नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भक्तपुर, १३ साउन । सन् १९५०–५३ को कोरियाली पितृभूमि मुक्ति युद्धमा प्रजग कोरियाले प्राप्त गरेको विजयको अवसरमा हरेक वषको जुलाई २७ मा मनाउने गरेको विजय दिवस बिहीबार नेपालमा पनि मनाइयो ।
६४ औं विजय दिवसको अवसरमा कोरिया पुनः एकीकरण सहयोग समिति र कोरिया अध्ययन मण्डलको संयुक्त आयोजनामा ‘कोरिया प्रायःद्विपको वर्तमान स्थिति’ विषयक प्रवचन कार्यक्रम ख्वप इन्जिनियरिङ कलेजमा भएको हो ।
कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले कोरिया प्रायःद्विप पुनःएकीकरणको लागि चीन र जापान बाधक बनेको भन्ने नेपालका केही बुद्धिजीवीमा गलत दृष्टिकोण रहेको बताउनुभयो । कोरिया प्रायःद्विपको द्वन्द्व उत्तर र दक्षिण कोरियाबीचको द्वन्द्व नभएको प्रष्ट पार्दै उहाँले कोरियाली जनताको लडाई संरा अमेरिकी साम्राज्यवादविरुद्ध भएको बताउनुभयो ।
प्रजग कोरियाले आफ्नो रक्षा बजेटको एक प्रतिशतमात्र सामाजिक क्षेत्रमा लगानी गर्न सके त्यहाँका जनताको जीवनस्तरमा दोब्बर प्रगति हुने प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष रोहितले तर साम्राज्यवादी देशको युद्धधम्कीकै कारण प्रजग कोरियाले हतियार उत्पादनमा पैसा खर्च गरिरहनु परेको प्रष्ट पार्नुभयो ।
‘कमजोर र संरा अमेरिकी साम्राज्यवादलाई हाँक दिन नसक्ने इराकजस्ता देशलाई संरा अमेरिकाले सिध्याई दियो । तर आफ्नै भरमा उभिएर सोन्गुन नीतिअनुसार शक्तिशाली बनेको प्रजग कोरियालाई साम्राज्यवादले आक्रमण गर्न सकेको छैन । आफ्नै भरमा नभई अरु देशको भरमा टिकेको देश कमजोर हुने रहेछ ।’, उहाँले भन्नुभयो ।
बिजुक्छेंले संरा अमेरिकाका सबभन्दा बढी हातहतियार भण्डारण गरिएको अलास्का क्षेत्रलाई ध्वस्त बनाउने क्षमता प्रजग कोरियाले विकास गरेको भन्दै नेपालजस्तो सानो देशले पनि विस्तारवादी शक्तिविरुद्ध लड्न प्रजग कोरियाको इतिहासबाट सिक्न सक्नेमा जोड दिनुभयो ।
सो अवसरमा उहाँले कोरिया युद्धमा कोरियाली जनताले प्रदर्शन गरेको वीरताको कदर गर्दै पितृभूमि मुक्ति युद्धमा प्राप्त गरेको विजयको लागि बधाई दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि नेपालका लागि प्रजग कोरियाली राजदुत किम योङ हकले नेपालजस्ता एसियाली तथा संसारका देशहरुको सुरक्षाको लागि प्रजग कोरियाले प्रतिरक्षात्मक हतियार विकास गरेको बताउनुभयो ।
कोरियाली युद्धमा संरा अमेरिकामाथि प्राप्त ऐतिहासिक विजयले संसारबाट साम्राज्यवादी शक्तिलाई पराजीत गर्ने बाटो खुल्ला गरेको उहाँको भनाई थियो ।
संरा अमेरिकाले संसारमा ‘प्रहरी’को भूमिका निभाइरहेको चर्चा गर्दै प्रजग कोरियाले अन्तरदेशीय बालास्टिक मिसाइल परीक्षणमा प्राप्त गरेको सफलताले संसारको राजनीतिक तथा सैनिक भूगोल परिवर्तन गरेको बताउनुभयो ।
शत्रु चक्कु लिएर आए हामी तरबार लिएर जानु पर्छ भन्ने नीतिअनुसार साम्रज्यवादी शक्तिको प्रतिकार गर्न प्रजग कोरियाले हतियार उत्पादन गरिरहेको उहाँको भनाई थियो ।
वरिष्ठ वामपन्थी बुद्धिजीवी प्राध्यापक माणिकलाल श्रेष्ठले दोस्रो विश्व युद्धको क्रममा जापानलाई पराजीत गर्न सोभियत सङ्घ कोरियाको उत्तर र संरा अमेरिका दक्षिणबाट जाने भन्ने सहमति भएकोमा अमेरिका जापानको पराजयपश्चात मात्र कोरियामा गएर पसेर आजसम्म जापानको ठाउँ लिएर दक्षिण कोरियामा बसिरहेको ऐतिहासिक घटनाबारे चर्चा गर्नुभयो ।
जापान, चीन र रुसजस्ता आकारमा ठूला देशहरुको बीचमा बसेर पनि कोरिया स्वाधीन र ५ हजार वर्षको सभ्यता बोकेको देश रहेको प्रसङ्ग चर्चा गर्दै उहाँले कोरिया प्रायःद्विपमा कुनै पनि बेला अझै युद्ध चर्किन सक्ने विश्लेषण प्रस्तुत गर्नुभयो ।
कोरिया पुनःएकीकरण सहयोग समितिका अध्यक्ष प्रेम सुवालले कोरिया युद्धलाई अमेरिकी साम्राज्यवादको विपद्को रुपमा त्यहाँका सैनिक अधिकारीहरुले स्मरण गर्ने गरेको बताउँदै फेरि पनि संरा अमेरिकाले प्रजग कोरियामाथि हमला गरे उसको पराजय दोहोरिने बताउनुभयो ।
दक्षिण कोरियामा रहेका संरा अमेरिकी सेना दुई कोरियाबीच एकीकरणको बाधक भएको सुवालको भनाई थियो ।
‘कोरियाली जनता अर्को युद्ध भए विगतमा संरा अमेरिकी साम्राज्यवादले कोरियामा गरेका अपराधको बदला लिने अवसरको रुपमा उपयोग गर्न चाहन्छन् ।’, उहाँले भन्नुभयो ।
कोरिया अध्ययन मण्डलका अध्यक्ष चैत्यराज शाक्यले कोरियाली जनताको वीरताका कारण महाशक्ति मानिएको संरा अमेरिका सानो भनिएको कोरियासामू झुक्न बाध्य भएको ऐतिहासिक घटनामाथि चर्चा गर्नुभयो ।
कार्यक्रममा शिक्षक हरिसुन्दर सुवालले पनि बोल्नुभएको थियो ।
न्दर सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply