भर्खरै :

रुस र युक्रेनको ‘आन्तरिक’ विवादले संरा अमेरिकालाई प्रसव पीडा !

आतङ्कवादीको आरोप लागेका तालिवानलाई समाप्त पारी अफगान जनताको समृद्धि गर्ने वाचा गरी संरा अमेरिकालगायत उनका सम्बद्ध राष्ट्रहरू बीस वर्षसम्म तालिवानविरुद्धको युद्धमा संलग्न भई गोलाबारी, हत्याहिंसा गरी अफगानिस्तानलाई विध्वंस पारी तालिवानमाथि विजय हासिल गर्न संरा अमेरिकालाई सा¥है महँगो प¥यो । तालिवानहरूबाट हार खाएर संरा अमेरिकाले सन् २०२१, अगस्ट ३१ भित्र आफ्ना सेनालाई अफगानिस्तानबाट फिर्ता लग्यो । संरा अमेरिकाको नेतृत्वमा भएको २० वर्षे लामो युद्धले अफगानिस्तानको हरेक क्षेत्र जर्जर बनाइएको छ । अफगानिस्तान आर्थिकरूपले त कङ्गाल नै भएको छ । यसै तथ्यमा टेकेर रुसी राष्ट्रपति पुटिनले श्रव्यदृश्य सञ्चारमाध्यममार्फत गत डिसेम्वर २४ का दिन आफ्नो नियमित मन्त्रिपरिषद्को बैठकमा सम्बोधन गर्ने क्रममा अफगानिस्तालाई दयनीय अवस्थामा छाडिजाने संरा अमेरिकालगायत युद्धमा संलग्न राष्ट्रहरूले नैतिकरूपले उक्त मुस्लिम मुलुकको निर्दाेष बालबालिका तथा जनताको प्राण रक्षाको जिम्मेवारी लिनुपर्ने भएकोले तिनीहरूले वर्तमान तालिवान सरकारलाई आर्थिक एवम् अन्य सहयोग उपलब्ध गर्नुपर्ने बताएका थिए । साथै विदेशी बैङ्कहरूमा थन्किएका रकम (Frozen asserts) लाई फुकुवा गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका थिए । यदि मानवीय सहयोगमा ढिलाइ भए शीघ्र उत्पन्न हुने रोगब्याधी, भोकमरी, शरणार्थी तथा गम्भीर परिस्थितिका कारण छिमेकी मुलुकहरूले ठूलो जटिलता सामना गर्नुपर्ने अवस्थाबारे पनि सबैलाई सचेत गराएका थिए । रुसी राष्ट्रपति पुटिनका यी सबै क्रियाकलाप संरा अमेरिकालाई निको लागेको थिएन ।
पश्चिमा साम्राज्यवाद र संरा अमेरिका
दक्षिण छिमेकी मुलुक भारतलाई आफूभन्दा १३–१४ गुना सानो देश बेलायतले २०० वर्षसम्म दास बनायो । जापान, फ्रान्स, बेलायत, पोर्चुगल, संरा अमेरिकालगायतका देशहरूले सैन्यबलको आधारमा चारैतिरबाट आक्रमण गरी विभिन्न चाडपर्वमा खसीबोकाको मासु भाग लाएजस्तै उत्तरी छिमेकी मुलुक चीनलाई पनि बाँडचुँड गर्न खोजे । साहसिक अन्वेषण कार्यको सिलसिलामा सबैभन्दा पहिले चीन पुग्ने देश पोर्चुगल थियो । मकाउ नाम गरेको चिनियाँ भूभागलाई सन् १५५७ देखि पोर्चुगलले आफ्नो कब्जामा राख्यो । चिनियाँ जनताका महान् नेता माओको नेतृत्वमा जनवादी गणतन्त्र स्थापना भइसकेपछि चीन बिस्तारै समृद्धि र विकासको बाटोमा लम्किन थाल्यो । कहिल्यै सूर्य नअस्ताउने भनी चिनिने बेलायतले हङकङ अनिच्छापूर्वक फर्काएजस्तै अन्ततः सन् १९९९ मा विनाकुनै रक्तपात चीनलाई उनको आफ्नै भूमि मकाउ फर्काउन पोर्चुगल बाध्य भयो ।
संसारका धेरै कमजोर राज्यहरूलाई उपनिवेश बनाएर लुटपात, हत्या हिंसा र अत्याचार गर्ने पश्चिमी मुलुकहरूमा बेलायत र फ्रान्स पहिलो स्थानमा आउँछन् । दोश्रो विश्वयुद्धपछि संरा अमेरिकी साम्राज्यवादको बिगबिगी रह्यो । आफ्नो अधीनमा बस्न नरुचाउने कुनै पनि मुलुकका स्वाभिमानी व्यक्ति, सङ्गठन र राष्ट्रहरूविरुद्ध संरा अमेरिकाले एकतर्फी पैmसलाले युद्ध अपराध र आतङ्कवादी घोषणा गर्दै कठोर आर्थिक नाकाबन्दी गर्दै आएको छ ।
सोभियत सङ्घको विघटनपछि शीतयुद्धको समाप्तिसँगै अब संसारमा शान्तिको लहर आउने संरा अमेरिका र उनका मतियार पश्चिमी राष्ट्रले ठोकुवा गरेका थिए । साम्राज्यवादीहरूको अमानवीय व्यवहार र कमजोरउपर दमन गर्ने नीतिसँग परिचित धेरैले उनीहरूको यस बयानलाई भूmठो र बकबास भनी त्यसलाई विश्वास नगर्न भनिएका थिए । १५ विभिन्न गणराज्यहरूमा विभाजित सोभियत सङ्घ सामरिक र आर्थिक हिसाबले तुलनात्मकरूपमा दुर्बल भएको अवस्थाले संरा अमेरिकालाई एकमात्र महाशक्ति राष्ट्र« बन्ने अवस्था सिर्जना ग¥यो । यिनको साम्राज्यवादी दमनकारी नीति झन् फराकिलो हुँदै गयो । विश्वका ८० विभिन्न मुलुकहरूमा महाशक्ति राष्ट्र संरा अमेरिकी सैन्य अखडा स्थापना भएको समाचार आजसम्मको तथ्याङ्कले बताउँछ । संरा अमेरिकाले एकतर्फी सञ्चालन गरेको मानवताविरोधी खाडीयुद्ध, २० वर्षे लामो अफगानिस्तान युद्ध, लिविया र सिरिया युद्ध यसको प्रमाण हो । यीलगायतका अन्य थुप्रै मुलुकहरूमा संरा अमेरिकाले गरेको भौतिक विनास र आम नरसंहारलाई सही मूल्याङ्कन गर्ने हो भने अफ्रिका, ल्याटिन अमेरिका र एसियाका थुप्रै कमजोर र गरिब राष्ट्रहरूमाथि धावा बोली आतङ्क मचाई उपनिवेश बनाउने संरा अमेरिका, बेलायतलगायत प्रायः धेरै पश्चिमी मुलुकहरू संसारका सबैभन्दा ठूलो आतङ्कवादी युद्ध अपराधीहरू नै हुन् ।
उतिबेला यी साम्राज्यवादीहरूबाट आक्रान्त बनाइएका संसारका विभिन्न मुलुकहरू अब एक भएर एउटा छुट्टै नयाँ अन्तर्राष्ट्रिय न्याय परिषद्को स्थापना गर्न खाँचो भइसकेको छ । अन्यथा सन् १९९० मा पनामाका कट्टर साम्राज्यवादविराधी राष्ट्रपति जेनरल म्यानुयल नोरिएगोलाई जस्तै संरा अमेरिकाले उनको कठपुतली बन्न इन्कार गर्ने संसारका कुनै पनि कमजोर देशका स्वाभिमानी राष्ट्राध्यक्षहरूलाई अपहरण गरिने छ, सन् २०११ मा लिवियाका लोकप्रिय राष्ट्रपति मुअझर गद्दाफीलाई जस्तै हत्या गरिने छ र इराकले कुवेतमा हमला गरेपश्चात भएको खाडी युद्धले इराकलाई ध्वस्त ग¥यो । त्यसपछि पनि आम विनासकारी हतियार सङ्कलन गरिएको भूmठो आरोपमा इराकका देशभक्त तथा संरा अमेरिकी साम्राज्यवादकाविरोधी इराकका राष्ट्रपति सद्दाम हुसेनलाई जस्तै सन् २००६ मा फाँसीको सजाय दिइयो । सुरक्षा परिषद्द्वारा खटाइएका आणविक तथा जैविक हातियारका विशेषज्ञको टोलीले इराकमा संरा अमेरिकाले भनिएजस्तो कुनै पनि आम विनाशकारी हतियार फेला नपरेको घोषणा ग¥यो । तर, संरा अमेरिकाको यस गलत सूचनाको परिणामस्वरूप भएको क्षतिउपर उनलाई सुरक्षा परिषद्ले आलोचनासम्म गर्ने हिम्मत गरेन ।
हालसालैमात्र वर्तमान होन्डुरक्ष सरकारलाई पूर्वराष्ट्रपति ह्वाँं ओर्लान्डोलाई पक्राउ गरी आफ्नो देशमा सुपुर्दगी गर्न संरा अमेरिकाले माग गरेको छ । उनीमाथि आफ्नो देशमा लागू पदार्थ ओसाप्रसार गरेको आरोप संरा अमेरिकाले लगाएको छ । यो दुनियाँमा संरा अमेरिकी साम्राज्यवादद्वारा गराइएका र गरिएका यस्ता थुप्रै अपराधहरू छन् ।
संरा अमेरिका र रुसको कूटनीति
रुसको सुरक्षा प्रत्याभूतिको लागि युक्रेनलाई नेटोको सदस्यता नदिने, पूर्व सोभियत सङ्घका गणराज्यहरूमा नेटोको सैन्य गतिविधि र सैनिक जथा तैनाथ नगर्ने र रुसलाई लक्षित गरी पूर्वी युरोपेली मुलुकहरूमा तैनाथ गरिएका विद्यमान नेटोको हातहतियारलाई स्थानान्तर गर्नेजस्ता रुसको मागलाई संरा अमेरिका र नेटोले सम्बोधन गर्न अलमल गरिरहेका छन् । रुसका राष्ट्रपति पुटिन पनि ती मागहरूबाट पछि हटिरहेका छैनन् ।
सुरुदेखि नै युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै मनसाय नभएको रुसले बारम्बार दोह¥याइ रहे पनि आफ्ना सैन्यबलको तैनाथले युक्रेनलाई तीनतिरबाट (उत्तर, दक्षिण र पूर्व) घेरा हाल्ने क्रियाकलापमा भने कुनै कमी आएको देखिएको छैन । तर, अन्तर्राष्ट्रिय कूटनीतिक संवादबाट समाधानका लागि केही उपायहरूको सम्भावनालाई स्थान दिएको जस्तो गरी र आपूm युद्धको हिमायती नभएको दर्साउन उक्त क्षेत्रबाट केही रुसीे सेना आधार क्षेत्रबाट फर्काएइको समाचार प्रसारण गरिएका थिए ।
युक्रेन र डोनेत्स्क, लुहान्सकको सिमानामा गोलाबारी हानाहान भइरहेको छ । डोनबास क्षेत्रका ती दुई डोनेत्स्क र लुहान्सकलाई रुसले संरा अमेरिका र नेटो राष्ट्रहरूको विरोध भए पनि स्वतन्त्र राज्य घोषणा गरेसँगै त्यस क्षेत्रमा भइरहेको सैन्य झडपले बहुसङ्ख्यक रुसी जनताको सुरक्षाको लागि भनेर रुसले आफ्नो शान्ति सेना त्यसतर्फ पठाइसकेको छ । राजनीतिक पृष्ठभूमिविनाको व्यक्ति ,पेशाले चलचित्र अभिनेता तथा हास्य कलाकार युक्रेनी युवा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की परिस्थितिलाई अतिरञ्जित नगर्न संरा अमेरिकालगायत नेटो सदस्यहरूलाई केही दिन अघिसम्म आग्रह गर्दै आएका थिए भने अहिले उनले संरा अमेरिका र नेटो राष्ट्रहरूलाई रुसविरुद्ध शीघ्र विभिन्नखाले कडा आर्थिक नाकाबन्दी लगाउन बिन्तीभाउ गर्न थालेका छन् ।
यसै विकसित घटनाक्रमको बारेमा युक्रेनी विदेशमन्त्री डमिट्रो कुलेबाले रुस, क्राइमिया र बेलारुससँगको आफ्नो मुलुकको सिमानामा विद्यमान तनावको परिघटनाबारे कानले सुनेको भन्दा आँखाले देखेको साँचो र विश्वास गर्न लायकको हुन्छ भनी टिप्पणी गरेका छन् । किनभने, माक्सर टेक्नोलोजी (Maxar Technologies) नामको एक व्यवसायिक भू–उपग्रह कम्पनीले प्रस्तुत गरिएको तस्बिरहरूमा रुसले क्राइमिया र बेलारुसमा जल, थल र हवाई मार्गबाट आक्रमण गर्न सक्नेगरी सबैखाले अत्याधुनिक हातहतियार ओसारिरहेको देखाएको अवस्थातर्फ कलेबाले नेटोको ध्यानाकर्षण गर्न खोजेका छन् ।
यतिबेला रुसले युक्रेनसँगको आफ्नै सिमानामा मात्र नभई लुहान्स्क, डोनेत्स्क र क्राइमियामा पनि सैन्य जवानको राम्रो तैनाथी गरिसकेको छ । युक्रेनको व्यापारी समुद्री मार्ग (Black Sea/Azon Sea) कृष्ण सागर र अजोन सागर क्षेत्रहरूमा सशक्त रुसी नौसेना तैनाथ गरी तयारी अवस्थामा राखेको छ । जसका कारण युक्रेनलाई ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । युक्रेनसँगको बेलारुसको सिमानामा ३० हजारभन्दा बढी सैनिक तैनाथ गरी रुस र बेलारुसका सैन्य जवानहरूबीच संयुक्त युद्ध अभ्यास गर्दै छन् । यस सैन्य अभ्यासको नेटो र संरा अमेरिकाबाट कडा निन्दा भइरहेको छ । संरा अमेरिकाले पनि युक्रेनको विद्यमान गरमगरमीको अवस्थाको सम्बन्धमा आफ्ना बयानहरू छिनछिनमै फेरिरहेको छ । संरा अमेरिकाले रुसको विरुद्ध उनले यसअघि कहिल्यै नभोगेका शीघ्र तथा कडा आर्थिक प्रतिबन्ध लगाउने धम्की दिने गर्छ भने अर्काेतर्फ इस्टोनिया, ल्याट्भिया र लिथुयानियाजस्ता पूर्व सोभियत सङ्घको बाल्टीक राष्ट्रहरूमा संरा अमेरिकी सैन्यबल तयारी अवस्था राखेको छ ।
संवादद्वारा समाधान खोज्ने राष्ट्रपति बाइडेनले हरेक नेटो सदस्यहरूको एक इन्चसम्मको भू–भाग रक्षाको लागि संरा अमेरिकाले आफ्नो सम्पूर्ण शक्ति र बल प्रयोग गर्ने भनी उक्साउने वक्तव्यबाजी गरी रुसलाई धम्क्याउन छोडेका छैनन् । उनको योे क्रियाकलापमा हतियार बिक्री गर्ने अर्काे दाउ लुकेको यथार्थ जगजाहेर छ । तर, गर्जिने बादल नवर्षने यथार्थ पनि रुस थाहा नभएको चाहिँ होइन । तर, धेरैजसो पश्चिमी मुलुकहरू भयावह परिणाम आउन सक्ने भएकोले रुससँग हुने सम्भावित मुठभेडबाट टाढा बस्न चाहन्छन् । किनभने, ठूलो नोक्सानको चपेटा संरा अमेरिका नभई युरोप पर्ने वास्तविकता सबैलाई थाहा छ ।
संयुक्त राष्ट्र सुरक्षा परिषद् र रुस–युक्रेन तनाव
उत्तर कोरियाको विरुद्ध संरा अमेरिका र दक्षिण कोरियाली सैनिकहरूबीच युद्ध अभ्यास हुँदा जँुगामा ताउ लाएर बस्नेहरू यतिबेला रुस र बेलारुसबीचको सैनिक अभ्यासलाई लिएर टाउको दुखाउनुको कुनै अर्थ नभएको अन्तर्राष्ट्रिय जानिफकारहरू भन्छन् । विश्व शान्तिका लागि सबैसँग समान र निष्पक्ष व्यवहार गर्न स्थापित संयुक्त राष्ट्र सुरक्षा परिषद् आफ्नो तरफदारी कार्यले गर्दा प्रायः विवादमा पर्ने गरेको छ । संरा अमेरिकालगायत नेटो सदस्य राष्ट्रहरू पनि रुसको मागलाई ठाडै बेवास्ता गरी पूर्वी युरोप, युक्रेन तथा अन्य केही पूर्व सोभियत राज्यहरूमा सैन्य गतिविधि बढाएका छन् भने रुसले पनि युक्रेनी सिमानामा आफ्नो सैनिक सङ्ख्या १,५०,००० पु¥याएको छ ।
त्यसो त यस वर्षमा उत्तर कोरियाको एकपछि अर्काे सफल क्षेप्यास्त्र प्रक्षेपणले उक्त समाजवादी मुलुकलाई परमाणु शक्ति सम्पन्न राष्ट्र मान्न विश्वलाई कर लागेको छ । यस वर्षकै अक्टोबर २ का दिन रियोङरिम काउन्टीबाट ध्वनिभन्दा पाँच गुणा बढीको वेगगतिले उडान गरी निर्धारित लक्ष्यमा मार हान्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्रको प्रक्षेपणलाई लिएर संयुक्त राष्ट्र सुरक्षा परिषद्मा भएको बन्द आपत्कालीन बैठकले अन्तर्राष्ट्रिय मान्यताको उल्लङ्घन गरेको भन्दै उत्तर कोरियाकोविरुद्ध थप नाकाबन्दीको घोषणा ग¥यो ।
पक्षपातपूर्ण असमान व्यवहारलाई लिएर उत्तर कोरियाको विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारी जो छोल सुले संयुक्त राष्ट्र सुरक्षा परिषद्ले दोहोरो भूमिका (Double-dealing standard) खेलेको आरोप लगाएका थिए । संरा अमेरिका र उनका सम्बद्ध राष्ट्रहरूले गर्ने गरेका हरेक आणविक प्रक्षेपणबारेमा भने चुपचाप बस्ने सुरक्षा परिषद्को रवैयाप्रति जो छोल सुले आश्चर्य प्रकट गरे । यस्ता धेरै अन्तर्राष्ट्रिय असमान व्यवहारलाई लिएर सुरक्षा परिषद् संरा अमेरिकाको सजिलै प्रयोग गर्न सकिने सस्तो ज्यावल हुने गरेको आरोपबाट अहिलेसम्म मुक्त हुन सकेको छैन । संरा अमेरिकाले जस्तै संसारको गरिब एवम् कमजोर देशहरूमाथि उत्तर कोरियाले धावा बोलेको विश्व इतिहासमा हामी कसैले अध्ययन गर्न पाएका छैनौँ । नेपाल जस्तै सानो उक्त समाजवादी मुलुकले कसैमाथि दमनकारी नीति अपनाएकोबारे समाचार सुनेका छैनांँै ।
सन् १९५० मा सुरु भएर सन् १९५३ मा समाप्त भएको तीन वर्ष लामो संरा अमेरिका–कोरिया युद्धमा अमेरिकाले उत्तर कोरियाको राजधानी प्योङयोेङमा मात्रै त्यहाँको सम्पूर्ण जनसङ्ख्याभन्दा धेरै बम खसालेको थियो । जसको कारण उक्त देशको राजधानीमा रहेको कुनै पनि ऐतिहासिक महत्वका सम्पदाहरू बाँकी रहेनन् । आफ्नो मुलुक संरा अमेरिकी साम्राज्यवादको क्रुर आक्रमणले ध्वस्त भएका कारण उत्पन्न पीडालाई उत्तर कोरियाली जनताले मात्रै बुझेका छन् । सुरक्षा परिषद्सँग यो वास्तविकताको सही लेखाजोखा छैन । त्यसले विगत र वर्तमानको पृष्ठभूमिलाई राम्ररी बुझेकाहरू रुस–युक्रेन विवादको समाधानका उपायहरूको खोजी कार्यमा सुरक्षा परिषद्ले औचित्यपूर्ण भूमिका निर्वाह गर्नसक्ने क्षमतामा शङ्का गर्छन् ।
संरा अमेरिकी साम्राज्यवादले जतिखेर पनि सात समुद्रपारी लडाइँको तानाबाना बुन्ने गर्छ । जसबाट आफ्नो मुलुकमा कुनै पनि हिसाबले धनजनको क्षति हुन पाउँदैन । गोप्यरूपले निर्माण गरेका विनाशकारी हतियारको प्रभावकारिताबारे थप अनुसन्धान र जानकारी पाउन प्रयोगशालामा वस्तुको परीक्षण गर्ने जस्तै कमजोर देशहरूमा कुनै एक बहानामा युद्धको घोषणा गरी ती हतियारको प्रयोग गर्ने गर्छ । दोस्रो विश्वयद्धमा जापानविरुद्ध परमाणु बमको प्रहार यसको पहिलो उदाहरण हो भने संरा अमेरिकाको नेतृत्वमा अन्य ३५ राष्ट्रहरूले संयुक्तरूपमा २ अगष्ट १९९० मा इराकविरुद्ध सुरु गरिएको खाडी युद्ध १७ जनवरी १९९१ मा समाप्त भयो । यस युद्धमा त्यतिबेला अरूसँग नभएको अत्याधुनिक राडार नियन्त्रित पेट्रोइटिक क्षेप्यास्त्र ९च्बमबच नगष्मभम (Radar guided-Patriotic missile)को सफल प्रयोग अर्काे उदाहरण हो । यस युद्धबाट संरा अमेरिकाले ठूलो मुनाफा हात पारेको सबैलाई थाहै छ ।
उता रुसले यदि संरा अमेरिका र नेटोले आफ्नो सार्वभौमसत्ताको सुरक्षा प्रत्याभूतिको जायज मागलाई बेवास्ता गरी टालटुल गर्न खोजे त्यसको जवाफी उपायहरू(Retaliatory Measures) अवलम्बन गर्नसक्ने सम्भावना टाढा नरहेको रुसी राष्ट्रपति पुटिनले चेतावनी दिइसकेका छन् । रुसलाई नजिकबाट गहन अध्ययन गर्नेहरूले रुसको यस चेतावनीलाई क्युवा र भेनेजुयलामा परमाणु हतियारसहित रुसी सैन्यबलको तैनाथीउपर सङ्केत गरेका छन् जसले निःसन्देह संरा अमेरिकालाई उच्च रक्तचापको सम्भावना गराई दिनसक्छ ।
हुन त संरा अमेरिकाले रुसबाट युक्रेनमाथि आक्रमणको प्रबल सम्भावनालाई लिएर युक्रेनको राजधानी किभस्थित आफ्नो राजदूतावासबाट आफ्ना प्रमुख प्रशासनिक अधिकारी तथा कूटनीति नियोगका विशिष्ट व्यक्तित्वहरूलाई फिर्ता बोलाइसकेको छ भने केही गरी युद्ध भइहाले विभिन्न उद्देश्य लिएर युक्रेनमा रहेका आफ्ना नागरिकहरूको उद्वार गर्न वातावरण सहज नहुने भएबाट सबैलाई युक्रेन छोड्न भनिसकेको छ ।
फेरि युक्रेनमा रहेका आफ्ना कुनै पनि अमेरिकी नागरिकलाई रुसले निसाना बनाई कारबाही गर्छ भने त्यसको बलपूर्वक गजबले प्रतिकार गर्ने राष्ट्रपति वाइडेनले भनेका छन् । कूटनीतिक प्रयासबाट समस्याको समाधान गर्न आफू दत्तचित्त रहेको बताउनेले अर्कोतर्फ युद्धको सामना गर्न सहज होस् भनी संरा अमेरिकाले ताइवानलाई जस्तै युक्रेनलाई अत्याधुनिक हातहतियार बिक्री गरिसकेको छ ।
राष्ट्रपतिद्वय पुतिन र माक्रोँ बीचको संवाद
आउँदो अप्रिलमा हुने चुनावमा आफ्नो पल्ला भारी बनाउने नियतले रुस–युक्रेन तनावबाट उत्पन्न हुनसक्ने सम्भावित युद्धप्रति आफू अति संवेदनशील तथा चिन्तित भएको आफ्ना फ्रान्सेली जनतालाई देखाउन बिनासबल कूटनीति तयारी गत फेब्रुअरी ७ का दिन शीघ्र रुसको भ्रमणमा गएका फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोँलाई रुसी सरकारले राष्ट्रपति पुटिनको स्वास्थ्य संवेदनशीलताको अवस्थाको कारण देखाई शिष्टाचारमा कञ्जुस्यार्इँ गरेको विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरूमा प्रकाशित गरियो । रुसी स्वास्थ्य मन्त्रालयले कोभिडविरुद्ध निर्धारण गरिएको स्वास्थ्य मापदण्डअनुसार राष्ट्रपति पुटिनसँगको शिष्टाचार भेटघाटअघि अनिवार्य PCR od Antigen परीक्षणको लागि गरिएको आग्रहलाई आफ्नो निजी चिकित्सकको सल्लाह मुताबिक फ्रान्सबाट क्रेमलिन उड्नु अघि उक्त परीक्षण गरिसकेको कारण देखाई रुसी चिकित्सकहरूबाट गरिने कुनै पनि स्वास्थ्य परीक्षण गराउन ३९ वर्षे युवा राष्ट्रपति माक्रोँले अस्वीकार गरेका थिए । रुसी स्वास्थ्य परीक्षणमाथि गरिएको आशङ्काको फलस्वरूप राष्ट्रपतिद्वयबीच हुने भनिएको आपसी शिष्टाचार भेट कूटनीतिक मर्यादा बाहिर सीमित गरियो ।
रुसी चिकित्सकहरूबाट परीक्षणको क्रममा आफ्नो DNA (Deoxyribonucleic Acid) चोरी हुने डरले फ्रान्सेली राष्ट्रपति उक्त रुसी स्वास्थ्य मापदण्डप्रति अनिच्छुक भएको कारण खुलासा भएसँगै बिनाहात मिलाई र १ मिटरको साटो ६ मिटरको अस्वाभाविक सामाजिक दूरी कायम गरी खल्लो वातावरणमा गई राष्ट्रपतिहरूबीच पाँच घण्टा लामो संवाद भयो । उपस्थित विभिन्न सञ्चारमाध्यमका प्रतिनिधहरूलाई भने कुनै पनि प्रकारको सामाजिक दूरीलगायत अन्य स्वास्थ्य मापदण्डले बाँधिएका थिएनन् ।
अष्टे«लियासँग तय भएको पन्डुबी खरिद प्रक्रियामा संरा अमेरिकाबाट अकल्पनीय धोखा पाएर पनि रुस–युक्रेन तनावमा रुसकै विरुद्ध फ्रान्स उभिएको अवस्थाले राष्ट्रपति पुटिनको मनमा चिसो पसेको थियो । क्रेमलिनमा पुतिनसँगको वार्तापश्चात् युक्रेनको भ्रमणमा गएका फ्रान्सेली राष्ट्रपतिले सन् २०१४ मा भएको युद्धका बेला क्षतिग्रस्त स्थानहरूको मर्मत सम्भारका लागि १.२ खर्ब युरो सहयोग दिने वाचा गरे । यसबाट पनि फ्रान्स रुसको पक्षमा नरहेको प्रस्ट हुन्छ । जेहोस्, युक्रेनको राष्ट्रपतिलाई आफ्नो छाड्न संरा अमेरिकाले गरेको सङ्केतले फ्रान्स लगायत अन्य पश्चिमी मुलुकहरू तीनछक्क भएका छन् । अर्काले उक्साएको भरमा छिमेकीसँग अनाहकमा दुश्मनी मोल्नु कदाचित राम्रो नहुने कुरा सबैले सिक्न आवश्यक छ । अतयव विश्वशान्ति र भ्रातृत्वको लागि २१ सांँै शताब्दीमा हुने कुनै पनि प्रकारको युद्ध अकल्पनीय प्रलय हुने भएकोले यसलाई परसम्म धकेल्नु सबैको कर्तव्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *