युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
युक्रेनमा सीआईए र एनजीओ
यो अवैध हो । देशद्रोह हो । तपाईँ कुनै विदेशी गुप्तचर निकायबाट पैसा लिएर आफ्नै मातृभूमिविरुद्ध काम गर्न सक्नुहुन्न । तर, सीआईएले हाल युक्रेन र विश्वभरि ठूलो मात्रामा यही काम गरिरहेको छ ।
डअसन : म यहाँलाई ‘मानव गुप्तचरी’ बारे सोध्न चाहन्थेँ । ‘गुप्तचरी समुदाय निर्देशिका ३०४’ के हो ?
भ्यालेन्टाइन : यो सन् २००९ मा निस्केको थियो । कसैलाई पढ्न मन भए, यो खालि चारपाँच पानाको छ । बुझिने भाषामा एफबीआई, सीआईए र रक्षा विभागले ‘हुमिन्ट’ ९ज्ग्ःक्ष्ल्त्० को माध्यमबाट ‘गुप्तचरीको राष्ट्रिय निर्देशक’ को लागि केके गर्छन् भनेर स्पष्ट लेखिएको छ ।
गुप्तचरीको राष्ट्रिय निर्देशक (डीएनआई) को पद सन् २००१ मा बुश राष्ट्रपति नहुँदासम्म अस्तित्वमा थिएन । त्यतिञ्जेल सम्पूर्ण खुफिया अपरेसनहरू सुपरिवेक्षण गर्ने काम सीआईएको निर्देशकको थियो । उसको जिम्मेवारी दोहोरो थियो । सेप्टेम्बर ११ को घटनापछि सीआईएको निर्देशकले आधिकारिकरूपमा सम्पूर्ण खुफिया एजेन्सीहरूको गतिविधि हेर्न छोड्यो । यो जिम्मेवारी नयाँ गुप्तचरीको राष्ट्रिय निर्देशकमा आयो । सन् २०१० पछि यो पदमा जेम्स क्लापर आए । डीएनआईको पद बुशले बनाएका थिए । उसको काम घरेलु गुप्तचरी अपरेसनहरूमाथि अझ बढी राजनीतिक नियन्त्रण जमाउनु थियो ।
सन् २००९ मा डीएनआईले ‘निर्देशिका ३०४’ जारी गरे । यसको उद्देश्य सैनिक, सीआईए र एफबीआईको काम परिभाषित गर्नु थियो । पछिल्लो अनलाइन प्रतिलाई छाँटिएको छ । सीआईएले के गर्छ भन्ने प्रसङ्ग हटाइएको छ । युक्रेनका सीआईए अफिसरहरूको नाम, तिनीहरूले आड लिएका पदहरू र तिनले कसलाई घूस खुवाइएका छन् वा भ्रष्ट बनाएका छन् भन्ने कुरा लुकाउनु स्वाभाविक हो । रोटरी क्लबको अध्यक्ष वा कीभको प्रहरी प्रमुख सीआईएको एजेन्ट हो भने उसलाई लुकाइन्छ नै, किनभने त्यो अवैध हो । तर, अहिले ‘निर्देशिका ३०४’ ले गर्दा सीआईए अपरेसनहरूबारे के कुरा खुलासा गरिएको छ भन्ने कुरा पनि हामीलाई थाहा हुन्न । यसरी स्थिति झन् दुष्कर बनेको छ ।
फेरि यो सबै सूचनामाथि नियन्त्रणको कुरा हो । तिनले तपाईँलाई केही पनि थाहा दिन चाहन्नन् । यसरी नै तिनले तपाईँमाथि सत्ता लाद्छन् । तपाईँका शासकहरू सूचना नियन्त्रण नगरिरहन सक्दैनन् । जे भइरहेको छ, त्यसबारे उनीहरू जानकारी दिन चाहन्नन् । यसरी नै ग्रीनवाल्डले स्नोडेनबाट पाएको एनएसए दस्तावेजहरूको खजाना लुकाउँछन् र तपाईँलाई देखाउन चाहेका कुरामात्र देखाउँछन् । किनभने व्यक्ति वा संस्थाको शक्ति सूचनाहरूमाथि नियन्त्रण गर्नसक्ने उसको क्षमतामा निर्भर हुन्छ । यसमै उसको शक्ति निहीत हुन्छ ।
डअसन : त्यसबाट कसरी फाइदा लिने !
