भर्खरै :

गैरकानुनी रुपमा अंग्र्रेजीमा प्रश्नपत्र बनाउने गरेको भन्दै रिट निवेदन

काठमाडौँ, ९ साउन । त्रिविले गैरकानुनी रुपमा अंग्रेजी भाषामा मात्र प्रश्नपत्र सोध्ने गरेकाले नेपालीसहित दुवैमा प्रश्नपत्रको व्यवस्था गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खु, परीक्षा बोर्ड कीर्तिपुर र शिक्षा मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता विश्वास पौडेलले दायर गरेको निवेदनमा नेपालको संविधानले नेपालमा बोलिने सबै भाषालाई मातृभाषाका रुपमा मान्यता दिई नेपालीलाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने व्यवस्थाको विपरीत त्रिविले गैरसंवैधानिक रुपमा अंग्रेजी भाषामा प्रश्नपत्र बनाउने गरेको उल्लेख छ ।
निवेदनमा त्रिविले सञ्चालन गर्ने स्नातक र स्नातकोत्तर तहका परीक्षामा नेपाली विषयको प्रश्नपत्रबाहेक अन्य सबै विषयमा अंग्रेजीमा प्रश्नपत्र सोधिने गरेकाले दुवै भाषामा सोधिनुपर्ने माग गरिएको छ । अंग्रेजीमा मात्र प्रश्न सोधिँदा त्यसमा दख्खल नभएका विद्यार्थीले भाषाकै कारण प्रश्नपत्र नबुझी उल्टो उत्तर दिन बाध्य भई भविष्य अन्धकार भएको निवेदनमा उल्लेख छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *