कक्रोच मार्न तोप प्रयोग गर्दै छन् मोदी !
- जेष्ठ ३०, २०८३
भक्तपुर, १४ चैत । भक्तपुर नगरपालिका वडा नं. ६ वडा कार्यालयको आयोजनामा सोमबार अँचा पोखरी सत्तलको उद्घाटन कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नागरिक भावना र सांस्कृतिक स्तर उँचो भएकाहरू सामाजिक क्षेत्रमा लाग्ने धारणा राख्दै नयाँ पुस्तालाई पनि सामाजिक सेवामा उत्साहित गर्नु जरूरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँ आएका सांसद, मन्त्री र उच्च अधिकारीहरू यतै घर बनाउनुपर्ने र आ–आफ्नो जिल्लामा बसोबास गरी विकास नगर्ने हुँदा काठमाडौँमा प्रदूषण र सडक जाम भएको हो । माओवादीका प्रम बाबुराम भट्टराईले काठमाडौँका घर भत्काएर सडक चौडा गरे तर जाम यथावत छ । देशको सन्तुलित विकास नगरी काठमाडौँको सडक जमा रोकिने छैन । काठमाडौँका रैथानेको घर भत्काएर सडक चौडा गर्ने प्रम बाबुरामको काम गलत हो ।”
“चाँगु नपाकै ८१ ठाउँमा विनाअनुमति प्लटिङ गरिएको छ । एउटा प्लटिङबापत ४ आना जग्गा ‘घूस’ दिइएको जनताको गुनासो छ । यसबारे सम्बन्धित निकायले छानबिन गर्नु जरूरी छ”, सांसद सुवालले भन्नुभयो ।
बस्ती वरिपरि अन्न उत्पादनको लागि पुग्ने जग्गा आवश्यक हुनुपर्ने धारणा राख्दै उहाँले सबै किसिमका खाद्यान्न र तरकारी भारतबाट आयात गरर नेपालीलाई बाँच्न मुश्किलको स्थिति आइपुगेको चर्चा गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, ग्रीक कथामा ‘पान्डोराको बाकस’ खोलेपछि दुःख, पीडा, हत्या–हिंसा, युद्ध निस्केजस्तै एमसीसी सम्झौता पारित भएपछि त्यस्तै हुनेछ ।”
स्थानीय तह २०७४ को चुनावमा नेकाले प्रत्येक पालिकामा १५ बेडको प्रसूति अस्पताल स्थापना गर्ने, माओवादीले समृद्ध गाउँ–नगर बनाउने, एमालेले एक घर एक रोजगारी दिने प्रतिबद्धता गरेका थिए । तर, उनीहरूले पूरा गरेनन्, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “नेपालीलाई पुग्दो बिजुली छैन । एमसीसी सम्झौतामा भारतलाई बिजुली बेच्ने उल्लेख छ । अहिले भारतबाट दैनिक ५.५ मेगावाट बिजुली खरिद गर्दै छ । नेपालीलाई सस्तोमा जलविद्युत् दिन नसक्नेहरू सिंहदरबार कब्जा गरेर बस्नुको औचित्य छैन ।”
भनपाका उपप्रमुख रजनी जोशीले भनपाले शिशु स्याहारदेखि कलेजसम्म सञ्चालन गरेर देशकै सेवा गरिरहेको बताउनुभयो ।
भनपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा विशेष महत्वका साथ कार्य गरिरहेको छ, उहाँले भन्नुभयो ।
भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले वडाको विकास निर्माण सम्बन्धमा जानकारी गराउँदै जनताको सहयोगको कारण कम लागतमा गुणस्तरीय विकास निर्माण सम्भव भएको बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैयाँ सुवाल, वडा सदस्य गोविन्द दुवाल, शिक्षक गणेशराम थुसा, जगनाथ सुजखु, राजु सिं बजिकों, सिद्धिराम अवाललगायतले बोल्नुभएको थियो ।
Leave a Reply