भर्खरै :

सिद्धि गणेश साकोसको अर्ध–वार्षिक समीक्षा सम्पन्न

फागुन, १ भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०७८÷०७९ को अर्ध–वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष एवं सभापति राजन लाखाजुले लक्ष्य र उपलब्धिबीचको अन्तर केलाएर लक्ष्य प्राप्तिको लागि रणनीति बनाउन समीक्षा कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।
संस्थाका पूर्वअध्यक्ष एवं सञ्चालक कृष्णगोविन्द लाखाजुले संस्थामा कायम सु–शासन तथा प्रविधिले पनि संस्थाको प्रगतिमा प्रभाव पार्ने भएकोले ती पक्षहरूको पनि समीक्षा बैठकमा विश्लेषण हुनुपर्नेमा जोड दिँदै स्थानीय सरकारमा बिनादर्ता सञ्चालनमा आएका बहुउद्देश्यीय संस्थाहरूले अस्वस्थ प्रतिस्पर्धामार्फत भक्तपुरका जनताको रकम सङ्कलन गरिरहेकोमा सचेत पार्नुभयो ।
संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक रामप्रसाद लाखाजुले सिद्धि गणेश साकोसले आक्सेस कार्यक्रम, संरक्षित पुँजी फिर्ता कोषलगायतका व्यवस्थाहरूमार्फत साख बढाउन सफल भएको विचार व्यक्त गर्नुभयो ।
संस्थाका निमित्त व्यवस्थापक शिला गोसाईंले संस्थाको व्यावसायिक योजना प्रस्तुत गर्नुभएको कार्यक्रममा उपाध्यक्ष विष्णुराम दुमरुले प्राप्त सुझावहरू संस्थाको निम्ति मार्गनिर्देश हुने विचार व्यक्त गर्नुभयो ।
२०५१ साल पुस २९ गते स्थानीय ३१ जना युवाहरूको ३१०० बाट सुरु भएको संस्थाले २०७८ पुस मसान्तसम्ममा १५५५२ सदस्य, शेयर पुँजी २६ करोड ६७ लाख, निक्षेप तथा बचत १ अर्ब ८८ करोड ३० लाख, ऋण लगानी १ अर्ब ५१ करोड ९ लाख, जगेडा कोष १७ करोड ४ लाख तथा कुल सम्पत्ति २ अर्ब ४६ करोड ११ लाख भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *