युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
सीराकज विश्वविद्यालय (Syracuse University) का लुइस क्रेसवर्ग (Louis Kreisburg) ले ‘जीन शार्पको लिथुआनियाका केही व्यक्तिहरू र बाल्टिक देशका केही व्यक्तिहरूसँग बढी हेलमेल भएको कुरा स्वीकारेका छन् । ३ वटै बाल्टिक राज्यका नेताहरूले आफ्नो सोभियतविरोधी सङ्घर्षहरूमा आईआरआई (IRI) को संलग्नताको प्रशंसा गरेका छन् ।
शार्पका उपायहरूलाई ‘भ्रातृहरूको उद्धार’ (Hermano al rescate) नामक सङ्गठनले क्युवामा उपयोग गर्यो । त्यसका नेता ज्होसे बासुल्टो (Jose Basulto) ले उक्त उपाय सफल हुने विश्वास व्यक्त गरेका थिए । सन् १९८३ देखि १९८५ सम्म हेलभी (Helvey) म्यानमार वा बर्माको अमेरिकी राजदूतावासमा अमेरिकी सुरक्षा पाश्र्ववर्तीको सुरक्षा सहचरी थिए ।
सन् १९९३ देखि १९९६ सम्ममा उनी आइन्सटाइन संस्थानका प्रशासनिक अधिकारी र ब्रुस जेन्किन (Bruce jenkin) र आईआरआईका माइकल मिचेल (Michale Mitchell) सँग मिलेर हाल गृह नजरबन्दमा रहेकी म्यानमारकी राष्ट्रिय प्रजातन्त्र लीगकी नेतृ आङसाङ सुकीका विद्यार्थी कार्यकर्ताहरूलाई प्रशिक्षण दिने कार्यमा संलग्न थिए । त्यसपछि हेलभी सीमा जोडिएको थाइल्यान्डमा गए ।
उनले आङसाङ सुकीका समर्थकहरूलाई प्रशिक्षण दिन जारी राखे तथा कारेन (प्बचभल) विद्रोहीहरूका जनरल बो म्या (Karen) सँग पनि सम्बन्ध राखे । यी क्रियाकलापहरूबारे म्यानमार सरकारले संयुक्त राष्ट्रसङ्घीय महासचिवसमक्ष गुनासोको औपचारिक पत्र पठाउने कार्यको आधार बन्यो ।
सन् १९८८ देखि १९८९ सम्ममा उनी हङकङमा थिए र त्यही समयमा पेइचिङको तियानमेन चोकमा प्रदर्शनहरू भएका थिए । त्यहाँबाट उनी हङ्गेरीको बुडापेस्टमा आईआरआईको सहयोगमा युगोस्लाभियाली विद्यार्थीहरूको (OTPOR) का नेताहरूलाई आफ्नो ‘राजनीतिक अवज्ञा’ पुस्तकको प्रयोग गर्न प्रशिक्षण दिए । सन् २००० को जुलाई महिनामा श्रदान मिलिभोजेभिक (Srdan Milivojevic) ‘उनको अन्त्य भयो’ (Gotov je) को नाराका साथ अगाडि आए ।
त्यस नाराका पर्चाहरू (Sticker) छापेपछि यो नाराबारे जनताको विचार जान्न मत सर्वेक्षण गरियो । ‘नारा र बजार व्यवस्थापक’ विभागमा प्रमुख इवो एन्ड्रिक (Ivo Andric) ले न्युयोर्क टाइम्सलाई भने, “त्यसबेला जनताको धारणा थाहा पाउने सर्वेक्षणका नतिजाहरू सा¥है महत्वपूर्ण थिए ।”
तिनीहरूले कसरी कार्य गरे भन्ने कुरा तलको उदाहरणबाट प्रस्ट हुन्छ । एउटा सानो नगरबाट OTPOR सङ्गठनमा सामेल हुन बेल्ग्रेड आएका आका राडिक (Aca Radic) लाई पोपोभिक (Popovic) ले केही क्षणको कुराकानीपश्चात् पर्चाहरू, पोस्टरहरू, इत्एइच् टी–सर्टहरू (गन्जीहरू), १३० अमेरिकी डलर र एउटा मोबाइल फोन दिए । न्युयोर्क टाइम्सका अनुसार उसले भन्यो, “म खुसी थिएँ, म ती शब्द प्रचार गर्न घर जाँदा आफू क्रान्तिकारी भएको अनुभव गरेँ ।” त्यसबेला औसत ज्याला ३० डलरभन्दा कम थियो, कालो बजारमा डलरको मूल्य चर्को थियो ।
