युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
काठमाडौँ, ३ फागुन । आदर्श समाज स्थापनाको निम्ति जनसाहित्य भन्ने नाराका साथ फागुन ७ गते टोखामा १५ औँ नेपालभाषा साहित्य तःमुंज्या हुने भएको छ । आयोजक समितिका अनुसार उक्त तःमुंज्या टोखा नपा वडा नं. २ स्थित थने लाछीमा हुनेछ ।
तःमुंज्या सफल पार्न साहित्यकारहरूलाई प्रगतिशील साहित्य दिन नेपालभाषा साहित्य तःमुंज्या टोखाले आग्रह गरेको छ । उक्त साहित्य फागुन ५ गतेभित्र बुझाउन आग्रह गरिएको छ । बेलुका जनसांस्कृतिक कार्यक्रम पनि हुने सो सम्मेलनमा राजनीतिज्ञ, साहित्यकार तथा विशेषज्ञहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
यो सम्मेलन पहिले जनसाहित्य सम्मेलनको नाउँमा भएको थियो यो वर्षदेखि नेपालभाषा साहित्य तःमुंज्या हुने आयोजकले जनाएको छ । प्रत्येक वर्ष हुँदै आएको उक्त सम्मेलनमा भाग लिन राजनीतिक कार्यकर्ता, साहित्यकार तथा सर्वसाधारण जनतालाई अनुरोध गरिएको छ । आयोजक समितिले आर्थिक, नैतिक तथा भौतिक सहयोगको लागि पनि आग्रह गरेको छ । आयोजक समितिका अनुसार सम्मेलनको सभापतित्व तःमुंज्याका अध्यक्ष काशीलाल डंगोलले गर्नुहुनेछ ।
Leave a Reply