बेलायतको मेसिनविरोधी ‘लुडाइट’ आन्दोलन
- बैशाख ९, २०८३
हालसालैका वर्षहरूमा पार्टी र नेताको नेतृत्वमा समाजवादको झन्डा उठाएर एकनाशले अगाडि बढिरहेको हाम्रो देशलाई निमोठ्न साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरूले हर सम्भव छलपूर्ण तरीकाको आश्रय लिइरहेका छन् । शत्रु आफ्नो प्रयत्नमा जति बढी उद्दण्ड हुन्छ, क्रान्तिकारी कारबाहीद्वारा शत्रुको प्रतिक्रान्तिकारी आक्रमणलाई पेल्दै हामीले झन्डालाई अझ माथि उठाउनुपर्छ ।
साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरू पृथ्वीबाट समाजवादलाई नामेट पार्न उद्दण्ड प्रचलनहरूमा लागिरहे तापनि संसारभरिका क्रान्तिकारी जनताका हृदयको गहिराइसम्म समाजवाद सदाझैँ समाहित भइरहेको छ र आफ्नो बाटोमा अघि बढ्दै छ । समाजवाद मानवजातिको आदर्श हो र समाजवादले विजय प्राप्त गर्छ भन्ने कुरा इतिहासको विकासको विधान नै हो । समाजवादलाई समाप्त पार्न तिनीहरूले जतिसुकै उद्दण्डरूपमा प्रयत्न गरे तापनि साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरूले इतिहासको प्रवाहलाई उल्टाउन सक्दैनन् । प्योङयाङ घोषणाको झन्डामुनि विश्वका क्रान्तिकारी जनता आज समाजवादको हेतुलाई रक्षा गर्न र अघि बढाउन दृढतापूर्वक सङ्घर्ष गरिरहेका छन् । समाजवादको लागि सङ्घर्ष समाजवाद पतन भएका मुलुकहरूमा मात्र नभई पुँजीवादी मुलुकहरूमा समेत सञ्चालित छ । विश्वका क्रान्तिकारी पार्टीहरू र जनताको सङ्घर्षद्वारा अन्ततोगत्वा समाजवाद विजयी भएर निस्कनेछ र यसले अविच्छिन्न अग्रगति लिनेछ । साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरूको तिकडम विफल हुनेछ भन्ने कुरा सन्देहरहित छ ।
समाजवादको विजयमा अटल विश्वास राख्दै वर्तमान परिस्थितिलाई हामीले आशावादी दृष्टिकोणले आत्मसात गर्नुपर्छ र समाजवादको हेतुलाई जोरदाररूपमा रक्षा गर्नुपर्छ ।
समाजवाद हाम्रो जनताको प्राण हो । हाम्रा जनता जीवित रहन्छन् वा मर्छन् अर्थात् राज्य र समाजका मालिक भई तिनीहरूले स्वतन्त्र एवं सृजनात्मक जीवनयापन गर्छन् वा तिरस्कार र दुव्र्यवहार खपी अरूहरूका दास हुन्छन् । सो कुरा तिनीहरूले समाजवादलाई बचाउँछन् वा बचाउँदैनन् भन्ने कुरामा निर्भर रहन्छ । समाजवादलाई बचाएमा विजय र समाजवाद परित्याग गरेमा मृत्यु हुन्छ भन्ने जस्तो गीतको बोल छ । जस्तोसुकै कष्ट एवं कठिनाइहरू आए तापनि, हामीले रोजेको र आफ्नै पौरखद्वारा निर्माण गर्दै गरेको समाजवादलाई हामी कहिल्यै परित्याग गर्दैनौँ ।
समाजवादको हेतुलाई बचाउन र अघि बढाउन हामीले क्रान्ति एवं निर्माणका सबै क्षेत्रमा जुछे विचारधारालाई सम्पूर्णरूपमा प्रयोग गर्नुपर्छ ।
जुछे विचारधारा समाजवादको वैचारिक आधार हुनुको साथै क्रान्ति एवं निर्माणको एकमात्र मार्गदर्शक सिद्धान्त हो । आम जनतामा केन्द्रित हाम्रो शैलीको समाजवाद जुछे विचारधारामा आधारित छ र यसले यो विचारधारालाई मूर्तरूप दिन्छ, यो जुछेमुखी समाजवाद हो । वैचारिक आधार र उत्कृष्ट मार्गदर्शक सिद्धान्तरहित समाजवादलाई चोखो समाजवाद भन्न सकिन्न र यस्तो समाजवाद साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरूका समाजवादविरोधी षड्यन्त्रहरू रोक्न नसकी विफल हुनसक्छ । यो कुरा समाजवाद विफल भई पुँजीवाद पुनः स्थापित भएका मुलुकहरूको उदाहरणबाट सजीव ढङ्गमा देखिन्छ । हाम्रो समाजवाद जुछे विचारधारामा आधारित र यस विचारधाराद्वारा निर्देशित भएकैले गर्दा साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरूका निरन्तर दुष्ट दाउपेचहरूको बाबजूद पनि नहडबडाई विजयतर्फ अघि बढदै छ । समाजवाद हाम्रो जनताको प्राण हो भने जुछे विचारधारा हाम्रो समाजवादको प्राण हो ।
सबै रङ्गको बुर्जुआ प्रतिक्रियावादी विचारधारात्मक प्रवृत्तिको अतिक्रमणबाट हामीले जुछे विचारधारालाई निष्ठापूर्वक रक्षा गरी, स्थिररूपले यसको विकास गर्दै क्रान्ति एवं निर्माणका सबै क्षेत्रमा यसलाई पूर्णरूपमा प्रयोग गर्नुपर्छ ।
समाजवाद निर्माणको गति जुछे विचारधारा प्रयोगको गति नै हो र समाजवादी तथा साम्यवादी समाजहरू त्यही विचारधारामा आधारित हुन्छन् ।
महान नेता कामरेड किम इल सङले आफ्ना प्रारम्भिक वर्षहरूमा त्यो विचारधाराको प्रवर्तन गर्नुभयो र पूरा दृढताका साथ क्रान्ति एवं निर्माणका सबै क्षेत्रहरूमा यसलाई प्रयोग गर्नुभयो । उहाँले क्रान्ति एवं निर्माणको नेतृत्व गर्नुहुन्छ र हाम्रो आफ्नै तरीकाले उहाँले आफ्नो जीवनयापन गर्नुहुन्छ । उहाँको सूटको रङ्गसम्बन्धी कथ्यौरीले उहाँको जुछेमुखी अडान कत्तिको द¥हो रहेछ भन्ने कुरालाई छर्लङ्ग दर्शाउँछ । एकपटक हाम्रा अधिकारीहरूले आजकल चलेको कुनै खास रङ्गको कपडाको सूट बनाउन उहाँलाई आग्रह गरे । फेसनले उहाँको अनुशरण गर्नुपर्छ न कि उहाँले फेसनको अनुकरण गर्ने भनी उनीहरूलाई जवाफ दिनुभयो ।
हामीले जुछे विचारधारालाई हाम्रो निष्ठाको रूपमा सङ्गाल्नुपर्छ र आमजनतामा केन्द्रित हाम्रो शैलीको समाजवाद जुछेमुखी समाजवादमा अरू बढी चमक थप्ने क्रान्ति एवं निर्माणका सबै फाँटहरूमा यसलाई पूर्णतया प्रयोग गर्नुपर्छ ।
समाजवाद रक्षा गर्न र यसको प्रकाशलाई अरू चमकदार पार्न हामीले नेता, पार्टी तथा जनताको एकमना एकतालाई अरू बढी सुदृढ पार्नुपर्छ ।
नेता, पार्टी तथा जनता एक अङ्ग बनेर हामी सबै आफ्नो प्रारब्धको साझेदार बन्नु छ । सिद्धान्त, सङ्कल्प, नैतिकता तथा दायित्वमा आधारित तिनीहरूको स्थिर एकता समाजवादको हेतुको अजेयताको ग्यारन्टी बन्नेछ । हामीले सबै जनतालाई पार्टी र नेताको वरिपरि अरू दृढतापूर्वक एकत्रित पारी एकमना एकताको शक्तिलाई निरन्तररूपमा सुदृढ पार्दै लानुपर्छ ।
वर्तमान समयमा समाजवादलाई बचाउन साम्राज्यवादीहरू र बुर्जुआ पुनरुत्थानवादीहरूले समाजवादविरुद्ध लगाएका हर प्रकारका दुव्र्यवहारहरूलाई रोकी पार्टीका सदस्यहरू र अन्य श्रमिक जनतामा समाजवादी हेतुका फाइदाहरू तथा असल चरित्रको बोध गराउनु अत्यन्त आवश्यक छ ।
