उचाइ हासिल गरिसकेको छ ।
लता मङ्गेशकरको आइतबार मुम्बईमा निधन भयो । उनी ९२ वर्षकी थिइन् । लताको स्वर मन पराउने असङ्ख्य मानिसको लागि उनको निधनले अपुरणीय क्षति पु¥याएको छ । दुब्ली–पातली सानी केटी लतामा पहिलोपटक प्रतिभा देख्ने व्यक्ति थिए–सङ्गीतकार गुलाम हैदर । उनले नै लतालाई स्टुडियोसम्म ताती गर्न सिकाए । हैदर जिउँदो भएका भए आज आफ्नो प्रतिभा पहिचानको क्षमताप्रति गौरव गर्ने थिए ।
सन् १९४० को दसकमा जन्मेका मानिसहरू ‘हावा मे उड्ता जाये’ गीत सुन्न आफूसँग भएका साना रेडियोमा कान जोडेर बस्थे अथवा त्यो गीतको तालमा मुग्ध हुन हिँड्दा हिँड्दै बटुवा बाटोमा रोकिन्थे । सन् १९६० को दसकका मानिसहरू एउटा अनपेक्षित लडाईमा लड्दा लड्दै मारिएका सिपाहींहरूको सम्झनामा लताले गाएको हृदयविदारक तर शोकको गीत सुनेर भावविभोर भए । सन् १९९० को दसकका केटाकेटीहरू परीक्षाको तयारी गर्दा गर्दै कहीँबाट सन् १९९१ मा केबुल टीभीमा प्रसारण भएको ‘मेने प्यार किया’ चलचित्रको ‘कबुतर जा जा जा’ गीत सुन्दा कोठाबाहिर कान थापेर बस्थे । नयाँ शताब्दीमा जन्मेका पुस्ताले लताका सर्वोत्कृष्ट गीतहरू नसुनेका भए पनि ‘वीर जारा’ चलचित्रको ‘तेरे लिये’ बोलको विलक्षण गीत सुनेर लताको विलक्षणता पक्कै अनुभव गरेको हुनुपर्छ ।

लताको आवाजप्रतिको आकर्षणको कारण भर्खरकी गायिकाको रूपमा उनले स्टुडियोमा भित्र्याएको ताजापना पनि हुनसक्छ । हिन्दुस्तानी परम्परागत सङ्गीतको तालिमले उनलाई अझ सक्षम बनायो र त्यो क्षमताले उनलाई सङ्गीत क्षेत्रमा बलियो पकड बनाउन योग्य बनायो । धेरैले उनको आवाजमा अनुभव गरेको ‘शुद्धता’ वास्तवमा उनको आवाजमा कुनै विशेषताको अभाव हुनु पनि हो, जसकारण उनको आवाज जुनसुकै विधाका गीतमा पनि सुहाउँछ र जोसुकै कलाकारको लागि पनि उपयुक्त मानिन्छ । यसलाई गलत अर्थ नलगाउने हो भने उनले सङ्गीत निर्देशकहरूलाई सजिलो बनाइदिए ।

उनको आवाजलाई प्रायशः ‘शुद्ध’ र ‘पवित्र’ भनी व्याख्या गरिन्छ । त्यसो त ‘भारतीय महिला चरित्र’ भनेको के हो, परिभाषा गर्न आफैमा जटिल विषय हो । तर, उनको आवाजमा तिनै ‘भारतीय महिला चरित्र’ प्रतिविम्बित हुने गरेको अनुभव गरिन्छ । चलचित्र निर्माताहरू त्यसकारण पनि उनको आवाजमा आकर्षण अनुभव गर्थे ।
लताको आवाजप्रतिको आकर्षणको कारण भर्खरकी गायिकाको रूपमा उनले स्टुडियोमा भित्र्याएको ताजापना पनि हुनसक्छ । हिन्दुस्तानी परम्परागत सङ्गीतको तालिमले उनलाई अझ सक्षम बनायो र त्यो क्षमताले उनलाई सङ्गीत क्षेत्रमा बलियो पकड बनाउन योग्य बनायो । धेरैले उनको आवाजमा अनुभव गरेको ‘शुद्धता’ वास्तवमा उनको आवाजमा कुनै विशेषताको अभाव हुनु पनि हो, जसकारण उनको आवाज जुनसुकै विधाका गीतमा पनि सुहाउँछ र जोसुकै कलाकारको लागि पनि उपयुक्त मानिन्छ । यसलाई गलत अर्थ नलगाउने हो भने उनले सङ्गीत निर्देशकहरूलाई सजिलो बनाइदिए । त्यस अर्थमा उनी ‘सबै महिला’ को आवाज थिइन् ।
२० वर्षको उमेरमा उनले गाएको ‘साजन की गलियाँ’ (बजार, १९४९) मा भर्खरकी गायिकाबाट अपेक्षा गर्न सकिने सरलता र प्रस्टता थियो । त्यो गीत कुनै परिपक्व आवाजले गाएको भए थप पीडा अनुभव गर्न सकिन्थ्यो । तर, बच्चैदेखि गाउँदै आएकी बीस वर्षकी गायिकाले त्यो गीत गाउँदै थिइन् । जति सहजताका साथ उनले त्यो गीत गाइन्, त्यसमा गम्भीरताको अभाव भएको हुन सक्थ्यो ।
त्यही कारण उनले शास्त्रीय गीत गाउन थालिन् । एउटा अन्तर्वार्तामा मङ्गेशकरले अवसर पाएको भए आफूले हिन्दुस्तानी शास्त्रीय सङ्गीतमा नै काम गर्ने बताएकी थिइन् । उनको स्वरको गुणवत्ता ‘मन मोहन बडे झुठी’ मा भयो । त्यस्तै नौशदको ‘मुगल–ए–आजम’ र पाकिजा (१९७०) मा गुलाम मोहम्मदनको ‘ठहरे रहियो’ र विशेषतः ‘दस्तक’ मा मदन मोहनको ‘बैया ना धरो’ गीतमा लताको आवाजमा विभिन्न हिन्दुस्तानी रागको परीक्षण भयो ।
उनले मराठी भाषाको भजन (अभङ्ग) र आफ्नै दाजु हृदयनाथ मङ्गेशकरले सङ्गीत भरेको विलक्षण ‘ध्यानेश्वरी’ गाएर भक्ति सङ्गीतमा पनि आफ्नो अब्बलता पुष्टि गरिन् । उनले ती गायनमा पनि आफू निकै तीखो स्वरको धनी मात्र नभएको प्रमाणित गरिन् । ‘पसायदान’ र ‘मोगरा फुलला’मा आफू तल्लो सुरमा पनि अब्बल भएको सुनाइन् ।
उनका सुरूका सफल गीतहरूमध्ये एउटा ‘महल’ (सन् १९४९) देखि शङ्कर जयकिसनको सन् १९५०–१९६० दसकको गौरवशाली गीत (अजीव दासता ये हे, रसिक बाल्मा) र एसडी बर्मनको ‘सजा’, ‘बन्दिनी’, ‘सुजाता’ सम्ममा पनि मङ्गेशकरको ऊर्जा कति पनि क्षीण भएन । उनीभन्दा अघिका होनहार प्रतिभा नुर जहाँ र शमशाद बेगमको प्रभावलाई उनले उछिन्दै गइन् । ‘साजन की गलियाँ’ र ‘आएगा आनेवाला’ मा क्रमशः जहाँ र बेगमको शैलीको प्रभाव अनुभव गर्न सकिन्छ ।
सन् १९५० र १९६० दसकमा मङ्गेशकरले ‘मधुमती’, ‘परख’ मा सलिल चौधरीको लागि गीत गाइन् । ‘सङ्गदिल’ (व तो चले गये ए दिल) मा सज्जद हस्सनको लागि गाइन् । ‘ताजमहल’ (१९६३) को ‘जुर्म–ए–उल्फत पे’ गीतमा सारङ्गी रेट्दै गरेका रोशनको लागि पनि लताले गीत गाइन् ।
मदन मोहन लताका मनपर्ने सङ्गीतकारमध्ये एक जना थिए । लताले गाएका उनका केही उत्कृष्ट गीतमध्ये ‘व कौन थी ?’, ‘मेरा साया’ आदि हुन् । चर्चित ‘जरा से आहत’ र ‘लग जा गले’ र कम मात्र सुनिने, जटिल र घुमाउरो ‘माइ रि’ जस्ता गीत उस्तै गायिकाहरूले गाउन पनि हिम्मत गर्दैनन् ।
