जेनजी आन्दोलनको छानबिन आयोगमा बयानको सार सङ्क्षेप – २
- बैशाख ४, २०८३
काठमाडौँ, १३ फागुन । राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा शुक्रबार पनि नेपाल मजदुर किसान पार्टीको आह्वानमा जनताको व्यापक सहभागितासहित विरोध जुलुस, धर्ना तथा सभा सम्पन्न भयो । देशघाती एमसीसी–सम्झौताको खारेजीको माग, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध तथा एमसीसीका मतियारहरूलाई खबरदारीको नारा लगाउँदै कोटेश्वर चोकबाट सुरू भएको जुलुस नयाँ बानेश्वरमा पुगेर सङ्घीय संसद् भवनको पूर्वी नाकामा धर्ना तथा सभामा परिणत भएको थियो ।
सभामा नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले जनताको विरोध र खबरदारीले प्रधानमन्त्री शेरबहादुर देउवाले पटकपटक संसद् बैठक स्थगन गरिरहेको बताउँदै देशघाती एमसीसी सम्झौता खारेज नभएसम्म सडक सङ्घर्ष चालू राख्नुपर्ने र जिल्ला जिल्ला र पालिका पालिकाबाट देशभक्त जनताले एमसीसी सम्झौताको विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।
विसं १८१६ को सुगौली सन्धिले नेपालको झन्डै आधा भूभाग अङ्ग्रेजहरूले खोसेको तर एमसीसी सम्झौताले नेपालको सार्वभौमिकता नै खोस्ने बताउँदै सांसद सुवालले नेपाललाई सुगौली सन्धिमा पु¥याएका अङ्ग्रेज दलालहरू र आज एमसीसी सम्झौता पारित गर्न लागिरहेका अमेरिकी दलालहरूको सम्बन्धको खोजबिन देशको राष्ट्रिय अनुसन्धान विभागबाट भई प्रतिवेदन सार्वजनिक हुनुपर्ने बताउनुभयो ।
अमेरिकी निगम एमसीसी र नेपाल सरकारबीच भएको एमसीसी सम्झौताको दफा २.७ मा अमेरिकी कानुन र नीतिको विरोध गर्न नपाइने र एमसीसीको अवधि सकिसकेर पनि सम्झौताका यी प्रावधान सक्रिय रहने भनी उल्लेख भएको बताउँदै उहाँले अमेरिकी कानुन र नीतिलाई नेपाल र नेपाली जनताले समर्थन गर्न नसक्ने र त्यो नेपाललाई अमेरिकी उपनिवेश बनाउने प्रावधान भएको प्रस्ट पार्नुभयो ।
समयमै नेपाली जनताको माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता नै खारेज गनुपर्छ भन्दै सांसद सुवालले नेपाली काङ्ग्रेसकै सांसदहरूको एमसीसी राष्ट्रघाती सम्झौता हो भन्ने धारणा रहेको बताउनुभयो ।
श्रीलङ्काली जनताले एमसीसी सम्झौता अस्वीकार गर्दै एमसीसीका पक्षधर सरकार र दललाई निर्वाचनमा परास्त गरेको र नयाँ सरकारले एमसीसी सम्झौता खारेज गरेको बताउँदै आगामी निर्वाचनमा नेपाली जनताले पनि देशघाती एमसीसी सम्झौताका मतियारहरूलाई परास्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले देशको सार्वभौमिकता र देशहितविरूद्ध रहेको एमसीसीको वकालत गर्नेहरू र पक्षधरहरू देशद्रोही र जनताका शत्रु भएको उल्लेख गर्दै एमसीसीको विरोधमा लागेका जनता देशभक्त हुने बताउनुभयो ।
उहाँले एमसीसीको प्रावधान सानो नाफाघाटाको विषयमात्र नभएको बरू देशको सार्वभौमिकता रहने वा नरहने र भोलि नेपाल भन्ने स्वतन्त्र देश रहने वा नरहने प्रश्न जोडिएको चर्चा गर्दै शासक दलहरूको स्वार्थको लहलहैमा एमसीसी कुनै हालतमा पारित गर्न नहुने बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य उकेश कवांले एमसीसी शासक दलहरूले गरिरहेको राष्ट्रघातको सिलसिलाको अर्को पाइला भएको स्पष्ट पार्दैै व्यवहारले नेका, एमाले, माओवादी केन्द्रलगायत शासक दलहरू अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको गोटी भएको बताउनुभयो ।
उहाँले शासक दलका नेताहरूको लोभी पापी स्वभावका कारण तिनीहरू जालमा अमेरिकी शासकहरूको परिसकेको बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य अनुराधा थापामगरले अमेरिका जुन जुन देशमा छिर्छ ती ती देश ध्वस्त हुने गरेको बताउँदै संरा अमेरिकी सेना छिर्ने प्रावधानसहितको एमसीसी सम्झौता कुनै पनि हालतमा नेपाली जनतालाई स्वीकार्य छैन भन्नुभयो ।
उहाँले एमसीसी सम्झौता पारित गर्ने शासक दलहरू र ती दलका नेताहरूको कालो इतिहास लेखिने र नेपाली जनताले तिनीहरूलाई सजाय गर्ने निश्चित भएको औँल्याउँदै देशभक्त नेपाली जनताले देशभक्तिपूर्ण आन्दोलन जारी राख्ने बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले एमसीसी सम्झौताका प्रावधानहरू देशघाती रहेको छर्लङ्ग छँदाछँदै एमसीसी पारित गर्नुपर्नेमा जोड दिइरहेको हुनाले नेपाली काङ्ग्रेसलगायत शासक दलका नेताहरू विदेशी दलाल भएको पुष्टि हुन्छ भन्नुभयो ।
सभामा नेमकिपा काभ्रेका धनबहादुर तामाङ, नेक्राविसङ्घका केन्द्रीय सदस्य हृदय दाहाललगायतले एमसीसी सम्झौता खारेज गरेर नेपाललाई साम्राज्यवादी चलखेलको भूमि हुनबाट बचाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
जुम्ला
एमसीसीको विरोधमा जुम्लाको सदरमुकाम खलङ्गामा कोण सभा भयो ।
कार्यक्रममा नेमकिपाका जुम्लाका अध्यक्ष पूर्णलाल खत्री, उपाध्यक्ष बिर्खबहादुर रावत, सचिव लालबहादुर बुढा, जिल्ला सदस्यहरू कालीबहादुर शाही र यज्ञ बुढ्थापा, नेक्राविसङ्घका धर्मेन्द्र अधिकारीलगायतले बोल्नुभएको थियो ।
दैलेख
दैलेख, १३ फागुन । नेपाल मजदुर किसान पार्टीले दैलखमा पनि एमसीसीविरोधी प्रदर्शनी सम्पन्न गर्यो । नेमकिपा चामुण्डा विन्द्रासैनी नगर समितिको आयोजनामा हाडाकोट बजारमा भएको सभामा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले देशघाती एमसीसी सम्झौताविरुद्ध गाउँगाउँबाट जनता उठ्ने धारणा राख्नुभयो ।
उहाँले नेपाली काङ्ग्रेसको सरकार भएकै बेला देशघाती सन्धिसम्झौता भएको भन्दै एमसीसी सम्झौता पारित गरी नेकाले अर्को देशघात गर्न लागेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेमकिपा दैलेख जिल्ला सदस्य निरकबहादुर शाही, चाविनपा वडा नं ७ का वडाध्यक्ष इन्द्रप्रसाद चौलागाईँ, नेक्राकिसङ्घका डिल्ली शर्मा, नेमकिपा नगर समिति सदस्य मनबहादुर विकलगायतले एमसीसी सम्झौता खारेजीको माग गर्नुभयो ।
Leave a Reply