रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
भक्तपुर, ५ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख एवम् एघारौँ नगर सभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बसेको एघारौँ नगरसभाको बिहीबार बसेको बैठकले भक्तपुर नगरपालिका, विपद् पीडितलाई राहत निर्देशिका, २०७८ सर्वसम्मतिले पारित गर्यो ।
भक्तपुर नपाले भक्तपुर नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नगरवासीहरूलाई प्राकृतिक तथा मानव सिर्जित विपद्हरूका कारण निम्तिने मानवीय तथा धनसम्पत्तिको क्षति भई पीडित भएकालाई राहत दिने उद्देश्यले उक्त निर्देशिका ल्याएको छ ।
उक्त निर्देशिकामा विपद् पीडित परिवारलाई विपद्को प्रकृतिअनुसार भौतिक र मानवीय क्षति तथा अङ्गभङ्ग भएमा क्षतिको अवस्था हेरी बढीमा रु. १ लाखसम्म राहत दिन सकिने र पीडित परिवारलाई प्रमुखले क्षतिको अवस्था हेरी रु. २५,००० सम्म दिन सकिने व्यवस्था रहेको छ ।
स्वास्थ्यसम्बन्धी सभासद्हरूले राख्नुभएको जिज्ञासाबारे सभाध्यक्ष प्रजापतिले ख्वप अस्पताललाई १०० शय्या क्षमताको स्वीकृति प्रदान गर्न आवश्यक पहल गरिरहेको र ख्वप अस्पतालले जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य बोकेको बताउनुभयो ।
उहाँले ख्वप अस्पतालले अन्तरङ्ग सेवा सुरु गरिसकेको अवगत गराउँदै अस्पतालबाट सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा सुविधाहरू प्रदान गरिने बताउनुभयो । सभाको विशेष समयमा सभासद्हरू राजेन्द्र माक, सूर्यप्रसाद श्रेष्ठ, कृष्णगोपाल चौगुठी, गंगालक्ष्मी बमनू, रत्नकाजी नात्ररी, श्यामसुन्दर मातां, पूर्णगोपाल राजचल, ज्ञानकुमार मगजु, हेरा ख्याजु, शिवप्रसाद बाला, जितेन्द्र मुनंकर्मी र गोविन्द दुवालले देशघाती एमसीसी सम्झौता नेपाल र नेपालीको हितमा नभएको हुँदा एमसीसी खारेज गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वडा निरीक्षकहरू जिम्मेवारका साथ प्रस्तुत हुनुपर्ने, बिग्रेका सडक बत्तीको मर्मत सम्भार गर्नुपर्ने, खोला सुधारमा विशेष ध्यान दिनुपर्ने, भक्तपुरलाई दिने रसायनिक मलको कोटा वृद्धि गर्नुपर्ने, नयाँ बस्तीमा खानेपानीको उचित व्यवस्थापन हुनुपर्ने, अनुदानको कृषि सामग्री कृषकहरूको पहुँचमा ल्याउन नपाको आवश्यक पहल हुनुपर्ने, देको मिवा इतापाके जग्गा एकीकरण आयोजना यथाशीघ्र सम्पन्न गर्नुपर्ने, बिनास्वीकृति सञ्चालित बहुउद्देश्यीय सहकारी संस्थाहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने, खानेपानीको स्रोत बढाउनेतर्फ ध्यान दिनुपर्ने, हनुमन्त्ते खोला सफाइ अभियान सञ्चालन गर्नुपर्ने, कर्मचारीको वृत्ति विकासमा ध्यान दिनुपर्नेलगायतका धारणाहरू व्यक्त गर्नुभयो ।
विशेष समयमा उठेका जिज्ञासामाथि सहकारी समितिका संयोजक हरिप्रसाद बासुकला, खानेपानी समितिका महेन्द्र खायमली, कृषि समितिका संयोजक राजकृष्ण गोरा, निर्माण समितिका संयोजक उकेश कवां, शिक्षा समितिका रवीन्द्र ज्याख्वले सम्बन्धित विषयमा प्रस्ट पार्नुभयो ।
बैठकमा लेखा समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुर नपाको लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । नगरसभाको अर्को बैठक फागुन ९ गते सोमबार दिनको १ बजे बस्ने गरी स्थगित भयो ।
Leave a Reply