भर्खरै :

रुस र युक्रेनको आन्तरिक’ विवादले संरा अमेरिकालाई प्रसव पीडा

दोश्रो विश्वयुद्ध : सोभियत सङ्घ र संरा अमेरिका
सन् १९३९ मा सुरु भएको दोस्रो विश्वयुद्धमा हिटलरले नेतृत्व गरेको जर्मनीजस्तो शक्तिशाली सेनालाई घुँडा टेकाउन बाध्य पारी उसको पाशविक पञ्जाबाट संसारलाई तत्कालीन सोभियत सङ्घले कसरी बचाउ ग¥योे भन्ने सत्यलार्र्ई बिर्सन दुनियाँँलाई गा¥हो हुन्छ । सत्य के पनि हो भने उक्त विश्वयुद्धमा सोभियत सङ्घले जस्तो अपार धनजनको क्षति कुनै पनि राष्ट्रले व्यहोर्नुपरेन । जर्मन सेनाको हमलाले संरा अमेरिकाका जहाजहरू डुबाई दियो । सन् १९४१, डिसेम्बर ७ मा हवाई क्षेत्रमा अवस्थित औआहु टापुको पर्लहार्वर बन्दरगाहमा जापानको हमलाले संरा अमेरिकालाई युद्धमा तान्यो ।
सोभियत सङ्घ, संरा अमेरिका, बेलायत र फ्रान्स संयुक्त भई जापान, जर्मनी र इटली (Axis powers) विरुद्ध उभिएका थिए । शक्तिशाली भनिएको जर्मन फौजसँग सोभियत सेना बहादुरीपूर्वक युद्ध गर्दै थिए । ६, अगष्ट १९४५ मा संरा अमरिकी बी–२९९ (B-29) वमवर्षक विमानले लिटिल ब्वाइ नाम गरेको परमाणु बम जापानको हिरोसिमा सहरमा प्रहार ग¥यो । त्यसबाट ८० हजार जापानी जनताको एकचिहान भयो । विस्फोटनको रसायनिक विकिरणद्वारा पछि हजारौँको ज्यान गयो । त्यसको ठीक तीन दिनपश्चात् फ्याट म्यान नामको अर्को महाविनाशकारी परमाणु बमले नागासाकी सहरलाई खरानी बनायो । चालीस हजारभन्दा बढी जापानी जनता मारिए । आफ्नो देशले खप्नु परेको अकल्पनीय भयावह परिस्थितिका कारण जापानका सम्राट हिरोहितोले सन् १९४५, अगष्ट १५ मा शाही रेडियो सम्बोधनमार्फत बिना कुनै सर्त आत्मसमर्पण गरेको घोषणा गरे । अन्ततः दोस्रो विश्वयुद्ध समाप्त भयो ।

हिटलरको संयुक्त गठबन्धनविरुद्धको युद्धमा संलग्न मुलुकलाई जानकारी नदिई जापानमाथि परमाणु बमद्वारा गरिएको संरा अमेरिकी कारबाही सोभियत सङ्घलाई पिरो लाग्यो । संरा अमेरिकाले गोप्यरूपले परमाणु हतियार विकास गरेको कार्यबाट उनीसँग पौंठेजोरी खेल्न सक्ने सोभियत सङ्घलाई निको नलाग्नु स्वाभाविक थियो ।
सैद्धान्तिक र वैचारिकरूपले संरा अमेरिका, बेलायत र फ्रान्सको पुँजीवादी चिन्तनसँग सोभियत सङ्घको साम्यवादी अवधारणा कति पनि मेल नखाने कुरो सबैलाई ज्ञात थियो । यही कारण तिनीहरूसँग हातमा हात मिलाई विश्व शान्तिका लागि सोभियत सङ्घले आफ्नो अन्तर्राष्ट्रिय नीतिमा कुनै स्थान दिएको थिएन ।
सोभियत सङ्घले आत्मसात गरेको साम्यवादी विचारको पारिलो घामको प्रभाव संसारमा फैलिँदै गयो भने संरा अमेरिकालगायतका अन्य पुँजीवादी मुलुकहरूको लागि निको नहुने वा टाउको दुखाइ हुने पक्का थियो । यही वास्तविकतालाई हृदयङ्गम गरी सोभियत सङ्घलाई कमजोर तुल्याउनुको साथै समाजवादी सोभियत सङ्घबाट भविष्यमा हुनसक्ने आक्रमणबाट आ–आफ्नो मुलुकलाई सुरक्षित राख्न संरा अमेरिकाले आफूसँग एकताबद्ध हुन विभिन्न पश्चिमी राष्ट्रहरूलाई आह्वान ग¥यो । फलस्वरूप सन् १९४९ मा संरा अमेरिकाले आइसल्यान्ड, फ्रान्स, बेल्जियम, क्यानाडा, डेनमार्क, इटली, लग्जेम्बर्ग, नेडरल्यान्ड, नर्वे, पोर्चुगल र बेलायतलगायतका १२ पश्चिमी मुलुकहरूको नयाँं सङ्गठनको निर्माण गरियो । संरा अमेरिकाले नेतृत्व गरेको यस अन्तर्राष्ट्रिय सङ्गठनलाई NATO (North Atlantic Treaty Organization) नेटो भनियो । एसिया, युरोप तथा प्रशान्त महासागरीय मुलुकहरू गरी विभिन्न ३० राष्ट्रहरू नेटोका सदस्य छन् । नेटोका यी सदस्य राष्ट्रहरू प्रायः कमजोर र साना मुलुकहरूलाई दबाउने संरा अमेरिकाको हरेक गतिविधिमा आबद्ध हुन्छन् ।
कुनै पनि अन्य राजनीतिक र सैनिक कारबाहीबाट नेटो सदस्य राष्ट्रहरूको स्वतन्त्रताको सुरक्षा गर्नु नेटोको मूल उद्देश्य थियो । सोभियत सङ्घलाई सङ्केत गर्दै नेटोका कुनै पनि राष्ट्रको आन्तरिक मामिलामा अन्य कसैले गरेको हमला वा हस्तक्षेपलाई संरा अमेरिकाउपरको धावा मानिने छ भन्ने नेटोको मूल उद्देश्य थियो । नेटोको मूलभूत उद्देश्यमा जे जस्तो भाषाशैली वा शब्दावली कोरिए तापनि अन्ततोेगत्वा यो एक प्रकारको सोभियत सङ्घ लक्षित धम्कीको धनुषवाण नै हो ।
मिखाइल सेर्गेयभिच गोर्भाचोभजस्ता अदूरदर्शी एवं असक्षम नेताका कारण सन् १९९१ मा विशाल सोभियत सङ्घ विघटन भएर १५ विभिन्न देशहरूमा विभाजित भए । संरा अमरिकाले धेरै पहिलेदेखि चाहेको थियो । संसारमा अब एकमात्र महाशक्ति राष्ट्र संरा अमेरिका भएका कारण सोभियत सङ्घको विघटन उसका लागि सुखद समाचार रह्यो । त्यसैबेलादेखि विश्वको शक्ति सन्तुलनमा खिया लाग्यो । शक्तिकोे उन्मादसँगै आफ्नो मातहतमा बस्न नचाहने सार्वभौम सम्पन्न साना मुलुकहरूमाथि अमानवीय ढङ्गले मत्स्य न्याय अपनाएर सैनिक कारबाही गर्न संरा अमेरिका पछि परेन । अफगानिस्तान, इराक, लिबिया, सिरियालगायतका मुलुकहरूमा धनजनको अपार क्षति हुने गरी हमला भयो । संरा अमेरिकाले गरेका आपराधिक कार्यहरूका यी केही ज्वलन्त उदाहरणमात्र हुन् ।
संरा अमेरिकाको अहम् र सिरियाली गृहयुद्ध
सोभियत सङ्घको विघटनपछि सामरिकरूपले कमजोर देशहरूमा मच्चाउने गरेको सैनिक दादागिरीमाथि यस भूगोलमा भएका कुनै पनि मुलुकले परिणाम आउने गरी कडा विरोध गर्न नसक्नाले रक्तपिपासुु संरा अमेरिकाको अहम् बढ्दै गयो । नेटोका सदस्य राष्ट्रहरूले जस्तै बाँकी अन्य मुलुकहरूले पनि आफ्नो आज्ञा चुपचाप पालना गरेको संरा अमेरिका चाहन्छ । विभिन्न देशहरूको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप गर्दै अन्यलाई तह लगाउने निन्दनीय कार्य संरा अमेरिकाले जारी राखेको छ । रुस र चीनजस्तो मुलुक आफ्नो बराबरीको हैसियतमा उभिएको संरा अमेरिका फुट्या आँखाले देख्न चाहँदैन ।
वर्तमान परिप्रेक्ष्यमा रुस फेरि पहिलेजस्तै एकतर्फी निर्णयको विरुद्ध चट्टानजस्तै आमनेसामने उभेर संरा अमेरिकासँग पाखुरा सुक्र्याउन सक्ने ल्याकत राख्न सक्छ भन्ने कुरा संरा अमेरिकालाई ज्ञात भइसकेको छ किनभने सिरिया युद्धमा त्यहाँका राष्ट्रपति बशर अल असादलाई अपदस्थ गर्न सिरियाली विद्रोही समूह तथा सीडीएफलाई ९क्थचष्बल म्झयअचबतष्अ ँयचअभक० हरतरहले सहयोग गरेको भए तापनि आफ्नो उद्देश्य हासिल गर्न संरा अमेरिकाको असफल प्रयासको परिणामले प्रस्ट पारेको छ । अघिल्ला अन्य युद्धहरूमा जस्तै सिरिया युद्धमा पनि संरा अमेरिकाको अमानवीय आक्रमणविरुद्ध केही नगरी संसारका सबै राष्ट्रहरू मूकदर्शक बनिदिएको भए बशर अल असादको शासनकालको आयु धेरै पहिले समाप्त भइसक्थ्यो । तत्कालीन संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले, “हामीले सिरियामा आईएसआईएसलाई हराइसकेका छौँ” भन्दै आफ्नो लहलहैमा लाग्ने साझेदार गठबन्धन सेनाहरूलाई आश्चर्य पार्दै सिरियामा तैनाथ संरा अमेरिकी सेना त्यहाँबाट फिर्ता बोलाए ।
युक्रेन र रुसबीचको कलह
सन् १९८० देखि लागू गरिएको तत्कालीन सोभियत रुसका अदक्ष, अज्ञानी एवम् अल्पदर्शी राष्ट्रपति तथा सीपीएसयू (Communist Party of Soviet Union) का महासचिव मिखायल गोर्भाचाभको पेरेस्त्रोइका र ग्ल्यासनोट अर्थात् राजनीतिक तथा आर्थिक सुधार, खुलापन र स्वतन्त्रताजस्ता खोटा नीतिका कारण सन् १९९१ मा इस्टोनियाँ, लाट्भिया, लिथुयानियाँ, बेलारुस, युक्रेन, मोल्डोभा, जर्जिया, अर्मेनियाँ, अजरबैजान, कज्जाखस्तान, उज्बेकिस्तान, टुर्कमेनिस्तान, किर्गिस्तान, ताजिस्किस्तान र रुस गरी अभिभाज्य र अथाह प्राकृतिक स्रोतका धनी भनिने सोभियत सङ्घ १५ सार्वभौम राष्ट्रहरूमा विभाजित भए । सोभियत सङ्घ र संरा अमेरिकाबीचको शीतयुद्ध समाप्त भएसँगै वार्सा सन्धि सङ्गठन नाम गरेको रुसलगायत अन्य ७ राष्ट्रहरूको साझा सङ्गठन ३६ वर्षपछि अस्तित्वबाट बिलायो । तर, संरा अमेरिकाको छत्रछायामा रहेको नेटोको आकार भने विस्तार हुँदै गयो ।

