म भैल खः हुँ
- बैशाख ४, २०८३
काठमाडौँ, २५ फागुन । २५ फागुन, २०७८ को ‘नागरिक’ को विचार स्तम्भमा सोभियत सङ्घका स्तालिनपछिका नेता र प्रधानमन्त्री ख्रुश्चेभकी नातिनी भनिएकी निना एल ख्रुस्चेभाको ‘पुटिनको दिमागमा के छ ?’ शीर्षकको लेख छापियो । उनी ‘दिन्यू स्कूलकी अन्तर्राष्ट्रिय मामला’ विषयकी प्राध्यापक बताइएको छ (प्रोजेक्ट सिन्डिकेटबाट) ।
लेखमा निना एल ख्रुश्चेभाले ‘स्तालिनलाई तर्कहीन तानाशाह’ र ‘लाखौँ युक्रेनीले भोकभोकै मर्नुपरेको’ दोष दिइन् ।
उनले ‘माओ त्सेतुङ्गलाई ‘चीनमा सामूहिक हत्या’ गरेको आरोप लगाइन् । उनले ‘माओ त्सेतुङ्गले राजनीतिक शक्ति बन्दुकको नालबाट आउँछ’ भनेको बताइन् । माओ त्सेतुङ्गले रुससँग आन्तरिक र बाह्य शत्रुसँग लड्न ख्रुस्चेभसँग आणविक हतियार मागेको झूटो सूचना हो ।
नोवेल पुरस्कार विजेता अलेक्जेन्डर सोल्जेनिटिसनको ‘राष्ट्रवादी उन्मादमा पनि आधारभूत नैतिकता गुमाउन नहुने’ भनाइलाई पुटिनले नमानेकोमा विरोध जनाइने निना एल ख्रुस्चेभाले ।
स्तालिनवाद, माओवाद र ‘पुटिनवाद’ झूटो फतुर हो ।
धेरै पाठकहरूलाई थाहा छ– सन् १९१७ मा रुसमा अक्टोबर समाजवादी क्रान्ति वोल्शेविक कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको थियो । त्यस क्रान्तिले सोभियत सङ्घमा योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त गरेको थियो र शोषणलाई निषेध गरेको थियो । सामन्त र जमिनदारहरूको कब्जामा रहेको भूमि वितरण किसानलाई सहकारी संस्था, सामूहिक खेती र राजकीय खेतीको बन्दोबस्त गरिएको थियो । सबै देशी–विदेशी कल–कारखाना, उद्योग, व्यापार र यातायातको सेवा (उत्पादनका साधन र सेवा) को राष्ट्रियकरण गरिएको थियो । लेनिनपछि स्तालिनको नेतृत्वमा बनेको सरकारले युरोपको सबभन्दा पिछडिएको देशलाई एक औद्योगिक तथा वैज्ञानिक खेतीको देशको रूपमा विकास गरेको थियो । शिक्षा र स्वास्थ्य निःशुल्क थियो । राजा जारको बेला थिचोमिचोमा परेको सबै छिमेकी देशहरूसँग भएको असमान सन्धि खारेज गरी सबैसँग समान स्तरमा कूटनैतिक सम्बन्ध राखिएको थियो । त्यसैबेला त्राेत्सकी, कामेनेभ, जिनेवियेभ र बुखारिनजस्ता पार्टी र सरकारमा घुसेका विदेशी जासुस र विश्वासघातीहरूले सोभियत सङ्घविरुद्ध १४ वटा साम्राज्यवादी देशबाट युद्ध गर्न लगाई देशलाई विभिन्न टुक्रामा बाँड्न खोजेका थिए । स्तालिनको नेतृत्वमा करोडौँ मजदुर–किसान तथा देशभक्तहरूले शत्रुलाई परास्त गरे । ती विश्वासघाती र विदेशी दलालहरूलाई ज्यान सजाय गरिएको थियो । त्यो ज्यान सजाय स्तालिनले होइन, त्यसबेलाको अदालतले गरेको थियो । अपराधीहरूले आफ्नो अपराध स्वीकारेका थिए । त्यस न्यायिक इजलासमा तत्कालीन अमेरिकी राष्ट्रपति रुजबेल्टका राजदूतसमेत थिए । अमेरिका फर्केर उनले त्यसबारे सबै कुरा अमेरिकी सरकारलाई बताएका थिए । यस अर्थमा स्तालिन तानाशाही नभई परोपकारी हुनुहुन्थ्यो, एक देशभक्त र सर्वहारा अन्तर्राष्ट्रवादी हुनुहुन्थ्यो । लाखौँ यहुदीहरूलाई मार्ने त ‘हिटलर’ र उसको ‘राष्ट्रवादी समाजवादी पार्टी’ नाजीहरू नै थिए । अहिले युक्रेनको नेतृत्वमा नयाँ नाजीहरूले नै सन् २०१४ देखि त्यहाँका जनतामाथि अत्याचार गर्दै छन् र त्यो नव नाजीहरूलाई संरा अमेरिकी र उत्तर एटलान्टिक सैन्य सङ्गठन (नेटो) का देशहरूले भित्रभित्र सहयोग गर्दै आएका छन् ।
‘राज्यसत्ता बन्दुकको नालबाट उठ्छ’ भन्ने भनाइ एक जर्मनी रणविद्को हो । माओ त्सेतुङ्गले त्यस भनाइ उद्धरण चिह्न दिएर आफ्नो रचनामा उल्लेख गर्नुभएको हो । माओ त्सेतुङ्गले रुससँग आणविक हतियार माग्नुभएको थिएन । बरु उहाँले चीनलाई रुसको सुरक्षा छातामा सामेल गराउने प्रस्तावको विरोध गर्नुभएको थियो ।
अलेक्जेन्डर सोल्जेनिटिसन एक प्रतिक्रियावादी रुसी लेखक थिए । साम्राज्यवादी नोबेल पुरस्कार गुठीले समाजवाद र रुसलाई बदनाम गराउन ‘क्यान्सर वार्ड’ भन्ने एक प्रतिक्रियावादी उपन्यासको निम्ति सोल्जेनिटिसनलाई नोबेल पुरस्कार दिएको हो । सन् १९७४ मा उसले अमेरिकामा शरण लियो र सन् १९९४ मा समाजवादको अन्तपछि उसले आममाफी पायो । ऊ पनि अमेरिकी साम्राज्यवादी पिट्ठु थियो । ऊ आफ्नो देशमा अमेरिकाको हात बलियो बनाउन चाहन्थ्यो । उसको ‘राष्ट्रवाद’ अमेरिका र नेटोको सेवा गर्नु हो ।
स्तालिन आफूलाई माक्र्स र लेनिनका शिष्य मान्नुहुन्थ्यो । उहाँ ‘स्तालिनवाद’लाई अस्वीकार गर्नुहुन्थ्यो । माओ त्सेतुङ्ग पनि आफूलाई माक्र्सवादी र लेनिनवादी मान्नुहुन्थ्यो । चिनियाँ कम्युनिस्ट पार्टीले ‘माओवाद’ मान्दैन र माक्र्सवाद र लेनिनवादलाई चीनको धर्तीमा प्रयोग गर्दाको अनुभवलाई ‘माओ त्सेतुङ्ग विचारधारा’ को रूपमा स्वीकारेको छ । माओ विचारधारा सार्वभौम सिद्धान्त होइन । ‘पुटिनवाद’को कुरै उठेको छैन । ख्रुश्चेभ रुसी जनताको विश्वासघाती र संरा अमेरिकाको अगाडि आत्मसमर्पण गर्ने एक कलङ्क हो । गोर्भाचोभ अमेरिकी साम्राज्यवादको केन्द्रीय गुप्तचर विभागको एक एजेन्ट थियो । उसले सोभियत सङ्घलाई १५ टुक्रामा विभाजन ग¥यो र सोभियत कम्युनिस्ट पार्टी र समाजवादलाई विघटन ग¥यो ।
Leave a Reply