साम्राज्यवादीहरू र बुर्जुआ समाजलाई पुनः स्थापित गर्नेहरूले समाजवादलाई ‘निरङ्कुश’, ‘सैनिक शासन’ तथा ‘हुकुमी शासन’ भनी लाञ्छना लगाउँछन् । यो अतार्किक, सैद्धान्तिक आधाररहित प्रतिक्रियावादी मिथ्यावाद हो । समाजवादलाई लाञ्छना लगाउने बुर्जुआ पुनरुत्थानवादीहरू आफूहरूले नै आजकल के गर्दै छन् ? तिनीहरूले कम्युनिस्ट पार्टीहरू भङ्ग गरेका छन् र राष्ट्रपतीय आर्दशहरूद्वारा तल्लो तहहरूमा सबैथोक बलपूर्वक लादेका छन् ।
तिनीहरूले समाजवादप्रति कीचड फ्याँकिरहेका छन् र तिनीहरूको ‘सिद्धान्त’ को प्रतिक्रियावादी स्वभावलाई हामीले उदाङ्ग पार्न नसकेको खण्डमा वैचारिकरूपमा तयार नभएका केही मानिसहरू समाजवादप्रति संशयात्मक बन्न सक्ने छन् । हामीले तिनीहरूको ‘सिद्धान्त’ को प्रतिक्रियावादी स्वभावको भन्डाफोर गर्नुपर्छ र पार्टीका सदस्यहरू तथा अन्य श्रमिक जनतालाई समाजवादी विचारधाराद्वारा सज्जित पार्नुपर्छ ।
मैले निकट भविष्यमा समाजवादप्रति तिनीहरूले लगाएको लाञ्छनालाई आलोचना गरी एउटा लेख लेखेर सार्वजनिक गर्न गइरहेको छु । सैद्धान्तिक जानकारी दिने क्षेत्रले पनि समाजवादविरुद्ध साम्राज्यवादीहरू र पुनरुत्थानवादीहरूले प्रचार गरेको सिद्धान्तको प्रतिक्रियावादी स्वभावलाई उदाङ्गो पार्ने खालका लेखहरू निकाल्नुपर्छ र समाजवादी विचारधारा एवं सिद्धान्तको सत्यता र फाइदाहरूबारे स्पष्ट पार्नुपर्छ । हाम्रो पार्टीले समाजवादी क्रान्ति तथा समाजवादी निर्माणको प्रयोगमा आइपर्ने तीनवटा क्रान्तिहरू विचारधारात्मक, प्राविधिक तथा सांस्कृतिकसम्बन्धी समस्यासहित नेता, पार्टी तथा जनताको मनको एकरूपता हासिल गर्ने समस्याको साथै केन्द्रीयकरण तथा प्रजातन्त्रलाई उपयुक्तरूपले आबद्ध गर्न र जनताका प्रजातान्त्रिक तानाशाहीलाई सुदृढ पार्ने जस्ता सबै सैद्धान्तिक समस्याहरूलाई सविस्तार व्याख्या ग¥यो । समाजवादी क्रान्ति तथा समाजवादी निर्माणको लागि हाम्रो पार्टीले अघि सारेका विचारधाराहरू एवं सिद्धान्तहरूमा खडा भई साम्राज्यवादीहरू तथा बुर्जुआ पुनरुत्थानवादीहरूद्वारा समाजवादप्रति लगाइएका गाली गलौजको प्रतिक्रियावादी स्वभावलाई हामी उदाङ्गो पार्छौँ । साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरूका षड्यन्त्रहरू रोक्न र समाजवाद बचाउन प्रयत्नशील रहेका जनतालाई अत्यधिकरूपमा प्रोत्साहित गर्न हामी समर्थ हुनेछौँ ।
हाम्रा पार्टीका सदस्यहरू र अन्य श्रमिक जनतालाई हाम्रो पार्टीको सिद्धान्त र समाजवादी विचारधाराको मौलिकता एवं श्रेष्ठताको बारे सही ज्ञान दिन पहिलेका शास्त्रीय लेखकहरूद्वारा प्रतिपादित सिद्धान्तहरूका सिमीतताहरूबारे पनि हामीले लेखहरू लेख्नुपर्छ ।