कुनै पनि स्वरमा सदाबाहार युवापना कायम रहने अपेक्षा गर्नु अन्यायोचित र अवस्तुगत हुुन्छ । सन् १९८० को दसकसम्ममा मङ्गेशकरको चमत्कार शिथिल बन्दै थियो । तर, चलचित्र निर्माता र सङ्गीतकारहरूले त्यो आवाजलाई पूूर्णतः मधुरो भएको सुन्न चाहेनन् । मानौँको त्यो आवाजमा भाग्यशाली आकर्षण छ । मङ्गेशकरले गाएका गीतहरूमध्ये सयौं त्यस्ता गीत पनि छन् जो मध्यम खालका वा चल्ती हिसाबका छन् । आफ्नो उत्कर्ष चरण नाघिसकेर पनि उनले किन गीत गाइरहिन् र किन सङ्गीतकारहरूले धेरै स्टार जन्मिसकेर पनि उनलाई नै चुनिरहे, यो विषयमा समीक्षकहरू अझै प्रस्ट छैनन् ।
चलेको प्रवाहभन्दा विपरीत गएर आशा भोस्लेको साथमा अघि बढेका ओपी नायरजस्ता केही सङ्गीतकारहरूबाहेक अधिकांश सङ्गीतकारहरू त्यही प्रवाहमा प्रवाहित भए । लताको उत्कर्ष समयमा पनि केही सङ्गीतकारहरूले नयाँ नयाँ प्रयोगहरू पक्कै गरे ।
उदाहरणको लागि एसडी बर्मनले आशा भोस्लेको आवाज ‘बन्दिनी’ (सन् १९६३) को गीत ‘अब की बरस’मा प्रयोग गरे । ती गीतहरू भोस्लेको आवाजमा गाइएका लताका पुराना शैलीका गीतजस्ता सदाबहार थिए । सुमन कल्याणपुर केही समय प्रकाशमा देखिए । तर, उनको आवाज सुनेर मानिसहरू प्रायशः मङ्गेशकरको आवाजसँग झुकिन्थे । त्यसकारण सुमनलाई लताको विकल्पको रूपमा मात्र लिइयो ।
लताको आवाजमा त्यस्तो के छ, जो चलचित्र निर्माता र सङ्गीतकारहरूले छोड्नै सकेनन् ? उनीहरूले त्यो कुरा हामीलाई भन्ने छैनन् । उनले सन् १९९० को दसकमा पनि एकसेएक गीत गाइन् । जस्तै लेकिन, रूदाली, माचिस आदि । यी सबै गीतहरू हिन्दुस्तानी शास्त्रीय पाराका गीत थिए । तर, उनले रोचकखालको ‘दिल तो पागल हे’ जस्ता गीत पनि गाइन् । सन् २००० दसकमा चलचित्रमा लगातार विविधता ल्याउने सङ्गीतकार एआर रहमानले सधैँ ताजा र विविध आवाजलाई ठाउँ दिए । उनले पनि लतासँग कम्तीमा पाँच वटा गीत बनाए ।
अहिले चलचित्रका दर्शक र गीतका स्रोतासामु धेरै सङ्ख्या र धेरै विशेषताका गायक–गायिका जन्मिसकेका छन् । तर, लताको तेज अझै मधुरो भएको छैन । धेरैको लागि उनको आवाज कुनै स्वर्गीय, बेजोड आवाजको मिथक होइन, बरू उनको आवाज आफूसँग हुर्केको र आफ्ना सपना एवम् प्रार्थनामा गुञ्जिने न्यानो र परिचित आवाज बनिसकेको छ । धेरैको लागि लताका गीत अन्ताक्षिरी र टोल छिमेकीमा हुने गीत प्रतियोगितामा गाइने गीत बनिसकेको छ । त्यस्ता ठाउँमा कसैलाई सङ्गीतको कुनै विशेष ज्ञानको खाँचो पर्दैन बरू सामान्य सुरतालले नै काम गर्छ ।
निःसन्देह यही नै लताको विरासत हो ः उनले जीवनमा गाएका कहिल्यै नबिर्सिने सुरको विशाल भण्डार र आफूले बताएका धेरै सुरहरू हामीलाई छोडेर गइन् । हामीसँग जुनसुकै मनस्थिति, अवस्था र भावनाका लागि सुहाउने लताका गीत छन् । पुरानाभन्दा पुराना गीत पनि त्यसका लागि उपयुक्त हुनेछन् ।
स्क्रोल डट आइएनबाट नेपालीमा अनुदित सामग्री 

Leave a Reply

Your email address will not be published. Required fields are marked *