“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक चरित्रबारे नेपाली राजनीतिमा बरोबर चर्चा हुँदै आएको छ । क्रान्तिको परिस्थिति तयार नहुँदै उनले सशस्त्र विद्रोहको आह्वान गरे । १३ हजार नेपाली जनता त्यो विद्रोहमा मारिए । तर, कथित माओवादी विद्रोहले नेपाली समाजको सामाजिक–आर्थिक परिवर्तनमा कुनै योगदान गरेको देखिएन । कम्युनिस्ट पार्टीले समाजवादी व्यवस्था स्थापनाको निम्ति क्रान्ति गर्ने हो । तर, दाहाल नेतृत्वको विद्रोहले नेपालमा पुँजीवादी व्यवस्थालाई बलियो बनायो । माओवादी विद्रोहकै कारण नेपालमा विदेशी चलखेल अझ बढ्यो । भारतमा बसेर उनले नेपालमा सशस्त्र विद्रोहको नेतृत्व गरे । जनताका छोराछोरी मारिए । आफू भारत सरकारको संरक्षणमा सुरक्षितरूपमा बसे ।
भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीलाई पत्र लेखेर कथित माओवादी विद्रोहलाई समर्थन गर्न आग्रह गरे । त्यही मौकामा भारतले नेपालमा आफ्नो हात माथि पा¥यो । माओवादीको बुइँमा सवार भएर भारतीय विस्तारवादले नेपालको आन्तरिक मामिलामा चलखेल बढायो । नेपाललाई आफ्नो सुरक्षा छातामा ल्याउने भारतीय विस्तारवादको पुरानो महत्वाकाङ्क्षा साकार बनाउन भारतीय शासक वर्गले माओवादीलाई मोहडाको रूपमा प्रयोग ग¥यो ।
वाशिङ्टनस्थित एमसीसी मुख्यालयमा पठाइएको पत्रमा सत्तासाझेदार दलको हैसियतमा माओवादी केन्द्रका अध्यक्ष दाहालको समेत हस्ताक्षर देख्दा उनको चरित्रको अर्को विकृत पाटो उजागर भएको छ । प्रम देउवासहित उनले संयुक्त पत्र पठाई संरा अमेरिकी साम्राज्यवादको हतियार एमसीसीसमक्ष नेपालसँगको सम्झौता खारेज नगर्न अनुनय विनय गरिएको उल्लेख छ ।
आइतबार नै दाहालको सचिवालयले देउवा नेतृत्वको गठबन्धन जोगाउन सो पत्रमा हस्ताक्षर गरेको बताएको छ । कथित प्रतिगमनलाई पराजीत गरी बनेको गठबन्धन जोगाउन ‘देशको हित हेरेर’ सो कदम चालिएको सचिवालयले जनाएको छ । यदि त्यही सत्य भए दाहालले सत्ता जोगाउन नेपाली जनतालाई विषपान गराउन पनि तयार भएको देखियो ।
कम्युनिस्टको मुखुण्डो ओढेका दाहालबाट यसरी देश हितविपरीतका काम गराएर देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूले कम्युनिस्टहरूलाई बदनाम गरे । यसले नेपाली जनताबीच लोकप्रिय कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन टेवा पु¥यायो ।
वाशिङ्टनस्थित एमसीसी मुख्यालयमा पठाइएको पत्रमा सत्तासाझेदार दलको हैसियतमा माओवादी केन्द्रका अध्यक्ष दाहालको समेत हस्ताक्षर देख्दा उनको चरित्रको अर्को विकृत पाटो उजागर भएको छ । प्रम देउवासहित उनले संयुक्त पत्र पठाई संरा अमेरिकी साम्राज्यवादको हतियार एमसीसीसमक्ष नेपालसँगको सम्झौता खारेज नगर्न अनुनय विनय गरिएको उल्लेख छ ।
आइतबार नै दाहालको सचिवालयले देउवा नेतृत्वको गठबन्धन जोगाउन सो पत्रमा हस्ताक्षर गरेको बताएको छ । कथित प्रतिगमनलाई पराजीत गरी बनेको गठबन्धन जोगाउन ‘देशको हित हेरेर’ सो कदम चालिएको सचिवालयले जनाएको छ । यदि त्यही सत्य भए दाहालले सत्ता जोगाउन नेपाली जनतालाई विषपान गराउन पनि तयार भएको देखियो । देउवा सरकार विघटन भए पनि अथवा गठबन्धन तोडिए पनि एमसीसी सम्झौता गर्न दाहाल तयार हुनुहुन्थेन । तर, उनले सत्ता जोगाउन साम्राज्यवादको खुट्टामा मालिस गर्ने कदम चाले । हिजो सशस्त्र विद्रोहको सुरक्षित अवतरण गर्न र सत्तारोहणको बाटो खोल्न भारतीय शासकको खुट्टामा मालिस गरेका दाहाल अहिले आफ्नो सत्ता जोगाउन संरा अमेरिकी साम्राज्यवादको ताबेदारी गरिरहेका छन् । कम्युनिस्टको खोलभित्र लुकेका हरियो घाँसभित्र लुकेको हरियो सर्पलाई नेपाली जनताले चिन्न आवश्यक छ । यस्ता सर्पलाई तकियामुनि राखेर कुनै पनि बेला डस्न सक्छ । क्रान्तिकारी शब्दाडम्बरभित्र आफ्नो वास्तविकता लुकाएर राजनीतिक बदमासी गरिरहने पुष्पकमल दाहालजस्ता नेताहरूलाई नेपाली जनताले चिन्नुपर्छ र उपयुक्त माध्यमबाट सजाय पनि गर्नुपर्छ । यस्ता राजनीतिक बेइमानहरूलाई उदाङ्ग्याउन नेपाली जनता अझ सक्रिय र सचेत हुन जरुरी छ ।
Leave a Reply