भर्खरै :

विकासोन्मुख मुलुकको प्रतिनिधित्व बढाउन चीनको अडान

पेइचिङ, ११ फागुन । चीनका परराष्ट्र मन्त्री वाङ यीले फेब्रुअरी २२ मा पेइचिङमा भिडियोमार्फत ७६ औँ राष्ट्र सङ्घीय सुरक्षा परिषद्को सुधार तथा सरकार–सरकार वार्ता संयन्त्रका संयुक्त अध्यक्ष एवं राष्ट्र सङ्घका लागि कतारका आवासीय प्रतिनिधि शेख अल्या अहमद बिन सैफ अल थानी तथा राष्ट्र सङ्घका लागि डेनमार्कका आवासीय प्रतिनिधि मार्टिन बिल हर्मनसँग भेटवार्ता गर्नुभएको छ ।
वार्तामा चीनका परराष्ट्र मन्त्री वाङ यीले भन्नुभएको छ, “सुरक्षा परिषद् अन्तर्राष्ट्रिय सामूहिक सुरक्षा प्रणालीको केन्द्रबिन्दु हो । यसमा विकासोन्मुख मुलुकको प्रतिनिधित्व हुनुपर्छ । सुरक्षा परिषद्मा विशेष गरी मझौला वा साना मुलुकको सहभागिता बढाउनुपर्छ । यो सुरक्षा परिषद्को सुधार गर्ने लक्ष्य थियो र सुधार गर्ने दिशा पनि हो ।”
सो अवसरमा कतारका आवासीय प्रतिनिधि थानी तथा डेनमार्कका आवासीय प्रतिनिधि मार्टिनले बहुपक्षवादको संरक्षण तथा संयुक्त राष्ट्र सङ्घको भूमिका बढाउनको लागि चीनले गरेको प्रयासको प्रशंसा गर्दै चीनलगायत विभिन्न सदस्य मुलुकसँगको सम्पर्क बढाएर सुरक्षा परिषद्को सुधारलाई अघि बढाउने इच्छा व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *