भर्खरै :

अमेरिका युरोप र रुसको बीचमा लडाइँ चाहन्छ

हिजो बेलायती साम्राज्यवादले नेपालमाथि आक्रमण गर्दा पदमा बसेका माथिल्ला कर्मचारी, काजी, बाबुसाहेब र खानदानी वर्गले नै आपसमा घर–झगडा मच्चाइ भित्रभित्र शत्रुलाई मद्दत गरी सुगौली सन्धिमा सही गर्न नेपाललाई बाध्य पारेका थिए । नेपालको इतिहासमा आफ्नै देशलाई विश्वासघात गर्ने कुन–कुन परिवार थिए र तिनीहरूका छोरा–नाति आज देशको कुन–कुन पदमा छन् र कुन–कुन देशको पक्ष लिई एमसीसीको वकालत गर्दै छन् भन्नेबारे थाहा पाउन नेपालको गुप्तचर विभागलाई सक्रिय पार्नु जरुरी छ ।
हिजोअस्ति टी.भी. र समाचार पत्रहरूमार्फत केही बुद्धिजीवी भन्नेहरूले भारत र चीनजस्तो शक्तिशाली देशहरूले नेपालको नराम्रो चिताएमा बेलायती र अमेरिकीहरूको सहयोगबाट नेपाल जोगिने छ भन्ने कुरा बताए ।
यसको अर्थ हो– बेलायती र अमेरिकी साम्राज्यवाद हाम्रा उदारक र बुद्धका शिष्य हुन् । आफ्नो साम्राज्यमा सूर्य नडुब्ने गरी आक्रमण र उपनिवेश कायम गर्ने बेलायती साम्राज्यवाद र १५० भन्दा बढी देशमा आफ्नै सैनिक शिविर खडा गरेर त्राही–त्राही पारिरहेका अमेरिका हाम्रो उदारक देख्ने के दिउँसै आँखा नदेख्ने उल्लू होइनन् ?
हो, हिजो सीमित परिवारले मात्र पढ्न पाउँथे, आज जिल्ला–जिल्ला र गाउँ–गाउँमा पनि शिक्षाको प्रचार भयो । शिक्षा पनि दुई थरीका देखिए, एक शोषक वर्गको हित गर्ने, अर्को सारा कामदार वर्ग र देशवासीहरूको हित गर्ने । त्यस्तै इतिहासका पुस्तक पनि दुई थरीका छन्– एक साम्राज्यवादी र शोषकहरूले लेखेका र लेखिएका तथा अर्को कङ्गोका देशभक्त प्याट्रिशा लुम्बुवाले भनेजस्तै पीडित देश र जनता आफैले लेखेका इतिहास, जो लन्डन, वाशिङटन र अन्य साम्राज्यवादी र उपनिवेशवादीहरूले लेखेका हुँदैनन् ।
केही पत्रकार र पश्चिमी शिक्षाबाट दीक्षित बुद्धिजीवीहरूले छिमेकी चीनका प्रवक्ताले गरेको टिप्पणीमा ‘हस्तक्षेप’ र ‘दबाब’ शब्द प्रयोग गरेका र लेखेका छन् । ती महानुभावहरूले मित्रको कुरा बुझ्नै पर्छ र बुझाउनै पर्नेछ । नेपालले ‘अमेरिकाजस्तो महाशक्तिको कुरा सुन्नु पर्छ नत्र हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि लिबियाका गद्दाफी र इराकको सद्दाम हुसेनलाई जस्तै हत्या गर्नेछन् भनी सत्ता पक्षले नै सांसदहरूलाई तर्साउँदै छ । मित्र त्यो हो, जसले अर्को मित्रलाई अप्ठेरो बेलामा ढाडस र सहयोग गरोस् । बेलायतले स्वेज नहरको विषयलाई लिएर मिश्रमाथि हमला गर्दै गर्दा सोभियत सङ्घको २४ घण्टाभित्र सबै बेलायती सेना नफर्काएमा ब्रिटिस च्यानलमा हाइड्रोजन बम पड्काएर लन्डनलाई पानीमा डुबाउने चेतावनी दियो । बेलायतले आफ्नो आक्रमणकारी सेना फिर्ता लग्यो र मिश्र अगाडि बढ्यो ।
ती नेपाली बुद्धिजीवी कस्ता होलान् र कुन परिवारबाट आएका होलान् जसले नेपालमाथि आक्रमण गरी आजसम्म गोर्खा भर्ती कायम राखेर नेपाललाई पङ्गु बनाउँदै छ । त्योभन्दा अत्याधुनिक हतियार बोकेको देशैभित्र झगडा लगाउँदै हतियार व्यापारी र अरुको देश र दुनियाँ ध्वस्त पार्नमा आनन्द मनाउने अमेरिकी साम्राज्यवादलाई गुहार माग्ने ¤ अमेरिकी जनता र नेपाली जनताको बीचको मित्रता राम्रो छ, तर अमेरिकी सरकारको साम्राज्यवादी नीतिको हामीले विरोध गर्नुपर्छ ।
संरा अमेरिकी साम्राज्यवाद क्रिमियाको काँधमा बन्दुक बिसाएर रुसमाथि आक्रमण गर्ने तयारीमा थियो । क्रिमियालाई नाटोको सदस्य बनाउँदै थियो, रुसले आफ्नो रक्षाको निम्ति पहिलो कदम चाल्यो ।
संरा अमेरिकाले रुस र युरोपको बीचमा लडाइँ गराई हतियार किन्न युरोपेली देशलाई बाध्य पार्दै छ रुससँग ग्यास र पेट्रोल किन्न नदिई अमेरिकी कम्पनीहरू युरोपमा तेल र अन्य सामान बेच्ने रणनीति बनाउँदै छन् । ट्रम्पले नाटो देशहरूलाई भन्दै थिए–नाटो समर्थक देशहरूले आफ्नो रक्षा बजेटको २–२ प्रतिशत अमेरिकालाई बुझाउनु पर्छ । जर्मनले भन्यो, “अब युरोपले आफ्नो रक्षा आफै गर्छ ।” फ्रान्सले भन्यो, “ट्रम्पजस्तो साथी पाएपछि शत्रु किन खोज्नु प¥यो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *