अव्यवहारिक र अपरिपक्व निर्णय : देशमा अन्योल
- बैशाख ६, २०८३
मार्च ८ को दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन थालिएको पनि ११२ वर्ष भइसकेको छ । तर, अझै पनि विश्वका अधिकांश देशमा महिलाहरू उत्पीडित र शोषित छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस शोषित–पीडित महिलाहरूका सङ्गठनले भन्दा पनि विभिन्न देशका सरकारहरूले नारी दिवसको रूपमा मनाउन थालेका छन् । राष्ट्र प्रमुख र सरकार प्रमुखसम्मले शुभकामना दिने औपचारिकता निर्वाह गर्न थालेका छन् । त्यसैले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हिजोआज महिलाहरूको अवस्थालाई लिएर चिन्तन मनन गर्ने दिवसभन्दा पनि केही सम्भ्रान्त र राम्रो तलब पाइने रोजगारीमा रहेका महिलाहरूलाई तुष्टीकरण गर्ने दिन बनेको छ । नारी दिवस मनाउनेहरूले श्रमिक महिलाहरूको वर्गीय मुक्तिको आन्दोलनलाई बिर्सन लगाएर महिलाहरूको सङ्घर्षलाई पुरुषको विरुद्धमा मात्र केन्द्रित गराउन खोजिएको छ । देशका बहुसङ्ख्यक कामदार वर्गका महिलाहरूको अवस्था भने समयअनुसार काममा केही परिवर्तन आए पनि श्रम सम्बन्धमा तात्विक भिन्नता आएको छैन । वर्गीय मुक्तिसँगै मात्र कामदार वर्गका महिलाहरूको मुक्ति हुने सत्यबाट अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले अत्यन्त बहुमत कामदार वर्गका महिलाहरूलाई जागृत पार्न बाँकी नै छ ।
‘महिला मुक्ति’ सबैले भन्ने लोकप्रिय शब्द भए पनि त्यसको अर्थ आर्थिक वर्ग र विचार अनुसार भिन्न रहेका छन् । नेपालमा अधिकांश मध्यम वर्गका महिलाहरूले आफ्नो व्यक्तिगत आकाङ्क्षाको पूर्ति, पुरुषसरह महिलाहरूले पनि छाडापनमा रमाउन पाउनु र पैत्रिक सम्पतिमा समान हक पाउनुलाई नै महिला मुक्तिको रूपमा लिएको पाउँछौँ । कतिपय शासक दलका नेतृहरूलाई पुरुष नेताहरूकै सङ्ख्याको हाराहारीमा सांसद र मन्त्री पद पाउनु नै महिला मुक्ति हो भन्ने लाग्छ । त्यसैले पुरुषसरह महिलाले शिक्षा दीक्षा पाउनु, रोजगारीमा समान अवसर पाउनु, कामअनुसारको समान ज्याला पाउनु, शोषणबाट मुक्ति पाउनु, महिलाहरूमाथि कुनैखाले यौन दुव्र्यवहार र हिंसा नहुनु, देशमा महिलाहरूलाई पनि योग्यताअनुसारको सम्मानित जिम्मेवारीहरू प्रदान गर्नुजस्ता महत्वपूर्ण कुरा छुटिरहेका छन् । मध्यम र निम्न मध्यम वर्गका महिलाहरू उपभोक्तावादी विचार र प्रवृत्तिबाट धेरै प्रभावित छन् । योग्यता भएका भएर पनि कतिपय महिलाहरू घरबाहिर रोजगारी गर्न चाहँदैनन् । राजनीतिक सङ्गठन र दलहरूमा सङ्गठित र सक्रिय हुन चाहँदैनन् । सामाजिक क्रियाकलापमा संलग्न हुन चाहँदैनन् । उनीहरू पैत्रिक सम्पत्ति र लोग्नेको कमाइमा निर्भर भएर आरामको जिन्दगी भनी निष्कृय जीवन बिताइरहेका छन् । बहुसङ्ख्यक कामदार वर्र्गका महिलाहरू भने अवसरबाट वञ्चित र अनेकौं शोषण र उत्पीडनबाट प्रताडित भइरहेका छन् ।
देशका प्रजातान्त्रिक र कम्युनिस्ट विशेषणका शासक पार्टीहरूले देशको विकाससँगै मात्र महिला मुक्ति हुने भन्दै महिलाहरूलाई भ्रममा राख्न खोजिरहेका छन् । निश्चिय पनि महिलाहरूले पाउने समानता र न्याय विकासको एउटा महत्वपूर्ण पक्ष हो तर कुनै देशको भौतिक विकासबाट नै महिला मुक्ति हुने कुरा सत्य होइन । भौतिक र प्राविधिक विकासमा संरा अमेरिका, जापानजस्ता देश धेरै अगाडि बढेका छन् तर ती देशमा कामदार वर्गका महिलाहरू अत्यन्त ठूलो उत्पीडन र शोषणमा नै छन् । त्यहाँ महिलाहरूलाई देशको सबल नागरिक र समाजको अत्यन्त महत्वपूर्ण सदस्त्र्न्दा पनि प्रदर्शन र विज्ञापनको वस्तुको रूपमा बढी प्रयोग गरिन्छ । पुँजीवादी व्यवस्थामा महिला बेचबिखन, यौन उत्पीडन र बाँधा श्रम कानुनी र गैरकानुनी तवरले कायम राखिएको हुन्छ । समाजवादी व्यवस्थामा मात्र महिलाहरूलाई पुरुषसरह पूरा अधिकार र अवसर प्रदान गरिएको हुन्छ । समाजवादी व्यवस्था कायम रहेका चीन, क्युवा र प्रजग कोरियाजस्ता देशहरूमा मात्र महिलाहरूले वास्तविक मुक्ति पाएको अनुभूति गरिरहेका छन् । सबै महिलाहरूको मुक्तिका लागि महिलालाई मानव मानेर, मानव समाजको आधार हिस्सा मानेर समान र भेदभावरहित अधिकार र अवसर दिने, अन्याय, अत्याचार र शोषणबाट मुक्ति दिने समाजवादी व्यवस्थाको स्थापना आवश्यक र अपरिहार्य छ ।
Leave a Reply