उतिबेला सामाजिक साम्राज्यवादमा स्खलन भइसकेको रुस वर्तमानमा आएर पूर्वी युरोप तथा आफ्नै पूर्व राज्यहरूमा नेटोको सैनिक विस्तारले संरा अमेरिका कुनै पनि बेला विषालु काँडा बनी आफ्नो प्रगति र विकासमा बाधक बन्न सक्ने सम्भावित जोखिमलाई रुसले अब राम्ररी बुझिसकेको छ । सोभियत सङ्घका अन्तिम राष्ट्रपति मिखायल गोर्भाचोभले संरा अमेरिका र नेटोबाट हुनसक्ने यस्ता सम्भावित खतरालाई त्यतिबेला पटक्कै बुझ्न सकेनन् । आफ्नै समृद्धशाली मुलुकलाई संरा अमेरिकाको इच्छामुताविक १५ टुक्रामा छिन्नभिन्न पार्न सफल भएबापत सन् १९९० को शान्ति नोबेल पुरस्कार पाएर खुसी भएका गोर्भाचोभ देशभक्त रुसी जनताका लागि देशद्रोही, कुलाङ्गार र अदूरदर्शी बनेका छन् । रुसबाट टुक्रिएका तीनवटा बाल्टिक राज्यहरू– इस्टोनिया, लााटभिया र लिथुयानियाँ सन् २००४ मा नेटोको सदस्य भइसकेका थिए । यसरी क्रमैसँग अन्य पूर्व सोभियत राज्यहरूले पनि नेटोको सदस्यता प्राप्त गरे । रुसको लागि सदैव खतराको घण्टी बनिरहने संरा अमेरिकाको कपटपूर्ण क्रियाकलाप र कुटिल चालबाजी रुसका राजनीतिक खेलाडीहरूलाई राम्रो ज्ञान छ ।
कुनै पनि दृष्टिकोणले आन्तरिक मामिलामा बाह्य हस्तक्षेप र युद्ध राम्रो होइन । बहुसङ्ख्यक रुसी रैथानेहरूको बसोबास रहेको क्रिमियामा आफ्ना सही पहिचानको लागि विद्रोह भयो । Revolution for Dignity नाम गरेको यस विद्रोहलाई आफ्नो रैथाने रुसी जनताको आफ्नो न्यायोचित अवस्थाको सुनिश्चितताको रक्षा एवं तिनीहरूको मौलिक अधिकार तथा स्वतन्त्र अभिव्यक्तिका लागि भनेर क्रिमियाली विद्रोहलाई रुसले समर्थन तथा आवश्यक साथ दियो । सन् २०१४ मा बहुसङ्ख्यक रैथाने रुसी नागरिकहरूको बसोबास भएको युक्रेनको क्रिमिया प्रायःद्वीपमा हमला गरी अन्तर्राष्ट्रिय विरोध भए पनि रुसले क्रिमिया आफूमा गाभ्यो । युक्रेनको सार्वभौमिकतामाथि ठूलो प्रहार भनी रुसको यस सैनिक कदमलाई संरा अमेरिका र पश्चिमी देशहरूले घोर निन्दा गरे । अन्तर्राष्ट्रिय दबाब र विरोधलाई मत्थर पार्न रुस वा युक्रेनमध्ये कुन मुलुकको मातहतमा क्रिमिया रहने भन्ने मूल मुद्दालाई लिएर अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको उपस्थितिमा मार्च १६, २०१४ मै जनमतसङ्ग्रह गरियो । आपसी हितका लागि क्रिमिया रुसमा विलिन हुने पक्षमा ९७ प्रतिशत मत खस्यो । यसरी रुसले प्राकृतिक स्रोतमा धनी क्रिमियालाई आफ्नोमा गाभ्यो । यसको लगत्तै कारबाहीस्वरूप बेलायत, संरा अमेरिका, क्यानाडा, जर्मनी, फ्रान्स, जापान, रुस र इटली सदस्य रहेको जी–सेभेन नाम गरेको अति विकसित एवम् औद्योगिक राष्ट्रहरूको सङ्गठनबाट रुसलाई हटाइयो । आफू एक्लैले कुनै पनि अवस्थामा रुससँग सामना गर्न नसक्ने भएबाट भविष्यमा हुुनसक्ने सम्भावित आक्रमणलाई ध्यानमा राखेर युक्रेनले नेटोको सदस्य बन्ने निर्णय ग¥यो । रुसलाई यही कुराले पिरोलिरहेको छ । रुसले युक्रेनसँगको आफ्नो सिमानामा अत्याधुनिक हातहतियारसहितका एक लाख सैनिक तैनाथ गरेदेखि संरा अमेरिकालगायत युरोपेली मुलुकहरूलाई ठूलो मानसिक पीडाले सताउन थालेको छ ।
भारतको एकदिने भ्रमणपश्चात् रुस र युक्रेनबीच सिमानामा भइरहेको सम्भावित सैनिक मुठभेदको गर्मागर्मीलाई लिएर जनवरी ७, २०२१ मा रुसका राष्ट्रपति पुटिन र संरा अमेरिकाका राष्ट्रपति बाइडेनबीच दुई घण्टा लामो टेलिफोन वार्ता भएको थियो । यदि रुसले यूक्रेनमाथि आक्रमण गर्छ भने संरा अमेरिका र उनको मातहतमा रहेका यूरापेली मुलुकहरूबाट लाडिने गम्भीर राजनीतिक तथा आर्थिक नाकाबन्दीको सामान गर्नका लागि तयार रहन पुटिनलाई बाइडेनले चेतावनी दिएका छन् । अन्य साना र सामरिक हिसाबले कमजोर राष्ट्रहरूलाई जस्तै सैनिक कारबाहीको धम्कीबारे भने बाइडनले एक शब्द बोल्न सकेनन् । सानो समाजवादी मुलुक उत्तर कोरियाविरुद्ध एउटा पटाकाबारुदसम्म पनि पड्काउन नसक्ने संरा अमेरिकाले रुसलाई सैनिक कारबाहीको धम्की दिने साहस गर्न नसक्ने वास्तविकता दुनियाँँलाई थाहा छ ।
आफ्नो भूमि ताइवानमाथि अन्तर्राष्ट्रिय नियमविरुद्ध चीनको सार्वभौमसत्तामाथि आँच आउने गरी कसैले पनि दायाँबायाँ गर्ने चेष्टा गरे उसले आगोसँग खेल्ने दुस्साहस गरेको हुन्छ भनी चीनका राष्ट्रपति सि चिन फिङले आफूसँग भएको ६ घण्टा लामो श्रव्यदृश्यमार्फतको फोनवार्तामा आफ्ना समकक्षी बाइडेनलाई प्रस्ट भाषामा भनीसकेका छन् । अर्काेतर्फ रुसको मागविपरीत युक्रेनलाई उनको विरुद्ध भड्काउन नेटोको सदस्यता प्रदान गर्छ भने संरा अमेरिका र नेटो सदस्य राष्ट्रहरूलाई महँगो पर्ने चेतावनी पुटिन दिइसकेका छन् । (इतिहासमा चाख राख्ने अध्ययनशील पाठकहरूले ताइवान चीनको आफ्नै भूमि हो भन्नेबारे प्रस्ट जानकारीको लागि २०७८ माघ २३ को ‘मजदुर’ दैनिक पढ्नु भए राम्रो हुनेछ ।)

यसरी नेटोको सरदार संरा अमेरिका निकै तनावमा रहेको देखिन्छ । १२२२ किमि लामो Nord Stream 1 pipeline मार्फत रुसबाट ४० प्रतिशत ग्यास युरोपले प्राप्त गर्छ । केही सीप नलागेपछि संरा अमेरिकाले रुसबाट जर्मनीसम्म प्राकृतिक ग्यास आपूर्तिका लागि समुद्र सतहमा नवनिर्मित अर्काे नोर्द सिट्रिम २ पाइपलाइन (Nord Stream 2 pipeline ) बन्द गरिदिनेसम्मको धम्की दिएको छ । यसमा जर्मनी सहमत हुन सकेको छैन किनभने रुसबाट सस्तोमा प्राप्त भइरहेको ग्यास जर्मन जनताको दैनिक कार्यको लागि निकै खाँचो छ । धेरै पहिलेदेखि दिगो विकासको नियमविपरीत प्राकृतिक स्रोतको अति दोहन भएका कारण यूरोपमा इन्धन यो समस्या सृजना भएको वातावरणविदको भनाइ छ ।
युक्रेनको लुहान्स र डोनेस्क सहरको आन्दोलन र रुसको भूमिका
रुसको सिमासँग ठ्याकै जोडिएको लुहान्स र डोनेस्क नाम गरेका दुइटा युक्रेनको सहरहरूमा पहिलेदेखि रुसी मूलका नागरिकहरूको बाहुल्य छ र डोनबास क्षेत्र (Donbas Region) मा अवस्थित ती सहरहरू अहिले तिनीहरूकै कब्जामा छ । तिनीहरू युक्रेनबाट अलगिन चाहन्छन् । यसैकारण युक्रेनी सरकारले लुहान्स र डोनेस्कमा सङ्घर्षरत रुसी समर्थक बहुसङ्ख्यकलाई पृथकतावादीको संज्ञा दिएको छ । लुहान्स र डोनेस्कमा जारी सशस्त्र आन्दोलनको विषयलाई लिएर युक्रेन, रुस र ओएससीईको । (Organization for Security and Cooperation in Europe = OSCE) प्रतिनिधिहरूबीच बेलारुसको राजधानी मिन्स्क (Minsk) मा सन् २०१४ मा बसेको तीन पक्षिय बैठकमा भएका सम्झौताको बेला फ्रान्स र जर्मन साछीकिनारा बसेका थिए । यसलाई नै मिन्स्क सम्झौता भनीयो । सम्झौताका विभिन्न बँुदा मध्येको एउटा सर्तअनुसार लुहान्स र डोनेस्कको सिमानामा कोरिएको बफर जोन नाघेर अब उप्रान्त लुहान्स र डोनेस्कका नागरिकहरूलाई युक्रेनविरुद्ध रुसले नउक्साउने भनी उल्लेखित कुरालाई स्वीकार्न रुसलाई आग्रह गरिएको छ । तर, लुहान्स र डोनेस्कमा भइरहेको रुसी मूलका जनताको सशस्त्र आन्दोलनलाई रुसले युक्रेनको आन्तरिक मामिला भनी मुन्टो फर्काएको छ ।
यसरी रुस आफ्नै पूर्व राष्ट्रहरूसँगको समस्या पेचिलो हुँदै जानुमा संरा अमेरिकालाई दोष दिइरहेको छ । हरेक क्षेत्रमा संरा अमेरिका नै प्रथम स्थानमा छ भनी अहङ्कारी स्वभाव देखाए पनि त्यस मुलुकले अन्य देशहरूमा मचाइरहेको अवाञ्छनीय कारबाहीको नजिकबाट अध्ययन गरी रहनुभएका पाठकहरूलाई आज संरा अमेरिकाको साख अन्तर्राष्ट्रिय जगतमा स्खलन भइरहेको ज्ञात हुनुपर्छ ।
भेनेजुयलाका जनताबाट लखेटिनु, हङकङबाट धपाइनु, सदियौँदेखिको नाकाबन्दी र पूर्व बनियाँं राष्ट्रपति ट्रम्पले खरानीमा पारिदिन्छु भनी माक फुर्इँ गरे पनि उत्तर कोरियाले टेरपुच्छर नलाउनु, संयुक्त अरब इमिरेटले ५० वटा अत्याधुनिक एफ–३५ लडाकु विमान, १८ वटा सशस्त्र ड्रोन र धेरै टाढासम्म मार हान्न सक्ने क्षेप्यास्त्रहरू संरा अमेरिकासँग खरिद गर्ने सम्झौता रद्द गर्नु , फ्रान्स र अस्ट्रेलियाबीच पन्डुबी खरिद सम्झौता पत्रलाई कागजको खोस्टा बनाएपछि फ्रान्सले संरा अमेरिकालाई पछाडिबाट पिठयुँमा छुरा प्रहार गर्ने अपराधीको संज्ञा दिनु, रुसबाट जर्मनीमा प्राकृतिक ग्यास आपूर्ति गर्ने Nord Stream 2 pipeline विषयलाई लिएर भित्रभित्रै जर्मनी संरा अमेरिकासँग मुर्मुरिनु र अन्य थुप्रै हर्कतका कारण विश्व राजनीतिमा दोस्रो विश्वयुद्धपछि कायम भएको प्रतिष्ठा हैकमवाद जोगाउन संरा अमेरिकालाई कठिन भइरहेको छ ।

संरा अमेरिकाको संविधानले पनि ताइवानलाई एक अलगै स्वतन्त्र देश मानेको छैन । संरा अमेरिकाले दक्षिण चिनियाँं सागरमा संरा अमेरिकाले गरिरहेको सैनिक तैनाथी र अभ्यासका कारण त्यस क्षेत्रमा तनाव सृजना भइरहेको छ । अष्ट्रेलिया, बेलायत र संरा अमेरिका मिलेर बनेको अकस (AUKUS) र संरा अमेरिका, भारत, जापान र अस्ट्रेलिया संलग्न QUAD (Quadrilateral Security Dialogue) नाम गरेको अर्काे सङ्गठन निर्माण गरी चीनको विकास र विश्वमा फैलिरहेको उनको प्रभावलाई निस्तेज पार्न र संसारमा आफ्नैमात्र वर्चस्व र दबदबा कायम गर्न संरा अमेरिकाको चालबाजीलाई सबैले बुझेका छन् । रणनीतिक तवरले हाम्रो मुलुक नेपालको भूमिबाट चीनलाई दुःख दिन धेरै सहज हुने भएको केही देशद्रोही र कुलाङगार नेताहरू र डलरमा विकेका दास मनोवृत्तिका केही पत्रु बौद्धिक जमातले सृजना गरिरहेका एमसीसी प्रकरणका विरुद्ध देशलाई माया गर्ने नेपाली जनता त्यसको विरोधमा सडकमा सङ्घर्षरत छन् ।
चीनमा भइरहेको २४ सौँ शीतकालीन हिउँदे ओलम्पिकमा एउटै नश्लका संरा अमेरिका, अस्ट्रेलिया, बेलायत र क्यानाडाले कूटनीतिक बहिष्कार गरे पनि ८४ मुलुकहरूले आफ्नो सहभागिता जनाएका छन् । यही मेसोमा चीन र रुसका राष्ट्रपतिबीच युक्रेन, ताइवान, अन्तर्राष्ट्रिय व्यापारमा डलरको अधिपत्य र नयाँ अन्तर्राष्ट्रिय न्याय परिषद्को विषयहरूलाई पनि छलफल गरिएको बताइन्छ । रुसले आफ्नो देशको सुरक्षाको विषयमा प्रश्न उठाउन सान्दर्भिक भएको आफ्नो विचार रुसको भ्रमणका रहेका फ्रान्सका राष्ट्रपतिले पुटिनसँगको वार्ता व्यक्त गरी कूटनीतिक प्रयासबाट विद्यमान युक्रेन तवानलाई समाधान गर्नेतर्फ जोड दिएका छन् भने यक्रेनका राष्ट्रपति स्वयम्ले यस विषयलाई लिएर आगोमा घ्यू नथप्न संरा अमेरिकालगायत पश्चिमी मलकहरूलाई भनिसकेका छन् । चीनमा भइरहेको ओलम्पिक समापनपछि संरा अमेरिकाको हेपाहा प्रवृत्तिमा परिवर्तनको सङ्केत आवश्यक भएको अन्तर्राष्ट्रिय जगतले महसुस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *