‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
हाम्रो कारखानाको उत्पादनको माग दिनप्रतिदिन बढिरहेको छ । यसले हाम्रो उत्पादन तुलनात्मकरूपमा वृद्धि भइरहेको छ र यसको प्रत्यक्ष प्रभाव हाम्रो देशको अर्थतन्त्रमा परिरहेको छ । हाम्रो कारखानाको फलाम पिट्ने काम कठिन भए तापनि हाम्रा मजदुर कामरेडहरूले यसलाई सम्हाल्दै आइरहेका छन् । कारखानाको तुलनात्मक प्रगतिलाई ध्यानमा राखेर कारखाना व्यवस्थापन समितिले दुई मजदुरहरूलाई छानेर चिनियाँ अन्तर्देशीय उत्पादन समूहमा पठाउने निर्णय ग¥यो । काममा निपुणताको अभावमा हामीले कसरी कामलाई उही गतिमा लान सकौँला र ? हामी अलमलमा प¥यौँ । समस्या समाधानार्थ मैले तुरुन्त कारखानामा रहेका समूह नेताहरूको बैठक बोलाएँ ।
बैठकमा सहभागी सबैले दुई मजदुरलाई कारखानाको प्रतिनिधित्व गराएर पठाउनुपर्ने कुरा गरे । उनीहरूको अभाव हुन नदिन हामीले नै बढी मेहनत गर्नुपर्ने कुरा भयो । छलफलको निष्कर्षबाट म ज्यादै खुशी भए । त्यत्रो उद्देश्य र युक्तिसङ्गत सुझावहरू पठाउने त भयौँ । तर, तिनीहरूको सट्टामा अरू कसलाई राख्ने ? को छ र राख्न मिल्ने ? कसले राम्रो गर्न सक्ला त ? प्रश्नहरू तेर्सिए । पहिले त ‘निलो फलामे क्षेत्र’ का इन्चार्जलाई राख्ने भन्ने कुरा भएको थियो तर उहाँका हातहरूमा केही गहिरा घाउहरू भएकोले राख्न मिलेन । त्यसो भए को राख्ने त ? तथ्याङ्क विभागका साथीलाई राख्ने हो कि ? तर, उहाँ पनि आफ्नै काममा अति व्यस्त मान्छे ¤ त्यही विषयमा लामो छलफल भयो तर निष्कर्ष निस्कन सकेन । त्यसैबेला ढोकाबाट एकजना गोलो अनुहार र गहुँगोरो वर्णकी भर्खरकी केटी भित्र पसिन् । अनि, उनले मलाई नै लक्षित गरेर भनिन्– ‘प्रमुख चेन, म तपाईँलाई नै खोज्दै थिएँ ।”
म अचम्ममा परेँ । उनी प्राविधिक विभागकी डिजाइनर क्वा स्वा–चेन थिइन् । मलाई थाहा छ, उनी लालसेनाकी छोरी थिइन् र अति जिद्दी केटी थिइन् । दुईजना निपुण मजदुरबारे सोचिरहेको मेरो दिमागलाई उनले आफूतर्फ आकर्षित गरिन् । मैले भने, “अँ, किन तिमी मलाई खोज्दै छ्यौ ?”
“मैले सुनेकी छु कि तपाईँ नयाँ दुईजना फलामे मजदुरको खोजीमा हुनुहुन्छ । म पनि त्यसमा बस्न निवेदन गर्न आएकी” – उनले भनिन् ।
“तिमी !” मैले भनेँ । कोठाका अन्य सबै पनि अचम्ममा परे । वास्तवमा छलफलको क्रममा कसैले पनि एउटी केटी फलामे मजदुर बन्न सक्छे भन्ने सोचेका थिएनन् । एकजना कामरेड त खितितिति हाँस्न थाले र उनलाई हाँसोमा उडाएर भने, “नानी ! फलामे मजदुरले गा¥हौँ फलामलाई कडा र अप्ठ्यारो घन (ह्यामर) ले हिर्काउनुपर्छ । कडा फलामलाई कडा फलामले, त्यस्तो कमलो हातहरूले ! अहो ती बुट्टा कुँद्ने हातहरूलाई ! यो काम फरक छ ! जाऊ तिमी आफ्नै काम पूरा गर ! जाऊ !”
यो सुनेर स्वा–चेन रनक्क रिसाइन् । उनले आफ्ना ठूल्ठूला आँखा तर्न थालिन् र रिसाउँदै भनिन्– “कामरेड, समय परिवर्तन भइसक्यो । नारी र पुरुष दुवैले एउटै काम गर्न सक्छन् । पुरुषभन्दा नारी कुनै काममा पनि असमर्थ छैनन् । बुझ्नुभयो ?” उनको त्यस्तो व्यवहार देखेर मलाई हाँसो उठ्यो ।
एकातिरबाट एकजनाले भन्यो– “ए केटी ! तिमीलाई थाहा छैन, गोरुले खेत जोत्छ, घोडाले गाडा चलाउँछ । सबैको आ–आफ्नै विशेष काम हुन्छ । केटाले फलाम पिट्छ, केटी बुट्टा कुँद्छे हामीलाई फलाम पिटाउन कुनै केटी चाहिया छैन ।” “तपाईँहरू त ज्यादै सङ्कुचित धारणा राख्नु हुन्छ”, उनले भनिन्, “के हाम्रो देशमा समाजवाद स्थापना गर्न पुरुषको मात्र हातले पुग्छ ? अहँ, होइन नारी–पुरुष दुवैको बराबर भूमिका छ ।”
केही क्षण त मलाई पनि हल्का रिस उठ्यो । मलाई थाहा छ, फलामे मजदुर बन्नलाई इच्छामात्र भएर पुग्दैन, त्यसको लागि त बलियो इच्छा, दृढ आँट र कडा शारीरिक परिश्रम चाहिन्छ तर महिलाहरू प्राकृतिकरूपमा नै कमजोर हुन्छन् । अनि, फेरि मैले आजसम्म पनि हाम्रो कारखानामा कुनै पनि केटीले फलामे काम गरेको देखेकै छैन । मैले अलि झर्केर भनेँ – “यो विवादको विषय नै होइन । के कसैले कुनै केटीले फलामे काम गरेको देख्नुभएको छ ? छैन । हामीलाई त्यस्तो फजुल कुरा गर्न फुर्सद छैन । जाऊ तिमी आफ्नो काममा !”
त्यसपछि स्वा–चेन रिसले चूर भइन्् । उनले मेरो नजिक आएर भनिन्, “प्रमुख चेन, मैले तपार्ईँले यस्तो भन्नुहोला भनेर कहिल्यै सोचेकी थिइनँ । के तपार्ईँले ‘रातो झन्डा सुरुङ’ फिल्ममा केटीले फलाम पिटेको देख्नुभएको छैन ?” उनी आफ्नो तर्कमा ज्यादै दृढ, स्पष्ट र तिखी थिइन् । अन्ततः सबै समूह नेताहरूले उनलाई नै स्वीकृति दिने कुरो भयो । म पनि उनलाई स्वीकृति दिन बाध्य भएँ ।
मैले सबै समूह नेताहरूको बैठकको निर्णयको प्रतिवेदन व्यवस्थापन समितिलाई दिएँ । अर्काे दिन त स्वा–चेन बिहानै कारखानामा आइपुगिन् । उनी कारखानाको फलामे कार्य विभागमा गइन् र त्यहाँ आदर्श क्रान्तिकारी शब्दावली सपथ लिइन्, “यो काम कठिन र डरलाग्दो भए पनि म यसमा तनमनले लागिपर्नेछु ।”
उनले पहिलो काम सुरु गरेको दिन म पनि उनीसँगै थिएँ । मैले उनलाई काममा अप्ठ्यारो आइपरे मलाई हेर्न भनँे । उनी अन्य मजदुरसरह काम गर्ने क्रममा लागिन् । जब त्यहाँ रहेको मेसिनबाट तातो–रातो फलामका ढिक्काहरू झर्न थाले, उनी त्यो देखेर ज्यादै मोहित भइन् । जब घन (ह्यामर) ले हान्ने समय आयो त्यसबेला उनी त्यहाँ बस्न नसक्ने अवस्थामा पुगिन् । म उनलाई केही अप्ठेरो होला कि भनेर डराएको थिएँ । उनलाई हेरेर हात हल्लाइरहेको थिएँ । तर, उनले मलाई देखिनन् । ठूलो ह्यामरले ‘हाँ’ आवाज निकालेर हान्न खोज्दा त उनी झन्डै लड्न लागेकी थिइन् । मैले हतरपतर गएर उनलाई समाएँ ।
उनले मलाई ठूल्ठूला आँखाले हेरिन् तर केही भनिनन् । अनि, उनी फेरि आफ्नै काममा व्यस्त भइन् । मलाई उनको त्यस्तो व्यवहार देखेर ज्यादै अचम्म लाग्यो । उनी बिस्तारै भट्टीभित्रको काम गर्न जान थालिन् । थकाइले उनको शरीर थरथर कामिरहेको थियो । त्यहाँको रातो ज्वालाले उनको अनुहार पनि रातो देखिएको थियो ।
उनी भट्टीछेऊ पुग्दा म चिच्याएँ – “ए मूर्ख केटी ¤ छिटो पछाडि आऊ ¤” यो सुनेर उनी हाँसिन् । उनले भनिन् – “प्रमुख चेन, यो भट्टी पनि एउटा कागजी बाघ हो । यसको जति नजिक गयो, त्यति सजिलो र सरल हुन्छ ।”
उनको त्यस्तो कठिन र थाकेको घडीमा पनि मिठो मुस्कानसहित दृढ अडान देखेर मैले उनको हात समाएर सहानुभूति स्वरूप लिएको सपथ दोह¥याएँ– “यो काम कठिन र डरलाग्दो भए पनि म यसमा तनमनले लागिपर्नेछु ।”
केही दिनपश्चात् नै उनले आफूलाई फलामे काममा लगाउन अनुरोध गरिन् । उनले त आफूले काम गर्न खोज्नुको कारणसमेत भन्न थालिन्, “वास्तविक ज्ञान व्यवहारबाट प्राप्त हुन्छ । सबै क्रान्तिकारीहरूले हरेक दिन हरेक पल क्रान्तिको सफलताका लागि आ–आफ्नो काम गरिरहनुपर्छ । त्यसबाट हामीले धेरै सिक्न सक्नुपर्छ ।” यी कुरा सुनेर हामी स्तब्ध भयौँ र ‘हुन्न’ नै भन्न सकेनौँ । उनी अटल थिइन् र उनको कुरा वास्तविक थियो । मैले पनि त्यसै बिहानदेखि उनलाई काममा मद्दत गर्ने अठोट गरेँ ।
काम गर्ने क्रममा पहिले त मैले उनको हात समाएर घनले काम गर्न लगाएँ । उनी आफ्नो हात मेरो भन्दा छिटोछिटो चलाउँथिन् । केही समयपछि मैले उनको हात छोडिदिएँ ।
उनको कामको शैली देख्दा उनी त्यो काममा भिजेकी छैनन् भन्ने स्पष्ट थियो । उनी तातो फलामलाई छिटोछिटो हिर्काइरहेकी थिइन् । उनका हात थकाइले स्प्रिङ जस्तै कामिरहेका थिए तर उनी भने दा¥हा किटेर काम गर्दै थिइन् । यो देखेर मैले के सहयोग मात्र गर्न लागेको थिएँ मेरो भावना बुझेर उनले भनिन् – “म आफै गर्न सक्छु प्रमुख चेन ¤”
मैले उनले काम गरिरहेको हेरिरहेँ । एकपल्ट उनको घन (ह्यामर) नै हुत्तियो । धन्न मैले त्यो समाउन भ्याएँ र अप्रिय घटना हुन पाएन । त्यसपछि मात्र उनी थकाइ मार्न बसिन् ।
मैले उनलाई सोधँे– “हात दुख्छ ?” उनको अनुहार थकित थिए । मैले सहानुभूति पोख्दै भनेँ, “केही छैन । तिमी अलि कमजोर छ्यौ, नत्र काम राम्रो छ ।”
उनी साँझ पनि शान्त रहिन् । वास्तवमा भन्ने हो भने केटीहरू फलामे मजदुर बन्नु एउटा कठिन काम थियो । बलियो इच्छा, दृढ आँट र बलियो शरीर भएकाले मात्र यो काम गर्न सक्छन् । तर, यो केटीले राम्रै गरेकी छे र पनि, उसलाई अलि हल्कामात्र काम दिँदा राम्रो होला ।
अर्काे दिन बिहान म कारखानामा गइरहँदा स्वा–चिनले मलाई भनिन् – “प्रमुख चेन, तपाईँलाई मैले केही दिनुछ ।” उनले मलाई एउटा पट्याएको पत्र दिइन् । त्यो देखेर यो केटी हिजोको कठिन कामबाट डराइ । निश्चय नै उसले सरुवा मागेकी हुनुपर्छ भन्ने मलाई लाग्यो । तर, पत्र पल्टाएर हेर्दा त बडो उत्साहका शब्दावलीहरू लेखिएका थिए । त्यसमा लेखिएको थियो –
“म मेरो काममा शारीरिक बलको अभावले अलि अक्षम भइरहेकी छु । हिजो त झन्डै दुर्घटनामा फस्न लागेकी थिएँ । त्यो पनि मेरो लागि एउटा महत्वपूर्ण पाठ थियो । त्यसैले अब मैले अध्यक्ष माओ त्सेतुङ्गको महान् क्रान्तिकारी मार्गमा हिँड्न शारीरिकरूपले बलियो हुनुपरेको छ । समाजवादको व्यापकतालाई टेवा पु¥याउन म हरदम लागिपर्नेछु । यो काम कठिन र डरलाग्दो भएपनि म यसमा तनमनले लागिपर्नेछु ।”
त्यो पत्र हेरेर केहीबेर आश्चर्यमा परेँ । त्यसपछि सोचँे, वास्तवमा यो उनको परीक्षामात्र नभएर म स्वयम्को पनि महत्वपूर्ण परीक्षा हो । मलाई पार्टीले यतिका समयसम्म प्रशिक्षण दिएर पनि का माओको विचार बुझ्न सकेको थिइनँ । तर, यो केटीले मात्र अध्यक्ष माओको भावना बुझेकी रहिछ । त्यसपछि मैले स्वा–चेनलाई पूर्णतया उनको काममा सहयोग गर्ने निश्चय गरँे । अनि, मैले उनलाई अलि हल्का काम दिने सोचाइ पनि त्यागिदिएँ ।
तीन महिना त चालै नपाई बित्यो । स्वा–चेनले आफ्नो काममा अचम्मको प्रगति गरिन् । उनले कसैको सहयोगविना नै काम चलाउन सक्ने भइन् । हाम्रो कारखानामा तीन महिनामा नै यति प्रगति गर्न सक्ने थोरै मात्र मजदुर थिए । वास्तवमा यो एउटा अचम्मको सफलता थियो । तर, पनि, शारीरिक थकाइले उनलाई प्रत्येक दिन दुर्घटनाको अन्तिम चरणसम्म पु¥याउँथ्यो । एक साँझ म विशेष काम परेर कारखानातर्फ गइरहेको थिएँ । सबै मजदुर आ–आफ्नो कोठामा गइसकेका थिए । म बाटोमा पनि स्वा–चेनकै अचम्मको सफलताबारे सोच्दै थिएँ । म कारखानामा पस्नासाथ मैले भित्र घनको ठूलो ध्वनी सुनँे । आश्चर्य ¤ यति साँझ पनि म भित्र गएर हेर्दा त त्यहाँ स्वा–चेन नै रहिछन् । उनले घनले निरन्तर फलाम हान्दै थिइन् । उनले लुगाको बाहुला माथिसम्म सारेकी थिइन् र भन्दै थिइन् – “अठार, उन्नाइस…..।”
म एकछेउमा चुप लागेर उभिइरहँे । उनले हान्दै गरेको त्यो घन पनि ज्यादै ग¥हौँ खालको थियो । केही बेरपछि उनी घन उठाउन नसक्ने अवस्थामा पुगिन् तर पनि बल गरेर फेरि एकपल्ट उठाइन् । त्यसपछि निधारको पसिना पुछेर नजिकको रुखमा सेतो चकले केही चेनह राखिन् । अनि, फेरि नजिकैको एउटा फलामे बार उठाउन थालिन् । उनी एक जना जीम खेल्दै गरेको युवाले झैँ फलामे बार उचाल्ने, राख्ने गर्न थालिन् । उनले खाजा खाँदा पनि कुनै रोगले पीडित मान्छेको हातझैँ कामिरहेका थिए । अब मैले त्यसको कारण पनि बुझँे । उनले तीन महिनासम्म त्यस्तै कठिन कसरतहरू गरेको कुरा पनि बुझँे । मैले आफूलाई थाम्न सकिनँ र भनँे, “ए केटी त्यो फलामे बार छोड र तुरुन्त आराम गर्न जाऊ !”
उनी मेरो उपस्थितिको चाल पाएपछि तर्सिन् र भनिन्, “प्रमुख चेन, मलाई अझै केहीबेर यो काम गर्न दिनुस् !”
“तपाईँ गइराख्नुस् ! म मैले सोचे जति कसरत गरेर फर्कन्छु ।” यो सुनेर मलाई उनले मेरो कुरा मान्लिन् जस्तो लागेन र म पनि ज्याकेट फुकालेर उनीसँगै बार उठाउन थालेँ । त्यसपछि हामी सँगै फर्कियौँ ।
बाटोमा फर्कने क्रममा मैले भनेँ, “तिमी यतिका काम गर्न कहाँबाट शक्ति प्राप्त गछ्र्याै ? तिमी किन यति धेरै परिश्रम गछ्र्याैँ ?”
उनले मेरो प्रश्नलाई असजिलो मानिनन् । अनि बिस्तारै भन्न थालिन्, “मलाई सानैदेखि काम गर्न एकदम मन पथ्र्याे । म विशेष गरी आगोसम्बन्धी काम गर्न ज्यादा रुचाउँछु । त्यहाँ काम गर्दा मलाई युद्धभूमिमा लडिरहेको अनुभव हुन्छ । म अध्यक्ष माओको महान् मार्गमा हिँडेर आफूलाई समर्पण गरेर भएपनि मीठो सफलता पाउन रुचाउँछु ।” उनले थपिन्, “मेरो बुबा पनि तपाईँजस्तै फलामको काम गर्नुहुन्थ्यो । उहाँ भन्ने गर्नुहुन्थ्यो कि एकजना क्रान्तिकारीले थुप्रै सङ्घर्ष र आँधीबेहरी झेल्नुपर्छ । सदा सर्वहारा क्रान्तिको लागि तयार हुनुपर्छ ।”
उनी एकजना लालसेनाकी छोरी हुन् भन्ने कुरा मलाई थाहा थियो । तर, उहाँ फलामको काम गर्नुहुन्थ्यो भन्ने थाहा थिएन । मलाई ज्यादै गर्व र अचम्म लाग्यो ।
रात धेरै बितिसकेको थियो । मैले ती क्रान्तिकारी र उत्साही केटीलाई हेरिरहेँ । त्यसैबीच उनले एउटा मीठो गीत गुन्गुनाउन थालिन् । मैले पनि चालै नपाई उनलाई साथ दिन थालेछु ।
एक दिन माथिल्लो समितिबाट प्रयोगात्मक अनुभव आदानप्रदान कार्यक्रममा एकजना राम्रो मजदुर पठाउन एउटा सूचना मेरो हातमा प¥यो । समूह नेता र समूहसँगको छलफलपछि मैले सो कार्यक्रममा स्वा–चेनलाई नै पठाउने निर्णय गरेँ । उनले काम गरेको पनि करिब करिब एक वर्ष भइसकेको थियो । उनमा अनुभवको कमी पनि देखिन्न ।
उनलाई त्यस कार्यक्रममा पठाउँदा मैले जस्तै केटीहरूले फलामे काम गर्न सक्दैनन् भन्ने सङ्कुचित धारणा राख्नेहरूलाई केही सिकाउने छ । त्यसैले मैले उनलाई नै पठाउने निर्णय गरँे ।
त्यो एउटा राष्ट्रव्यापी कार्यक्रम थियो । त्यहाँ फलामे काम झन् कठिन र कडा वातावरणबीच हुने गथ्र्याे । अलिकति गल्ती मात्रले धेरै समस्या आउन सक्थ्यो । साँच्चै उनलाई त्यहाँ उभ्याउन मलाई कुनै डर थिएन । तर, उनले कस्तो काम गर्ने हुन् भन्ने बारेमा म चिन्तित थिएँ । अन्य क्षेत्रका टोली नेताहरू पनि त्यहाँ थिए । उनीहरूसामु कस्तो प्रस्तुति होला भन्नेबारेमा सोच्दै थिएँ ।
प्रस्तुत गर्ने समय भयो । स्वा–चेनको अनुहारमा कुनै निराशाको सङ्केत देखिन्नथ्यो । उनले आफ्नो काम थालिन् । काम गर्दै जाँदा सबै मजदुरहरूका पसिनाले शरीर भिज्यो तर उनमा भने पसिना थोरै मात्र थियो । उनले आफ्नो घन ज्यादै छिटोछिटो र निरन्तर चलाइरहिन् । उनले तातो फलामलाई पिट्दै गइन् । उनको प्रस्तुति देखेर त्यहाँ बसेका उच्च ओहदाका मानिसहरू ज्यादै खुशी र उत्सुक देखिन्थे । अन्य टोली नेताहरू पनि उत्साही र दङ्ग परे । उनलाई कुनै थकाइको महसुस नै भएन । अन्ततः उनलाई दिएको काम सफलतापूर्वक सिध्याइन् ।
मैले त्यसैबेला घडी हेर्दा २ घण्टा बितिसकेको थियो । उनले त दिइएको समत्र्न्दा २० मिनेट अगाडि आफ्नो काम भ्याइन् । उनको प्रस्तुति देखेर एक जना नजिकको कमरेडले भन्नुभयो– “वास्तवमै यो सजिलो काम थिएन ।”
स्वा–चेनले काम सिध्याएर बाहिरमात्र के आएकी थिइन्, सबैजना उनलाई बधाई दिन आइपुगे । सबै उनलाई घेर्न पुगे । एकजना बुढो मजदुर आएर त उनको हात समाएर भन्यो–“तिम्रो प्रस्तुति ज्यादै राम्रो थियो, नानी ! तिमीले हाम्रो क्रान्तिप्रति नयाँ पुस्ताहरूको नेतृत्वको प्रतिनिधित्व गरेकी छ्यौ । हामीले तिमीबाट सिक्नुपर्छ ।”
सबैको प्रशंसा सुनेर उनले भनिन्– “साँच्चै म त तपाईँहरूले भन्नुभएको भन्दा ज्यादै कम छु ।” उनले अर्को क्षेत्रका एकजना कामरेडलाई औँल्याउँदै भनिन्– “तपाईँ त अर्को कारखानाको हुनुहुन्छ । कृपया मेरो प्रस्तुतिबारे केही सुझाव …?” सबै उनको वरिपरि झुम्मिए र राम्रा सुझाव दिन र कुरा गर्न थाले ।
म पनि त्यसैबीच बसेर स्वा–चेनलाई हेरिरहेँ । उनी आफ्ना ठूल्ठूला आँखा घुमाउँदै सबैतिरको कुरा सुन्दै थिइन् । त्यसबेला मैले उनको पहिलो निवेदन, उनको कठिन परिश्रम र दृढ विश्वास सम्झेँ । उनको घनको आवाज मेरो कानमा गुञ्जिन थाल्यो । त्यस गुञ्जनले क्रान्तिको नयाँ अभिभारा पनि अझ सक्षमताका साथ अघि बढ्दै छ भन्ने मलाई पूर्ण विश्वास भयो ।
(यो कथा ‘विदेशी भाषा प्रेस–पैचिङ’ द्वारा सन् १९७५ मा प्रकाशित ‘A Young Pathbreaker and other stories’ कथा सङ्ग्रहबाट अनुवाद गरिएको हो । प्रस्तुत कथा सङ्ग्रहमा सङ्ग्रहित जम्मा दश कथामध्येको यो एक उत्कृष्ट कथा हो ।)
अनु– निरज लवजू
Leave a Reply