भ्यालेन्टाइन : कुरा त्यही हो । सीआईएले के गरिरहेको छ भन्ने जानकारी सरकारले तपाईँबाट लुकाएको बेला प्रजातन्त्र भ्रष्ट हुन्छ । यस्तो खालको गोप्यता प्रजातन्त्रको खिलाफमा छ । सर्वसाधरणलाई के भइरहेको छ भन्ने कुरा थाहा नभएपछि घटनाक्रमको भविष्य कस्तो हुने भन्नेमा जनताको नियन्त्रण हुन्न । अमेरिकीहरूले धेरै नियन्त्रण गुमाएका छन्, धेरै स्वतन्त्रता गुमाएका छन् ।
डअसन : तिनले केही दस्तावेज खुलासा गर्दाबित्तिकै हामी त्यसमा त्यति संवेदनशील रहस्य नभएको पाउँछौँ । यो भनेको अवैध धन्दा लुकाउनुमात्र हो !
भ्यालेन्टाइन : सीआईएले विश्वभर वा अमेरिकामा गोप्य र अवैध गतिविधि सञ्चालन गर्नुको उद्देश्य वर्गीय, लैङ्गिक र जातीय तादात्म्य ल्याउनु होइन अथवा प्यालेस्टाइनी र यहुदीहरूलाई हातमा हात बाँध्न लगाएर पेप्सीको विज्ञापन गाउन उत्साहित गर्नु होइन । सीआईएले यी सब क्लिन्टन र बुशहरूको लागि गर्दै छ । तिनले यो काम ओमिद्यार, बिल गेट्स, जर्ज सोरोस र हामीलाई शासन गर्नेहरूको लागि गर्छन् ।
डअसन : तिनीहरू अल्पतन्त्रको गोप्य सैनिक शाखा हुन् ।
भ्यालेन्टाइन : हो । सीआईएलाई फिल एजीले “पुँजीवादको अदृश्य सेना” भने । न्यूनतम ज्याला बढाउन वा बैङ्कपतिहरूले गरिबहरूलाई सस्तोमा धितोपत्र बेच्ने बनाउनलाई सीआईएले अवैध धन्दा चलाइरहेको होइन । तिनीहरूले बैङ्कपतिहरूसँग मिलेर काम गर्दै छन् । युक्रेनीहरूले आफ्नो धनसम्पत्ति कीभस्थित मोर्गन स्ट्यान्ली सट्टाबजारमा राखून् भन्ने तिनको चाहना हो । तिनीहरू युक्रेनीहरूको जीवनरस चुस्न चाहन्छन् । यही काम गर्न सीआईए बनेको हो । आफ्नो लक्ष्य प्राप्त गर्न कसलाई भर्ती गरिएको हो भन्ने विषयमा तिनीहरू एकदम सचेत र सावधान हुन्छन् ।
डअसन : तिनीहरू धनसम्पत्ति र जग्गाजमिनजस्ता मूल्यवान् चीजबीच हत्याउन चाहन्छन् ।
भ्यालेन्टाइन : हो । तिनीहरूले चाहने पहिलो चीज नै सम्पत्ति हो । मूल्य घटाउने सबैभन्दा राम्रो उपाय युद्ध थाल्नु हो । मान्छेहरू इराक, लिबिया र सिरियाजस्ता युद्धभूमिबाट भाग्दै छन् । लडाइँ सुरु हुँदाबित्तिकै मूल्य घट्छ र ओमिद्यार, बाइडेन र जारेस्कोजस्ता नाफाभोगीहरूले तिनलाई खर्लप्पै निल्छन् ।
डअसन : अन्तर्राष्ट्रिय मुद्रा कोषले मान्छेलाई ऋणमा डुबाउने चुसुवा खेलो गर्छ । त्यसैले ऋणीले ऋण तिर्न आफ्नो जायजेथा बेच्नुपर्छ । युक्रेनले रुसीहरूसँग सम्बन्ध गाँस्न थाल्दा अचानक कू भयो ! एनजीओहरू परिचालन गर्ने युए सेन्टरले प्रजातन्त्र प्रसार गरेको फलाक्दा मलाई हाँँसो उठ्छ किनभने पश्चिम युक्रेनको वर्तमान सरकार नियुक्तिबाट बनेको हो !
भ्यालेन्टाइन : हो त । युक्रेनमा अमेरिकी गुप्तचर अपरेसनहरूको इतिहास पाठ सिक्ने खालको छ । दोस्रो विश्वयुद्धताका नाजी अफिसरहरूले स्तेपान बान्देरालाई सन् १९४४ मा जेलमुक्त गरे । बान्देरा नाजीहरूको सहयोगी थियो । उसको मिलिसियाको टुकडीले पूर्वी मोर्चामा पोलहरू, यहुदीहरू र कम्युनिष्ट कार्यकर्ताहरूको हत्या ग¥यो । फैलिँदो सोभियत सङ्घसँग लड्न सक्ने देखेर अमेरिकाले बान्देरालाई भर्ती ग¥यो । केही पनि फेरिएको छैन । त्यही लक्ष्य हासिल गर्न, रुसलाई रोक्न गत दश वर्षमा सीआईएले ‘सुन्तले क्रान्ति’ थालेको छ । त्यो सुरुआती रङ्गीन क्रान्तिमध्ये एक थियो । त्यसमा सीआईएले तिनै मान्छेलाई खटाएको थियो जसले पछि सन् २०१४ को कूमा भाग लिएका थिए ।
डअसन : डायोक्सिन विष काण्ड ।
भ्यालेन्टाइन : अहिलेका (सन् २०१४ मा) युक्रेनी राष्ट्रपतिकी पत्नी अमेरिकी हुन् र उनी युक्रेनबाट निर्वासित हुने परिवारकै छोरी हुन् । सीआईएसँग जताततैबाट भागेका आप्रवासीहरूले भरिभराउ तबेला छ । न्गो डिन्ह डिएम अमेरिकामा निर्वासित थियो । एड ल्यान्स्डेल र सीआईएले उसलाई दक्षिण भियतनामको राष्ट्रपति बनाए । उसले न्यूजर्सीको लेकउडको मेरीनोल धार्मिक स्कूलको भुइँ बढार्ने काम गथ्र्यो । फेथुल्ला ग्युलेन ताजा उदाहरण हो । ऊ टर्कीबाट अमेरिका गएको धनी व्यापारी थियो । २०१६ जुलाईमा उसले प्रम इर्दोगानलाई सत्ताच्यूत गर्ने प्रयास ग¥यो । सन् २०१४ मा जोसुआ कुकले रिपोर्ट लेखे ग्युलेन “सन् १९९९ मा स्वास्थ्य समस्याले गर्दा अमेरिका आएको थियो र पछि सीआईए अफिसरहरूको सहयोगमा भिजा मिलाएर अमेरिकामै बसेको थियो । एफबीआईले सुरुमा ग्युलेनलाई स्थायी बसोबासको सुविधा दिन आनाकानी गरेको थियो । बाहिरिएका केही दस्तावेजअनुसार अमेरिकी सरकारले ग्युलेनलाई दुष्ट र परिवर्तनकारी मुद्दाहरू ढाकछोप गर्ने नरम विचारहरू राख्ने ‘परिवर्तनवादी मुसलमान’ ठान्थ्यो ।”
कुकको रिपोर्ट भन्छ, “ग्युलेनबाट प्रेरित विद्यालयहरू संरा अमेरिकाभरि फैलेको विद्यालयहरूको सबैभन्दा ठूलो सञ्जाल हो । यसले करदाताहरूबाट वर्षको झन्डै १५ करोड डलर रकम पाउँछ । २६ वटा राज्यहरूमा १३० विद्यालयहरू छन् । तिनमा बहसङ्ख्यक शिक्षकहरू टर्कीका छन् । ती विद्यालयको निर्माण र सञ्चालनको ठेक्का धेरैजसो टर्कीकै व्यापारीहरूले लिएका छन् । यी गतिविधि देखेर नै अमेरिकी सरकारले कान ठाडो पारेको थियो ।”
डिएम र ग्युलेनजस्ता मान्छेहरू नै कुनाकाप्चाबाट बाहिर आउँछन् र सीआईएले ध्वस्त गर्न चाहेका देशहरूका सरकारी र नागरिक संस्थानहरूमा भरिन्छन् । विश्वभरि उसले गर्ने अर्को काम यही हो ।
डअसन : उदाहरणको लागि हामीले क्युबामा देख्यौँ, सीआईएले आफ्नो कुकर्म सञ्चालन गर्न मेएर लान्स्की र माफियाहरूलाई हातमा लिएको थियो । त्यसपछि युक्रेन सरकारले नवनाजीहरूको गिरोहलाई उच्च पदमा नियुक्त गरेको देख्यौँ ।
भ्यालेन्टाइन : उत्तर दिन मैले लामो समय लिएँ, तर कुरा सही हो । दोस्रो विश्वयुद्धपछि नै सीआईएले युक्रेनी आप्रवासीहरूसँग काम गरिरहेको छ । त्यसबेला उसले रेनहार्ड गेलेनलाई हातमा लिएको थियो । गेलेन जर्मन सेनामा सोभियत सङ्घविरोधी गुप्तचरीको प्रमुख थियो । सन् १९४५ मा अमेरिकी सेनाको गुप्तचर निकायले उसलाई काममा लगाएको थियो । तर, सीआईए बनेलगत्तै गेलेनलाई सीआईएले समात्यो र उसलाई पूर्वी युरोपको इन्चार्ज बनायो । सीआईएले यो पूर्व नाजीलाई युक्रेन, पोल्यान्ड, लाटभिया र सबै पूर्वी युरोपेली देशहरूमा उसले पहिले खडा गरेको जासुसी सञ्जाल ब्युँताउन प्रयोग ग¥यो । यसरी यी पुराना नाजी जासुस र हत्याराहरूले सीआईएको लागि काम गर्न थाले ।
डअसन : जापानमा पनि तिनले यस्तै गरेका थिए । तिनले याकुजा र चिनियाँहरूको सुराकी गर्ने पूर्व जापानी गुप्तचरहरूलाई हातमा लिएका थिए । तिनलाई जापानी गुप्तचरहरूको खाँचो थियो । तिनीहरूसँग चिनियाँ भाषा बोल्न सक्ने वा तिनीहरूबीच घुसपैठ गर्नसक्ने पर्याप्त मान्छे थिएनन् । त्यसैले तिनले दोस्रो विश्वयुद्धताकाकै जापानी गुप्तचरहरूको प्रयोग गरे ।
भ्यालेन्टाइन : यो सबै अवैध काम हो, तर सीआईएले विश्वभर यही अवैध काम गर्दै छ । युक्रेनमा उसले पुस्तौँदेखि यही गर्दै आएको छ । नाजीहरूका नातीनातिनालाई उसले काममा लगाएको छ । गुप्त नवनाजी एजेन्टहरूको गजबको जालोले ७० वर्षदेखि रुसविरुद्ध लडाइँ चलाइरहेको छ ।
रुसीहरूलाई तिनको नाम र ठेगाना थाहा छ । सीआईएका गुप्तचर केन्द्रहरू (सेफ हाउस) कहाँ छन् भन्ने रुसीहरू जान्दछन् । तर अमेरिकी जनतालाई सुइँकोसम्म छैन । उनीहरू समाचारमा बताइए अनुसारका घटनाले गर्दा युक्रेनमा सङ्कट आएको ठान्छन् । पत्रकारहरू, तिनका सम्पादकहरू, पुँजीपतिहरू, प्रकाशकहरूबीच ओमिद्यारजस्ता मान्छेहरू छन् । तिनले तपाईँलाई तिनको तर्फबाट सीआईएले गर्ने सबै अवैध गतिविधिहरू थाहा दिन चाहन्नन् । त्यसैले ‘द न्यूयोर्क टाइम्स’ र ‘वासिङटन पोस्ट’ का मालिकहरूले संवाददाताहरूलाई सीआईएले गरिरहेका कामबारे कहिल्यै रिपोर्ट नगराउनेगरी निर्देशन दिने सम्पादकहरूलाई काममा लगाउँछन् ।
डअसन : तीमध्ये केही सीआईएकै हुन्छन् ।
भ्यालेन्टाइन : अमेरिकामा पत्रकारिता भनेको सीआईए अफिसरहरूलाई लुकाउने परम्परागत आवरण हो । सीआईएलाई नलुकाउने बेला मिडिया मालिकहरूले आफ्नो समय बहुर्राष्ट्रिय कम्पनीहरूलाई बेच्छन् । यसको बदलामा यी कम्पनीहरूले तपाईँलाई आफ्नो माल बेच्छन् । यस्ता मालहरू ती विदेशी भूमिमा उत्पादन हुन्छन्, जसलाई सीआईएले ध्वस्त पारेको हुन्छ । सत्यतथ्य रिपोर्टिङ नामको चीजै छैन भने हुन्छ । सत्य सूचना मान्छेहरूले आफ्नो रवाफ बढाउन किन्ने महँगो मालजस्तै मूल्यवान छ । सबथोक तोडमोड गरिएको छ र ९ सेकेन्डको लयमा बताइन्छ । यसले गर्दा तपाईँले केही किन्नुहुन्छ, केही बुझ्नुहुन्न वा केही बिर्सनुहुन्छ ।
डअसन ः कसैलाई शङ्का लागे युक्रेनसम्बन्धी रिपोर्टिङहरू हेर्नुस् वा इराक युद्धअघिका रिपोर्टहरू हेर्नुस् । यी तीनशब्दे समाचार माध्यमहरू एकदम उस्तै छन् । अनलाइनहरूमा रिपोर्टिङहरूको खण्डन आउँछ । तैपनि, टेलिभिजनमा तपाईँले एकतर्फी खबरहरू पाउनुहुन्छ । ती सबै युद्ध र कूका पक्षमा हुन्छन् ।
भ्यालेन्टाइन : मेरो विचारमा सीआईएले पत्रकारितामा घुसपैठ गर्नु समस्या होइन । बरु सीआईएले पत्रकारिताको व्यापार प्रवद्र्धन गर्नु खतरा हो । पत्रकारिता खासमा पुँजीवादको विज्ञापन शाखा हो । पुँजीवाद र पत्रकारिताले मिलेर काम गर्दै छन् । सीआईएबारे रिपोर्ट गर्ने सेमोर हेर्शजस्ता “विश्वासिला” पत्रकारहरूले कहिल्यै मैले बताएझैँ तथ्यहरू बताउन्नन् । सीआईए र मिडिया एउटै आपराधिक षड्यन्त्रका हिस्सा हुन् । सीआईएबारे ‘खुलासा गर्ने’ मुलधारे संवाददाताहरूका लेखनमा तपाईँले कहिल्यै महत्वका कुरा थाहा पाउनुहुनेछैन । सीआईएको दस्तावेज ‘आपराधिक षड्यन्त्रहरू १०१’ बाट तपाईँले पत्रकारिता सिक्न सक्नुहुन्न ।
डअसन : त्यसैले मैले ‘डिकेड्स अफ डिसिट्स’ नामक वृत्तचित्र बनाएको हुँ । त्यसमा केही खुफिया अपरेसनहरूको भण्डाफोर गरेको छु । ती अपरेसनहरूमा सीआईए संलग्न थियो र उसले नै नियन्त्रण गरेको थियो । आमसञ्चारबाट जति झुट फैलाइन्छ, विद्यालय र टेलिभिजनबाट जति खुराक खुवाइन्छ त्यो हेर्दा मेरो वृत्तचित्र हात्तीको मुखमा जिराजस्तै हो ।
भ्यालेन्टाइन : २४० वर्षअघि अमेरिकी समाज बन्ने बेलादेखि नै यो समाज मुठ्ठीभर धनाढ्य र तिनका सन्तानहरूलाई धनी र शक्तिशाली बनाउने लक्ष्य लिएर अघि बढेको छ । अमेरिकी महादेश कब्जा गरेपछि तिनीहरू विश्व कब्जामा अघि बढे । यी २४० वर्षमा अमेरिकी नागरिक र सरकारी संस्थानहरू यही उद्देश्य पूरा गर्न अझ व्यवस्थित बन्दै आएका छन् । सीआईए ७० वर्षअघि बन्यो र उद्योगको रूपमा अवैध धन्दाहरू चलाएर यही प्रक्रियालाई अघि बढायो । यो तथ्यले अमेरिकी साम्राज्य र त्यसका हर्ताकर्ताहरूको भोकमा कुनै फेरबदल नआएको स्पष्ट हुन्छ ।
युए सेन्टर नियन्त्रण गर्ने र युक्रेनमा विभिन्न अपरेसनहरू सञ्चालन गर्ने मानिसहरूले अमेरिकामा पनि उही काम गर्दै छन् । शासकहरू उही हुन् । जनसम्पर्कका मान्छेहरू र पत्रकारहरू उही हुन् । राजनीतिक नेताहरू उही हुन् । तिनले एउटै काम गर्दै छन् । तिनको विगत केलाउँदै जाँदा यो कुरा स्पष्ट हुन्छ ।
डअसन : तिनले ठूला घटनाहरू पनि तोडमोड गर्न सक्छन् । तिनीहरूमध्ये एउटा अखबार वा व्यक्तिले पनि प्यालेस्टाइन कब्जा भयो भन्लान् भनी नचिताए हुन्छ । यस्तो कहिल्यै हुनेछैन । कहिल्यै हुनेछैन ।
भ्यालेन्टाइन : तैपनि, मानिसहरू यहाँ स्वतन्त्रता छ भन्ठान्छन् । मेरो अनुमानमा यो सबै सापेक्षिक हुन्छ । तर, तपाईँले अलिकति थाहा पाउन थाल्नुभयो भने तपाईँलाई ‘सत्य’ थाहै रहेनछ भन्ने बुझ्नुहुन्छ ।
डअसन : इन्टरनेटले अलिकति प्वाल पारेको छ, तर यो पर्याप्त छैन । अहिले नभए पनि मलाई यसमा विश्वास छ ।
भ्यालेन्टाइन : म छैसठ्ठी वर्षको भएँ । सन् १९८० को दशकमा मैले लेख्न थाल्दा एउटा तथ्य थाहा पाउन पनि व्यक्ति विशेषसँग महिनौँ सम्पर्कमा रहनुपथ्र्यो । अहिलेको गति तीव्र छ । तर, सीआईए पनि तीव्र छ । इन्टरनेटका सूचनाहरूमाथि पूर्ण नियन्त्रण राख्न उसले नयाँ ‘डिजिटल निर्देशनालय’ बनाएको छ । वैज्ञानिक र प्राविधिक जानकारीमाथिको नियन्त्रण शब्दमाथिको नियन्त्रणजत्तिकै महत्वपूर्ण छ । खुफिया शब्दहरू लेखिएको होस् वा इन्टरनेटबाट प्रसार गरिएको होस्, दुवै महत्वपूर्ण छन् । सीआईए इन्टरनेटमार्फत् गरिने प्रचारतन्त्रको अग्रमोर्चामा छ । त्यसैगरी उसको विज्ञान र प्राविधिक शाखा उद्योगधन्दाको ढाँचा तयार गर्ने र संसारै चलाउने मोर्चा सम्हाल्छ ।
सीआईए ड्रोन र अस्त्र प्रविधिको मोर्चामा छ । शासक वर्गलाई धनी बनाउने र उसको सेवा गर्ने सबै प्रकारको प्राविधिक उन्नतिमा उसको रुचि छ । सीआईए यही अनुसन्धान र विकासको मोर्चामा छ । इन्टरनेट पनि यस्तै साधन हो ।
१९९० को दशकको मध्यमा मैले हाइपरटेक्स भाषाको कक्षा लिएको थिएँ । अचम्मको कुरा, हामीलाई सम्पूर्ण सूचनाहरू लाङ्गेलका सुपर प्रोसेसरहरू हुँदै आउँछन् भनेर पढाइएको थियो । पुटिनले हालै मात्र इन्टरनेट सीआईएको विशेष परियोजना थियो भने । उनको कुरा सही हो । ‘उच्च रक्षा अनुसन्धान परियोजना एजेन्सी’ ‘आरपानेट’ सँगै अस्तित्वमा आएको हो । ‘आरपानेट’ ले १९९० को दशकको आरम्भमा कलेजका पुस्तकालयहरूको जानकारीसम्म हाम्रो पहुँच पु¥याएको थियो । यो सबै रक्षा विभागअन्तर्गत भएको थियो । रक्षा विभागले सीआईएलाई आड दिन्थ्यो ।
यसरी हाम्रो इन्टरनेट सामथ्र्य नयाँ स्वतन्त्रता बनेको छ । तर, यति नै बेला हामीले यो स्वतन्त्रता सीआईएको निगाहमा उपभोग गर्दैछौँ । तिनले चाहे भने एक मिनेटमै यो स्वतन्त्रता खोस्न सक्छन् । तिनले यसका सबै पक्षमा नियन्त्रण र निगरानी गर्छन् । हामीले तिनलाई तर्साउने कुनै काम गरे तिनले एक सेकेन्डभन्दा पनि छोटो समयमा त्यो कुरा चाल पाइहाल्छन् । अति हाम्रो गतिविधि ठप्प हुनसक्छ । तिनको तुलनामा हामी भुसुनाबराबर छौँ ।
डअसन : ‘एफसीसी’ ले अमेरिकामा तटस्थता भत्काउने काम थालिसकेको छ । म इन्टरनेट स्वतन्त्रतालाई कालो हाँससँग तुलना गर्छु । यसका निश्चय नै व्यापारिक प्रयोजनहरू छन् । ओमिद्यारजस्ता मान्छेहरूले अनलाइनमा मालसामान बेचेर कमाइरहेका छन् । तर, आफ्नै मिहिनेतले बनेका पत्रकारहरू होलान् र तिनका सम्पूर्ण भयावह धन्दाहरूको रिपोर्टिङ गर्न सुरु गर्लान् भन्ने चिन्ताले तिनलाई सताउला भनी निर्धक्क भन्न सक्दिन ।
भ्यालेन्टाइन : अहिले मानिसहरू इन्टरनेटको कुलतमा छन् । बिल गेट्स वा ओमिद्यारले चाहेको खण्डमा तिनले तपाईँलाई दिनको एक डलर शुल्क लिन सक्छन् । यो नशाजस्तै हो । पहिलो डोज निःशुल्क पाइन्छ । अब तिनले शुल्क लिने बेला आएको छ । इन्टरनेटमा अहिले जे भइरहेको छ, पाँच वर्षपछि पनि त्यही होला भन्न सकिन्न । छिट्टै यो इन्टरनेट श्वैरकल्पना दुस्वप्नमा परिणत हुनसक्छ ।
डअसन : कस्तो डरलाग्दो, तैपनि तपाईँको कुरा सही हुन सक्छ । कम्तीमा तिनले इन्टरनेट सेवाको पैसा लिइरहेका छन् र यसले तिनको चित्त बुझेको छैन । तर, को छिटो छ, को ढिलो छ भन्ने निर्णय गर्नुभयो भने तपाईँले सूचनाहरूमाथि पूर्ण नियन्त्रण गर्न सक्नुहुन्छ । यत्ति निर्णय गर्नुपर्छ ।
भ्यालेन्टाइन : तपाईँ इन्टरनेट उद्यमी भए त्यसबाट खरबपति बन्नका लागि तपाईँले कति तरीकाहरू खोज्नुहुन्थ्यो होला ? मानिसहरूलाई आइफोन र सन्देश आदानप्रदानको लत लागेको छ । उद्यमीहरू विद्यालय हातासम्म पुगेका छन् र तपाईँलाई सित्तैमा स्काइप दिँदै छन् । सीआईए पनि पुगिरहेको छ । बेलायतीहरूले सन् १८४८ मा चिनियाँहरूलाई अफिममा डुबाउन सक्छन् भने सीआईएले अहिले यहाँ त्यही गर्न सक्दैन भनेर कसरी भन्ने ?
डअसन : अफिम नै हो ? हाहा !
भ्यालेन्टाइन : पाँच वर्षपछि कुराकानी गरौँला, मेरो कुरा सत्य भए नभएको हेरौँला ।
डअसन: मैले खण्डन गरेको होइन । म त्यसमा विश्वास गर्न चाहन्न । किनभने यो डरलाग्दो छ ।
भ्यालेन्टाइन : समयको मजा लिनुस् किनभने हामीसित भएका यी झिनामसिना स्वतन्त्रता अन्तिम हुनसक्छन् । “हावा कता बहन्छ भनी थाहा पाउन विज्ञ नै चाहिन्छ भन्ने छैन ।” यो निर्देशिका ३०४ जस्तै हो । कुनै बेला यो अनलाइन पाइन्थ्यो, अहिले गोप्य राखिएको छ । नागरिक स्वतन्त्रता खस्किँदै छ, बढेको होइन । सर्वोच्च अदालतले हालैमात्र ओबामा प्रशासनको बन्दी बनाउने अधिकारलाई कसैले चुनौती दिन नसक्ने बतायो ।
डअसन ः ओबामाले पनि मुद्दै नचलाई मार्छन् ।
भ्यालेन्टाइन ः तिनले जे पनि गर्न सक्छन् र स्थिति सुध्रिनेवाला छैन । स्रोतसाधनहरू घट्दै जाँदा, आर्थिक असमानता चुलिँदै जाँदा यस्तो प्रविधि झन्झन् कहालीलाग्दो हुनेछ ।
डअसन ः हो । तिनीहरू इतिहासकै सबैभन्दा ठूला कर्पोरेटहरूको खर्चपानीमा चल्छन् र तिनीहरूमध्ये कोही पनि जेल गएको छैन । तिनको विरोधमा केही आन्दोलनहरू भएका थिए, तर सबै ओइलाए । यी वित्तीय संस्थाहरूलाई १६ ट्रिलियन डलर दिइएको थियो । त्यसमाथि केन्द्रीय बैङ्कले अझ बढी पैसा खन्यायो ।
भ्यालेन्टाइन ः हामी प्रजातान्त्रिक देशमा किन छैनौँ भन्ने अर्को उदाहरण यही हो । त्यसबेला केही सर्वेक्षणहरू भएको थियो । ९० प्रतिशत अमेरिकी जनताले सरकारले यी बैङ्कहरूलाई छुट दिनुहुन्न भने । तर, छुट दिने निर्णय हाम्रा गोप्य शासकहरूको थियो । हाम्रो प्रजातन्त्रमा सबै ठूला निर्णय तिनैले लिन्छन् ।
डअसन ः सञ्चार माध्यमहरू पनि सहमत भए । उनीहरूले फुके, “यति ठूला बैङ्कहरू असफल हुनै सक्दैनन् !”
भ्यालेन्टाइन ः हो, आकर्षक नारा थियो । शासकहरू जहिल्यै थोरै हुन्छन् । तिनको बिल तिर्ने हामी बाहिर घस्रिरहेका हुन्छौँ ।
डअसन : दाजुभाइ–दिदीबहिनीहरू, हाम्रा काँटाचम्चा बाहिर निकालौँ !
अनुवाद :सुरेश
–समाप्त
Leave a Reply