युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
युक्रेनबाट दसौँ लाखको सङ्ख्यामा युक्रेनीहरू पोल्यान्ड र युरोपका अन्य देशमा भाग्दा युरोपमा नयाँ शरणार्थी सङ्कट निम्तिएको छ । सिरिया र इराकमाथि संरा अमेरिकाले हमला गर्दा यसअघि पनि यस्तै परिणाम निम्तिएको थियो ।
तर, युरोपेली देशहरूको प्रतिक्रिया भने निकै पृथक खालको छ । देश छोडेर भाग्दै गरेका युक्रेनीहरूलाई युरोपमा हार्दिकतापूर्वक स्वागत गरिँदै छ ।
युद्ध र आर्थिक सङ्कटको कारण मध्यपूर्व र अफ्रिकाबाट मानिसहरू युरोपतिर भाग्दै गर्दा आफ्नो अर्थतन्त्रमा ती नवआगन्तुकहरूलाई समाहित गर्ने विषयमा युरोपेलीहरू निकै चिन्तित थिए । त्यस्ता शरणार्थीहरूमध्ये अधिकांश त अहिले पनि भूमध्यसागर छेउछाउका उपेक्षित क्षेत्रमा बनाइएका शिविरमा बसेका छन् । शरण खोज्दै आएका धेरै मानिस त धेरै डुङ्गामा बसेर आफू आएकै दिशातिर फर्केका छन् । यसरी फर्केका डुङ्गामा बसेका मानिसहरूले ठूलो विपत्ति भोग्ने गरेका छन् । आप्रवासन संरा अमेरिकी राजनीतिको तातो बहसको विषय हो । त्यहीं पनि युक्रेनी शरणार्थीहरूलाई शरण दिने प्रस्ताव गरिएको छ ।
शरणार्थीहरूको विषयमा यस्तो ‘दोहोरो मापदण्ड’ किन ? यसको एउटा आंशिक कारण त जातीय पूर्वाग्रह हो । सयौँ र हजारौँ ‘गोरा युरोपेलीहरू’ लाई हात फुकाएर स्वागत गर्ने एउटा देशले एल. साल्भाडोर वा अफ्रिकाबाट आएका सयौँ वा हजारौँ स्पेनी भाषा बोल्ने शरणार्थीलाई सहजै स्वीकार्न गाह«ो मान्छ । यसो हुनुको कारण राजनीतिक पनि हुनसक्छ । धेरै पश्चिमाहरू युक्रेनीहरूलाई ‘रुसी हमला’ बाट भाग्दै गरेको सोच्छन् । त्यसकारण, युक्रेनीहरूलाई सहर्ष स्वीकार्नुको अर्थ मानिसहरूको राजनीतिक पूर्वाग्रहको परिणाम पनि हुनसक्छ ।
तर, युक्रेनबाट भागेका सबैलाई पनि समान व्यवहार गरिएको छैन । युक्रेनबाट निस्कन चाहेका धेरै अफ्रिकी र एसियाली विद्यार्थीहरूलाई शरणार्थीहरूको पङ्क्तिको अन्तिममा धकेल्ने गरिएको छ । जसोतसो कुनै देशमा शरणार्थीको रूपमा पुगे पनि उनीहरूलाई विभिन्न कानुनी झमेलामा पारिन्छ । यसले पनि ‘दोहोरो मापदण्ड’ झल्काउने गरेको छ ।
युक्रेनमा बढ्दै गरेका नाइजेरियाली विद्यार्थी एदेयेमो अबिमबोलीले एबीसीलाई दिएको एउटा अन्तर्वार्तामा आफू र अफ्रिकी विद्यार्थीहरूको एउटा समूह झन्डै तीन दिनदेखि पोल्यान्ड जान रेल कुरिरहेको बताएका थिए । “युक्रेनीहरूलाई प्राथमिकता दिइएको छ । जब कि बालबालिका र महिलालाई पहिलो प्राथमिकता दिइएको छ”, उनले भने । अर्कोतिर रुसले युक्रेनमा पढिरहेका भारतीय विद्यार्थीहरूको लागि आफ्नो सीमा खुला गरेको छ ।
युक्रेनी शिक्षा तथा विज्ञान मन्त्रालयबाट प्राप्त तथ्याङ्कअनुसार सन् २०१९ मा युक्रेनमा १५८ देशबाट झन्डै ८० हजार विदेशी विद्यार्थीहरू युक्रेनमा पढिरहेका छन् । तीमध्ये बहुमत अर्थात् झन्डै २३ प्रतिशत भारतीय विद्यार्थी छन् । त्यसपछि क्रमशः मोरोक्को, अजरबैजान, तुर्कमिनिस्तान र नाइजेरियाका विद्यार्थीहरू युक्रेनमा पढिरहेका छन् ।
केही विद्यार्थीहरूले स्लोभाकियातिरको सीमा पार गर्न सहज माने । तथापि, पोल्यान्डमा काला जातिका केही शरणार्थीहरूले पोल्यान्डका दक्षिणपन्थी समूहको अपमान सहन प¥यो । सीमावर्ती सहर प्रेज्मेसलमा उनीहरूमाथि त्यस्तो व्यवहार भएको थियो ।
रोमानियातिर जान पङ्क्तिबद्ध अफ्रिकी विद्यार्थीहरू अघि बढ्ने पालो आउँदा युक्रेनीहरूले उनीहरूलाई रोमानिया पस्न रोक्ने प्रयास गरेका थिए । अफ्रिकी विद्यार्थी सहायताको निम्ति युक्रेनी सेनाको शरणमा पुगे । सेनाले पैदल हिँड्दै गरेको पङ्क्तिको पछि लाग्न भने । त्यो पङ्क्तिमा अधिकांश काला र अन्य विभिन्न समुदायका मानिसहरू थिए ।
युक्रेनको अवस्थाका कारण भइरहेको मानवीय सङ्कटले संसारलाई पक्कै पनि समस्यामा पारेको छ । तथापि, ‘मानवता’ पनि अझै पनि ‘भूराजनीति’ को रङ, अझ ‘जातीय राजनीति’ले पोतिएको प्रस्ट छ । तर, यो सोचाइ ‘मानवता’ को आधारभूत मापदण्डविपरीत छ । मानवताले ‘सबै मानिस समानरूपमा सृष्टि भएको’ ठान्छ । एक जना मानिसको क्षति पनि मानव जातिको क्षति भएको मान्नु नै मानवताको धर्म हो । त्यसो भए मानिसको जीवन रक्षा गर्नुमा जातीय वा राजनीतिक विभाजन किन ?
यसले ‘मानिसको परिवार’ को परिभाषाको सन्दर्भमा अझै विद्यमान यो फराकिलो अन्तर देखाएको छ । सब सहारा अफ्रिकामा हामी भोकै बाँच्न सिक्न सक्छौँ । तर, ‘हाम्रै बराबरी’काहरूबीचको भोकले मात्र हामीलाई भावुक बनाउने गरेको छ ।
त्यसको अर्थ संसार अझै पनि नैतिक मूल्यमा अझै पनि परिपक्व बनिसकेको छैन । जर्मनीका विख्यात कवि तथा दार्शनिक फेडरिच स्चीलरले आफ्नो कलैस चिट्ठीहरूमा ‘द गुड समारिटन’ को पुरानो कथा जोडेका थिए । एक जना मानिसलाई कुटेर धुस्नो बनाइयो, ऊसँग भएका सबै सरसामान लुटियो र बाटोछेउ मरणासन्न छोडियो । चार जना अपरिचित बटुवाहरूले उनलाई सहयोग गर्न खोजे । तर, तीन चारै जना बटुवाले सहयोग गर्नुको पछाडि केही न केही स्वार्थ थियो । उनीहरू कर्तव्यबोधबाट अप्रेरित थिएनन् । पाँचाँै मानिसले भने आफ्ना सबै सरसामान छोडेर भए पनि घाइते मान्छेको सुरक्षा गर्न खोज्यो । हामी त्यो पाँचाँै मान्छेको कामलाई सुन्दर भन्छौँ किनभने स्चीलरको भनाइमा उसले आफ्नो कर्तव्य पालना गर्न आफूलाई नै बिर्से र ‘कुनै स्वार्थ नराखी आफ्नो कर्तव्य पालना ग¥यो ।’
स्चीलरले भनेजस्तो ‘सुन्दर आत्मा’ संसारमा पाउन गा¥हो छ । तर, हामी त्यो आदर्श प्राप्तिको बाटोमा लाग्ने प्रयास छोड्नु हुन्न । त्यसो गरेरमात्र हामीले ‘मानवता’ को नयाँ मानक स्थापित गर्न सक्छौँ ।
लेखक एक्जुकेटिभ इन्टिलेजेन्स रिभ्युमा ह्वाइट हाउससम्बन्धि लेख्ने पत्रकार हुनुहुन्छ ।
सीजीटीएनबाट अनुदित सामग्री
Leave a Reply