‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
एमसीसीको चरित्र
एमसीसीका जन्मदाता कुख्यात अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुस हुन् । एमसीसीले अल्पविकसित र विकासशील देशको गरिबी घटाउने भनिएको थियो । २००२ मार्चमा एमसीसी गठन गर्दा राष्ट्रपति बुसले आफूले ‘यो प्रतिबद्धता आत्मामा लिएको’ बताएका थिए । विश्वविख्यात प्रोफेसर नोम चोम्स्कीले संरा अमेरिकाले आफ्नो युद्धपिपासु सैन्य उन्मादलाई यस्तै ‘सदाचारी’ पाखण्डले छोप्ने गरेको लेखेका छन्, आफ्नो पुस्तक ‘फेल्ड स्टेट्स’ मा । सन् २००४ मा एमसीसीलाई अमेरिकी सरकारले मान्यता दियो । सन् २००५ मा एमसीसीको वेबसाइटबाट जर्ज बुसको ‘आत्माको प्रतिबद्धता’ हटाइएको थियो । अमेरिकी साम्राज्यवादको ‘सदाचार’ को मर्म ‘हामीलाई फलिफाप, अरूलाई रित्तो हात’ हो– चोम्स्कीको निष्कर्ष छ । संरा अमेरिका ‘युद्धको व्यापार’ ले ‘फलिफाप’ हुने देश हो । यसैको लागि गरिबी न्यूनीकरण गर्ने, लैङ्गिक समानता, पानीबिजुलीमा गरिबको पहुँचजस्ता ‘सौम्य’ काम गर्ने संरा अमेरिकी संस्था हुन् ‘युएसएड’ र ‘एमसीसी’ । ‘यूएसएड’ ले अमेरिकी सोचअनुसार व्यवहार गथ्र्यो । त्यसैले लक्षित देशका जनताको आवश्यकता हेरी आर्थिक ‘मद्दत’ दिएर ‘सैन्य मामिलाबाट टाढा बस्ने’ स्वाङ पार्न ‘एमसीसी’ अझ बढी ‘प्रभावकारी’ रहेको अध्येता युरी बोसिनले आफ्नो शोधपत्रमा लेखेका छन् । दुई देशको उदाहरणबाट एमसीसी परियोजना अमेरिकी साम्राज्यवादको सैन्य रणनीतिको हिस्सा भएको प्रमाणित हुन्छ ।
एल साल्भाडोर
सन् १९७९ देखि १९९२ सम्म एल साल्भाडोरमा गृहयुद्ध चल्यो । सैन्य तानाशाहीको दमनविरुद्ध फाराबुन्दो मार्टी राष्ट्रिय मुक्ति मोर्चा (एफएमएलएन,FMLN) मा सङ्गठित भएर जनताले प्रतिकार गरे । अमेरिकी सरकारले साल्भाडोरको सरकारलाई सैन्य तालिम र करोडौँ डलर सहयोग ग¥यो । सन् २००० मा उसले कोमा लापा भन्ने स्थानमा सानो सैन्य अखडा बनाएको थियो । गृहयुद्धमा लाखौँ निहत्था जनताको हत्या भयो । यस्तो हत्या गर्ने गिरोहहरूलाई सेनाले तालिम दिएका प्रमाणहरू सार्वजनिक भयो । युद्धपछि सेना र हत्यारा गिरोहकै मान्छेहरूले एउटा पार्टी बनाए । त्यस पार्टीको नाम राष्ट्रवादी गणतान्त्रिक गठबन्धन (एरिना, ) हो । सन् २००४ मा एन्टोनियो साका त्यो दलबाट राष्ट्रपति बने । त्यति बेला एल साल्भाडोरको निर्यातमध्ये ५० प्रतिशत निर्यात अमेरिकामा हुन्थ्यो र आप्रवासीको रेमिट्यान्सले देशको कुल गार्हस्थ उत्पादनको १८ प्रतिशत ओगट्थ्यो । सन् २००६ को निर्वाचनलाई प्रभावित गर्न र ‘एरिना’ पार्टीलाई जिताउन संरा अमेरिकी प्रतिनिधि माइकल बटलर सक्रिय भए । एल साल्भाडोरमा ‘अमेरिकी स्वार्थ’ जोगाउन निर्वाचनमा एफएमएलएनका उम्मेदवारलाई हराउन जरुरी थियो ।
अमेरिकी सहयोग संस्था र गैरसरकारी संस्थाहरूले सन् २००१ का भूकम्पपीडितलाई सघाउने, स्कूल र अस्पताल बनाइदिने, पानीमा गरिबको पहुँच बढाउनेजस्ता सामाजिक काम गर्दै आएका थिए । माइकल बटलरले साकाको सरकारलाई सघाउन ‘एमसीसी’ मार्फत थप आर्थिक सहयोग दिनुपर्ने पत्र संरा अमेरिकी सरकारलाई पठाए । यो कुरा विकिलिक्सले सार्वजनिक गरेको छ । पत्र पठाएको दुई महिनापछि नै अमेरिकी सरकारले एमसीसीको ‘अनुदान’ पाउन ‘योग्य’ भएको भनेर एल साल्भाडोरलाई ‘छनोट’ ग¥यो । सहयोग पाएको अर्को वर्षमा एल साल्भाडोरको गरिबी ३४.६ प्रतिशतबाट बढेर ४० प्रतिशत पुग्यो । जनतालाई ‘एरिना’ दलतिर तान्न अमेरिकाले प्रचारयुद्ध पनि गर्नुपर्ने कुरा एल साल्भाडोरका लागि अमेरिकी राजदूत चाल्र्स ग्लेजरले अर्को तार अमेरिका पठाएको विकिलिक्सले खुलासा गरेको छ । सन् २००९ को निर्वाचनलाई प्रभावित गर्न अमेरिकी दूतावासले झूटा ‘तथ्याङ्कहरू’ छाप्न लगायो, एल साल्भाडोरका बुद्धिजीवीहरूलाई तिनै ‘तथ्याङ्क’ मा आधारित भएर लेखहरू लेख्न लगायो । यी लेखकहरूले भेनेजुयला र बोलिभियाको विकासलाई होच्याउन खोजे, अमेरिकी आड पाइरहेका चिली र ब्राजिलजस्ता देशहरूको तारिफ गरे । वास्तविकता उल्टो थियो । भेनेजुयला र बोलिभिया चिली र ब्राजिल अरूभन्दा गतिलो स्थितिमा थिए । त्यसैले अमेरिकी प्रचारले चाहिँदो परिणाम ल्याउन सकेन ।
चुनावबाट आएका नयाँ राष्ट्रपति मौरिसियो फ्युमेसलाई अमेरिकाले काखी च्याप्न थाल्यो । फ्युमेसले राष्ट्रपतिको शपथग्रहण गर्ने समारोहमा अमेरिकी परराष्ट्रमन्त्री हिलारी क्लिन्टन नै एल साल्भाडोर पुगिन् । फ्युमेस अमेरिकी प्रभावमा पर्दै गए । उनले एफएमएलएनका वामपन्थी नेताहरूलाई पन्छाउँदै गए र तिनको स्थानमा विवादास्पद छवि भएका पूर्वसैन्य अधिकारीहरूलाई महत्वपूर्ण पदहरू दिन थाले । सन् २०१४ को निर्वाचनमा फ्युमेस निर्वाचनमा पराजित भए । नयाँ राष्ट्रपति वामपन्थी थिए । उनलाई ‘फिडेल र चाभेज’ को प्रभावबाट बाहिर ल्याउन नसक्ने देखेपछि अमेरिकाले महत्व दिन छोड्यो ।
मङ्गोलिया
सोभियत सङ्घको पतनपछि मङ्गोलियाले खुला अर्थनीति र बहुदलीय शासन व्यवस्था अपनायो । सन् १९८७ बाट अमेरिकाले मङ्गोलियासँग कूटनीतिक सम्बन्ध जोडेको थियो । यसपछि नै मङ्गोलियामा अमेरिकी चलखेल सुरु भयो । सन् १९९१ मा संरा अमेरिकी विदेशमन्त्री जेम्स बेकरले मङ्गोलियाले संरा अमेरिकालाई ‘तेस्रो छिमेकी’ मान्नुपर्ने विचार राख्यो । त्यसको १० वर्षपछि सन् २००१ मा लेफ्टिनेन्ट कर्नेल थोमस पार्कर विलहेल्म मङ्गोलिया गए । उनले चङ्गेज खाँका सन्तानलाई ‘अमेरिकी साम्राज्यका गोर्खाली’ बनाउने अठोट लिए । यसका लागि सुरुमा उनले मङ्गोलियाको सैन्य क्षेत्रमा हात हालेनन् । बरु अन्टसन्ट विषयमा सामाजिक कार्यहरू गरे । मङ्गोलियाको लागि अमेरिकी राजदूत जोन डिन्जरको सहयोगमा पार्करले मङ्गोलियाको सैन्य रणनीतिको खाका कोरे । यसलाई ‘तीनखम्बे रणनीति’ भनिन्छ । यसका तीन विशेषता छन् । एक, मङ्गोलिया ‘चिनियाँ खतरा’ बाट जोगिनुपर्छ । दुई, मङ्गोलियाले अन्तर्राष्ट्रिय ‘शान्ति सुव्यवस्था कायम गर्न’ सक्रिय हुनुपर्छ । तीन, आन्तरिक भैपरीको सामना गर्न सेना सक्षम हुनुपर्छ ।’ उनीहरूले मङ्गोलियाका अधिकारीहरूलाई यो रणनीतिमा मनाए । मङ्गोलियाको सेनाले त्यो रणनीतिमा हस्ताक्षर ग¥यो । मङ्गोलिया बेकर, पार्कर र डिन्जरले कोरेकै बाटोमा हिँड्दै छ ।
सन् २००३ मा मङ्गोलियाली सेनाले इराकमाथिको आक्रमणमा संरा अमेरिकी हमलाकारीहरूलाई सहयोग ग¥यो । इराक युद्धमा दुईचोटि गरेर उसले १२०० सैनिक सहयोग ग¥यो । अफगानिस्तान युद्धमा मङ्गोलियाले ४५०० सैनिकहरू पठायो । उसले नाटो गठबन्धनका जर्मनी, बेल्जियम, पोल्यान्डजस्ता देशहरूसँग पनि सैन्य अभ्यासहरू गरेको छ । सैन्य शिक्षा, तालिम र सामग्रीमा संरा अमेरिकामाथि निर्भर छ । साथमा ‘तीनखम्बे रणनीति’ लाई मानवीय सहायताले छोप्नका लागि त्यहाँ एमसीसी परियोजनाजस्ता आर्थिक ‘अनुदान’ जस्ता कार्यक्रमहरू लागू गरिएको छ । मङ्गोलियामा सैन्य संरचनाहरू निर्माण गर्नका लागि पार्करले त्यति जोड दिएनन् । किनभने पहिले नै त्यहाँ सोभियत सहयोगबाट बनेका संरचनाहरू छन् । तिनलाई मर्मत गरे पुग्ने अमेरिकी अधिकारीहरूको सोच छ । अमेरिकी परियोजनाहरू खासगरी मङ्गोलिया–चीन सीमामा सक्रिय छन् । यो सीमामा अमेरिकाले स्वास्थ्य शिविरजस्ता सामाजिक ‘सहयोग’ गर्छ । मङ्गोलियालीहरू उँट पाल्छन् र उँटको दूध पिउँछन् । त्यसले दाँत बलियो बनाउँछ । तर, यिनै मङ्गोलहरूबीच दन्त शिविर चलाउनुले नै अमेरिकी ‘विकास’ छर्लङ्ग हुन्छ ।
अमेरिकी रक्षा विभागले मङ्गोलियालाई सिंगापुर, न्युजील्यान्ड र ताइवानको हाराहारीको ‘भरपर्दो, सक्षम र स्वाभाविक सहयोगी’ भनेको छ । त्यस्तै नाटोले मङ्गोलियालाई आफ्ना नौवटा ‘सहयोगी देश’ मा राखेको छ । यी नौ देशमा अफगानिस्तान, अस्ट्रेलिया, कोलम्बिया, इराक, जापान, दक्षिण कोरिया, मङ्गोलिया, न्युजील्यान्ड र पाकिस्तान पर्छन् । यसरी मङ्गोलिया हाल ‘नाटोको शान्ति दल’ को भूमिकामा छ । रुस र चीनसँग पनि उसको मित्रतापूर्ण सम्बन्ध छ । तर पुँजीवादी लेखक क्यापलानको विश्वास छ– एसियामाथि, जस्तो कोरियामाथि आक्रमण गर्नुप¥यो भने मङ्गोलियाली सेनाले महत्वपूर्ण भूमिका खेल्नेछ ।
सन्दर्भ सामग्रीहरू :
१. नोम चोम्स्की, फेल्ड स्टेट्स, २००६ ।
२. युरी बोसिन, ह्वीच पोलिसीज आर रिवार्डेड, २०१६ ।
३. जुलियन असान्ज र अन्य, द विकी लिक्स फाइल्स, २०१५ ।
४. रोबर्ट डी क्यापलान, इम्पेरियल ग्रन्ट्स, २००५ ।
Leave a Reply