सन् २००० मा अन्तर्राष्ट्रिय सम्बन्ध राख्ने स्लोबोदान होमेन (Slobodan Homen) अलब्राइटको सम्बोधन सुन्न बर्लिन पुगे तथा त्यसपछि क्रोएसियाका लागि पूर्वअमेरिकी राजदूत विलियम डी. मोन्टगोमेरी (William D. Montgomery) सँग अमेरिकी दूतावासमा भेटे । अमेरिकी अधिकारीहरूसँग सल्लाह गर्न होमेनले ‘दर्जनौँ पटक यात्रा’ गरे । यस सन्दर्भमा मोन्टगोमेरीको भनाइ थियो– ‘म्याडिलिन अलब्राइटको लागि मिलोसेभिक उच्च प्राथमिकताको एउटा व्यक्तिगत विषय थियो । उनी मिलोसेभिकको पतन चाहन्थिन् र OTPOR मिलोसेभिकको शासनसँग टक्कर लिन तयार थियो । मिलोसेभिकको पतनभन्दा अगाडिका केही महिना सर्वियामा लागेको आगो, शक्ति, उत्साह, पैसा र हरेक चीजको ओइरो कहीँबाट पनि ओइरेको थिएन बरु अमेरिकी सहयोग संस्था (USAID) का सह–प्रशासक डोनाल्ड एल प्रेस्ली (Donald L Pressley) ले सन् २००० को लागि छुट्याइएको २ करोड ५० लाख डलरमध्ये कैयौँ हजार डलर गन्जी (T–shirts) र पर्चाजस्तो प्रदर्शनका सहायक (Stickers) सामग्रीहरूको लागि OTPOR लाई दिइएको थियो । वासिङ्गटनस्थित रोन्को कन्सल्टिङ्ग (Ronco-Consulting) ले ‘उसको अन्त्य भयो’ (He’s Finished) लेखिएको २७ करोड २० लाख स्टीकरहरू छाप्न युगोस्लाभियामा नपाइने ५ हजार रङ्गको बट्टा र ८० टन विशेष कागतको आपूर्ति गरेको थियो । यसको लागि USAID ले रकम व्यहोरेको थियो ।
पैसा भरिएको बाकस (Suitcases) हरूको विषयमा OTPOR का मार्को जुरिक (Marko Djuric) ले वासिङ्गटन मासिक (Washington Monthly) लाई भने, ‘सरकारमा केही भ्रष्टाचार हुँदा यस्ता पैसा आउने बाटाहरू रहे ।’
एक दिनको ५ डलर
दक्षिणी हङ्गेरीस्थित एउटा सानो नगर सेगेड (Szeged) युगोस्लाभ सीमाभन्दा १० मिनेटको मोटरको दूरीमा छ । त्यसको नजिकै एउटा सर्वियाली चर्च छ । सन् २००० को गर्मी याममा हजारौँ युगोस्लाभहरूले आईआरआईको रकममा त्यहाँको भ्रमण गर्ने निर्णय गरे । सेगेडमा आईआरआईका जोन एनेलि (John Aneili) ‘स्वतन्त्र निर्वाचन पर्यवेक्षकहरूलाई’ प्रशिक्षण दिने तयारीमा जुटेका थिए । उनले भने, “हामीले ती युगोस्लाभियालीहरूलाई निर्वाचनबारे सिकाउन नक्कली मतदान बाकस राखेर मतदान केन्द्रहरू बनायौँ र मतदानका सबै प्रक्रियाहरू तिनीहरूलाई सिकायौँ ।”
OTPOR का ४ सय सदस्यहरूले अमेरिकी प्रशिक्षण प्राप्त गर्न सेगेडको भ्रमण गरे तथा त्यहाँबाट फर्केर थप १५ हजारलाई तिनीहरूले तालिम दिए । निर्वाचनको दिन हरेक ‘स्वतन्त्र’ पर्यवेक्षकलाई ५ हजार डलर दिइयो । त्यो रकम अमेरिकी राज्य विभागले व्यहोरेको थियो ।
ती पर्यवेक्षकहरूको पर्यवेक्षणमा आधारित रहेर प्रतिपक्षले मतगणनाभन्दा पहिले नै परिणामको घोषणा गरे । ती परिणामहरू स्वतन्त्र युरोप रेडियो (RFE) ‘रेडियो मुक्ति’ (RL), बेलायती प्रसारण केन्द्र (BBC), अमेरिकी आवाज (VOA) मार्फत देशभरि प्रचार गरियो । USAID को रकममा सञ्चालित ‘स्वतन्त्र’ सञ्चारमाध्यमहरूले त्यसलाई दोहो¥याए ।
हराउने मार्का र बेच्ने मार्का
युगोस्लाभियाको निर्वाचनको एउटा उल्लेखनीय पक्ष के थियो भने विभाजित प्रतिपक्ष पहिलो पटक मिलोसेभिकविरोधी एकजना उम्मेदवारको वरिपरि एकजुट भएका थिए । त्यहाँका राजनीतिक पार्टीहरूको जिम्मेवारी अमेरिकाको ‘राष्ट्रिय प्रजातान्त्रिक प्रतिष्ठान’ (NDI) ले लिएको थियो । एनडीआईले आफ्ना क्रियाकलापहरू रिपब्लिकनहरूका प्रिय होटल हिल्टनभन्दा ५ मिनेटको दूरीमा रहेको मारियोट (Marriot) होटलमा बसेर सञ्चालन गर्दथ्यो ।
एनडीआईको केन्द्रीय पूर्वी युरोपेली कार्यक्रमका प्रमुख डेबोराह अलेक्जेन्डर (Deborah Alexander) ले सन् १९९९ को अक्टोबरमा मारियोट होटलमा एउटा गोष्ठीको आयोजना गरेको थियो । यस कार्यक्रमको लागि वाशिङ्गटनस्थित एउटा कम्पनीले विभिन्न राजनीतिक रणविद्हरूको सहयोग लियो । सन् १९९२ मा क्लिन्टन यौन दुर्वलताको काण्डमा मुछिँदा उक्त कम्पनीले तयार गरेको रणनीतिको कारण डेमोक्रेटहरूले दोस्रोपटक निर्वाचनमा विजय प्राप्त गरे । त्यो विजय सस्तो थिएन ।
मारियोट होटलमा डाग स्कोएन (Doug Schoen) ले मत सर्वेक्षणका परिणामहरूको चित्रहरूलाई २४ वटा विपक्षी पार्टीहरूमध्ये १८ वटाका नेताहरूसामु देखाए । अलेक्जेन्डर र स्कोऐनले टिपेका मानिसहरूलाई मत सर्वेक्षणका निश्चित समूहहरूको बन्दोबस्त गरिएको थियो । स्कोऐनले सम्मेलनमा एक हुन आह्वान गरे । कुनै पनि समारोहमा अमेरिकीहरूले आफूहरूप्रति सहमत नहुनेले पैसा प्राप्त नगर्ने कुरा स्पष्ट पारेका थिए । अलेक्जेन्डरले जिन्जिक (Djindjic) लाई कोस्टुनिका (Kostunica) को अभियान व्यवस्थापकको रूपमा कार्य गर्न प्रेरित गरेका थिए । कोस्टुनिका भने कम मन नपराएका सुकीका व्यक्ति थिए ।
अनुपयुक्त र भरपर्दो नभएको हुँदा भुक ड्रास्कोभिक (Vuk Drascovic) लाई सामेल गरिएन । कोस्टुनिकालाई अमेरिकी सम्बन्धहरूबाट चोखै राखिए तापनि कसरी सन्देश दिने, पत्रकारहरूलाई कसरी जवाफ दिने र मिलोसेभिकका समर्थकहरूको तर्कहरूलाई कसरी खण्डन गर्ने भन्ने विषयमा बुडापेस्टमा ५ हजार राजनीतिक कार्यकर्ताहरूलाई प्रशिक्षण दिलाउन अलेक्जेन्डरलाई अमेरिकी रकम दिइयो ।
निर्वाचनको समय नजिकिँदै गएपछि सन् २००० भरि साप्ताहिकरूपमा नियमित मत सर्वेक्षणहरू थालियो । एकपटक फेरि अमेरिकी पैसाबाट सञ्चालित ‘स्वतन्त्र’ सञ्चारमाध्यमहरूले ‘स्वतन्त्र’ मत सर्वेक्षणका परिणामहरू प्रचारप्रसार गरे ।
युगोस्लाभियाका प्रतिपक्षलाई अमेरिकी सांसद हूपर (Hopper) ले १२ वटा क्षत्रीय कार्यालयहरू र खरिद गर्नुपर्ने सामग्रीहरूको सुकी उपलब्ध गराए । उनले अमेरिकी राष्ट्रियसभामा भनेका थिए, “युगोस्लाभियामा परिवर्तनको लागि बनेको गठबन्धन (The Alliance For Change) को लागि पैसाको आवश्यकता छ । केही सय हजार अर्थात् केही लाख डलरको रकम र प्रशिक्षणले ठूलो फरक ल्याउन सक्दछ । बुल्गेरियाको सन्दर्भमा गरिएजस्तै युगोस्लाभियाको गठबन्धनको लागि प्रदर्शन गर्न, फ्याक्स, फोन, कम्प्युटर, बाहनहरू र राजनीतिक अभियानका अन्य आवश्यक सामानहरू जुटाउन रकमको अविलम्ब आवश्यकता परेको कुरामा म जोड दिन चाहन्छु ।”
‘डेमोक्रेटहरूले भाडामा लिएको बजार व्यवस्थापक कम्पनीका प्रमुख श्रदान बोगोसाभजेभिक (Srdan Bogosavljevic) लाई OTPOR र ‘परिवर्तनको लागि गठबन्धन’ को समूहहरूमा ध्यान केन्द्रित गर्ने जिम्मा दिइएको थियो । यस कार्यको लागि उनलाई एनडीआई (NDI) र आईआरआई (IRI) ले पैसा दिने गर्दथे ।
‘हामीहरू सामान बेच्ने एउटा मार्का (Brand or Trade mark) बनाउने प्रक्रियामा थियौँ र अर्को मार्कालाई हराउने प्रक्रियामा थियौँ । बेच्ने सामानको मार्का कोस्टुनिका (Kostunica) थियो । हराउनुपर्ने मार्का मिलोसेभिक (Milosevic)थियो ।
प्रतिपक्ष कार्यकारीहरूले गरेको ५ मिनेट लामो सम्बोधनलाई अलेक्जेन्डरद्वारा प्रशिक्षित कार्यकर्ताहरूले युगोस्लाभियाभर फैलाउनुभन्दा पहिले त्यस सम्बोधनको हरेक शब्दलाई अमेरिकी सल्लाहकारहरूसमक्ष छलफल गरिएको थियो र मत सर्वेक्षणसँग जाँचिएको थियो ।
ऐक्बद्धता
सन् २००० को सिलसिलामा ‘स्वतन्त्र मजदुर सङ्घ’ (Nezavisnost) ले हड्तालहरू, सङ्गीत समारोह, घरमा जाने अभियान र विभिन्न प्रदर्शनहरू गर्यो । त्यस्ता गतिविधिहरूले अन्ततः मिलोसेभिकको पतन भयो । ‘परिवर्तनको लागि गठबन्धन’ को समर्थनमा राष्ट्रव्यापी पर्चा छर्ने, पत्रिकाहरूमा लेखहरू प्रकाशित गर्ने र विज्ञापनहरू प्रसारण गर्ने अभियान सुरु गरियो । निर्वाचनको दिनमा ‘मजदुर सङ्घ’ ले १४०० भन्दा बढी ‘स्वतन्त्र’ निर्वाचन पर्यवेक्षकहरू उपलब्ध गरायो ।
बेलायतमा ‘त्रोत्स्कीवादी समाजवादी मजदुर’ (Trotskyite Socialist Worker_) ले उक्त ‘सङ्घ’ को प्रशंसा गर्यो । त्यस्तै संरा अमेरिकामा ‘मिलिट्यान्ट’ (Militant) ले लेख्यो, “स्वतन्त्र मजदुर सङ्घ (Nezavisnost) को एउटा उद्देश्य र सिद्धान्त हो । निजीकरणको आधारमा व्यापक र परिवर्तनमुखी सुधार, आर्थिक दक्षता र सामाजिक न्याय ।” यो एक आश्चर्यजनक कुरा हो ।
युगोस्लाभियामा ‘राजनीतिक र आर्थिक परिवर्तनको समर्थनमा मजदुरहरूलाई क्रियाशील बनाउन, सर्वियाको मजदुर सङ्घको आन्दोलनको लागि भौतिक समर्थन र सहयोग जुटाउन प्रजातन्त्रको निम्ति राष्ट्रिय दान कोष (NED) ले अन्तर्राष्ट्रिय श्रम ऐक्यबद्धताको लागि अमेरिकी केन्द्र’ (ACILS) लाई दुई पटक गरी ४ लाख ४८ हजार ५०० डलर सहयोग गरेको भन्ने उल्लेख भएको NED को प्रतिवेदन हेर्दा कुनै नौलो कुरा देखिँदैन । अमेरिकी केन्द्रीय गुप्तचर विभाग (CIA) र राजस्व विभागको मोर्चाको रूपमा रहेको अमेरिकाको मजदुर सङ्घको महासभा (TUC) जस्तै AFL–CIO को ऐक्यबद्धता केन्द्र ACILS को सम्बन्ध स्वतन्त्र मजदुर सङ्घ’ सँग त्यसको स्थापनाकाल सन् १९९१ देखि नै थियो । त्यसबेला सामाजिक प्रजातन्त्रवादीहरूको भोजभोडिना (Vojvodina) लीगका सभापति नेनाड कानक (Nenad Canak) ले AFL–CIO सम्मेलनमा भाग लिएका थिए । सन् १९९५ नोभेम्बरमा कानक जर्ज मेनी (George Meany) ‘मानव अधिकार पुरस्कार’ प्राप्त गर्न अमेरिका फर्केका थिए ।
सन् २००० को जुलाई १६ देखि ३० सम्म उनले फेरि रकमको विषयमा AFL–CIO सभापति जोन स्विनी (John Sweeney) र AFL–CI को अन्तर्राष्ट्रिय विभागका सह–निर्देशक फिल फिसम्यान (Phil Fishman) सँग भेटघाट गरे । त्यसबेला उनी अमेरिकी सङ्घहरूको जर्ज मेनी प्रशिक्षण केन्द्र (George Meany Training Center) पनि गएका थिए । गोष्ठीहरूको समापनपछि उनले एन्का कासिङ्ग (Anca Kassing) को घरमा रात्रिभोजमा सामेल हुने सौभाग्य पाए ।
गुप्त साठगाँठ
आजका दिनहरूमा एउटा निर्वाचन किन्न कति पैसा लाग्छ ? NED ले यस कार्यको लागि सन् १९९९ मा ३ करोड १० लाख डलर प्राप्त गरेको थियो । तर, त्यसले विश्वभरका कार्यहरू गर्नुपरेको थियो । त्यसबाहेक अमेरिकी राज्य विभागका अन्य अङ्गहरू जस्तै USAID, त्यसका सूचना केन्द्रहरू SEED र्यक्रमबाट पनि आर्थिक सहयोग प्राप्त हुन्थ्यो । त्यसबाहेक स्वतन्त्रता गृह (Freedom House), जर्ज सोरस कोष (George Soros Foundation) र जर्मन मार्शल कोष पनि त्यस सुकीमा सहभागी थिए ।
अमेरिकी राज्य विभागका पूर्वविश्लेषक डेनियल सर्वर (Daniel Serwer) को शब्दमा ‘हामीहरूले केही अति राम्रो निर्णय गर्यौँ । हामीले साह्रै सीमित मात्रामा पैसा दियौँ केही करोड ।’ मतानुसार ५ करोड डलरको हाराहारीमा पुग्छ । सेप्टेम्बर निर्वाचन र सन् २००० डिसेम्बर महिनाको संसदीय निर्वाचनबीच धेरै भिन्नता थियो । नयाँ सर्वियाली अर्थमन्त्री जेलिक (DJelic) का अनुसार निर्वाचनको समयमा एक अर्ब डलरभन्दा बढी विदेशी सहायता प्राप्त भएको थियो र ती सबै जनताको जीवनस्तरमा नाटकीय परिवर्तन ल्याउन खर्च गरिएको थियो ।
अहिले के छ ? ‘युरोपेली ट्रेड युनियन महासङ्घ (The European Trade Union Confederation) ले एक बेल्ग्रेड मजदुरको भनाइलाई प्रकाशमा ल्याएको छ । उक्त मजदुरको भनाइ थियो ‘हामीले स्वतन्त्रता पायौँ । तर, अहिले हामीसँग खानलाई रोटी छैन ।’ निर्वाचनपश्चात् युगोस्लाभियामा रोटीको मूल्य २.५ दिनार (युगोस्लाभियाली मुद्रा) बाट बढेर १२ दिनार पुगेको छ ।
नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिद्वारा प्रकाशित पुस्तिकाबाट साभार
समाप्त
Leave a Reply