रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
काराकस, ८ मार्च । भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले संरा अमेरिकी प्रतिनिधिहरूसँग भेटेको खुलासा गर्नुभएको छ । भेटमा भविष्यमा संरा अमेरिकी अधिकारीहरूसँग हुने वार्ताका लागि विषयवस्तु टुङ्गो लगाएको पनि उहाँले बताउनुभएको छ ।
“गएको शनिबार राति संरा अमेरिकी सरकारका प्रतिनिधिहरू भेनेजुयला आइपुगे । मैले उनीहरूलाई राष्ट्रपति भवनमा स्वागत गरेँ”, सोमबार सरकारी सञ्चारमाध्यममा प्रसारण गरिएको सन्देशमा माडुरोले भन्नुभयो ।
“हामीबीच कुराकानी भयो । मैले हामीबीचको कुराकानीलाई सम्मानजनक, हार्दिक र निकै कूटनीतिक भनी व्याख्या गर्न रुचाउँछु”, उहाँले भन्नुभयो ।
संरा अमेरिका र भेनेजुयलाबीच सरकारी स्तरमा वर्षौंपछि पहिलो पटक संवाद दुई घण्टा चलेको थियो । तर, भेटमा के विषयमा कुराकानी भयो र काराकस पुगेको अमेरिकी प्रतिनिधिमण्डलमा को को थिए भन्ने कुरा माडुरोले खुलाउनुभएन ।
अमेरिकी सरकारका प्रतिनिधिहरू भेनेजुयला पुगेको पुस्टि ह्वाइट हाउसले पनि सोमबार नै गरेको छ । दुई देशबीच के के विषयमा कुराकानी गर्न सकिन्छ भन्ने विषयका साथै ‘ऊर्जा सुरक्षा र भेनेजुयलाका कारागारमा कैद नौ जना संरा अमेरिकी नागरिकको रिहाइबारे कुराकानी भएको ह्वाइट हाउसले जानकारी दिएको छ ।
“भेनेजुयला र संसारको कुनै पनि भागमा कैद संरा अमेरिकी नागरिकलाई घर फर्काउन हामीले गर्नसक्ने सबै कामलाई निरन्तरता दिइरहेका छौँ । तर, विभिन्न माध्यम र तरिकाका यी काम भइरहेका छन्”, राष्ट्रपतिका प्रेस सचिव जेन साकीले भने ।
रुस र युक्रेनबीच द्वन्द्व चर्किरहेको समयमा संरा अमेरिकाले सरकारी प्रतिनिधि भेनेजुयला पठाउनुलाई रुसलाई एक्ल्याउने प्रयासको रूपमा हेरिएको छ ।
भेनेजुयला र संरा अमेरिकाबीच कूटनीतिक सम्बन्ध सन् २०१९ देखि यता ठप्प छ । युक्रेनमाथि रुसी हमलालाई सुरुमै समर्थन गर्ने देशमध्ये भेनेजुयला पनि पर्दछ ।
संरा अमेरिकाले राष्ट्रपति माडुरोलाई सत्ताच्युत बनाउन भेनेजुयलामाथि धेरै वटा नाकाबन्दी थोपरेको छ । सन् २०१९ मा संरा अमेरिकी नाकाबन्दीले भेनेजुयलालाई कच्चा तेल अमेरिकी बजारमा बेच्न रोक लगाएको छ । भेनेजुयलाको कुल राजस्वमध्ये ९६ प्रतिशत तेलमा निर्भर छ ।
ह्वाइट हाउसले रुसी तेलको आयात कटौती गर्दा अमेरिकी उपभोक्तालाई पार्न सक्ने प्रभाव कसरी कम गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको सङ्केत गरेको छ । अमेरिकी अधिकारीले रुसको तेलमा बन्देज लगाउने विषयमा अहिलेसम्म केही निर्णय नभएको बताएका छन् ।
सन् २०१९ मा काराकससँग कूटनीतिक सम्बन्ध विच्छेद भएयता वाशिङ्टनले माडुरो सरकारसँग कुनै पनि खालको व्यवहार गरिरहेको थिएन । बरु भेनेजुयलाका विपक्षी दलका नेता ह्वान ग्वाइडोसँग सम्बन्ध राख्दै आएको थियो ।
Leave a Reply