भर्खरै :

जिल्ला समन्वय समितिमा नेमकिपाद्धारा उम्मेदवारी दर्ता

भक्तपुर, १५ साउन । जिल्ला समन्वय समिति भक्तपुरको निम्ति नेपाल मजदुर किसान पार्टीले आज प्रमुख उपप्रमुख सहित समन्वय समिति सदस्यमा मनोनयन दर्ता गराएको छ । प्राप्त जानकारी अनुसार पार्टीले प्रमुखमा चाँगु नपा वडा नं ९ की कमला भारती, उपप्रमुखमा भनपा वडा नं ७ का हरिरत्न गोर्खालीको नाम दर्ता गराएको हो । त्यस्तै सदस्यहरुमा जगतलाल मानन्धर, जितेन्द्र मुनंकर्मी, रोशन खत्री, महिला सदस्यहरुमा रञ्जना त्वाती, रोशनमैया सुवाल, विजयालक्ष्मी शाक्य र दलित महिला सदस्यतर्फ सरिना द्योलाको नाम दर्ता गरिएको जानकारी प्राप्त भएको छ । पार्टीले आज निर्वाचन मुख्य अधिकृतको कार्यालयमा पुगी सो उम्मेदवारी दर्ता गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *