कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २८ फागुन । भक्तपुर नगरपालिका वडा नं. ८ कार्यालयको आयोजनामा शनिबार महेश्वरीघाट, भगवती मन्दिर र दुबेङ्केगु फल्चा
(पाटी) को उद्घाटन भयो ।
पाटीको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हाम्रो ध्यान विकास निर्माणमा मात्र होइन हामीमा व्यापक सोच, चिन्तन र सेवा गर्ने भावनाको पनि विकास हुनुपर्छ भन्नुभयो । अझ बढी काम गर्न र गराउन तथा कामको सिलसिलामा आइपर्ने कमी–कमजोरी औँल्याएर सुधार गर्न आलोचना गर्नुपर्ने खाँचो औँल्याउँदै नगर प्रमुख प्रजापतिले जनताको सेवा र सहयोगको कदर गर्नुपर्छ, जनताको एकता र सहयोगले शिर उच्च पार्न सहयोग मिलेको छ भन्नुभयो ।
आवश्यकता र प्राथमिकताको आधारमा नगरस्तरीय र वडास्तरीय विकास कार्य भइरहेको उल्लेख गर्दै उहाँले भनपाले स्थानीय सीप र प्रविधिको प्रयोगमा जोड दिइरहेको बताउनुभयो ।
भनपाले गरिरहेको कामको अवलोकन गर्न देशभरिका जनप्रतिनिधिहरू नपामा आइरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले नपाबाट विभिन्न कलेजहरू सञ्चालन भएपछि तयार भएका इन्जिनियर र नर्सले देशको विभिन्न क्षेत्रमा सेवा गरिरहेको बताउनुभयो ।
उहाँले सार्वजनिक या पर्ती जग्गा संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउँदै पैसा कमाउनुभन्दा इज्जत कमाउन गा¥हो छ, पैसा भए पनि इज्जत छैन भने जनताले धिक्कार्ने छन् भन्नुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष एवं निर्माण समितिका संयोजक उकेश कवांले उपभोक्ता समितिमा रहेर काम गर्ने व्यक्तिहरूको सहयोगको उच्च मूल्याङ्कन भइरहेको बताउनुभयो ।
स्थानीय जनताले काम गर्दा कम बजेटमा धेरै र गुणस्तरीय काम भइरहेको उल्लेख गर्दै उहाँले जनताको बीचमा काम गर्न पाउने अवसर गुमाउन नै सरकारले ठेक्कालाई प्राथमिकतामा राखेको बताउनुभयो ।
ठूल्ठूला ठेकेदारकै मिलेमतोमा देशमा भ्रष्टाचार र देश डुबाउने काम भइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले देशी–विदेशी साम्राज्यवादीहरूको चलखेलदेखि सतर्क हुन जनतामा राजनीतिक चेतना र नागरिक भावनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा वडा नं. ८ एकाइ समितिका अध्यक्ष कृष्णप्रसाद कोजूले देश जोगाउन र स्वाधीनता कायम राख्न नेमकिपाले आन्दोलन जारी राखेको बताउनुभयो ।
नेमकिपा लिबाली एकाइ समितिका अध्यक्ष बलराम प्रजापतिले कामदार वर्गलाई शासक वर्गमा पु¥याउने नेमकिपाको अभियानबाट सत्तारूढ दलका नेताहरू तर्सिरहेको बताउनुभयो ।
भनपा वडा नं. ८ का वडाध्यक्ष एवं कार्यक्रमका सभापति महेन्द्र खायमलीले आफ्नो कार्यकालमा भएको विकास कार्यबारे जानकारी दिनुभयो ।
कार्यक्रममा ढुङ्गा छपाइ कार्य उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण दुवाल, दुबेङ्केगु फल्चा पुनः निर्माण उपभोक्ता समितिका लक्ष्मण फेलू, भण्डारण कक्षा निर्माण उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र खायमलीले आ–आफ्नो योजनाको खर्चबारे जानकारी दिनुभयो ।
वडा सदस्य कृष्णगोपाल छुस्याबागले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा अर्का वडा सदस्य शिवप्रसाद बालाले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो ।
Leave a Reply