नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
काठमाडौं, १२ साउन । नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले नेपालमा ६–६ महिनामा सरकार परिवर्तन भए पनि युवाहरूलाई स्वदेशमा रोजगारी दिने, राष्ट्रिय उत्पादन बढाउने, स्रोत साधन प्रयोग गर्ने, अर्थतन्त्रलाई बढाउनेबारे नीति निर्माण हुन नसकेको उल्लेख गर्नुभयो ।
व्यवस्थापिका–संसद अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बिहीबारको बैठकमा उहाँले नेपालका युवाहरू विदेशमा पठाउने गरेका कारण देशको उर्वराभूमि बाँझो बन्दै गएको, उद्योगधन्दाहरू घाटामा गएको, आयात बढ्दो र निर्यात घटेको र गत वर्ष ६ खर्बभन्दा बढी व्यापारघाटा देशले व्यहोर्नुपरेको चर्चा गर्नुभयो ।
सांसद काफ्लेले रेमिटेन्सको लोभ देखाई कानुनीरूपमा युवाहरू विदेशमा बेच्न काम गर्नु देशघात गर्नु हो भन्दै विदेशमा बसेका नेपाली बुद्धिजीवीहरू स्वदेश फिर्ता बोलाइ नेपालको उत्पादन बढाउनुपर्ने र अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा युवाहरू विदेश पठाउने बारेमा छलफल नगरी देशको परराष्ट्र नीति सुदृढ बनाउन छलफल गर्नुपर्ने विचार राख्नुभयो ।
उहाँले नेपाल–भारत खुला सीमा नियमित गरेर चेलीबेटी बेचबिखन गर्ने र महिलाहरूलाई खाडी देशमा पठाएर देशको स्वाभिमान नघटाउने काम नगर्ने सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली महिलाहरूलाई विदेशमा अपमान भएकोबारे समितिमा छलफल हुने तर सरकारले अपमान गर्ने ती अपराधीहरूलाई कारबाही नगर्ने किन भनी सांसद काफ्लेले प्रश्न गर्नुभयो ।
श्रम तथा रोजगारी मन्त्री फर्मुल्लाह मन्सुरले २००७ सालदेखि नेपालले युवाहरूलाई विदेश पठाइरहेको र पटक पटक गठन हुने सरकारले यसलाई बदल्न नसकेकोले युवा विदेश पठाउने काम निरन्तर भइरहेको भन्दै यसलाई हटाउन शीर्ष नेताहरूले छलफल गरेर निर्णय गरेमात्र सम्भव हुने बताउनुभयो ।
परराष्ट्र मन्त्री कृष्णबहादुर महराले युवा विदेश पठाउनु राम्रो होइन तर देशमा रोजगारीको अवसर सृजना नभएसम्म फिर्ता गर्न नसकिने बताउनुभयो ।
बैठकले तद्नुसार निर्णय गरेको थियो । तर नेमकिपाका सांसद काफ्लेले युवाहरू विदेश पठाउने सबै निर्णयप्रति असहमति राख्नुभएको थियो ।
Leave a Reply