भर्खरै :

ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु

ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु

भक्तपुर, १४ चैत । ख्वप इन्जिनियरिङ कलेज फुटसल सर्कलको आयोजनामा शनिबारदेखि ‘अन्तर–विभाग छात्र फुटसल प्रतियोगिता’ सुरु भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूको सेमेस्टर ब्रेकलाई रचनात्मक बनाउने उद्देश्यले आयोजित प्रतियोगिताको पहिलो दिनमै खेलाडी र दर्शकको उत्साहजनक उपस्थिति देखियो ।
स्थानीय फुटसल मैदानमा आयोजित उद्घाटन समारोहमा खेलकुद प्रशिक्षक श्यामकृष्ण बासुकलाले निर्णायक (रेफ्री) लाई फूटबल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभयो । उहाँले प्राविधिक शिक्षासँगै खेलकुद र अनुशासनको महत्वबारे चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “खेलकुदले मानसिक स्फूर्ति र शारीरिक तन्दुरुस्ती प्रदान गर्छ ।”
प्रतियोगितामा कलेजका विभिन्न सङ्काय र विभागका १६ वटा छात्र टीमले प्रतिस्पर्धा गरिरहेका छन् । दुई दिनसम्म चल्ने प्रतियोगिताको पहिलो दिन शनिबार नकआउट चरणका खेलहरू सम्पन्न भएका छन् । प्रतियोगिताको फाइनल खेल आइतबार हुने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *