‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
(अन्ना लुइस स्ट्रङ (Anna Luise Strong) एक चर्चित अमेरिकी पत्रकार हुन् । उनले एक पत्रकारकै रूपमा सन् १९२१ देखि १९४४ सम्म सोभियत सङ्घमै काम गरिन् । उनले चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङसँग येनानको गुफाको सदरमुकाम (प्रधान कार्यालय) मा एक अन्तर्वार्ता लिएकी थिइन् । त्यस अन्तर्वार्तामा अध्यक्ष माओले भन्नुभएको थियो– “साम्राज्यवाद कागजी बाघ हो । त्यसलाई जित्न सकिन्छ ।”
अन्ना लुइस स्ट्रङले चीनबारे धेरै पुस्तक लेखिन् । एकचोटि उनी विवादमा पनि फसेकी थिइन् । तर, जीवनको अन्तसम्म उनी चीनमै बसिन् र लेखिन् – सम्पादक)
सोभियत सङ्घका सम्पूर्ण क्षेत्रमा आएका परिवर्तनमध्येको एक हो – महिलाहरूको दर्जामा परिवर्तन । क्रान्तिले महिलाहरूलाई कानुनी र राजनीतिक समानता दियो । औद्योगिकीकरणले समान ज्याला दिएर आर्थिक आधार दियो । तर, हरेक गाउँका महिलाहरूले शताब्दीयौँदेखिको परम्परासँग सङ्घर्ष गर्न बाँकी नै थियो । साइबेरियाको एउटा गाउँबाट समाचारहरू आउँथे । उदाहरणको लागि, सामूहिक खेतले महिलाहरूलाई स्वतन्त्र आय दिएपछि ती महिलाहरूले महिला हिंसाको परम्पराको विरुद्ध ‘हडतालको आह्वान’ गरे र एक हप्ताभित्र समयले मानिआएको प्रथालाई ध्वस्त पारे ।
“सबै पुरुषले हाम्रो गाउँ सोभियतमा निर्वाचित पहिलो महिलालाई गिज्याए”, एक गाउँकी अध्यक्षले मलाई भनिन् – “तर, अर्को निर्वाचनमा हामीले ६ जना महिलालाई जितायौँ र हाँस्नेमा हामी प¥यौँ ।” मैले सन् १९२८ मा गाउँका २० जना महिला अध्यक्षलाई भेटेँ । मस्कोमा भैरहेको स्वास्नीमानिसको महाधिवेशनमा भाग लिन हिँडेका तिनीहरूको निम्ति यो पहिलो रेलयात्रा थियो र तिनीहरूमध्ये साइबेरियाबाट बाहिर गएका एकजना मात्र महिला थिइन् । महिलाहरूको मागबारे ‘सरकारलाई सुझाव दिन’ तिनीहरूलाई मस्कोमा निमन्त्रणा गरिएको थियो, आफ्ना गाउँ समितिहरूले तिनीहरूलाई छानेका थिए । सम्पूर्ण महिलाहरूको स्वतन्त्रताको निम्ति सबभन्दा कडा सङ्घर्ष मध्यएसियामा भएको थियो । यहाँ महिलाहरूलाई पशुजस्तै चल सम्पत्तिको रूपमा