युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
गत शुक्रबार संरा अमेरिकाले आफ्नो पछिल्लो हिन्द–प्रशान्त रणनीति सार्वजनिक ग¥यो । सँगै १९ पृष्ठको सार–सङ्क्षेप पनि । त्यसमा चीनलाई संशोधनवादी र अस्थीरता निम्त्याउने क्षेत्रीय शक्तिको रूपमा गलत चित्रण गरिएको छ । संरा अमेरिकालाई भने अन्तर्राष्ट्रिय कानुन पालनामा प्रतिबद्ध र हिन्द–प्रशान्त क्षेत्रमा स्थायित्व कायम गर्ने शक्तिको रूपमा चित्रण गरिएको छ । अमेरिकी रणनीतिअन्तर्गत ‘कार्ययोजना’ (एक्सन प्लान) मा आगामी १२–२४ महिनामा कार्यान्वयन गर्ने योजना पनि प्रस्ट उल्लेख गरिएको छ । त्यसको अर्थ संरा अमेरिकी राष्ट्रपति जो बाइडेन आगामी सन् २०२४ को चुनावअघि आफ्ना केही योजना कार्यान्वयन गर्न चाहन्छ । छोटोमा भन्दा संरा अमेरिकाले आफ्नो मोर्चालाई बलियो बनाउन खोजिरहेको छ, सूचना युद्ध छेड्न चाहेको छ र व्यापार सम्बन्धलाई बलियो बनाउन चाहेको छ ।
नयाँ रणनीतिमा अस्टे«लिया, जापान, फिलिपिन्स, दक्षिण कोरिया र थाइल्यान्डसँग संरा अमेरिकाको गठबन्धन सन्धिमा उसको प्राथमिकताबारे धेरै कुरा लेखिएको छ । हिन्द–प्रशान्त क्षेत्रमा दक्षिणपूर्वी एसियाली देशहरूको सङ्गठन आसियानको प्रमुख भूमिकाबारे पनि जोड दिइएको छ । संरा अमेरिकाले दक्षिणपूर्वी एसियाका प्रमुख क्षेत्रीय साझेदारहरूसँग सम्बन्ध बलियो बनाउन संरा अमेरिका प्रतिबद्ध रहेको उल्लेख भए पनि नयाँ दस्तावेजबाट आसियानका सबै सदस्य देशहरूसँगै भारत, मङ्गोलिया र प्रशान्त टापुका नाम उल्लेख गरे पनि रहस्यमयी ढङ्गले आसियान देशहरू ब्रुनाई, कम्बोडिया, लाओस र म्यानमारको हटाइएको छ । त्यसमा क्वाड र आसियानबीच सहकार्य प्रवद्र्धन गर्नुका साथै अरू अउकस जस्तै ‘नयाँ’ मोर्चा युरोप–एसिया सैनिक साझेदारीहरूको खोजी गर्ने उल्लेख छ ।
संरा अमेरिकाले ‘प्रजातान्त्रिक संस्था, स्वतन्त्र प्रेस र गतिशील नागरिक समाज’ को लागि लगानी गर्ने घोषणा गरेको छ । यसबाट सूचना युद्ध चर्किने प्रस्ट छ । ‘भ्रष्टाचार उदाङ्ग्याउन र सुधार गर्न हिन्द–प्रशान्त क्षेत्रमा वित्तीय पारदर्शितामा सुधार गर्नु’ का साथै ‘प्रजातान्त्रिक संस्था, कानुनी शासन र उत्तरदायी प्रजातान्त्रिक शासन बलियो बनाउन’ अमेरिकाले ती क्षेत्रमा लगानी गर्ने बताएको छ । यसलाई हिन्द–प्रशान्त क्षेत्रमा चीनको विशुद्ध आर्थिक लगानीलाई राजनीतिकरणको रूपमा व्याख्या गरी बेल्ट एन्ड रोड परियोजनालाई बदनाम गर्ने कदमको रूपमा व्याख्या गर्न सकिन्छ । त्यही क्रममा सो क्षेत्रका देशहरूमा ‘भ्रष्टाचारको विरोध गर्ने’ बहानामा रङ्गीन क्रान्ति गरी बेल्ट एन्ड रोड परियोजनालाई विफलतातिर धकेल्ने प्रयास हुनेछ ।
संरा अमेरिकाको क्षेत्रीय रणनीतिअन्तर्गत व्यापार प्रवद्र्धनको पक्षलाई ‘हिन्द–प्रशान्त आर्थिक ढाँचा’ को रूपमा व्याख्या गरिएको छ । यो कुरा ज्यादै अमूर्त खालको छ । तर, यसको उद्देश्य प्रविधि र व्यापारिक सम्बन्धमार्फत संरा अमेरिकाले कथित ‘हिन्द–प्रशान्त आर्थिक ढाँचा’ मा आबद्ध देशहरूलाई अझै आफूमा निर्भर खोजेको छ । सुरक्षा आपूर्ति प्रणालीअन्तर्गत सैनिक–प्राविधिक सामग्री पनि समावेश हुनेछन् । संरा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर–प्रशान्त साझेदारीलाई खारेज गरेको र अहिलेका राष्ट्रपति जो बाइडेनले ‘बिल्ड ब्याक बेटर वल्र्ड’ (बी ३ डब्ल्यु) लाई बेवास्ता गरेको नजिरलाई ध्यानमा राखी ‘हिन्द–प्रशान्त आर्थिक ढाँचा’ ले कसरी काम गर्ला हेर्नैै बाँकी छ ।
दसबुँदे ‘कार्ययोजना’ले आफ्ना प्रमुख तीन रणनीतिक लक्ष्य हासिल गर्नेबारे संरा अमेरिकाले कसरी सोचिरहेको छ भन्ने विषयमा थप प्रस्ट पारेको छ । विशेषतः उसले ‘सशक्त र एकीकृत आसियानलाई शक्तिशाली बनाउने’, ‘भारतको उदय र क्षेत्रीय नेतृत्वलाई अझ सहयोग गर्ने’,‘क्वाडलाई प्रभावकारी बनाउने’,‘संरा अमेरिका–जापान–कोरियाली गणतन्त्र सहकार्य बिस्तार गर्ने’ र ‘खुला, लचिलो, सुरक्षित र भरपर्दो प्रविधिलाई समर्थन गर्ने’ जस्ता लक्ष्य निर्धारण गरेको देखिन्छ । यी सबै लक्ष्यले आसियानलाई संरा अमेरिकाको मुख्य पक्षधर बनाउने, भारतलाई प्रमुख सन्धि नगरिएको रक्षा साझेदार बनाउने, क्वाडको भविष्यको क्षमता विस्तार गर्ने र प्रजग कोरिया तथा चीनको प्रविधिमाथि शङ्का गर्ने कुरा देखाएको छ ।
संरा अमेरिकाको पछिल्लो हिन्द–प्रशान्त रणनीति महत्वाकाङ्क्षीजस्तो सुनिए पनि खासमा यो कार्यान्वयनको लागि निकै कठिन छ । संरा अमेरिकासँग सन्धि भएका साझेदार देशहरू कोरिया र थाइल्यान्डको चीनसँग बलियो सम्बन्ध छ । उनीहरूले आफ्नो सबभन्दा ठूलो व्यापार साझेदार देशलाई आक्रामकरूपमा ‘घेराबन्दी’ गर्ने प्रयास गरिरहेको संरा अमेरिकी सेनाको थप सङ्ख्या स्वागत गरेर चीनलाई चिढाउन नचाहलान् । जहाँसम्म आसियानको कुरा छ, उसले तटस्थताको नीति अङ्गीकार गरेको छ । त्यसकारण, चीनविरोधी संरा अमेरिकाको रथमा चढ्दा उसले आफ्नो हितलाई क्षति पु¥याउने जोखिम हुन्छ । चीनको ताइवान क्षेत्रलाई हतियार दिनु संरा अमेरिकाको लागि प्रत्युत्पादक हुनसक्छ । भारत संरा अमेरिकाको चीनविरोधी पहरेदार राज्य बन्न तयार छैन ।
बितेका केही दशकमा सूचना–सञ्चार प्रविधिमा भएको क्रान्तिले वास्तवमै सञ्चार क्षेत्रमा ठूलो परिवर्तन गरेको छ । त्यसकारण, संरा अमेरिकाले हिन्द–प्रशान्त क्षेत्रमा लक्षित स्रोता र दर्शकसँग संरा अमेरिकीबाहेक अन्य विभिन्न स्रोतबाट तथ्य र विचारमा पहुँच छ । त्यसको अर्थ कथित हिन्द–प्रशान्त क्षेत्रका देशहरूमा सञ्चारमाध्यममा पहुँच भएका जनता सजिलै उनीहरूको प्रचारबाजीमा पर्नेछैनन् । त्यसकारण, संरा अमेरिकी गुप्तचर निकाय र त्यसका छद्म सङ्गठनहरूले बेल्ट एन्ड रोड परियोजनालाई बदनाम गर्न तुलनात्मकरूपमा चुनौतीपूर्ण र त्यहाँका नेताहरूलाई सत्ताच्युत गर्न सजिलो छैन ।
संरा अमेरिकी ‘हिन्द–प्रशान्त आर्थिक ढाँचा’को दृष्टिकोण बी३डब्ल्युको क्षेत्रीय नवीकरण मात्र हुनसक्छ । संरा अमेरिकी राष्ट्रपति कार्यालयका सञ्चार सचिव जेन साकीले हालै बाइडेनले अघि सारेको बी३डब्ल्यु परियोजनाको नाम परिवर्तन गरी पुनः थालनी गर्नुपर्ने सुझाव प्रस्तुत गरेका थिए । तर, त्यसो गर्दैमा त्यो ढाँचा सफल भइहाल्ने सम्भावना कम छ किनभने त्यसमा कुनै प्रस्टता छैन । संरा अमेरिकाले प्रतिस्पर्धा गर्न चाहेका चिनियाँ कम्पनीहरूको आफ्ना साझेदारहरूसँग आपसमा लाभकारी सम्बन्ध भएको कुरा तथ्यलाई कथित ‘हिन्द–प्रशान्त आर्थिक ढाँचा’ले ध्यान दिएको छैन । चीनलाई अधिकांश देशले आफ्नो सबभन्दा ठूलो व्यापार साझेदार मान्नुका कुनै कारण छन् ।
यो विश्लेषणमा चर्चा गरिएको दृष्टिकोणको आधारमा पर्यवेक्षकहरूले सन् २०२४ को चुनावअघि पूरा गर्ने भनी अमूर्त ढङ्गले आफ्नो हिन्द–प्रशान्त रणनीतिमा उल्लेखित योजनाको मूल हिस्सा कार्यान्वयन हुन नसक्ने निष्कर्षमा पुग्ने धेरै आधार छन् । संरा अमेरिकाको यो योजना कुनै मूर्त योजनाभन्दा पनि इच्छापत्रमात्र जस्तो देखिन्छ । हात–हतियार कम्पनीमा लगानी गरेका व्यापारीहरूले नाफाको लागि सैनिक पक्षलाई बढी प्राथमिकतामा दिनु स्वाभाविक हो । तर, सूचना युद्ध वा व्यापारिक पक्षले कुनै अर्थपूर्ण निष्कर्ष दिनेमा सम्भावना कम छ । त्यसकारण, चीनलाई ‘घेराबन्दी गर्ने’ भन्दा संरा अमेरिकाले ऊसँग सहकार्य गर्ने विषयमा विचार गर्नुपर्छ ।
लेखक मस्कोमा बस्ने अमेरिकी राजनीतिक विश्लेषक हुनुहुन्छ ।
सीजीटीएनबाट नेपालीमा अनुदित सामग्री
Leave a Reply