भर्खरै :

के एमसीसी सम्झौता संसद्मा पेश हुँदै छ ?

काठमाडौँ, २५ माघ । नेपाली जनताको विरोध भएको एमसीसी सम्झौता संसद्मा पेश गर्ने र सबै सांसदलाई बोल्न दिएर निर्णयार्थ पेश गर्न सभामुख अग्नी सापकोटा तयार भएको समाचार छ । सभामुख सापकोटाले माघ २६ गते बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था परामर्श समितिमा एमाले, नेका, माओवादी, जसपा, लोसपा, एकीकृत समाजवादीका प्रतिनिधिहरू सदस्य छन् । माघ २६ गते दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकको लागि सम्भावित कार्यसूची सार्वजनिक भएको छ । सम्भावित कार्यसूचीमा थारु आयोगको प्रतिवेदन पेश गर्ने र नेकाको २०६४ को सभासद जगतबहादुर ताजपुरियाको श्रद्धाञ्जली राखिएको छ ।
कार्यव्यवस्था परमर्श समितिको बिहान ११ बजेको बैठकमा सहमति भए सभामुख सापकोटाले कार्यसूचीमा एमसीसी सम्झौता टेबुल गराउने सम्भावना छ । त्यसबेला प्रमुख प्रतिपक्षी एमालेले के गर्ला ? बैठक अवरोध गर्छ कि गर्दैन ? सभामुख सापकोटाले सबै सांसदहरूलाई बोल्न दिने कार्यसूची बनाए पनि पार्टी ह्वीप कस्तो हुन्छ ? पार्टीले आ–आफ्ना सांसदहरूलाई बोल्न दिने हो या होइन ? पार्टीले बोल्न नदिई सांसदहरूले एमसीसी सम्झौताबारे के बोल्ने आँट गर्लान् ?
घुमीफिरी शासक दलहरू मिलेर एमसीसी सम्झौता बहुमतबाट पारित गराइने सम्भावना बढ्दो छ । यसकारण, नेपाली जनताले आफूले मत दिएका सांसदहरूलाई एमसीसी सम्झौताको समर्थन नगर्न र खारेज गर्न दबाब दिनु जरुरी छ ।
एमसीसी सम्झौता बैठकमा पेश गर्न लायकको होइन । देशको सार्वभौमिकतामा आँच पुग्ने यस्तो सम्झौता साधारण बहुमतमा पारित गर्नु सीधै देशघात हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *