‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
पेइचिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हालै चीन पुगेका अर्जेन्टिनाका राष्ट्रपति अलबर्टो फर्नान्डेजले चीनसमक्ष दुई महत्वपूर्ण राजनीतिक अग्रसरतामा मद्दत गर्न आग्रह गरे । पहिलो, अर्जेन्टिनालाई पनि ब्रिक्सको सदस्य बनाउन र दोस्रो फकल्यान्ड टापु (स्पेनियाली भाषामा माल्भिनस) माथि अर्जेन्टिनाको दाबीप्रति समर्थन जनाइदिन ।
चीन र अर्जेन्टिनाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौँ वार्षिकीको अवसरमा दुई देशले आपसी साझेदारी अझ गहिरो बनाउन संयुक्त वक्तव्य जारी गरे । त्यसका साथै चीनले माल्भिनस टापुहरूमाथि पूर्ण सार्वभौमिकताको लागि अर्जेन्टिनाको वैधानिक दाबीलाई दृढतापूर्वक समर्थन गरेको छ । माल्भिनस टापुहरूमाथि अर्जेन्टिनाको दाबी नैतिकता र यथार्थ दुवै हो ।
सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच माल्भिनस टापुको विषयमा सशस्त्र लडाइँ भएको थियो । त्यो लडाइँ अप्रिल २ देखि जून १४ सम्म चालु रहेको थियो । त्यत्तिबेला चीनले आफ्नो उपनिवेशवादविरोधी दिगो मान्यताको आधारमा माल्भिनस टापुमाथि अर्जेन्टिनाको पूर्ण सार्वभौमिकता अभ्यासको समर्थन गरेको थियो । “चीनले सधैँ कुनै पनि देशहरूबीचको भूमि विवादलाई संयुक्त राष्ट्र सङ्घको बडापत्रको सिद्धान्त र भावनाअनुसार शान्तिपूर्ण वार्तामार्फत समाधान गर्नुपर्ने मत राख्दै आएको छ”, गत फेब्रुअरी ८ मा बेलायतको लागि चिनियाँ दूतावासका प्रवक्ताले जारी गरेको अनलाइन वक्तव्यमा उल्लेख छ ।
माल्भिनस टापुको समस्या अठारौँ शताब्दीबाट नै सुरु भएको थियो । ती टापुहरू दक्षिणी अर्जेन्टिनाको पातागोनियाबाट झन्डै ५ सय किलोमिटर पूर्वमा पर्छ । सन् १७६५ मा बेलायतले माल्भिनस टापुहरूमध्ये एउटा टापुमा जलसैनिक आधार बनाएको थियो । पछि त्यो टापुको नाम फकल्यान्ड टापु राखियो । त्यसपछि विदेशमा रहेका आफ्ना सेनालाई फिर्ता बोलाउने प्रक्रिया सुरु ग¥यो ।
सन् १८१६ मा अर्जेन्टिना स्वतन्त्र भयो । सन् १८२० मा माल्भिनस टापुमाथि उसले आफ्नो दाबी प्रस्तुत ग¥यो । फ्रान्सेली नागरिक लुई भेर्नेटलाई अर्जेन्टिना सरकारले ती टापुको अध्ययन गर्न अनुमति दियो । पछि उनले आफ्नो मौजा बनाउने अनुमति पायो । भेर्नेटले त्यो भूमिमा अनुसन्धान गरी मौजा स्थापना गरेपछि बेलायत र अर्जेन्टिना दुवैले फेरि त्यसप्रति चासो राख्न थाले । बेलायतले सन् १८३९ बाट प्रभावकारीरूपमा त्यो भूमिमा उपनिवेशीकरण सुरु ग¥यो । सन् १८४५ मा स्टानलेलाई राजधानी बनाएर निर्माण कार्य सम्पन्न ग¥यो ।
त्यसयता माल्भिनस टापुको विषयमा संयुक्त राष्ट्र सङ्घमा धेरै प्रस्ताव पारित भए । माल्भिनस टापुको विषयमा बेलायत र अर्जेन्टिना दुवै शान्तिपूर्ण समाधानमा पुग्नुपर्ने ती प्रस्तावको सार हुने गरेको छ ।
राष्ट्र सङ्घले यस्तो प्रस्ताव पारित गरे पनि माल्भिनस टापुहरूमाथि सार्वभौमिकताको विषयमा बेलायत र अर्जेन्टिनाबीच लामो समयदेखि विवाद हुँदै आएको छ । दुई देशबीच यो विषयमा भएको वार्ता फलदायी हुन सकेको छैन । बेलायतका विदेश सचिव लिज ट्रसका अनुसार यो भूमि बेलायती परिवारको हो । तथापि, त्यो तथाकथित बेलायती परिवार उपनिवेशवादमा आधारित छ । बेलायतले आफ्नो नभएका कुरा खोस्न सैनिक शक्ति प्रयोग गर्ने गर्दै आएको छ ।
सन् १८१६ मा स्पेनबाट अर्जेन्टिना उपनिवेश मुक्त भएपछि माल्भिनस टापुहरूमाथिको सार्वभौमिकता पनि अर्जेन्टिनामा हस्तान्तरण भएको थियो । ती टापुहरूको समुद्री किनारा अर्जेन्टिनाबाट नजिक छन् । सन् १९५८ को संयुक्त राष्ट्र सङ्घीय समुद्री किनाराको महासन्धिमा उल्लेखित प्रावधानअनुसार त्यस्तो अवस्थामा माल्भिनस टापुमाथि अर्जेन्टिनाकै हक लाग्छ । भौगोलिक निकटता र ऐतिहासिक पृष्ठभूमिको आधारमा पनि ती टापुहरू बेलायतका होइनन्, अर्जेन्टिनाका हुन् ।
अर्जेन्टिनाले ‘वार्तामार्फत’ विवादको ठोस समाधानको निम्ति आह्वान गरिरहेको छ । तर, बेलायत भने त्यो भूमिमाथि आफ्नो सार्वभौमिकता लाग्ने भन्दै वार्तामा बस्न पनि मानिरहेको छैन । सन् २०१३ मा भएको जनमतसङ्ग्रहमा टापुका शतप्रतिशत जनताले बेलायतकै पक्षमा मतदान गरेको भन्दै बेलायत अर्जेन्टिनासँग यो विषयमा वार्ता गर्न तयार छैन । बेलायतको उपनिवेशवादी मनसाय सामना गरिरहेको अर्जेन्टिनाले सक्रियतापूर्वक आफ्नो पक्षमा अन्तर्राष्ट्रिय समुदायलाई ल्याउन जरुरी छ । बेलायत अब युरोपेली सङ्घको सदस्य होइन । त्यसकारण, अब अर्जेन्टिनाले फ्रान्स, स्पेन र इटालीजस्ता युरोपेली मित्रहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास गर्नुपर्छ ।
अन्तमा संयुक्त राष्ट्र सङ्घीय बडापत्र, अमेरिकी देशहरूको सङ्गठनको बडापत्र, अन्तर्राष्ट्रिय क्षेत्राधिकार र हेग अदालत सबैले सार्वभौमिकता नै राज्यहरूबीच समानताको निर्देशक सिद्धान्त भएको मानेका छन् । यही मान्यताप्रति आपसी सम्मानको आधारमा अन्तर्राष्ट्रिय व्यवस्था बनेको हुन्छ ।
संसारभरका जनता यो विवाद प्रभावकारी र तर्कसङ्गत ढङ्गले समाधान हुने आशा गर्छन् । बेलायतले अब उपनिवेशवादी चिन्तन त्याग्नुपर्छ । आपसी सम्मान नै यो समयको माग हो । बेलायत अरू देशको भूमि हडप्नुलाई आफ्नो गौरव ठान्नु हुन्न । विशेषतः त्यस्तो भूमिको लागि जुन आफ्नो भूमि कहिल्यै पनि थिएन, होइन । समानता, सम्मान र सहकार्य नै नयाँ युगको गति हुनुपर्छ । उपनिवेशवादी समयको सोचलाई अहिले पनि निरन्तरता दिनु उचित छैन ।
(लेखक ब्राजिलका राष्ट्रपतिको विशेष आर्थिक सल्लाहकार तथा ब्राजिलका पूर्वपर्यटनमन्त्री र विकास, उद्योग र वैदेशिक व्यापार मन्त्री हुनुहुन्छ ।)
सीजीटीएनबाट नेपालीमा अनुदित सामग्री
Leave a Reply