माक्र्सवाद–लेनिनवाद एकाधिकार पुँजीवाद र साम्राज्यवाद प्रादुर्भाव हुनुभन्दा पहिलेका श्रमिक वर्गको क्रान्तिकारी प्रयोगका आवश्यकताहरू परिलक्षित गरी श्रृजित विचारधारा हो । इतिहास धेरै अगाडि बढिसकेको छ र त्यसबेलादेखि समयमा धेरै परिवर्तन आइसकेको छ । आम जनताले इतिहास र आफ्नै भाग्यका मालिकको हैसियतमा स्वतन्त्र एवं सृजनात्मकरूपले इतिहास र आफ्नो भाग्य आफैले निर्माण गर्ने स्वाधीनताको नयाँ युगमा हामी अहिले छौँ । माक्र्सवादका ग्रन्थकारहरूलाई समाजवाद निर्माणको कुनै अनुभव थिएन र लेनिन पनि उस्तै हुन् । तिनीहरूका समयका अवस्था र तिनीहरूका व्यवहारिक अनुभवहरूका सीमितताहरूको कारणले गर्दा माक्र्सवाद–लेनिनवादका ग्रन्थकारहरूद्वारा प्रस्तुत समाजवादी सिद्धान्तहरू, केही पक्षहरूमा, भविष्यवाणी र सम्भावनाको सीमाभन्दा पर जान सकेनन् ।
तिनीहरूका सीमितताहरूका बाबजूद हामीले माक्र्सवाद–लेनिनवादप्रति नकारात्मक दृष्टि राख्नु र तिनका ग्रन्थकारहरूप्रति निरर्थक आपत्ति जनाउनु हुँदैन । हामीले माक्र्स, एङ्गेल्स र लेनिनले मानवताको लागि सम्पादन गरेका महान कार्यहरूलाई स्वीकार्नुपर्छ र तिनीहरूलाई सम्मान गर्नुपर्छ । माक्र्सवाद–लेनिनवादको सृजनाले गर्दा समाजवादी सिद्धान्त कल्पनाबाट विज्ञानमा विकसित भयो । श्रमिक वर्ग इतिहासमा पहिलो पल्ट एउटा मार्गदर्शक विचारधारा प्राप्त गर्न सफल भयो । तिनीहरू पुँजीविरुद्ध र वर्गीय मुक्ति, राष्ट्रिय स्वाधीनता र समाजवादको लागि सशक्तरूपले सङ्घर्ष गर्न सक्ने भए । क्रान्तिमा कनिष्ठहरूले आफ्ना अग्रजहरूलाई सम्मान गर्ने सिद्धान्तको दृष्टिले उक्त सिद्धान्तहरूका ती प्रवर्तकहरूलाई आदर गर्ने हाम्रो दायित्व बन्छ ।
माक्र्सवाद–लेनिनवादका सीमितताहरूबारे लेखहरू लेख्दा त्यसका प्रवर्तकहरूले सम्पादन गरेका महान कार्यहरूमाथि प्रकाश पार्न हामीले बिर्सनु हुन्न । तबमात्र हामीले जनतालाई माक्र्सवाद–लेनिनवादबारे सही ज्ञान दिन र यो विचाराधाराप्रति निरर्थक आपत्ति जनाउने साम्राज्यवादीहरू र बुर्जुआ पुनरुत्थानवादीहरूलाई प्रहार गर्नसक्नेछौँ ।
माक्र्सवाद–लेनिनवादद्वारा प्रतिपादित सिद्धान्तहरूका सीमितताहरूबारे सही ढङ्गले लेख्न हाम्रो पार्टीको क्रान्तिकारी विचारधारा जुछे विचारधाराको मौलिकता तथा श्रेष्ठताबारे राम्रो ज्ञान हुनुपर्छ । जुछे विचारधारा महान नेताले इतिहासको नयाँ युग स्वाधीनताको युगका आवश्यकताहरू परिलक्षित गरी प्रतिपादन गर्नुभएको साम्यवादको मौलिक विचारधारा र उत्कृष्ट क्रान्तिकारी सिद्धान्त हो । हामीले जुछे विचारधाराको मौलिकता र श्रेष्ठताबारे प्रभावकारी ढङ्गले स्पष्ट गरेको खण्डमा माक्र्सवाद–लेनिनवादका सिद्धान्तहरूका सीमितताहरू आफै प्रकट हुनेछन् । सैद्धान्तिक सूचनाको क्षेत्रमा कार्यरत अधिकारीहरूले जुछे विचारधारालाई राम्ररी अध्ययन गर्नुपर्छ र गम्भीरताका साथ यसको मौलिकता एवं श्रेष्ठतालाई बुझ्नुपर्छ । माक्र्सवाद–लेनिनवादको राम्रो जानकारी राख्न तिनीहरूले द ‘क्यापिटल’ जस्ता क्लासिक कृतिहरू पनि अध्ययन गर्नुपर्छ ।
उच्च विचारधारात्मक एवं कलात्मक गुणहरू सम्पन्न गीतहरू थुप्रै सङ्ख्यामा रचना गरिनुपर्छ । यस्ता गीतहरूले जनताका हृदयमा दह्रो सङ्कल्प र समाजवादको हेतुप्रति निष्ठा जगाई तिनीहरूलाई बृहत् चेष्टा गर्नमा प्रोत्साहित गर्नेछन् । यी गीतहरूमध्ये एउटा ‘प्योङयाङको रात, अघि नबढ’ हो । यो गीतले युद्धका दिनहरूमा समेत कोरियाली जनसेनाका सैनिकहरू र हाम्रा जनतालाई प्रोत्साहित गर्नेछ । यो गीत सुन्दा जहिले पनि ममा शक्ति उछिट्टिएर आएको म अझै अनुभव गर्छु । गीतहरूलाई कसरी कदर गर्ने भन्ने कुरा मानिसले जान्नुपर्छ । गीतबाट बिच्छेद जीवन, जीवन हुन सक्तैन । युद्धका दिनहरूमा गीतहरूले मात्र नभइ प्रसारणले पनि सैनिकहरू र जनतालाई प्रोत्साहित गर्छ । दोस्रो विश्वयुद्धको दौरानमा सोभियत सङ्घको एकजना उद्घोषक युरी लेभिटनले सर्वोच्च मुख्यालयका रिपोर्टहरूको प्रसारणद्वारा सोभियत सैनिकहरू र जनतालाई युद्धमा विजयतर्फ उन्मुख गराएका थिए । उनी आफ्नो प्रसारण कार्यको लागि प्रख्यात भए । रिसले चूर भई, मस्कोको कब्जापछि लेभिटनलाई सबभन्दा पहिले मार्नुपर्छ भनी हिटलरले आदेश दियो । हाम्रा उद्घोषकहरू पनि आफ्नो काम कुशलतापूर्वक गर्छन् । युद्धको समयमा तिनीहरूले आफ्नो हिस्साको काम जसरी पनि गर्नुपर्छ, गर्नेछन् ।
आजकल सङ्गीत कलाको क्षेत्रले उच्च विचारधारात्मक तथा कलात्मक गुणहरू सम्पन्न धेरै गीतहरू उत्पादन गरेको छ । ‘प्योङयाङको रात, अघि नबढ’ आफ्नो उच्च विचारधारात्मक एवं कलात्मक गुणहरूको दृष्टिले एउटा उत्तम गीत हो । ‘हाम्रो आमा–पार्टीले चिताएमा’ यस्तै गीत हो । पछिल्लो गीतको विषय राम्ररी लेखिएको छ ।
भविष्यमा, सङ्गीत कला क्षेत्रले उच्च विचारधारात्मक एवं कलात्मक गुणहरू भएका राष्ट्रिय निधि बन्ने खालका थुप्रै गीतहरू श्रृजना गर्नुपर्छ । यस प्रकारका गीतहरू केही विशेष खालका होइनन् । तिनीहरू त नेता र जनताले गाउने रमाउने खालका गीतहरू हुन् । पचोन्बो इलेक्ट्रोनिक समूहबाहेक अन्य कलात्मक सङ्गठनहरू यस्ता गीतहरू थुप्रै सङ्ख्यामा उत्पादन गर्न अहिले असफल छन् । यी सङ्गठनहरूले जीवनमा आधारित विषयलाई लिएर राष्ट्रिय निधि बन्ने खालका थुप्रै गीतहरू उत्पादन गर्नुपर्छ । यस्ता गीतहरू श्रृष्टि गर्न जीवनबाट व्युत्पन्न विषयवस्तुहरू भएका गीतहरू उत्पादन गर्ने बानी बसाल्नुपर्छ । राष्ट्रिय निधिका गीतहरू श्रृजना गर्ने आत्मगत मनसायबाट प्रवृत्त भएमा उत्तम गीतहरू उत्पादन गर्न सकिने छैन ।
गीतहरूले जीवनको वर्णन गरेमा र जनताले ती गीतहरू रमाएर गाएमा ती गीतहरू राष्ट्रिय निधि बन्छन् । यो प्राप्त गर्न श्रृजनात्मक कर्मीहरूले आफूहरूलाई जनताका जीवनसित आत्मसात गर्नुपर्छ र आफूहरू जनताका चाहना एवं आकाङ्क्षाहरूसित पूर्णरूपले परिचित हुनुपर्छ ।
गीतहरूमा सजीव चित्रण सुन्दररूपमा गरिनुपर्छ । सजीव ढङ्गले चित्रण नगरिएको गीत जतिसुकै उत्कृष्ट भए तापनि यसले आफ्नो सार्थकता प्रमाणित गर्न सक्तैन ।
Leave a Reply