रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
(सन् २०१४ मे महिनामा डगलस भ्यालेन्टाइनसँग रायन डअसनले लिएको यो अन्तर्वार्ता भ्यालेन्टाइनको सन् २०१७ मा प्रकाशित पुस्तक ‘द सीआईए : एज अर्गनाइज्ड क्राइम’ बाट साभार अनुवाद गरिएको हो । ‘युक्रेनमा सीआईए र एनजीओ’ शीर्षकमा अलग्गै छापिएको यो अन्तर्वार्ता परिमार्जनसहित सो पुस्तकमा समावेश छ ।)
रायन डअसन : आज मसित डगलस भ्यालेन्टाइन हुनुहुन्छ । उहाँसँग हामी युक्रेनमा सीआईएको भूमिका र मिडियामा उसको घुसपैठबारे कुराकानी गर्नेछौँ । कार्यक्रममा यहाँलाई स्वागत छ भ्यालेन्टाइनजी ।
भ्यालेन्टाइन : धन्यवाद ।
डअसन : पहिले म यहाँलाई युक्रेनमा गैर सरकारी संस्थाहरूसँग मिलेर काम गरिरहेको यो संस्थाबारे सोध्न चाहन्छु । यसको नाम युनाइटेड एक्सन सेन्टर (युए सेन्टर) हो । पहिले म त्यो संस्थाको पेजबाट केही पढ्नेछु र यसबारे यहाँको विचार लिनेछु । यसमा लेखिएको छ ः “गैर सरकारी संस्था युए सेन्टरसँग पेशेवर जनशक्ति छ । यो समूहसँग युरोप र युरो–एटलान्टिक क्षेत्रमा विभिन्न परियोजनाहरू संचालन गरेको अनुभव छ । हाल युए सेन्टरसँग पत्रकारिता, सार्वजनिक सेवा, जनसम्पर्क, सार्वजनिक गतिविधि आदि क्षेत्रमा अनुभवप्राप्त विज्ञ र अभियन्ताहरू पनि छन् । साथै अन्तर्राष्ट्रिय विज्ञ, राजनीतिज्ञ र पत्रकारहरूसँग युए सेन्टरको व्यापक सम्बन्ध छ । हाल युए सेन्टर ‘नवनागरिकहरूको सार्वजनिक अभियान’ को संचालक हो । यस अभियानले ४० वटा गैर सरकारी संस्थाहरूलाई जोड्छ ।”
कार्ल बर्नस्टीनको रिपोर्टले मिडियामा सीआईएको घुसपैठ कति सघन छ भन्ने बताइसकेको छ । युए सेन्टरले ४० वटा एनजीओहरूमा के गर्दै छ ? त्यसमा अभियन्ताहरू र अनुभवी पत्रकारहरू छन् र मिलेर लोकतन्त्र प्रबद्र्धन गर्छन् भनिन्छ । यसबारे यहाँको धारणा बताउनुहुन्छ कि ?
भ्यालेन्टाइन: युए सेन्टर दुई वर्षअघि पियरे ओमिद्यारले खोलेको संगठन हो । यो विभिन्न अभियान र गैससहरूसँग जोडिएको छाता संगठन हो । नवनागरिक अभियान यीमध्ये एउटा अभियान हो । ‘फिनान्सियल टाइम्स’ ले लेखे अनुसार यो अभियानले “आन्दोलनहरू उठाउन र संचालन गर्न ठूलो भूमिका खेलेको थियो ।” खासमा ‘कीभपोस्ट’ अनुसार “युए सेन्टरले सन् २०१२ मा ५ लाख डलर पाएको थियो । यसमध्ये ५४ प्रतिशत रकम ‘प्याक इन्क’ नामक परियोजना अन्तर्गत पाएको थियो । यो परियोजनालाई ‘अन्तर्राष्ट्रिय विकासका लागि संरा अमेरिकी एजेन्सी’ ले खर्च दिन्छ । झन्डै ३६ प्रतिशत रकम ओमिद्यार नेटवर्कबाट आएको थियो । यो संस्था इबे (eBay) का मालिक पियरे ओमिद्यार र उनकी श्रीमतीको हो । अन्य दातामा ‘अन्तर्राष्ट्रिय पुनःजागरण निगम’ पर्छ । यसका मुख्य दाता खरबपति जर्ज सोरोस हुन् । अर्को दाता ‘प्रजातन्त्रको लागि राष्ट्रिय अनुदान’ (नेड) हो । यसको खर्च अमेरिकी संसदले भर्छ ।” युएसएड र नेडजस्ता सत्ता उल्ट्याउन खर्च दिने संस्थाहरूसँग ओमिद्यारले किन हित्तचित्त मिलाएका होलान् ? सोरोसको ताल पनि त्यही हो । उनीहरूले अन्त कहाँ सँगै काम गरेका छन् ? यस्तै कामहरूमा उनीहरूले मिलेमतो गर्ने गर्छन् भन्ने कुरा बिर्सनु हुन्न । किन ?
ओमिद्यार पेरिसमा जन्मेका हुन् । सानै उमेरमा उनी आमाबाबुसँग फ्रान्सबाट मेरिल्यान्ड गए । उनी इरानी मूलका भएको देखिन्छ । उनकी आमा फारसी भाषाकी ज्ञाता थिइन् र सन् २०१६ मा रोशन सांस्कृतिक सम्पदा संस्थानकी अध्यक्ष थिइन् । रोचक कुरा के छ भने ओमिद्यारका बाबुको बारेमा एकदम थोरै जानकारी दिइएको छ । बाबुको नाम अज्ञात छ । उनी जोन हप्किन्समा युरोलोजिस्ट वा सर्जन भएको देखिन्छ । यस्तो हो भने उनको नाम उपलब्ध हुनुपर्ने हो । रहस्यले खुफियातन्त्रतिर संकेत गर्छ । अमेरिकामा बस्ने माथिल्लो वर्गका प्रवासीहरूबारे सीआईएले यस्तै रहस्यको खेती गर्छ । इरानस्थित सीआईए कार्यालयले सोभियत संघविरुद्ध अपरेसन संचालन गर्ने मुख्य अखडाको काम गरेको थियो । यो तथ्यमा दुई मत छैन । सीआईए र मोस्सादले इरानका राजा शाहको कुख्यात भित्री राजनीतिक रक्षा दल ‘साभाक’ गठन गरे । यसको बदलामा शाहले सोभियत संघविरुद्ध अपरेसनहरू सञ्चालन गर्न छुट दिए ।
पहिलेको पारिवारिक नातासम्बन्धले गर्दा पियरे ओमिद्यारसँग अमेरिकी विदेशी नीति लागू गर्ने एजेन्सीहरूको पहुँच पुगेको हुनसक्छ । त्यसकारण उनले युक्रेनमा युए सेन्टरलाई सघाउन, इरानकै घटना दोहो¥याउने गरी रुसीहरूविरुद्ध सीआईएका अपरेसनहरू संचालन गर्न केही लाख डलरहरू खर्च दिएको हुनसक्छ । एक खरबपतिका लागि यो रकम केही पनि होइन । यो विषयमा चासो राख्ने ग्लेन ग्रीनवाल्डले केही बोलेको मैले सुनेको छैन । आफ्ना मालिकको कुकर्मको कुरा आयो कि ग्रीनवाल्डको नीति “खराब नहेर, नसुन र नबोल” हुनजान्छ । किन ? खर्चपानीको तिरो त होइन ?
युएसएड र नेडबाहेक ओमिद्यार, जर्ज सोरोस र रकफेलरजस्ता खरबपतिहरूले मन सफा भएर राजनीतिक कारबाहीको लागि खर्च दिने गर्दैनन् भन्ने मलाई राम्ररी थाहा छ । तिनीहरू आफ्नो स्वार्थ पूरा गर्न सहयोग गर्दै छन् । यसकै लागि अर्थात् आफ्ना वित्तीय दाताहरूको दुनो सोझ्याउन युए सेन्टरजस्तो संगठन बनाइन्छ । यो संगठन मलाई युक्रेनमा संकट ल्याउन र युक्रेनको दोहन गर्न सीआईएको छत्रछायाँमा रहेको संगठन हो भन्ने लाग्छ । यसले परिचालन गर्ने ४० गैर सरकारी संस्थाहरूले सीआईएको राजनीतिक क्रियाकलाप लुकाउने पर्दाको काम गर्छन् ।
युए सेन्टरले वास्तवमा अन्तर्राष्ट्रिय मामिला र जनसम्पर्कका विज्ञहरूसँग नेता र पत्रकारहरूको साँठगाँठ मिलाउँछ । आफ्नो वेबसाइटमा त्यसले यही लेखेको हो । यी सबै मानिसहरू सूचना व्यवस्थापन गर्न सक्रिय छन् । विदेशमन्त्री छँदा हिलारी क्लिनटनले प्रयोग गरेजस्तै निजी निगरानीकर्ता (सर्भर) सँग तिनीहरू जोडिएको हुनसक्छ । जनतालाई एकताबद्ध पार्ने र निर्देशित गर्ने वेबसाइटहरू बनाएर “रंगीन क्रान्तिहरू” मा सजिलै जनसमर्थन बटुल्न सकिने संभावनाबारे सीआईएको डिजिटल “गुप्त सेना” का राजनीतिक र मन्त्रयुद्धका विज्ञहरूलाई थाहा छ । भियनाम युद्धताका फ्राङ्क स्कटनजस्ता व्यक्तिहरूले सुरु गरेको उत्प्रेरक विचार (मोटिभेसनल इन्डक्ट्रिनेसन) प्रसार गर्ने विधि आज अझ प्रभावकारी भएको छ । यही विधिमार्फत् उनीहरूले संभावित विद्रोहीहरूको मन मोड्न सक्छन् ।
मस्कोमा अमेरिकी जनसम्पर्कका मान्छेहरूले बोरिस यल्तसिनलाई निर्देशित (मेनिपुलेट) गरेझैँ युए सेन्टरका जनसम्पर्क विज्ञहरूले निश्चय नै कीभमा अमेरिकापक्षधर उम्मेदवारहरूलाई निर्देशित गर्छन् । रुसी राष्ट्रपति बनेपछि यल्तसिनले स्टोरको काम छोडेको सबैलाई थाहा छ । सीआईएले यल्तसिनलाई सघाएकै शैलीमा युए सेन्टरका पत्रकारहरूले निश्चय नै अमेरिकापक्षधर नेताहरूलाई मिडियाको पहुँच मिलाइदिन्छन् । तिनीहरूले आफ्नो दाता ओमिद्यार खुसी हुने गरी तथ्यतथ्यांकको चक्र घुमाइदिन्छन् ।
युए सेन्टरको घोषित उद्देश्य युक्रेनलाई रुसी प्रभावबाट बाहिर निकाल्नु र त्यसलाई पश्चिमा कर्पोरेसनको हातमा सुम्पनु थियो । राजनीतिक तिरोतिरानका क्रममा त्यही भयो पनि । वास्तवमा युए सेन्टर स्थापना भएको केही समयपछि नै उपराष्ट्रपति जो बाइडेनका छोरा युक्रेनको सबैभन्दा ठूलो ग्यास उत्पादक बुर्सिमा होल्डिङ्सको निर्देशक समितिमा आए । हन्टर बाइडेन बुर्सिमाको कानुनी विभागका प्रमुख छन् । उनी अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग सूचना आदानप्रदान गर्छन् ।
‘फ्ल्यासप्वाइन्ट इन युक्रेन’ भन्ने पुस्तकले ओबामा प्रशासन र उसका निजी कर्पोरेट मित्रहरूले रुसपक्षधर युक्रेन सरकार अपदस्थ गरेको र जबर्जस्ती नवनाजी र अमेरिकी धनाढ्यहरूको सरकार बनाएको विषयमा प्रशस्त प्रमाणहरू दिएको छ । आफ्नो धनसम्पत्ति बढाउन उनीहरूले त्यसो गरेका थिए । तैपनि अमेरिकी मिडियाले कहिल्यै यसलाई विषयवस्तु बनाएनन् । सधैँ यस्तै हुन्छ । औसत युक्रेनी नागरिकलाई कुनै लाभ भएन । कूको तारतम्य मिलाउने “उच्च परजीवी” अमेरिकी धनाढ्यहरू मात्र लाभान्वित भए । हेर्दै अचम्म लाग्छ । बाइडेनको ‘भत्काउ र लुट अपरेसन’ सन् २०१४ मा देखाप¥यो । सन् २०१६ मा अर्का उच्च परजीवी नाताली जारेस्कोले ‘डाटाग्रुप’ को नियन्त्रण हातमा लिइन् । यो कम्पनीले युक्रेनको टेलिकम बजार नियन्त्रण गर्छ । कुनै बेला जारेस्कोले अमेरिकाको विदेश विभागको एक उच्च ओहोदामा काम गर्थिन् । उनले पूर्व सोभियत संघसँग कारोबार गर्ने व्यापारिक एजेन्सीहरूसँग समन्वय गर्थिन् । त्यसमा ‘ओभरसीज प्रात्ेट इन्भेस्टमेन्ट कर्पोरेसन’ पनि थियो । विकिपिडियामा उनको जानकारी पाइन्छ । उनी विश्व धनाढ्यतन्त्र ः ‘पुनःनिर्माण र विकासका लागि मुद्राकोष÷विश्व बैंक÷युरोपेली बैंकको संजाल’ की हिस्सा हुन् । (बिल) क्लिन्टन प्रशासनमा उनी युक्रेनस्थित अमेरिकी दूतावासको आर्थिक विभागकी प्रमुख थिइन् । यसरी उनले २० वर्षपछि त्यहाँ भएको कू वा विद्रोहको बाटो खन्न सघाएकी थिइन् । यस्ता विद्रोहहरू गर्न लामो समयको तयारी लाग्छ । धेरैजसो त योजनाबद्ध हुन्छन् ।
सन् २०१४ मा युक्रेनको वित्तमन्त्री नियुक्त भएकै दिन जारेस्कोले युक्रेनी नागरिकता लिएकी थिइन् । लगत्तै उनले आफ्ना प्रतिस्पर्धीलाई अँठ्याइन् । उनका प्रतिस्पर्धी ‘डाटाबेस’ कम्पनीका मालिक थिए । माफिया र आर्थिक प्रहारक (हिटमेन) हरू संलग्न विदेशी मुद्राको ऋण काण्डमा मुछेर जारेस्कोले प्रतिस्पर्धीलाई व्यापारबाट खेदिन् । फुक्काफाल पुँजीपतिहरूले यसरी नै काम गर्छन् । तिनले लक्षित देश र व्यापारीहरूलाई ऋणको भारी बोकाउँछन् र अन्तमा तिनको सफाया गर्छन् । फेरि पनि मूलधारे मिडियाले चुँ बोलेनन् । व्यवहारमा “खुला व्यापार” भनेको यही हो ।
यी घटनाहरूमा सीआईएले मुख्य भूमिका खेल्यो । उसले अनेक अवैध र अमान्य कामहरू ग¥यो । यस्तो काम गर्न उच्च प्राविधिक गुप्तचरी र भूमिगत पहुँच हुनुपर्छ । यसमा प्रहरीका फाइलहरूसम्मको पहुँच चाहिन्छ, व्यक्तिमाथि हिलो छ्याप्न निजी अनुसन्धानकर्मीको प्रयोग गर्नुपर्छ । तिनलाई कुनै न कुनै काण्डमा मुछेर ब्ल्याकमेल गर्नुपर्छ । यस्ता ध्वंसात्मक अपरेसनहरू बाइडेन, जारेस्को वा तिनका जनसम्पर्कका मान्छेहरूले जस्तो खुलेआम गर्न सकिँदैन । विदेशी भाँडभैलो गोप्य रूपमा आपराधिक भूमिगत गिरोहहरूमार्फत् गर्नुपर्छ । यहीनिर सीआईएको खाँचो पर्छ ।
अन्य बेला मिडियाले मुख्य भूमिका खेल्छ । उदाहरणको लागि अमेरिकामा नकारात्मक अभियानहरूमार्फत् मान्छेले चुनाव जित्छन् । डेमोक्रेटिक पार्टीले रिपब्लिकन पार्टीको उम्मेदवारमाथि हिलो छ्याप्न अनुसन्धानकर्मीहरू खटाउँछ । रिपब्लिकनहरूले पनि त्यसै गर्छन् । सत्यसँग सरोकार हुन्न किनभने घटनाक्रम छिटोछिटो चल्छ । कसैले प्रतिक्रिया दिनुअघि नै अतिरञ्जना तथ्य बनिसकेको हुन्छ । सिनेटर एलिजावेथ वारेनले हार्वर्ड विश्वविद्यालयमा बुझाएको उनको निवेदनमा आफू मूल अमेरिकी भएको दाबी गरेको रिपोर्ट आयो । उनले हिलारी क्लिन्टनको पक्षमा चुनावी सभाहरू गर्न थालेपछि मौका पायो कि डोनाल्ड ट्रम्पले उनलाई “पोकाहोन्तास” भनेर गिज्याउन थाले । प्रभुत्वको बाक्सामा अनेक उपाय छन् । बनावटी काण्डहरू र अपव्याख्याको माध्यमबाट घटनालाई प्रभावित गर्न सकिन्छ । यस्ता उपाय अवैध वा रहस्यमय हुनैपर्छ भन्ने छैन । यसको लागि सेलिब्रिटी हुनुपर्छ, ट्वीटर एकाउन्ट हुनुपर्छ र सूचना नियन्त्रण गर्ने संजालको ध्यान आफूतिर हुनुपर्छ ।
गाय देबोर्दले इन्टरनेट आउनुभन्दा धेरै अघि आफ्नो पुस्तक ‘कमेन्ट्स अन द सोसाइटी अफ द स्पेक्टेकल’ मा भनेका थिए, “एक अर्थमा इतिहासका सबै तथ्यको ज्ञान बिलाएको देख्न सकिन्छ । सम्पूर्ण सूचनाहरूको लगाम हातमा लिएका व्यक्तिहरूले मनलाग्दी कसैको प्रतिष्ठा बिटुल्याउन र फेर्न सक्ने स्थिति आएको छ । जानकारीहरू बटुल्नु र तिनलाई प्रसार गर्नु एकदम भिन्न कुरा हुन गएको छ । सूचना तोडमोड गर्ने ती व्यक्तिहरूको क्षमता असीमित छ ।”
जोमाथि पनि हिलो छ्याप्न सकिन्छ । सीआईए र राष्ट्रिय सुरक्षा संस्थानका केही अज्ञात संरक्षित व्यक्तिहरूबाहेक अरू बच्न सक्दैनन् । समुद्रपारि सीआईएले निरन्तर भ्लादिमिर पुटिन जस्ता विरोधीहरूबारे जानकारी बटुल्छ र पश्चिमा मिडियामा पठाउने गर्छ । र, पश्चिमा मिडिया ती जानकारीलाई लाखौँ तरिकाले बटारबुटुर गर्न रुचाउँछ ।
सीआईएले देशी र विदेशी प्रतिस्पर्धाहरूमा असन्तुलनबाट फाइदा लिन्छ भन्ने कुरा थोरैलाई मात्र थाहा छ । त्यसैले सीआईए गोप्य छ र सबै नाफाभोगीहरूले यसको सुरक्षा गर्छन् । तिनीहरूको पेशेवर सोच एउटै छ । सीआईएका अफिसरहरू, जनसम्पर्कका मान्छेहरू, पत्रकारहरू, राजनीतिक नेताहरू र ‘फक्स’ वा ‘एमएसएनबीसी’ जस्ता टेलिभिजन च्यानलमा ‘विज्ञ’ को राय दिएर पैसा लिने बुद्धिजीवीहरूले युक्रेन र भेनेजुयलाबारे बढाईचढाई गरेझैँ संरा अमेरिकाकै सामाजिक र राजनीतिक आन्दोलनहरूबारे पनि बद्ख्वाइँ गर्छन् ।
सीआईएले आफ्नो गोप्य उद्देश्य पूरा गर्न जनतालाई ठूला संगठनमा आबद्ध गर्छ । यसको लागि उसले फर्जी ट्वीटर एकान्ट, फेसबुक पेज र अन्य सामाजिक वेबसाइटहरू बनाउँछ । २०१६ को मे महिनामा ट्वीटरले ‘अमेरिकी गुप्तचर निकायहरूलाई ट्वीटरमार्फत् सबै सामाजिक पोस्टहरू केलाउन मिल्ने सेवाबाट वञ्चित ग¥यो ।’ यसको दोषी सीआईएको ‘ओपन सोर्स इन्टरप्राइज’ थियो । यसले ‘डाटामिन्र’ नामक निजी साझेदारसँग मिलेमतो गरेको थियो । अमेरिकी नागरिकहरूको सुराकी गर्न सीआईएले नै इन्–क्यु–टेलको खर्चमा यो मिलेमतोको चाँजो मिलाएको थियो । यस्ता ठूला ‘खुफिया’ अपरेसनहरूलाई बारम्बार अवैध ‘गुप्तचरीविरोधी आक्रमण’ अपरेसन ढाकछोप गर्न प्रयोग गरिन्छ ।
डअसन : हामीले युक्रेनको मोर्चामा ‘प्रजातन्त्रका लागि राष्ट्रिय अनुदान, नेड’ देख्यौँ । यो सीआईए नै हो । तर सीआईएलाई किन यतिविधि बिचौलिया एनजीओहरू चाहिएको होला ? थरीथरीका ४० वटा गैर सरकारी संस्थाहरूको उद्देश्य के हो ?
भ्यालेन्टाइन : म तपाइँलाई एउटा उदाहरण दिन्छु । सीआईए भियतनाम पसेपछि त्यसले गरेको पहिलो काम धेरै घरघरेडी किन्नु थियो । भियतनाम संरा अमेरिकाले अहिलेसम्म भोगेका देशहरूभन्दा फ्क संस्कृतिको थियो । घरजग्गा किन्ने बेला पहिलो हिन्द–चीन युद्ध चल्दै थियो । उनीहरूले चोरबाटोबाट चुपचाप सम्पत्ति जोरे । आफ्ना संगठनहरूको अड्डा बनाउन उनीहरूलाई सुरक्षित घरहरू चाहिन्थ्यो । त्यसैले यस्तो गरिएको थियो । संकटको बेला घरजग्गाको भाऊ घटेको बेला यस्तो गर्न सजिलो हुन्छ । ट्रम्पले सधैँ भन्छन्, “सस्तोमा किन ।” भाऊ कतिबेला सस्तिन्छ ? धनाढ्य रुथशिल्डको प्रसिद्ध भनाई छ, “सडकमा रगत बगिरहेको बेला ।”
सन् १९५२ देखि १९५५ सम्ममा (भियतनामी शहर) साइगोनमा सीआईएले धेरै जमिनका पाटाहरू किन्यो । त्यतिबेला पहिलो हिन्द–चीन युद्ध चलिरहेको थियो, सडकमा रगत बगिरहेको थियो । सीआईएले जमिनको वास्तविक मूल्त्न्दा दश भाग कम मूल्यमा अत्यावश्यक स्थानहरूको घडेरी किन्यो । पहिलो पाइला सुराकी गर्नु हो । यी भवनहरूमा सीआईए अफिसरहरूले आफ्ना एजेन्टहरूलाई भेट्थे र काला कर्तुतहरूको तानाबाना बुन्थे । तिनले केही एजेन्टहरूलाई एनजीओ र अन्य सार्वजनिक संघसंस्थाहरूमा काम गर्न पठाए ।
विलियम कोल्बीले एक यस्तै छद्म व्यक्तिसँग मेरो चिनापर्ची गराए । उसको नाम क्लाइड बावेर थियो । ऊ सीआईएको अफिसर थियो र अमेरिका भियतनाम पस्दै गर्दा उसले एयर अमेरिका संचालन गथ्र्यो । बावेरले “बलियो जनआधार तयार गर्न” आफूले दक्षिण भियतनामको विदेश सम्बन्ध परिषद्, वाणिज्य संघ र लायन्स क्लब खोलेको बतायो । युए सेन्टरको माध्यमबाट सीआईएले युक्रेनमा ठ्याक्कै त्यही काम गर्दै छ । यस्तै संघसंस्थाबाट राजनीतिक उम्मेदवारहरू जन्मिन्छन् ।
सीआईएले विदेशमा विभिन्न तरिकाले राजनीतिलाई प्रभावित गर्छ । सीआईएका अफिसरहरूले वामपन्थी र दक्षिणपन्थी सबैथरी राजनीतिक पार्टीहरूमा निरन्तर पैसा बगाउँदै छन् । साथमा तिनले राजनीतिक घटनाक्रम नियन्त्रण गर्न र निगरानी गर्न दलालहरूको लामो सिक्री बनाउँछन् । काम गर्ने मानक तारिका यही हो ।
सीआईएले गर्ने अर्को काम भनेको देशको गुप्तचर निकायको लगाम आफ्नो हातमा ल्याउनु हो । भियतनाममा तिनले त्यही गरेका थिए र युक्रेनमा पनि त्यसै गर्दै छन् । मैले कतै चर्चा गरेको छु, तिनले गुप्तचर निकायका मान्छेहरूलाई तालिम र उच्च प्राविधिक सामग्री दिने प्रस्ताव राख्छन्, उनीहरूलाई भ्रष्ट बनाउँछन् र आफ्नो स्वार्थ पूरा गर्न प्रयोग गर्छन् । इरानको गुप्तचर निकाय “साभाक” मा तिनीहरूले यस्तै गरेका थिए । अरू देशका सरकारी कर्मचारीहरूलाई बिगार्नु एकदम अवैध कार्य हो । हामीमाथि यस्तो गर्दा हामीलाई राम्रो लाग्दैन । ओमिद्यारजस्ता प्रभावशाली खरबपतिलाई पनि त्यस्तो तालिम दिइयो भने राम्रो होइन । यद्यपि उनको निजी सुरक्षामा पूर्व सीआईए अफिसरहरू नै खटिएको हुनुपर्छ र उनलाई कसरी जोगाउनुपर्छ भन्ने ती अफिसरहरूलाई पनि थाहा हुन्न ।
सीआईएले सबै राजनीतिक पार्टीहरूमा घुसपैठ गर्छ । दक्षिणपन्थी होस् वा वामपन्थी, आफूले किनेको नेता ठाउँमा पुगेलगत्तै उसलाई रक्षामन्त्री वा गृहमन्त्री बन्ने वातावरण मिलाउँछ । यी मन्त्रीहरूले सीआईएको पैसा खान्छन् र सीआईएले भने अनुसार खरिदबिक्री गर्ने सैनिक, रक्षा अधिकारी र प्रहरी अधिकारीहरू नियुक्त गर्छन् । आफूले आँखा गाडेको देशको सरकार र नागरिक समाजमा सीआईएले आफ्ना मान्छेहरू भर्ने प्रयास गर्छ । दक्षिण अमेरिकामा तिनले (सैन्य विद्यालय) ‘स्कूल अफ अमेरिकाज’ को माध्यमबाट नयाँ सैन्य अफिसरहरू भर्ती गर्दै गए । समय आएपछि अन्य मान्छेहरूको मद्दतले तिनै अफिसरहरूबाट सैनिक विद्रोह गराए । यस्ता सहयोगी मान्छेहरूलाई उसले वर्षौँदेखि हुर्काइरहेको हुन्छ । कहिलेकाहीँ यसमा दशकौँ लाग्न सक्छ ।
यी समानान्तर सरकारहरू स्थापना गर्न अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूलाई सीआईए चाहिन्छ । सीआईएले सैन्य र सुरक्षा सेवाहरूमा घुसपैठ गर्छ । साथै उसले युए सेन्टरजस्तो अस्वीकार गर्न मिल्ने संगठनको माध्यमबाट जनआधार तयार गर्छ । ठूलो जनसमर्थन नहुँदा यसरी नै समाजमाथि शासन गरिन्छ : सम्पत्तिको मालिक बनेर र सरकारी अनि सार्वजनिक संघसंस्थाहरूमा आफ्ना मान्छे भरेर ।
सीआईएले पोल्यान्डका लेख वालेसाजस्ता मान्छेलाई भर्ती गर्छ । प्रायजसो युनियनहरू चलाउने, शिक्षा व्यवस्था हाँक्ने मानिसहरू सीआईएका एजेन्ट हुन्छन् । सीआईएले तिनलाई किन पनि भर्ती गर्छ भने ऊसित अकूत पैसा हुन्छ । जर्ज सोरोसजस्ता खरबपतिहरूले दशबीस लाख यताउता छरिरहेको बेला रुसीहरूले प्रतिस्पर्धा गर्न सक्दैनन् । यस्तो पैसा सार्वजनिक संस्थानहरू निर्माण गर्न प्रयोग हुन्छ । यस्ता संस्थानहरू वैचारिक रूपमा व्यवस्थाको लयमा हुन्छन् । मानिसहरूले यस्तो काम प्रेम, पैसा, उज्जवल भविष्यप्रतिको आस्था, जेको लागि गरेको भए पनि सीआईएले सामाजिक र राजनीतिक प्रक्रिया तोडमोड गर्छ । उसका अफिसरहरू र एजेन्टहरूले मान्छे भर्ती गर्दै छन् र तिनलाई विभिन्न ठाउँमा खटाउँदै छन् । तिनलाई एउटा करारमा हस्ताक्षर गराइन्छ । त्यसले आरामले भन्छ, “यहाँ कीभमा हाम्रो स्वार्थ पूरा गर्न हाम्रो लागि काम गरेबापत तपाइँले स्वीस बैंकको खातामा १ लाख डलर पाउनुहुनेछ र तपाइँको जीवन रमाइलो हुनेछ ।”
अनुवाद : सुरेश
बाँकी भोलिको अङ्कमा
Leave a Reply