शैक्षिक डामाडोलले देश ध्वस्त हुने !
- बैशाख ८, २०८३
संरा अमेरिकाले फेब्रुअरी ७ का दिन थाइवानलाई १० करोड डलरको देशभक्त मिसाइल इन्जिनियरिङ् सेवा र युद्धस्थल निगरानी कार्यक्रम बिक्री गर्ने निर्णय ग¥यो । बाइडेन सरकारले दोस्रोपटक थाइवानलाई हतियारको बिक्री गर्ने निर्णय गरेको हो । वाशिङ्टनले थाइवानको स्वतन्त्रतालाई समर्थन नदिने राजनीति वचनबद्धतालाई धेरैपटक उल्लङ्घन गर्नुका साथै थाइवान कार्डमार्फत चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ । यो खराब गतिविधिबाट संरा अमेरिकाले थाइवान जल डमरूको शान्ति तथा स्थिरतामा सबैभन्दा विध्वंश गरिरहेकोे पुष्टि भएको छ ।
थाइवान मामिला चीन र संरा अमेरिकाको सम्बन्धमा सबैभन्दा महत्वपूर्ण र संवेदनशील विषय हो । वाशिङ्टनले यसबारे स्पष्ट रूपमा थाहा पाएको छ । वर्तमान अमेरिकी सरकारले पनि थाइवान जल डमरूको शान्ति तथा स्थिरता कायम राख्नको लागि धेरैपटक एक चीनको नीतिको पालना गरी थाइवानको स्वतन्त्रतालाई समर्थन नदिने वाचा गरेको छ । तर, वास्तवमा अमेरिकाले यो धारणालाई साँचिकै व्यवहारमा उतारेको छैन ।
सैन्य जहाज पठाएर थाइवान जल डमरू पार लगाएको, थाइवानलाई हतियारको बिक्री गरेका गतिविधिहरूबाट अमेरिकाको नक्कली अनुहार र थाइवानद्वारा चीनको प्रतिरोध गर्ने प्रयास फेरि एकपटक देखिएको छ । अमेरिकाले एक चीनको नीतिलाई बङ्ग्याउने र थाइवानको स्वतन्त्रता पृथक शक्तिलाई उक्साउने गलत गतिविधिले थाइवानलाई अत्यन्त खतरनाक अवस्थामा पु¥याउनेछ । यसबाट अमेरिकाले पनि अप्ठ्यारो मूल्य चुकाउनु पर्नेछ । चीन एकीकृत हुनुपर्छ र अवश्य हुनेछ । कुनै मान्छे वा शक्तिले यो ऐतिहासिक प्रक्रियालाई रोक्न सक्दैन । अमेरिकाले एक चीनको नीतिको व्यावहारिकरूपमा पालन गरी थाइवानको लागि हतियार बिक्री योजना छोड्नुका साथै सैन्य सम्पर्क र थाइवानको स्वतन्त्रता पृथक शक्तिमार्फत् चीनको हितलाई भत्काउने कार्य रोक्नुपर्छ । नत्र चीनले उचित तथा प्रभावकारी कदम चालेर आफ्नो सार्वभौमिकता र सुरक्षाको संरक्षण गर्नेछ ।
Leave a Reply