लिइन्थ्यो, तिनीहरू बालविवाहमा बेचिन्थे र त्यसपछि सास फेर्न र हेर्नसमेत गा¥हो सम्पूर्ण अनुहार ढाकिने लामो, कालो, घुम्टो ‘बुर्का’ वा ‘पारान्जा’ (Paranga) विना सार्वजनिक रूपमा कहिल्यै बाहिर निस्किँदैनथे । घुम्टो खोलिएमा लोग्नेहरूलाई श्रीमती मार्ने अधिकार परम्पराले दिएको थियो । मुस्लिम धर्मगुरु मुल्लाहहरूले यसलाई धार्मिकरूपमा समर्थन गरेका थिए । रुसी महिलाहरूले स्वतन्त्रताको पहिलो सन्देश यहीँ पु¥याए, तिनीहरूले बालकल्याणको उपचार केन्द्रहरू खोले, जहाँ स्थानीय महिलाहरूले अरूको उपस्थितिमा पनि घुम्टो खोले । यहाँ महिलाहरूको अधिकार र घुम्टोका खराबीहरूबारे छलफल भए । कम्युनिस्ट पार्टीले आफ्ना सदस्यहरूलाई आफ्ना श्रीमतीहरूलाई घुम्टो खोल्ने अनुमति दिन दबाब दियो ।
सन् १९२८ मा जब म पहिलो पटक तासकन्द (Taskent) पुगेँ, कम्युनिस्ट महिलाहरूको एक महाधिवेशनले आह्वान गर्दै थियो– “पिछडिएका गाउँहरूमा रहेका हाम्रा सदस्यहरूलाई हिंसा गरिँदै छ, यातना दिइँदै छ र हत्या गरिँदै छ । तर, हामीले यस वर्ष लुकाउने घुम्टोको अन्त्य गर्नुपर्छ, त्यो ऐतिहासिक वर्ष हुनैपर्छ । हृदय विदारक घटनाहरूले यो निर्णयलाई टेवा पु¥याएका थिए । तासकन्द विद्यालयको एउटी छात्राले आफू जन्मेको गाउँमा महिलाहरूको अधिकारको अभियान अगाडि बढाउन आफ्नो लामो बिदालाई त्यागिन् । तर, ‘त्यो तपाईँको महिलाको स्वतन्त्रताको निम्ति हो’ भन्ने शब्दहरू लेखिएको पम्प्लेट गाडामा टाँसेर हात खुट्टा काटिएको तिनको शरीरलाई विद्यालय पु¥याइयो । जमिनदारको प्रस्तावलाई अस्वीकार गरी एक कम्युनिस्ट किसानसँग विवाह गरेकी र ८ महिनाको गर्भवती भएकी एक महिलालाई त्यस जमिनदारद्वारा परिचालित १८ जना मानिसको जत्थाले बलात्कार गरे र उनको शरीरलाई नदीमा फालिदिए ।
आफ्नो सङ्घर्षको वर्णन गर्न महिलाहरूद्वारा कविताहरू लेखिए । स्वतन्त्रताकी योद्धा जुल्फिया खान (Zulfia Khan) लाई मुल्लाहहरूले जिउँदै जलाएपछि महिलाहरूले एक शोक गीत लेखे ।
“ए स्वास्नीमान्छे,
विश्वले तिम्रो स्वतन्त्रताको सङ्घर्षलाई बिर्सने छैन ।
तिम्रो ज्यालाले तिनीहरूलाई यो कुरा सोच्न नदिऔँँ !
