अव्यवहारिक र अपरिपक्व निर्णय : देशमा अन्योल
- बैशाख ६, २०८३
जलवायु परिवर्तनको प्रभावलाई अझै पनि सस्तो लोकप्रियता कमाउने प्रचारबाजीमात्र ठान्नु मूर्खता हुनेछ । न त यो विदेशमा भइरहेको कुनै अपरिचित घटनाक्रममात्र हो । नेपाल जलवायु परिवर्तनको निम्ति सबभन्दा जोखिममा रहेका क्षेत्रमा पर्ने वैज्ञानिकहरू बताउँदै छन् । नेपालका दुर्गम क्षेत्रका गाउँले जनताले जलवायु परिवर्तनको प्रभाव भनेर नजान्दा पनि त्यसको प्रत्यक्ष प्रभाव भने भोग्न थालिसकेका छन् । हिजो पानीको कुनै अभाव नभएका हिमाली जिल्लाका गाउँहरूमा आज पानीका मुहान सुक्दा गाउँ नै अन्यत्र सर्नुपर्ने बाध्यता बनेको छ । तिब्बतसँग सीमा जोडिएको मुस्ताङ जिल्लाको उत्तरी भेगको लोमान्थाङ गाउँपालिकाअन्तर्गत सामजुङ गाउँमा पानीका मुहान सुक्दा त्यहाँका गाउँले नामसुङ नामको अर्को गाउँमा सर्नुपरेको छ । वर्षैभरि हिउँले ढाकिने हिमालहरूले हिजोआज रङ फेर्दा स्थानीय बासिन्दा अचम्ममा परेका छन् । यसरी वरपरको पर्या–पर्यावरणले आफ्नो रूप फेर्दा स्थानीय बासिन्दाको आर्थिक जीवन, संस्कृतिमात्र बदलिएको छैन, बरु विभिन्न रोगब्याधीसमेत फैलिँदा उनीहरू चिन्तित छन् ।
जलवायु परिवर्तन निःसन्देह एउटामात्र देशको समस्या होइन । संसारका सबै मिलेर यसको प्रतिरोध नगरी सुखै छैन । तर, यसको सुरुवात भने व्यक्तिगत तह, समुदाय र देशबाटै हुन जरुरी छ । पृथ्वीकै भूगोल हुनुको नाताले नेपालले यो समस्याप्रति आँखा चिम्लिन मिल्दैन ।
अब जलवायु परिवर्तन नेपालका राजनीतिक दलहरूको मुद्दा बनाउन जरुरी छ । राजनीतिक नेतृत्व जलवायु परिवर्तनप्रति गम्भीर नभए यो तड्कारो समस्या समाधान हुन कठिन छ । राज्यले दिगो योजनामार्फत जलवायु परिवर्तनका प्रभावको रोकथाम नगरे नागरिक तहमा मात्र यो समस्याको समाधान सम्भव छैन । बरु नागरिक यो जटिल समस्याको कोपभाजनमा पर्दै जानेछ । सङ्घीय वा प्रदेश सरकारले यो समस्या समाधानको निम्ति सबै जिम्मेवारीको बोझ स्थानीय तहको काँधमाथि मात्र थुपारेर हुनेछैन ।
चुरे दोहनको कारण तराईका जिल्लामा पनि वातावरणीय समस्या बढ्दो छ । भूमिगत पानीको सतह घट्दा तराईवासी नेपाली जनताको जीवनमा नयाँ समस्या थपिएको छ । पछिल्ला जनगणनाका तथ्याङ्क हेर्दा नेपालका हिमाली र पहाडी भेगका धेरै मानिस तराईमा बसाइ सर्ने क्रम तीव्र बनेको छ । यसरी दक्षिणतिर बसाई सर्नुका धेरै कारणमध्ये आर्थिक अवसर र जलवायु परिवर्तनको कारण हिमाली र पहाडी जीवन कष्टकर बन्दै जानु पनि हो । तर, तराई र भित्री मधेसमा बढ्दो जनसङ्ख्याको केन्द्रीकरणले त्यहाँका प्राकृतिक स्रोतको अति दोहनको समस्या बल्झेको छ । चुरे क्षेत्रको विनाशको मूल कारण सो क्षेत्रमा जनसङ्ख्या वृद्धि हुनु पनि हो । त्यस अतिरिक्त नदी र पहाडलगायत प्राकृतिक निधिको अत्याधिक दोहनले नयाँ नयाँ प्राकृतिक प्रकोप भोग्न हामी बाध्य भइरहेका छौँ । प्राकृतिक विनाशको यो चक्रीय प्रभावले भुइँ तहका मानिस सबभन्दा बढी प्रभावित छन् । जलवायु परिवर्तनको प्रभावले कृषि बालीमा प्रत्यक्ष प्रभाव पर्दा किसान गरिब भएका छन् । उनीहरूको आर्थिक जीवन प्रभावित बनेको छ । पहाड र हिमालमा महिलाहरू पानीको मुहानसम्म पुग्न अझ लामो समय हिँड्नुपर्ने भएको छ । त्यसले गाउँघरमा पशुपालनको सम्भावनालाई क्षीण बनाएको छ । हिजो बढी उत्पादन हुने खेतमा कममात्र उत्पादन गर्नुभएपछि मानिसहरूले थप उत्पादनको निम्ति जङ्गल फाडेका छन् । यसले वातावरणमा अर्को प्रतिकूल प्रभाव पा¥यो । यसप्रकार नेपाली जनजीवनमा जलवायु परिवर्तन र वातावरण विनाशको प्रभाव अझ गहिरो बन्दै गएको छ ।
जलवायु परिवर्तन निःसन्देह एउटामात्र देशको समस्या होइन । संसारका सबै मिलेर यसको प्रतिरोध नगरी सुखै छैन । तर, यसको सुरुवात भने व्यक्तिगत तह, समुदाय र देशबाटै हुन जरुरी छ । पृथ्वीकै भूगोल हुनुको नाताले नेपालले यो समस्याप्रति आँखा चिम्लिन मिल्दैन ।
अब जलवायु परिवर्तन नेपालका राजनीतिक दलहरूको मुद्दा बनाउन जरुरी छ । राजनीतिक नेतृत्व जलवायु परिवर्तनप्रति गम्भीर नभए यो तड्कारो समस्या समाधान हुन कठिन छ । राज्यले दिगो योजनामार्फत जलवायु परिवर्तनका प्रभावको रोकथाम नगरे नागरिक तहमा मात्र यो समस्याको समाधान सम्भव छैन । बरु नागरिक यो जटिल समस्याको कोपभाजनमा पर्दै जानेछ । सङ्घीय वा प्रदेश सरकारले यो समस्या समाधानको निम्ति सबै जिम्मेवारीको बोझ स्थानीय तहको काँधमाथि मात्र थुपारेर हुनेछैन ।
मुख्य कुरा, अझै पनि जलवायु परिवर्तनको मुद्दा गम्भीर विषय हो । हामीले यो समस्या समाधानको निम्ति पहल नथाल्ने हो भने छोटो समयमा नै हाम्रो घर आँगन र छरछिमेकीमा यसको दुष्प्रभाव हामी भोग्न बाध्य हुने कुरा हृदयाङ्गम गर्न जरुरी छ ।
Leave a Reply