त्यसले तिमीलाई सिध्यायो
तिमीले आफूमा बालेको त्यो ज्वाला
हाम्रा हातको मसाल हो ।”
त्यो कट्टरताको दमनको किल्ला ‘पवित्र बुखारा’ (Holy Bukhara) थियो । यहाँ घुम्टो खोल्ने एक नाटकीय काम भयो । अन्तर्राष्ट्रिय महिला दिवस, मार्च ८ मा केही हेर्न लायकको परिवर्तन हुने कुरा प्रचार गरियो । त्यस दिन सहरका विभिन्न भागमा महिलाहरूको ठूलो भेला भए र महिला वक्ताहरूले तुरुन्त घुम्टो खोल्न अनुरोध गरे । महिलाहरू त्यसपछि मञ्चमा गएर वक्ताहरूका अगाडि आफ्नो घुम्टो फाले र सडकको जुलुसमा समाहित भए, बनाइएका मञ्चहरूबाट सरकारका नेताहरूले ती महिलाहरूको अभिनन्दन गरे । अन्य महिलाहरू पनि घर–घरबाट जुलुसमा सहभागी भएर मञ्चमा बुर्का फ्याँके । ‘पवित्र बुखारा’ मा त्यो परेडले बुर्का परम्परालाई प्रहार ग¥यो । उद्यपि, महिलाहरूले फेरि आफ्ना रिसाएका श्रीमान्हरूको सामना गर्नुअघि आफ्नो बुर्का लगाए । तर, त्यस समयदेखि नै बुर्का देखापर्न कम हुँदै गयो ।
सोभियत शक्तिले महिलाहरूलाई स्वतन्त्र पार्न निकै उपायहरू प्रयोग ग¥यो । शिक्षा, प्रचार, कानुन सबैको आफ्नो स्थान थियो । श्रीमती मार्ने पुरुषहरूलाई सार्वजनिकरूपमा मुद्दा चलाइयो, नयाँप्रचारको दबाबमा पुराना प्रथालाई मृत्युदण्डको अपराध नठान्ने न्यायाधीशहरूलाई त्यसअनुसार चल्न लगाइयो । खासगरी रुसका महिलाहरूको स्वतन्त्रताको निम्ति सबभन्दा महत्वपूर्ण हतियार नयाँ ‘औद्योगिकीकरण’ थियो ।
म पुरानो बुखारा (Old Bukhara_) को एउटा नयाँ रेशम उद्योगमा गएँ । एउटा नयाँ उद्योग बनाउन रात दिन लागेका र थाकेका त्यस उद्योगका निर्देशकले उद्योगबाट लामो समयसम्म नाफा नहुने सोचेको माने । उनले भने– “तुर्किस्थानको भविष्यको रेशम उद्योगको निम्ति नयाँ कामदारहरू लिन हामीले गाउँका महिलाहरूलाई तालिम दिँदै छौँ । हाम्रो कारखाना बुर्काको अन्त्य गर्ने शक्ति हो, हामीले कारखानामा बुर्का उघारिएका महिलाहरूको माग ग¥यौँ । टाउको छोप्ने रुसी रुमालसँग बुर्का साटेपछि ती कपडा कारखानाका कामदार केटीहरूले जीवनको नयाँ अर्थ बुझे र गीतहरू लेखे –
“जब म कारखाना जाने सडकमा पुगँे ।
मैले त्यहीँ एउटा नयाँ रुमाल पाएँ,
एउटा रातो रुमाल
मेरो आफ्नै पौरखबाट किनेको
रेशमको एउटा रुमाल,
कारखानाको गर्जन मसँगै छ ।
यसले मलाई लय प्रदान गर्छ ।
यसले मलाई शक्ति दिन्छ ।”
यसलाई पढ्दा बेलायतका थोमस हुड (Thomas Hood) को कमिज वा लुगाको गीत (The Song of the Shirtत) याद नआइ छोड्दैन । थोमस हुडको त्यस गीतले बेलायतको सुरुका कारखानाहरूको बयान गथ्र्याे –
“थाकेका र खिइएका औँलाहरूसँगै
ग¥हुँगा र राता परेलाहरू
एक स्वास्नीमानिस बसिन्,
स्वास्नीमानिस नै भन्न नसुहाउने गरी थाङ्नामा
आफ्नै सियो र धागो चलाउँदै
सिउनु, सिउनु, सिउनु
गरिबी, भोक र फोहरमा
र अझ पीडा मिसिएका आवाजमा
तिनले लुगाको गीत गाइन् ।”
पुँजीवादी बेलायतमा कारखाना नाफाको निम्ति शोषणको माध्यमको रूपमा देखाप¥यो । सोभियत सङ्घमा कारखाना सामूहिक सम्पत्तिको माध्यममात्र होइन, त्यो विगतको सिक्री चुँडाल्ने सचेततापूर्वक स्थापित ज्यावल थियो ।
स्रोत ः ‘केटीहरू’ अङ्क– ५
Leave a Reply